काठमाडौं : लकडाउनको कारण देश अहिले ठप्प छ। मानिसहरु घर भित्र नै बसिरहेका छन्। यसको असर अपराधिक क्रियाकलापमा पनि देखिएको छ। २० दिनको अवधिमा काठमाडौं उपत्यकाभित्र कुनै पनि जघन्य अपराध नभएको प्रहरीको दावी छ। काठमाडौंमा केही चोरीका घटना भने भएका छन्। मानिस घर, पसल तथा कोठा छोडेर गएका कारण चोरी भएको प्रहरीको दावी छ। 'जघन्य अपराध भएका छैनन्। चोरीका घटना भने फाट्टफुट्ट देखिएका छन्,'…
कोरोना जोखिम न्यूनीकरणका लागि धेरै देशहरु अहिले लकडाउनमा छन्। छिमेकी भारत तीन साताको लकडाउनमा छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त अवधि बढाउने प्रस्ताव गरिसकेका छन्। औपचारिक रुपमा समय थप भने भइसकेको छैन। लकडाउन भए पनि विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरु सुरक्षित स्थान तथा अन्य वाध्यताका कारण आवागमन गरिरहेका छन्। कोही पैदलै यात्रा गरिरहँदा उडिसाका महेश जेन सात दिनमा करिब १५ सय किलोमिटर…
पछिल्लो पटक कोरोना भाइरस (कोभिड-१९)ले संसारलाई थिलथिलो बनाएको छ। यस महामारीका कारण आर्थिक क्षतिको आँकलन भइसकेको छैन। मानवीय क्षति जारी छ। मृत्यु हुनेको संख्या विश्वभर एक लाख नाघिसकेको छ। कोभिड-१९ संक्रमणमा परी उपचारपछि घर फर्कनेहरु पनि छन्। तीन लाख ८८ हजारभन्दा माथि कोरोना संक्रमितहरु उपचारपछि घर फर्किसकेका छन्। घातक मानिएको कोभिड-१९ ले कोरोना जितेकाहरुको जीवनमा के पछिसम्म असर पार्ला? यसबारे…
कोरोना भाइरस संक्रमणका कारण ठूलो धक्का परेको छ बलिउड उद्योगलाई। फिल्म निर्माण कम्पनीदेखि हल सञ्चालकसम्मको व्यवसाय करिव एक वर्ष पछि धकेलिने बलिउड ट्रेड विश्लेषकहरुको अनुमान छ। यस्तोमा सबैभन्दा बढी मारमा परेका छन् दैनिक जिविकोपार्जन मै समस्या परेका मजदूरहरुलाई जो छायांकनस्थल देखि रेकर्डिङ स्टूडियोहरुमा ज्यालादारी काम गर्छन्। ती मजदूरको समस्यालाई ध्यानमा राख्दै आर्थिक एवं अन्य सहयोग गर्न सक्रिय देखिएका छन् बलिउड…
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई नम्बर प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु शाहले कोरोना भाइरसविरुद्धको लडाईंमा प्रदेश सरकार उदासिन देखिएको आरोप लगाएका छन्। नेता शाहले महासंकटको घडीमा आफ्नो मातहतको संरचना मार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदान र दाताको भूमिकामा मात्र सीमित भएको टिप्पणी गरेका छन्। 'गाउँपालिका/नगरपालिका तथा संघ मातहतका जिप्रका, प्रहरी, जेललगायतका निकायलाई…
काठमाडौं: नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णय उपयुक्त भएको बताएका छन्। देशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री मोदीले शनिबार गरेको भिडियो कन्फ्रेन्समा सहभागी भएलगत्तै केजरीवालले ट्वीटरमार्फत केन्द्र सरकार लकडाउन बढाउने निर्णयमा पुगेको जानकारी दिँदै सो निर्णय सहि भएको उल्लेख गरेका हुन्। 'प्रधानमन्त्रीले लकडाउन बढाएर सहि निर्णय लिनुभएको छ। आज भारतको स्थिति विकसित देशहरू भन्दा राम्रो छ। किनकि हामीले…
