काठमाडौं : कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना आइसोलेसनमा रहेको बताए। यस्तै देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्। नेपालमा हालसम्म ९ जनामा भाइरस देखिँदा १ जना उपचार पछि डिस्चार्ज भएका छन्। देवकोटाका अनुसार हाल विद्यमान रहेका…
काठमाडौं: नेपाली कांग्रेसका नेता एवं सांसद दिलेन्द्रप्रसाद बडूले सीमामा अलपत्र नेपाली नागरिकलाई क्वारेन्टाइनको मापदण्ड बनाएर नेपाल प्रवेश गराउन सरकारसँग माग गरेका छन्। सीमामा रोकेर भारतीय क्वारेन्टाइनमा राख्दा धेरैजना चोर नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरिरहेको र यो संख्या दिनानुदिन बढ्दै गइरहेको भन्दै बडूले समयमै मापदण्ड बनाएर प्रवेश गर्न नदिए गाउँ गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने चेतावनी दिएका छन्। 'नाकापारीको वर्तमानको बसाईको…
काठमाडौँः नेपाल बार एशोसिएशन अन्तर्गतको मानव अधिकार तथा जनसरोकार समितिले कोरोना (कोभिड–१९) को जोखिमका कारण समस्या परेका नागरिकलाई राहत दिने कार्यलाई व्यवस्थित गर्न सरकारसँग अपिल गरेको छ। समितिले राहत वितरण व्यवस्थित नहुँदा त्यसैबाट संक्रमित हुने जोखिम रहेको भन्दै व्यवस्थित गर्न अपिल गरेको हो। समितिका संयोजक एवं बार एशोसिशनका पूर्व महासचिव सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गर्दै विपन्न, न्यून आय भएका र ज्यालादारी…
कनिका कपुर आफ्नो गायकीका कारण जति चर्चामा थिइन्, त्यसभन्दा धेरै चर्चित बनायो कोरोनाका कारण। कोरोना संक्रमण भएपछि उनी लामो समय अस्पतालमा बस्न बाध्य भइन्। हालै उनको कोभिड १९ परीक्षण नेगेटिभ देखियो। कोरोनाको संक्रमण देखिएदेखि नै विवादित उनलाई पूरै ठीक भए पनि कोरोनाको कहरले भने नछाड्ने भएको छ। कोरोनाको उपचार पूरा भएपछि अहिले गायिका कपुर घरमा छिन्। त्यहाँ पनि उनले १४ दिन…
काठमाडौं : सरकारले चैत १ गतेपछि विदेशबाट नेपाल फर्किएका सबैलाई सम्पर्कमा आउन आग्रह गरेको छ। त्यतिमात्र होइन, सम्पर्कमा नआई लुकेर बस्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ। तर, सरकारको चेतावनीलाई समेत विदेशबाट आएका धेरैले टेरेका छैनन्। विदेशबाट आएका अरु यात्रुको त कुरा परै छौडौं कोरोना भाइरस संक्रमित बिरामी चढेर आएको विमानका सबै यात्रु सम्पर्कमा आएका छैनन्। प्रहरीले सबै जिल्लामा सूचना…
काठमाडौं : कालोबजारी अभियोगमा मंगलवार पक्राउ परेका जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल सात दिन हिरासतमा बस्ने भएका छन्। बुधवार जिल्ला प्रशासन कार्यालयबाट कालोबजारीमा ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। मंगलवार महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार अग्रवाललाई नियन्त्रणमा लिएको थियो। अग्रवालको कम्पनीले ज्वरो नाप्ने थर्ममिटर १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट ६७ वटा थर्मल…
दिपकराज तिवारी - यो समय सरकारलाई गाली गर्ने समय होइन। तर, भोक खप्न नसकी मरे पनि आफ्नै माटोमा मरौला भनेर महाकाली नदीमा हामफालेर मातृभूमी टेकेका एक निरीह नेपालीलाई अर्धनग्न अवस्थामा सुरक्षाकर्मीले पक्राउ गरी हिँडाएको दृष्यले सरकारको विवेदकारी व्यवहारको बारेमा केही लेख्न बाध्य बनायो। अमेरिकाजस्तो विकसित र शक्ति सम्पन्न देशलाई समेत हायलकायल बनाएको कोरोना भाइरसले नेपाल जस्तो सानो अर्थतन्त्र र सीमित…
