काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०२०’ को सोह्रौं दिन अर्थात् अन्तिम दिन – आज दुई नाटक प्रसारण हुने भएका छन्। नाटकहरु ‘गर्भछिटा’ र ‘ताराबाजी लैलै’ देखाइन लागेको हो। कर्णली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’लाई हिरा बिजुली नेपालीले लेखेका साथै निर्देशन गरेका हुन्। परम्पराले निम्त्याएको समाजिक विकृति, महिला र दलितहरुमाथिको विभेद र दमन नाटकको केन्द्रमा छ। नाटककमा विष्णुमाया परियार, गोविन्द सुनार,…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको एन्जियोप्लास्टी गरिएको छ। मुटुमा समस्या देखिएपछि उनलाई शहीद गंगालाल हृदय केन्द्र लगिएको थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले उनको अवस्था सामान्य रहेको ट्विट गर्दै सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। डा राजन भट्टराईको @Rajanktm मुटुमा समस्या देखिएकोले एंजियोप्लास्टि गरिएको छ। उहाँको अवस्था अहिले सामान्य छ। शीघ्र स्वास्थ्यलाभको कामना!…
काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको १८ दिन पूरा भइसकेको छ। मानिसलाई घरभित्र नै बस्न आग्रह गरिएको छ। तर, पनि लकडाउनको उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किन भने छोडेका छैनन्। यसरी लकडाउन उल्लङ्घन गर्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ। शनिवार बिहानै पनि उपत्यका भित्रबाट १२ सय ६६ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा ९ सय २४…
संयुक्त राज्य अमेरिकामा २४ घन्टामा २ हजार भन्दा धेरैले कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाएका छन्। एकै दिनमा कोरोनाका कारण मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो। जोन्स हप्किसन्स युनिभर्सिटीका अनुसार पछिल्लो २४ घन्टामा अमेरिकामा २ हजार १ सय ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। #BREAKING The US becomes the first country to record more than 2,000 #coronavirus…
काठमाडौः प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस भएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो। एसएसपी धनश्याम अर्याल बढुवा सिफारिसमा पहिलो नम्बरमा परेका छन्। एसएसपी प्रकाशजंग कार्की, बसन्तकुमार पन्त,इश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार बिसी बढुवा सिफारिसमा परेका हुन्। सरकारले २६ बाट घटाएर डिआइजीको दरबन्दी १४ बनाएको…
काठमाडौं : सरकारले स्थानीय तह र अन्य निकायले व्यवस्थापन गरेका क्वारेन्टाइनहरुको अवस्थाका विषयमा निरीक्षण गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्माण भए/नभएको र अन्य व्यवस्थापनका विषयमा सरकारले निरीक्षण गर्ने भएको हो। विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार मापदण्ड पूरा भए नभएको स्थलगत अनुगमन र आवश्यक…
काठमाडौं : कीर्तिपुर नगरपालिकाले नगरभित्र कोठा भाडामा बस्ने विद्यार्थीको तथ्यांक संकलन गर्न थालेको छ। राहत उपलब्ध गराउनु पहिले तथ्यांक संकलन गर्न थालिएको नगर प्रमुख रमेश महर्जनले बताए। ‘शुरुमा के कति विद्यार्थी छन् थाहा पाउन लगत लिन खोजेका हौं। त्यसपछि राहतको व्यवस्था गर्छौँ, जसलाई आवश्यक छ,’ उनले भने। नगर प्रमुख महर्जनले विद्यार्थी खाद्यान्न नभएर भोकै बस्न नपरोस भनेर राहत उपलब्ध गराउन…
काठमाडौँः मलेसियामा कोरोना (कोभिड–१९) संक्रमण जोखिम न्यूनीकरणका लागि जारी लकडाउनको अवधि थप गरिएको छ। थप दुई साताका लागि लकडाउन अवधि थप गरिएको हो। आवागमन नियन्त्रण आदेश (एमसीओ) लाई अप्रिल २८ सम्म लम्ब्याइएको छ। यसअघि अप्रिल १४ सम्मका लागि तोकिएको थियो। यसैबीच नेपाली दूतावासले मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेशको पूर्ण पालना गर्न नेपाली नागरिकहरुलाई आग्रह गरेको छ।
काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका चिकित्सकलाई कोरोना संक्रमितको उपचार कार्यमा परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले छात्रवृत्तिमा अध्ययनरत चिकित्सकलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए। जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले हाल सेवाबाहिर रहेका र सेवाबाट निवृत्त भएकालाई पनि सेवामा समावेश हुन आह्वान गरेको छ। सेवाबाहिर रहेका र निवृत्त भएका स्वास्थ्यकर्मी र…
काठमाडौँः पछिल्लो २४ घण्टामा ६३० जनाको कोरोना परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म तीन हजार ५२४ जनाको परीक्षण भइसकेको छ। कुनै पनि नयाँ संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ४०१, काठमाडौंबाहिर २२९ वटा परीक्षण भएका छन्। ल्याबमा परीक्षण भइरहेका नमूनाको संख्या ८ सयभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ। दायरा बढाएसँगै परीक्षणको संख्या पनि बढेको छ। त्यसैगरी क्वारेन्टाइनमा ८…
