काठमाडौं : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता बढाउन माग गरेका छन्। सरकारले ड्युटीमा खटिएका सुरक्षाकर्मीको समेत तलब कट्टा गरिरहेका बेला सांसद थापाले उनीहरुको मनोबल बढ्नेगरी तलब भत्ता बढाउन माग गरेका हुन्। त्यसका लागि सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरुको तलब कटौती गर्न सकिने सुझावसमेत उनले दिएका छन्। महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम…
काठमाडौं: सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने भएको छ। लकडाउनका कारण धेरै नागरिक गाउँ जान पाएका छैनन्। गाडी नपाएपछि पैदल नै लामो यात्रामा गइरहेका बेला उच्चस्तरीय समन्वय समितिले बिहीवार गाउँ जान चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले स्कर्टिङ गरेर उपत्यकाबाहिर जान दिनेबारे छलफल भइरहेको बताए। यसबारे आजै निर्णय…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाव्याधि कोरोना भाइरसविरुद्ध सम्पूर्ण मानव जातिको लडाईंमा भारतले सक्दो सहयोग गर्ने बताएका छन्। मलेरिया औषधि हाइड्रोक्सीक्लोरोक्वीनमाथिको प्रतिबन्ध फुकुवा गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत भारतलाई धन्यवाद दिए। ट्रम्पको ट्वीटमा जवाफ दिँदै मोदीले मानव जातिको संरक्षणका लागि औषधि लगायत अन्य कुराको हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। कोरोना भाइरसबाट संक्रमितको उपचारमा हाइड्रोक्सीक्लोरोक्वीन उपयोगी देखिएपछि…
'हामी आशा गर्छौं कि यहाँहरु सबैजना आलिया भट्ले दिएको सुझावसँग 'राजी' हुनुहुन्छ। कृपया उहाँले भनेजस्तै तत्काल कुनै 'गल्ली' घुम्म ननिस्किइ आफ्नो 'डियर जिन्दगी'को ख्याल राख्नुस्।' यो मुम्बई प्रहरीको आधिकारिक ट्वीटरमा लेखिएको ट्वीट हो। त्यो पनि बलिउड अभिनेत्री आलिया भट्को जवाफलाई 'कोट रिट्वीट' गर्दै। आलियाले बुधवार मुम्बई प्रहरीले सडकमा तैनाथ प्रहरीहरु बारे छोटो भिडियो फुटेज बनाएको थियो। त्यसमा आलियाले प्रहरीलाई धन्यवाद…
काठमाडौं : गाडी र मानिसको आवतजावत कम भएपछि सडकहरु फराकिला देखिएका छन्। सडकमा फाट्टफुट्ट सवारी देखिन्छ। मानिसहरु पनि त्यस्तै। फराकिलो बाटो अर्थात् चलेका गाडीको तेज रफ्तार। प्रशासनबाट अनुमति पाएका वा झुक्याउँदै कुदाउनेको रफ्तार कम हुने भएन। यतिखेर सडकमा साह्रै धिमा गतिमा गाडी कुदेको छ भने त्यो प्रतिघण्टा ६० किमीको रफ्तारमा हुन्छ। सवारीको गति बढी हुँदा भन्दा पनि चालक गैर जिम्मेवार…
काठमाडौं : नेपालमा अहिले ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसबाट संक्रमित भएका एकजना उपचारपछि घर फर्किसकेका छन् भने ८ जना आइसोलेसनमा छन्। आइसोलेसनमा रहेका संक्रमित दुईजना बाग्लुङका छन्। बेल्जियमबाट कतार हुँदै नेपाल आएका दुईजनामा भाइरसको संक्रमण देखिको हो। नेपालमा कोरोनाको दोस्रो केस देखिएकी युवती यात्रा गरेकै विमानबाट नेपाल आएकी उनीहरु हाल धौलागिरी अञ्चल अस्पतालमा उपचाररत् छन्। यसैबीच गण्डकी…