काठमाडौं : ग्यापु अनलाइन सपिङले तरकारी र फलफूलसहितको दैनिक उपभोग्य वस्तुको डेलिभरी सेवा सुरु गरेको छ। उपत्यकाभरी सेवा उपलब्ध हुनेगरी डेलिभरी प्याकेज थालेको संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार इन्डक्सन चुल्हो, तरकारी र फलफूल लगायत सामाग्री थानकोटदेखि बनेपासम्म र बुढानिलकण्ठ देखि भैंसेपाटीसम्मका उपभोक्ताका लागि उपलब्ध गराइने छ। कोरोना भाइरसविरुद्ध सावधानी अपनाउँदै कर्मचारीले स्यानिटाइजर, पिपिइ, मास्क, पञ्जा लगायत सुरक्षा सामाग्री…
काठमाडौँः अहिले सबैको प्रश्न छ, लकडाउन कहिलेसम्म हुन्छ? बढ्छ कि बढ्दैन? कहिले खुल्छ? कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। तेस्रोपटक समय थपेर वैशाख ३ गतेसम्म कायम गरेको छ। आज १९औँ दिन पूरा हुनैलाग्दा मानिसहरुको अब फेरि बढ्छ कि खुल्छ भन्ने चासो छ। लकडाउन सकिन चार दिन बाँकी हुँदै गर्दा पनि सरकारले ठोस् रुपमा…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने ५ सय ४१ महिला सहित १ हजार ९६० जनालाई प्रहरीले कारबाही गरेको छ। शनिवार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, २ सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चार पाङ्ग्रे गरी…
कैलालीः धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। चैत्र ८ गते दुबईबाट नेपाल आइपुगेका उनलाई चैत्र १४ गते कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनको दुई पटक परीक्षण भइसकेको छ। शनिबार प्राप्त तेस्रो रिपोर्टमा पनि कोरोना पोजेटिभ नै देखिएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीश जोशीले जानकारी दिए। सेती अस्पतालमै उपचार गराइरहेका अन्य…
काठमाडौं : कोभिड-१९ र लकडाउनका कारण नेपालयको ‘महिला श्रृंखला २०२०’ अन्तर्गत मार्च महिनामा सार्वजनिक हुने तय भएका दुई वटा पुस्तकहरूको विमोचन प्रभावित भएको छ। नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले कोभिड-१९ ले संसारमा पुर्याएको प्रभाव बारे सबै जानकार रहेको भन्दै यसबाट प्रकाशन उद्योग पनि प्रभावित हुनु स्वाभाविक भएको बताइन्। उनले भनिन्, ‘संसारले ई बुक्सलाई अङ्गाल्न थालेको लामै समय भयो तर नेपालमा…
काठमाडौँः शनिबारसम्म कोरोना संक्रमण आशंका गरिएका चार हजार ४२६ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ८९७ जनाको परीक्षण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकामा वीर अस्पतालमा शनिबारदेखि परीक्षण सुरु भएको छ। आइतबारदेखि टेकुमा पनि सुरु गरिने मन्त्रालयले जनाएको छ। हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कुल तीन हजार ३९२ को परीक्षण गरिएको छ। २४ घण्टामा ६०९ जनाको…
काठमान्डौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदोशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सबाट सम्वाद गरेका छन्। बिहान ११:३० बजेदेखि अपरान्ह ३:४० बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अन्तर्क्रिया भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि गरिएका प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। ओलीले प्रयास सकारात्मक रहेको भए पनि अझ समन्वयात्मक ढंगले…