काठमाडौँः स्वास्थ्यकर्मी तथा चिकित्सकको तलव भत्ता कट्टी गर्न कुनै पनि सूचना जारी नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थय मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले तलब कट्टाका लागि कुनै पनि पत्राचार नभएको बताएका हुन्। चैत ११ गते मन्त्रिपरिषद्को बैठकले सरकारी सेवामा आवद्ध सबैको तलब कट्टाको घोषणा गरे पनि अहिलेसम्म मन्त्रालय अन्तर्गत कुनै पनि कर्मचारीको तलब नकाटिएको प्रवक्ता देवकोटाले जानकारी…
पर्वत : खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको अभियोगमा प्रहरीले एक ग्यास विक्रेतालाई पक्राउ गरेको छ। बजार मूल्यभन्दा बढीमा एलपी ग्यासको बिक्री गरेको अभियोगमा जलजला गाउँपालिका ३ स्थित दिप्सन मेटल स्टोर्सका सञ्चालक ४० वर्षीय मिनप्रसाद रेग्मीलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को कारण उत्पन्न परिस्थितिमा रेग्मीले मूल्य बढाएर ग्यास बेचेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी…
काठमाडौं : सांगीतिक कार्यक्रम 'पलेँटी'को नयाँ श्रृङ्खला सार्वजनिक भएको छ। संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जना स्वर दिएका गायक डाक्टर सुमन थापाको प्रस्तुतिको पहिलो भाग युट्युबमा राखिएको हो। गीतहरू सँगै क्रमशः गायकको सांगीतिक र पेशागत अनुभव समेत सुन्न, हेर्न सकिने छ। उनी गत अक्टोबरमा नेपालयको आरशालामा प्रस्तुत भएका थिए। शृङ्खलाको आरम्भमा सुमनकै संगीत रहेका दुई गीत छन्। जसमा भने…
कोरोनाको संक्रमणबाट बच्न अरु तयारी गर्न नसके पनि सरकारले ढिलै लिए पनि एउटा सहि निर्णय गरेको थियो - लकडाउन। समय घर्किसकेकाले पर्याप्त गृहकार्यविना नै लकडाउन सुरु भयो। त्यसको असर, अलपत्र परेकाहरु सयौं किलोमिटर दुरी पैदल नै तय गरिरहेका थिए। अझै पनि हिँड्नेहरु रोकिएका छैनन्। लकडाउन मुलत: चलायमान गतिविधिलाई रोक्नका लागि थियो ता कि संक्रमण नफैलियोस्। कोभिड १९ को जोखिमबाट बच्नुसँगै…
काठमाडौं : कोरोना भाइरस (कोभिड–२०१९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आइतबार दिउँसो २ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बस्न लागेको हो। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले लकडाउनको समयमा देखिएका समस्याको बारेमा छलफल गर्ने बताइएको छ। लकडाउनको समयमा मजदुरले भोगेको समस्या, काठमाडौंबाट गाउँ फर्किनेहरुको विषयमा छलफल हुनेछ। समितिको प्रस्तावका आधारमा नै मन्त्रिपरिषद्को बैठकले लकडाउनको…
कोरना भाइरसको कहरका कारण विश्व लगभग ठप्प छ। चीनको वुहानबाट फैलिन सुरु भएको भाइरसको संक्रमण अहिले युरोप हुँदै अमेरिका पुगेको छ। चीनमा भने भाइरसको प्रभाव कम भइसकेको छ। शताब्दीपछि विश्वलाई नै ठप्प बनाएको भाइरसका कारण चीनलाई हेर्ने दृष्टिकोण बड्लिएको छ अधिकांश समाजमा। कतै चिनियाँ देखि हाले मानिस आतिन थाल्छन्। लकडाउन सुरु हुनु अघि काठमाडौंको ठमेल बजारमा यस्तै घटना घटे। केही…
काठमाडौँः लकडाउनको अवधिमा सीमामा रोकिएका नागरिकको हेरचाहको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन्। ओलीले शुक्रबार बिहान मोदीसँग कुरा गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्। आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका…
काठमाडौं : अहिले अधिकांश मानिस घरभित्र छन्। सरकारले लकडाउनको समयमा घर बाहिर ननिस्कन अपिल गरेको छ। घर बाहिर निस्किए सडकमा खटिएका सुरक्षाकर्मीको कारबाहीमा परिहालिन्छ। यस्तो समयमा घरभित्र नै महिला हिंसा भए के गर्ने? सहेरै बस्ने वा प्रहरी कहाँ उजुरी दिने? लकडाउनको समयमा महिला हिंसा भए प्रहरीकहाँ पुग्नु पर्दैन। अहिले फोनबाट नै जानकारी दिए प्रहरी नै घरमा पुग्छ। नेपाल प्रहरीको एक…
काठमाडौँः सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले बन्दाबन्दीको अवधिमा अदालतबाट प्रवाह हुने सेवा आंशिक सञ्चालनमा ल्याउने निर्णय गरेको छ। यसअघि बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित निवेदन तथा पक्राउ पूर्जी जारी तथा समर्थनको काममात्र सञ्चालनमा थिए। शुक्रबारदेखि हिरासतमा राख्न अनुमति दिने, अभियोगपत्र दर्ता, अभियुक्तको बयान, थुनछेक आदेश गर्ने भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। यसअघि…
काठमाडौं: कोरोना भाइरसको महामारीमा मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य संयोजक र नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघका पदाधिकारी सदस्य रहनेगरी उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको हो। समितिले कोभिड १९ विरुद्ध लड्न सरकारी कदमहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच,…