PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • मुख्यभूमि चीनमा आइतवार देखिए १०८ नयाँ संक्रमित, ९८ ‘इम्पोर्टेड केस’

    मुख्यभूमि चीनमा आइतवार देखिए १०८ नयाँ संक्रमित, ९८ ‘इम्पोर्टेड केस’

    मुख्यभूमि चीनमा आइतवार १०८ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार आइतवार ९८ ‘इम्पोर्टेड केस’सहित १०८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको सिन्ह्वाले जनाएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपोर्ट अनुसार हइलोङजियाङ प्रान्तमा सात र क्वाङदोङ प्रान्तमा तीन जनामा संक्रमण देखिएको छ। उनीहरुमा स्थानीय रुपमा नै संक्रमण देखिएको हो। त्यस्तै, आइतवार दुई जनाको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा

    इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरेका छन्। ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई थप प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन्। यो लकडाउनकै स्वरुप हो। अब मानिसहरु बाहिर हिँडडुल गर्न पाउने छैनन्। ट्रम्पले आफूहरु अहिले एउटा अदृश्य शत्रुसँग युद्ध गरिरहेको बताउँदै ट्वीटरमा भनेका छन्, 'हामी…

    विस्तृतमा पढ्नुस्

  • संघर्षको मैदानबाटै शुभकामना : हार्दैनौं हामी [सम्पादकीय]

    संघर्षको मैदानबाटै शुभकामना : हार्दैनौं हामी [सम्पादकीय]

    बाह्र पटक पल्टिएको भित्तेपात्रो फेरिएको छ। आज २०७७ सालको पहिलो दिन। पुराना कामको समीक्षा, कमजोरीलाई सुधार अनि नयाँ उत्साह सहित अगाडि बढ्न प्रेरणा दिने यस दिनलाई भव्य रुपमा स्वागत गर्न सकिरहेका छैन। संसारभर फैलिरहेको कोरोना भाइरसको संक्रमणले गर्दा हामी २०७६ सालका आखिरी महिनाहरुमा तनावपूर्ण अवस्थाबाट गुज्रियौं। नयाँ वर्ष पनि तिनै तनावबीच भित्रिएको छ, समय हो रोकिने कुरै भएन। त्यसैले, हामी…

    विस्तृतमा पढ्नुस्

  • नेकपा प्रवक्ताको घोषणा : एक वर्षको तलबमध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्नलाई राहत

    नेकपा प्रवक्ताको घोषणा : एक वर्षको तलबमध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्नलाई राहत

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहतमा दिने घोषणा गरेका छन्। उनले राष्ट्रिय सभाको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन। संकटका बेला एकताबद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी रहेको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा प्रचण्ड र देउवाको सन्देश : एकताका साथ काम गरे मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ

    नयाँ वर्षमा प्रचण्ड र देउवाको सन्देश : एकताका साथ काम गरे मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ

    काठमाडौं : कोरोना महामारीका बीच नयाँ वर्षको शुभकामना आदान प्रदान भइरहेको छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन्। देउवा र प्रचण्ड दुवैले एकताका साथ काम गरे मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन्। एकतामा विजय प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षको सन्देशमा प्रधानमन्त्री ओलीले भने, ‘अनिकालमा घरभित्रका भाँडा बज्दा रडाको मच्चिएको ठान्नु भूल’

    नयाँ वर्षको सन्देशमा प्रधानमन्त्री ओलीले भने, ‘अनिकालमा घरभित्रका भाँडा बज्दा रडाको मच्चिएको ठान्नु भूल’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन्। शुभकामना सन्देशमा प्रम ओलीले सरकारको बचाउदेखि कोरोना संकटको अवधिसम्म आफूले तलब नलिने घोषणा गरेका छन्। उनले ३ गते पछि सरकारले कोरोनाका लागि थप रणनीति अपनाउने बताएका छन्। २१ मिनेट लामो भिडियो सन्देश जारी गर्दै प्रम ओलीले सरकारले सकारात्मक काम गरेकाले नआत्तिन आपिल गरेका छन्। भारी मनका साथ नयाँ वर्षको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको आह्वानमा प्रहरी, सरकारी कर्मचारीको साथ, तर देखिएनन् जनता !

    प्रधानमन्त्रीको आह्वानमा प्रहरी, सरकारी कर्मचारीको साथ, तर देखिएनन् जनता !

    काठमाडौँ:  नयाँ वर्ष २०७७ को अवसरमा ग्लोबल कम्प्याक्ट नेपाल नामक संस्थाले सबैतिर 'राष्ट्रिय गान गुन्जाउँ र बजाउँ' कार्यक्रम आयोजना गर्यो। एक सस्थाले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन सबैलाई आह्वान गरे। आइतवार प्रम ओलीले ट्वीटरमा उक्त संस्थाको ब्यानर राख्दै भनेका छन्, 'राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा बाबुरामको ट्विट : २०७७ साल महाउथलपुथलकारी हुन सक्छ!