काठमाडौँः उपत्यकामा अब तीन स्थानबाट कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले वीर अस्पतालमा शनिबारदेखि नमूना परीक्षण सुरु गरिएको जानकारी दिए। यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण भइरहेको छ। उपचारका लागि तोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि आइतबारदेखि परीक्षण सुरु हुने देवकोटाले बताए। दुई अस्पताल थपिएपछि राष्ट्रिय प्रयोगशालासँगै…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोभिड-१९ कोषमा राख्न सुझाव दिएका छन्। प्रवक्ता श्रेष्ठले शनिवार ट्विटमार्फत सांसद विकास कोष अनुचित रहेको उल्लेख गर्दै अब सांसद विकास कोष शीर्षकमा बजेट नराख्न समेत माग गरेका छन्। उनले उक्त शीर्षकमा बजेट नराख्ने निर्णय छिट्टै गर्न पनि भनेका छन्। उनले लेखेका छन्, ‘मैले पहिलेदेखि भन्दै आएको छु,…
सन् २०१९ को हिट फिल्म हो 'सुपर ३०'। गणित विज्ञ आनन्द कुमारको जीवनीमा आधारित यस फिल्मले बक्स अफिसमा मात्र होइन समीक्षात्मक हिसाबले पनि सफलता पायो। फिल्म रिलिज भएको केही समयमै सिक्वेल बन्ने समेत घोषणा भएको थियो। साथै फिल्म चीनमा प्रदर्शनको लागि फरक भर्सन निर्माणको तयारीबारे पनि चर्चा थियो। फेरि एकपटक उक्त फिल्म चीनमा प्रदर्शनको तयारी हुँदैछ। चीनका सिनेमा घरमा पुन: सञ्चालनमा…
काठमाडौं: भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन ३० अप्रिलसम्म बढाउन माग गरिएको छ। पछिल्लो १२ घण्टामा भारतमा ५ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। मर्नेको संख्या पनि दिनहुँ बढिरहेको छ। यस्तो बेला शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गरे। भिडियो कन्फ्रेन्समा भएको छलफलमा मुख्मन्त्रीहरुले लकडाउन ३० अप्रिलसम्म बढाउन प्रस्ताव गरेका हुन्। भारत मार्च २५…
कोरोना भाइरस महामारीविरुद्धको लडाईंमा अहिले स्थानीय तहका जनप्रतिनिधि अग्रपंक्तिमा छन्, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीजस्तै। नेपाली कांग्रेसका नेता गगन थापाले त स्थानीय जनप्रतिनिधिको सहयोगविना कोरोनाविरुद्धको लडाई सफल नहुने बताएका छन्। सबैभन्दा बढी जिम्मेवारी स्थानीय जनप्रतिनिधिमा रहेको भन्दै तथ्यांक संकलनमा गगनले जोड दिएका छन्। सरकारले पनि जनप्रतिनिधिको योगदानलाई प्रशंसा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा जनप्रतिनिधिलाई धन्यवाद दिएका थिए।…
काठमाडौं : पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले आफूलाई पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट र मन्त्री केशरबहादुर विष्टसँग तुलना गरेका छन्। सिंहदरबारमा आगो लागेपछि कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए भने खेलकूद मन्त्री रहेका केशरबहादुर विष्टले रङ्गशालामा असिना काण्डले मानिस मरेपछि पद त्यागेका थिए। आज ट्विट गर्दै विष्टले पूर्व मन्त्रीहरुसँग आफ्नो तुलना गरेका हुन्। उनले ट्विट गर्नासाथ उनमाथि आलोचना गर्नेहरु सोझै प्रश्न गर्छन् -…
पछिल्लो १२ घन्टामा भारतमा ५ सय भन्दा धेरै कोभिड १९ संक्रमित भेटिएका छन्। यससँगै भारतमा कोरोना भाइरसको संक्रमितको संख्या ७ हजार ४ सय ४७ जना पुगेको छ। शनिवार बिहानसम्म २ सय ३९ जना मानिसहरुले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्, भारतमा। भारतको महाराष्ट्र सबैभन्दा प्रभावित राज्य हो। त्यहाँ १ हजार ८ सय ७२ केस देखिएको छ। यहाँ १ सय १० जनाले…