वुहानमा लगाइएको लकडाउन ७६ दिनपछि सकिएको छ। बुधवारबाट पूर्ण रुपमा वुहान खुलेको छ। वुहानमा लगाइएको लकडाउन खुलेसँगै कोभिड-१९ विरुद्धको लडाइमा चीनले जितेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।जनवरी २३ मा वुहानमा लकडाउनको घोषणा गरिएको थियो। सबै सार्वजनिक यातायतका साधनहरु, व्यवसायहरु बन्द गरिएका थिए। लकडाउनमा सबै नागरिकलाई घरभित्रै सीमित पारिएको थियो। १ करोड जनसंख्या भएको वुहानलाई पूरै क्वारेन्टाइनमा राखिएको थियो। मार्च १०…
काठमाडौं : प्रतिनिधिसभा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबाट सन्तुष्ट हुन नसकेपछि प्रधानमन्त्रीलाई खुलापत्र लेख्दै प्रश्नहरु गरेका छन्। प्रधानमन्त्री ओलीको आत्मविश्वासको प्रशंसा गर्दै नेपाली कांग्रेसका युवा नेता थापाले ११ वटा प्रश्न गरेका छन्। उनले सम्वादका लागि सामाजिक सञ्जाल बाहेक अन्य माध्यम नरहेको भन्दै प्रश्न गरेका हुन्। प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधनमा झल्किएको आत्मविश्वासको अनुपातमा स्वयम् देशवासीमा भने यथेष्ट…
कोभिड-१९ को संक्रमणले विश्वभर प्रभावति भएको छ। विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ। यस्तोमा दैनिक ज्यालादारी मजदुर प्रभावित भएका छन्। भियतनामको होचिमिन्ह शहरमा यस्तै ज्यालादारी मजदुर तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउनका लागि त्यहाँको एक कम्पनीले खाद्य सहयोग गरेको छ। यहाँ ६ लाख कामदारहरु लकडाउनका कारण प्रभावित भएका छन्। यसरी प्रभावितहरुलाई राहत वितरण भइरहेको छ। राहत वितरण हुँदा भिडभाड हुने…
काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत् आज नाटक 'क्लेशा' देखाइने भएको छ। प्रतीक्षा कट्टेल लिखित नाटकको निर्देशन विजया कार्कीले गरेकी हुन्। मानवीय स्वभावलाई प्रत्यक्ष प्रभाव पार्ने सामाजिक संरचना र राजनीतिक व्यवस्था बारे पनि विवेचना गरेको छ यस नाटकले। जो पदमा हुन्छ सारा शक्ति उसँग रहन्छ। तत्कालीन प्रधानपञ्चको परिवारले गाउँले माथि गरेको ज्यादतीलाई प्रतिनिधि घटनाको रूपमा देखाइएको छ। उनीहरुको दमन…
काठमाडौं : सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेको सङख्य ह्वात्तै बढेको छ। बुधवार बिहानमात्र उपत्यकाभित्र प्रहरीले २ हजार जना भन्दा बढी मानिसलाई कारबाही गरेको छ। बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार २ हजार ३ सय १ जनालाई कारबाही गरेको हो। कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले…
'मिस इङ्ल्यान्ड २०१९' भाषा मुखर्जीले आफ्नो ताज फर्काएकी छिन्। पेशाले चिकित्सक रहेकी उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि खटिने भएकी हुन्। सौन्दर्य प्रतियोगिताहरुको नियम अनुसार नयाँ विजेता घोषित नभएसम्मका लागि आयोजकले निर्धारति कार्यक्रमहरुमा सक्रिय रहनुपर्छ। गत डिसेम्बरमा मिस इङ्ल्यान्ड घोषित भएसँगै भाषाले मेडिकल दैनिकीबाट ब्रेक लिएकी थिइन्। भारतीय मुलकी २४ वर्षीया मुखर्जीले 'मिस वर्ल्ड २०१९'मा इङ्ल्यान्डको प्रतिनिधित्व गरिन्।…
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड-१९ को संक्रमण विरुद्ध अस्पतालको शैय्यामा उपचार गराइरहेका छन्। अस्पतालको आइसियुमा रहेका उनको अनुपस्थितिमा कसले बेलायतको सरकार चलाइरहेको छ? बेलायतमा शासकीय विशेषाधिकार प्रधानमन्त्रीमा निहित छ। विशेष निर्णयहरु मन्त्रिपरिषद् वा उपसमितिहरुले सामूहिक निर्णयबाट गर्दै आएका छन्। जोनसनको स्वास्थ्य यतिबेला अस्पालतमा स्थिर रहेको उनका प्रवक्ताले बताएका छन्। उनलाई निमोनिया नभएको र भेन्टिलेटरको पनि प्रयोग नगरिएको बताइएको छ। तर,…
कोरोना भाइरसको संक्रमण देखिएका एक १४ महिने नाबालकको भारतमा मृत्यु भएको छ। गुजरातको जामनगर जिल्लामा कोभिड १९ पोजेटिभ देखिएका बालकको मल्टिपल अर्ग्यान फेलियर भएको मृत्यु भएको मंगलवार पुष्टि भएको हो। आप्रवासी मजदूर जोडीका छोराको मृत्यु भएको हो जसको कुनै ट्राभल हिस्ट्री छैन। जामनगरको सरकारी अस्पतालमा शिशुको निधन भएको हो। अस्पतालमा भर्ना भएयता नै उनको अवस्था चिन्ताजनक थियो। दुई दिनअघिमात्रै उनमा…
राजु आचार्य - मानिस घर रुपी पिजंडामा सीमित भएको छ। त्यही मानिसलाई देखेर खुर्सानी, गाँजर, दूध भात खाएर ‘पट्टु, गोपी कृष्ण को हो?’ भनेर जिस्क्याई रहने त्यो सुगा अहिले कति खुसी भयो होला? डोरीले बाँधेर रुख चढ्न समेत प्रतिबन्ध गरिएको त्यो बाँदर हाम्रो अवस्था देखेर कति उफ्रन्छ होला ? खुला ठाउँमा मानिस घुम्न नपाउँदा बाँदरले कम्ता टीठ त मानेको छैन।…
अनन्तमान श्रेष्ठ - कोरोना संक्रमणले विश्वको अर्थतन्त्रलाई तहसनहस पार्ने लक्षण देखिएको छ। विश्वका शक्तिशाली देशका शस्त्र अस्त्रलाई भाइरसले निस्तेज पारिदिएको छ। कतिपयले यो महामारीलाई तेस्रो विश्वयुद्धको संज्ञा दिएका छन्। बन्दाबन्दी (लकडाउन) लाई संक्रमणबाट जोगिने उपयुक्त माध्यमको रूपमा अपनाइएको छ। किनकि हालसम्म उपचार विधि र औषधि पत्ता लागेको छैन। मानिस घरभित्र बसे पनि दैनिक जीवनको आवश्यकता पूरा गर्न बाध्य हुनुपरेको छ।…
काठमाडौः सरकारले घोषणा गरेको लकडाउनको क्रममा एम्बुलेन्सहरुले बढी भाडा लिने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार बढी भाडा लिएर बिरामी बोक्ने एक एम्बुलेन्स संचालक र चालकलाई कारबाही गरेको छ। कृपा पोलिक्लिनिक एण्ड मेडिकल हल संचालकका छोरा कृष्ण आचार्य र चालक कमल प्रसाद भुषालले बढी भाडा लिएर बिरामी बोकेपछि कारबाही गरेको हो। उनीहरुले साबिक भाडादर भन्दा बढी लिएकाले कारबाही…
काठमाडौं : 'भिड नगर्नुहोला। समयमा नै तरकारी किनेर निस्कनु होला।' एक प्रहरी लगातार माइकिङ गरिरहेका छन्। तर प्रहरीको आग्रहको प्रवाह नगरी तरकारी किन्ने मानिसहरु भिड लागिरहेका छ। कोरोना भाइरसको संक्रमण बढ्ने आशंकापछि कालिमाटी फलफूल तथा तरकारी बजार खुद्रा किनबेच बन्द गरिएको छ। यसको असर अहिले बल्खुस्थित तरकारी बजारमा परेको देखिन्छ। बिहानै खुद्रा तथा थोक तरकारी किन्न उपभोक्ता तथा व्यापारीको घुइँचो लाग्ने…
भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको हो। राष्ट्रपति ट्रम्पले सो औषधि कोभिड-१९ को उपचारमा अत्यन्त महत्वपूर्ण रहेको…