    मध्यरातमा बाबुरामको ट्विट : २०७७ साल महाउथलपुथलकारी हुन सक्छ!

    काठमाडौं : पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले २०७७ साल महाउथलपुथलकारी हुनसक्ने बताएका छन्। सात अंक जोडिएका हरेक वर्ष नेपालमा उथलपुथलकारी भएको भट्टराईको तर्क छ। भट्टराईले राति १२ बजेर २० मिनेटमा ट्विट गर्दै कोरोनाले विश्वका शक्तिशाली देशहरूलाई घुँडा टेकाएको टिप्पणी गरेका छन्। कोरोनाले नेपालका कम्युनिस्टको पुँजीवादी रुप उदाङ्ग भएको उल्लेख गरेका छन्। ‘नेपालमा कम्युनिस्ट खोल ओढेको आसेपासे पुँजीवादको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ बाट संक्रमित हुनेको संख्या विश्वभर १८ लाख ४८ हजार बढी, १ लाख १४ हजारको मृत्यु

    कोभिड-१९ बाट संक्रमित हुनेको संख्या विश्वभर १८ लाख ४८ हजार बढी, १ लाख १४ हजारको मृत्यु

    कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८५ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १८ लाख ४८ हजार ५०३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख १४ हजार १८५ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा ५ लाख ५६ हजार ४४ रहेको छ। त्यस्तै स्पेनमा १ लाख ६६ हजार ८३१, इटालीमा १…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षको पहिलो दिन : लकडाउन उल्लङघन गर्ने १७ सय मानिस समातिए

    नयाँ वर्षको पहिलो दिन : लकडाउन उल्लङघन गर्ने १७ सय मानिस समातिए

    काठमाडौं : नयाँ वर्षको पहिलो दिन। लकडाउनको कारण मानिस घरभित्र नै नयाँ वर्ष मनाइरहेका छन्। तर उपत्यकाबाट लकडाउन उल्लङघन गर्ने १ हजार ७ सय १३ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लडकाउनको अवधि थपिएपछि बढ्दै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा उपत्यकाभित्रबाट  ४ सय ४५ महिला र १२ सय ६८ पुरुषलाई नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा कोरोनाका कारण १० हजारभन्दा बढीको मृत्यु, स्वास्थ्य सचिवले भने : परिस्थितिसँग लड्नेहरुको कथा बिर्सने छैनौं

    बेलायतमा कोरोनाका कारण १० हजारभन्दा बढीको मृत्यु, स्वास्थ्य सचिवले भने : परिस्थितिसँग लड्नेहरुको कथा बिर्सने छैनौं

    बेलायतमा कोरोना भाइरस संक्रमणका कारण थप ७ सय ३७  जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाकै कारण मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ। यो संख्या अस्पतालहरुमै ज्यान गुमाएकाहरुको मात्र हो। अस्पताल बाहिर बितेकाहरु समेत गर्दा मृतकको संख्या थप धेरै हुने आइतबारको प्रेस ब्रिफिङमा बताइयो। एक सरकारी सल्लाहकारले बेलायत युरोपेली देशहरुमध्ये सबैभन्दा बढी संक्रमित हुनसक्ने चेतावनी दिए…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : कोरोना रोकथाम गर्न सबैमा उर्जा प्रदान गर्ने विश्वास

    नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : कोरोना रोकथाम गर्न सबैमा उर्जा प्रदान गर्ने विश्वास

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छिन्। ‘नयाँ वर्ष २०७७ साल आगमनको यस महत्वपूर्ण उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले भनेकी छिन्। शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सरकारले ‘समृद्ध…

    विस्तृतमा पढ्नुस्

  • ४ सय २० सवारी प्रहरी नियन्त्रणमा

    ४ सय २० सवारी प्रहरी नियन्त्रणमा

    काठमाडौं : लकडाउनको समयमा नियम विपरीत सवारी चलाउने सवारीधनी सहित प्रहरीले ४ सय २० वटा सवारी साधन नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आइतबार उपत्यका भित्रबाट ४ सय २० वटा सवारी नियन्त्रणमा लिएको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए। २२ वटा चार पाङग्रे र ३ सय ९८ वटा दुई पाङग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको हो।

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको पारिश्रमिक कोराना उपचार कोषमा जम्मा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट, अदालतले भन्यो, ‘अहिले दर्ता नगरौँ’

    प्रहरीको पारिश्रमिक कोराना उपचार कोषमा जम्मा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट, अदालतले भन्यो, ‘अहिले दर्ता नगरौँ’