काठमाडौं : कोरोना भाइरसको लक्षणसँग मिल्दो कुनै लक्षण देखिएमा अब अनलाइनमार्फत् नै परामर्श लिन सकिने भएको छ। डक नेपालले चिकित्सकसँग भिडियोमार्फत् लिन सकिने यस नि:शुल्क 'डक्टर्स अन कल'को सुरुवात गरेको हो। आवश्यक परामर्शका लागि डक नेपाल डट कममा गएर इमेल वा फोन नम्बरको प्रयोगमा नाम दर्ता गर्नु पर्नेछ। दर्ता हुनासाथ विशषज्ञलाई तत्काल भिडियो कन्फरेन्समा भेटाउन सक्नेछन्। चिकित्सक र बिरामीबीचको कुराकानी…
काठमाडौं : अहिले सडकमा सुरक्षाकर्मीबाहेक अन्य कोही कमै मात्र देख्न पाइन्छ। बिहान झिसमिसे हुदाँदेखि रातिसम्म सुरक्षाकर्मी तैनाथ छन्। सडकमा यसपटको सुरक्षाकर्मीको खटाइ अन्य समयको भन्दा फरक छ। कुनै पार्टीको बन्दको घोषणा, विशिष्ट व्यक्तिको आगमन अथवा कुनै आमसभा आन्दोलन नियन्त्रण गर्न खटिनु परेको छैन। त्यसैले भलै कुनै मानसिक र भौतिकरुपमा सुरक्षित तुल्याउनु परेको छैन। तर, खटाइ कम छैन। सरकारले घोषणा गरेको…
काठमाडौं : नियमित औषधि सकियो। अस्पताल नगइ नहुने अवस्था छ। घरभन्दा टाढै पुग्नुपर्छ यसका लागि तर लकडाउन छ। यस्तोमा के गर्ने? लकडाउनका कारण घरबाट ननिस्कन सरकारले निषेध गरेको छ। निस्किए सडकमा खटिएका सुरक्षाकर्मीले कारबाही गरिहाल्छन्। यस्तोमा तपाईँ वा अरु आफन्त बिरामी परे। नियमित खाने औषधी सक्कियो। कुनै आपत पर्दा ननिस्की नहुने भयो। तपाईँसँग सवारी पास छैन। के गर्ने त? लकडाउनको…
पछिल्लो २४ घन्टामा भारतमा १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ५ सय ४० जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। यससँगै कोभिड १९ बाट संक्रमितको संख्या भारतमा ५ हजार ५ सय नाघेको छ। संक्रमितमध्ये ४ सय ७३ जना ठीक भइसकेका छन्। अहिलेसम्म १ सय ६६ जनाको भारतमा कोभिड १९ का कारण मृत्यु भइसकेको छ। सबैभन्दा…
काठमाडौं : अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण थप एक नेपालीको मृत्यु भएको छ। ४३ वर्षीय ङिमा तेम्बा शेर्पाको बुधवार राती न्यूयोर्क, क्वीन्सस्थित एल्महर्स्ट अस्पतालमा निधन भएको हो। सोलुखुम्बुका स्थानीय ङिमा केही सातायता संक्रमणका कारण उपचाररत् थिए। यसअघि चार दिनअघि नै उनको निधनको खबर सार्वजनिक भएको थियो। तर, उनका दाइ लाक्पा शेर्पाले फेसबुकमार्फत् उक्त खबर गलत भएको बताएका थिए। बुधवार राती…
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन सरकारद्वारा घोषणा गरेको लकडाउनको आज १७ औं दिन। आउँदो वैशाख ३ गतेसम्मका लागि लकडाउन जारी छ। संक्रमण फैलिन सक्ने आँकलन देखिए फेरि पनि लकडाउनको समय सरकारले थप गर्न सक्छ। प्रधानमन्त्रीले पछिल्लो सम्बोधनमा आगामी दुई सातालाई चुनौतीपूर्ण रहेको बताइसकेका छन्। लकडाउनलाई सफल बनाउन यतिखेर सडकमा सुरक्षाकर्मी खटिरहेका छन्। पछिल्लो समय लकडाउन…
रत्नबहादुर कार्की – २०७२ सालको विनाशकारी भूकम्पको केहि वर्षमै नेपाल कोरोनाको महाव्याधीले आक्रान्त छ। भूकम्पमा जस्तै यस महाव्याधिको नियन्त्रणका लागि सिंगो राष्ट्र एकजुट भएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको गतिविधिलाई विभिन्न राजनीतिक दलले पनि समर्थन गरेका छन्। तर, सरकार ढिलासुस्ती, लापरवाही, अनियमितता र भ्रष्टाचारजन्य गतिविधिमा फस्दै गएको छ। महामारी रोकथामको जिम्मेवारी लिएका मन्त्री तथा उच्च अधिकारीहरु एकपछि अर्को…
काठमाडौं : 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६'को चौधौं दिन (आज) दुई फरक नाटक देखाइँदै छ। हाँस्यव्यङ्ग्य विधाको नाटक 'अंधेरी नगरी चौपट राजा' र 'द फ्लाइट' प्रसारण हुने भएको हो। हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको सर्वाधिक लोकप्रीय नाटक 'अंधेरी नगरी चौपट राजा'ले विवेकहिन र निरङ्कुश शासन व्यवस्थामाथि व्यङ्ग्य गर्छ। नाटकलाई नेपाली भाषामा अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले मिलेर गरेका…
काठमाडौँः सरकारले अवैतनिक महावाणिज्यदूतहरुको सेवा सुविधा खोसेको छ। निर्णय अनुसार अब निलो नम्बर प्लेट र झण्डा प्रयोग गर्न पाइने छैन। परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त सुविधा खोस्ने निर्णयबारे जानकारी दिएको हो। मंगलबार कालोबजारीको आरोपमा कीर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल पक्राउ परेका थिए। पक्राउपछि सुविधा स्थगन गर्न सरकारमाथि दबाब परेको थियो। लगत्तै सरकारले सबै अवैतनिक महावाणिज्यदूतको सुविधा स्थगनको निर्णय गरेको…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका तीन मन्त्रीसँग बुधवार मन्त्रालयमा छलफल गरेका छन्। प्रदेश नम्बर १ को सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङ, गण्डकी प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश सरकारसँग…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ६ सय ५९ महिलासहित २ हजार ६ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार बिहान ६ बजेदेखि दिउँसो ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। मंगलवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ७६ महिला सहित १ हजार…
काठमाडौं : लकडाउनका कारण नेपालमा अड्किएका युरोपेली मुलुकका पर्यटकहरु चौँथो तथा अन्तिम उद्धार विमानमार्फत स्वदेश फर्किएका छन्। करिब २९० यात्रुसहितको विमान काठमाडौंबाट जर्मनीको म्युनिख गएको नेपालस्थित जर्मन दूतावासले जनाएको छ। कुल यात्रुमध्ये करिब ५० जना जर्मन नागरिक तथा १८ जना युक्रेनी नागरिकसहित अन्य २५ युरोेपेली मुलुकका नागरिक रहेको दूतावासले जनाएको छ। योसँगै मार्च २७ देखि यता करिब ८ सय जर्मन…
काठमाडौं: महाव्याधि कोरोना भाइरसको संक्रमण विश्वका २ सय ११ देशमा देखिइसकेको छ। तर, संसारमा केही यस्ता देश छन् जहाँ एउटा पनि संक्रमित देखिएको छैन। एसियामा तुर्कमेनिस्तान यस्तो देश हो जहाँ हालसम्म कोरोना संक्रमण छैन। यद्यपि विशेषज्ञहरु भने सरकारले सूचना लुकाएको आशंका गर्छन्। यसबाट महामारीविरुद्धका तयारी र प्रयासमाथि बाधा पुग्ने उनीहरुको बुझाई छ। पुरै विश्व कोरोना महामारीसँग जुधिरहेका बेला र संक्रमण…
काठमाडौं : कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा क्वारेन्टाइनमा रहेका मानिसहरुको स्वाब परीक्षण गर्न सरकारले पूर्ण तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ताले देशभर क्वारेन्टाइनमा रहेका मानिसहरुको र्यापिड प्रविधिका साथै पीसीआर प्रविधिबाट आवश्यकता अनुसार परीक्षण गरिने बताए। हालसम्म नेपालमा ९ जनामा भाइरसको संक्रमण देखिँदा देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्। विदेशबाट फर्किएर…