    काठमाडौँः प्रहरीको मासिक पारिश्रमिक कट्टा गरी कारोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। तर, अदालत प्रशासनले उक्त रिट केही दिनपछि दर्ता गर्ने सुझावसहित फिर्ता गरेको छ।  अधिवक्ता टीकाबहादुर कुँवर र भुपाल बस्नेतले उक्त रिट पेश गरेका थिए। तर अदालतले अहिले दर्ता नगर्ने भन्दै निवेदन फिर्ता गरेको हो। ‘तत्काल दर्ता नगरौँ भनेर फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा भूकम्पको धक्का

    दिल्लीमा भूकम्पको धक्का

    भारतको नयाँदिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार साझ ५ बजेर ४५ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प महसुस गरिएको भारतको मौसम विज्ञान विभागले जनाएको छ। भूकम्पको केन्द्रविन्दु दिल्लीको उत्तरपूर्वी क्षेत्र रहेको छ। नेशनल डिजास्टर रेस्पोन्स फोर्सका डिजी सत्यनारायण प्रधानले ट्वीटरमार्फत भूकम्पको धक्काको विस्तृत विवरण उल्लेख गरेका छन्। #earthquake So far no damages reported across NCR and nearby https://t.co/EA7XWbhKEO — ѕαtчα…

    विस्तृतमा पढ्नुस्

  • अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर हुन्छ: स्वास्थ्यमन्त्री ढकाल

    अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर हुन्छ: स्वास्थ्यमन्त्री ढकाल

    काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रालिका तर्फबाट एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिमा आत्मनिर्भर हुन सकियोस भन्नेर काम गर्नुपर्ने बताए। सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै उनले त्यसका लागि आवश्यक वतावरण तयार…

    विस्तृतमा पढ्नुस्

  •  कोरोना राहत कोषमा राखेपको ३२ लाख

     कोरोना राहत कोषमा राखेपको ३२ लाख

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ। लकडाउन र कोरोनाको सङ्क्रमण चलिरहँदा राखेपले कोरोना राहत कोषमा उक्त रकम जम्मा गरेको हो। यसका लागि राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका केही क्वारेन्टाइनमा सरसफाइको आवश्यकता, केहीमा पुगेन मापदण्ड

    उपत्यकाका केही क्वारेन्टाइनमा सरसफाइको आवश्यकता, केहीमा पुगेन मापदण्ड

    काठमाडौं : सरकारले उपत्यकामा स्थापना भएका विभिन्न क्वारेन्टाइनहरुको स्थालगत अनुगमन गरेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको नेतृत्वमा शनिवारबाट उपत्यकामा रहेका क्वारेन्टाइनहरुको अनुगमन शुरु भएको हो। शनिवार पशुपति क्षेत्रमा रहेको धर्मशालामा निर्माण भएको क्वारेन्टाइनको अनुगमन गरिएको थियो भने आइतवार ललितपुर र भक्तपुरका क्वारेन्टाइनको अनुगमन गरिएको छ। भक्तपुरको तेलकोटमा रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख सेनानी रिदेश विष्टको शव काठमाडौं ल्याइयो, श्री एयरलाइन्सको जेट सुडान पुगेर फर्कियो

    प्रमुख सेनानी रिदेश विष्टको शव काठमाडौं ल्याइयो, श्री एयरलाइन्सको जेट सुडान पुगेर फर्कियो

    काठमाडौं : नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव नेपाल ल्याइएको छ। शान्ति सेनामा सुडानमा रहेका विष्टको २६ मार्चमा हृदयघातका कारण निधन भएको थियो। नेपाली सेनाले चार्टर गरेको श्री एयरलाइन्सको जेट इन्जिन जहाजबाट आइतबार उनको शव काठमाडौं उतारिएको हो। ‘युएनले हामीलाई आफ्नो कर्मचारी ल्याउनका लागि सकभर होम कन्ट्रीकै विमान चार्टर गर्न अनुरोध गरेको हुन्छ,' नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने,…

    विस्तृतमा पढ्नुस्

  • ५ हजार १ सय जनाको कोरोना परीक्षण : थप तीनमा संक्रमण, एकैदिन १७ जना रेड जोनमा

    ५ हजार १ सय जनाको कोरोना परीक्षण : थप तीनमा संक्रमण, एकैदिन १७ जना रेड जोनमा

    काठमाडौं : आइतवारसम्म१२ कोरोना संक्रमित बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। आइतवार थप तीन जनामा कोरोना संक्रमण फेला परेको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।  पछिल्लो समय संक्रमण देखिएका तीन जना भारतीय नागरिक हुन्। तीन जना संक्रमितहरु ३७,४४ र ५५ वर्षको उमेर रहेका छन्। एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका वासिन्दा रहेको खुलेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell