कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८५ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १९ लाख ८० हजार ३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख २६ हजार ५३९ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा ६ लाख ८ हजार ३७७ रहेको छ। त्यस्तै स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १…
काठमाडौं : मंगलबार तार्केश्वर नगरपालिकामा बिहान साढे ९ बजेतिर ५० वर्षीय विष्णुप्रसाद चौलागाई साइकलमा ग्यास लिएर जाँदै थिए। विद्यालयका सुरक्षा गार्ड रहेका उनी लकडाउनका कारण विद्यालय बन्द भएपछि घरघरमा ग्यास पुर्याउने काम गर्दै आएका थिए। मंगलबार उनी साइकल डोहोर्याउँदै थिए। डाँडागाउँ नजिकै पानी ढुवानी गर्ने बा २ ख ५१७७ नम्बरको ट्याङकर हुत्तिएर आयो। लकडाउनको कारण अरु सवारी साधन चलेका थिएनन्। सडक खाली छ। अत्यआवश्यक ढुवानीका सवारी…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिकाले उपलब्ध गराउने फन्ड रोक्न निर्देशन दिएका छन्। मंगलबारको प्रेस ब्रिफिङमा ट्रम्प स्वयंले यस जानकारी सार्वजनिक गरेका हुन्। कोरोना भाइरस संक्रमणलाई लिएर डब्लुएचओको समीक्षा भएको र उक्त संस्थाले आधारभूत जिम्मेवारी समेत पूरा गर्न नसकेको ट्रम्पको आरोप रहेको छ। उनले भनेका छन्,'यस विषयलाई लिएर विश्व स्वास्थ्य संगठन जवाफदेही हुन आवश्यक छ।' ट्रम्पले डब्लुएचओ…
काठमाडौँः अनावश्यक रुपमा भीडभाड हुनेगरी अदालतको सेवा विस्तार गरेकोमा न्यायपालिका आवद्ध कर्मचारी संगठनले विरोध जनाएको छ। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतले कोभिड–१९ जोखिम बढिरहेको अवस्थामा हचुवाका भरमा सेवा विस्तारको निर्णयले न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र सेवाग्राही समेत जोखिममा परेको भन्दै निर्णय सच्याउन माग गरेको छ। सर्वोच्चको फूलकोर्टले नेपाल बार एशोसिएशनको सुझावमा चैत २८ गतेबाट आंशिक रुपमा सेवा…
काठमाडौँः मुलुक तीन सातादेखि लकडाउनमा छ। कोरोना जोखिम बढेपछि संघीय संसद्को अधिवेशन समेत अन्त्य गरिएको छ। पछिल्लो एक महिनायता सदन र विषयगत समिति सक्रिय समेत हुन सकेका थिएनन्। तर, पछिल्लो समयमा भर्चुअल रुपमा भए पनि मिनी संसद सञ्चालन हुनुपर्ने माग बढिरहेको छ। सरकारले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि अघि बढाएका काम कारबाही विवादित हुँदै गर्दा संसदीय समितिलाई कुनै न कुनै रुपमा…
काठमाडौँः सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा र पदस्थापन गरेको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रशासन र इन्जिनियरिङ समूहका दुई वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको हो। निर्णय अनुसार सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन गरेको छ। प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। यस्तै इन्जिनियरिङ समूहका सहसचिव सागर राईलाई…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवारसम्म १२ हजार ६ सय ९ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ। मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर र र्यापिड टेस्ट गरी परीक्षण गरिएको बताए। उनले २१ जिल्लामा मात्रै कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए। उनका अनुसार मोबाइल एपबाट कोरोना परीक्षणका लागि १६ हजार ४ सय ४८ जनाले नाम दर्ता गराएका…
काठमाडौं : सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो। त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो। हवाइ उडान वैशाख १८ गतेसम्म नै बन्द रहनेछन्। शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसन गरेका थिए। मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई लकडाउनको समय थप गर्न सुझाव…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले उच्च जोखिम भएका सुदूरपश्चिमका जिल्लाहरूमा लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नु पर्ने बताएका छन्। कोभिड-१९ संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम अन्त्य गर्नु जरूरी भएको राणाले सरकारलाई सुझाव दिएका छन्। कैलालीलगायत सीमावर्ती जिल्लाहरूमा सीमा पार गर्न सकिने असाध्यै धेरै अनौपचारिक…
केही समय यता विभिन्न देशहरुमा ट्युबरक्लोसिस (टिबी) विरुद्धको खोप बेसिल क्यालमेट गुयरिन भ्याक्सिन (बीसीजी)ले रोग प्रतिरोधात्मक क्षमता बढाउने र कोरोना संक्रमणको जोखिम घटाउने भन्दै विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका छन्। 'ट्युबरक्लोसिसको भ्याक्सिन कोभिड-१९ विरुद्धको सम्भावित गेम चेन्जर' शीर्षकमा आइरिस टाइम्सले सामाग्री प्रकाशन गरेको छ। अप्रिल ४ मा प्रकाशित उक्त लेखले इम्युनोलोजिस्टहरुले बीसीजी भ्याक्सिनले विश्वव्यापी माहामारी बनेर फैलिएको कोरोनाविरुद्ध लड्न सहयोग पुर्याउने…
काठमाडौं : बालाजुमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मंगलवार बिहान साढे ९ बजेतिर पानी ढुवानी गर्ने बा २ ख ५१७७ नम्बरको ट्याङकरले ठक्कर दिँदा काभ्रे घर भएका ५० वर्षीय विष्णुप्रसाद चौलागाईको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। तारकेश्वर नगरपालिकाको डाँडागाउँमा ट्याङ्करले ठक्कर दिएको थियो। मृत चौलागाईं नेपालटारमा रहेको युरिका स्कुलका सुरक्षागार्ड हुन्। स्कुल विदा…
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमवार एकै फ्ल्याटमा बस्ने तीन जनामा गरिएको र्यापिड टेस्टमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै पाटन अस्पताल भर्ना गरिएको थियो। एक जनाको भने रिपोर्ट आउन बाँकी नै छ। उनीहरु तीनै जना चैतको पहिलो हप्ता बेलायतबाट आएको बताइएको छ। तीनै जनाको स्वाब संकलन गरी थप…
काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सोमवार राति कोरोना भाइरसले जातीय तथा सामाजिक आर्थिक पक्ष र कोरोना भाइरसको प्रभावको बारेमा ट्विट गरे। कोरोना भाइरसले अफ्रिकी-अमेरिकी समुदायमा पारेको प्रभावबारे द एटलान्टिकको समाचारको लिंक शेयर गर्दै ओबामाले कोरोनाको प्रभाव बारे जातीय तथा सामाजिक-आर्थिक पक्षले भूमिका खेलेको बताएको छन्। ओबामाले ट्विटमा लेखेका छन्, ‘कोरोनाले कसलाई बढी प्रभाव पारेको छ भन्ने विषयमा जातीय तथा…
बलिउड बादशाह शाहरुख खानले स्वास्थ्यकर्मीका लागि २५ हजार थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) सेट सहयोग गरेका छन्। उनले महाराष्ट्रका अस्पताल एवं स्वास्थ्य केन्द्रहरुमा कोरोना भाइरसविरुद्ध उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुका लागि पीपीई उपलब्ध गराएका हुन्। महाराष्ट्रका जनस्वास्थ्य मन्त्री राजेश टोपेले शाहरुखको सहयोगबारे जानकारी दिएका हुन्। उनले ट्वीटरमा लेखेका छन्,'धेरै धेरै धन्यवाद शाहरुख खान। तपाईंको यस सहयोगले स्वास्थ्यकर्मीका लागि ठूलो अर्थ…
काठमाडौं : अभिनेत्री बेनिशा हमाल मार्चको १८ तारिखमा भारतबाट नेपाल फर्किइन्। कोरोना भाइरस माहामारीविरुद्ध सचेत रहेकी उनले १४ दिन आफैलाई सेल्फ क्वारेन्टाइनमा राखिन्। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा। त्यहाँ उनी आफ्नी फूपु र भाइसँग बस्दै आएकी छिन्। विश्व स्वास्थ्य संगठनले नै १४ दिनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिने बताएको छ। त्यसैले १४ दिने सेल्फ क्वारेन्टाइनमा रहँदा कोभिड-१९ को लक्षणसँग मिल्दो कुनै समस्या…
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लडाईंमा सामाजिक दुरी र लकडाउने देशलाई ठूलो लाभ मिलेको बताए। 'यद्यपि, आर्थिक रुपमा ठूलो क्षति होला। तर, भारतवासीको ज्यानका अगाडि यसको कुनै मूल्य छैन,' उनले भने। भारत जुन मार्गमा चलेको छ त्यसको विश्वमा पनि चर्चा हुनु स्वभाविक भएको उनको भनाई छ। मोदीले लकडाउन र सामाजिक दुरीको लक्ष्मण रेखा पालना गर्न पनि आग्रह गरे। 'पूरा…
काठमाडौं : कोरोना भाइरस डिजिज (कोभिड-१९)को प्रभाव विश्वका करिब १८५ देशमा फैलिएका छन्। पान्डेमिकको रुपमा देखिएको कोभिड-१९ का कारण विश्वभर नै विभिन्न क्षेत्र प्रभावित भएका छन्। यस्ता छन् कोभिड-१९ को विकसित मुख्य घटनाक्रम : संक्रमितको संख्या २० लाख नजिक जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १९ लाख १९ हजार ९१३ जना मानिस संक्रमित भएका छन्। युनिभर्सिटीले आधिकारिक…
भारतमा लकडाउन मे ३ सम्म थपिएको छ। मंगलबार विहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप १८ दिन बढाउने घोषणा गरेका हुन्। भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा घोषणा गरिएको छ। त्यसको अवधि आजै सकिन लाग्दा मोदीले थप १८ दिन बढाउने घोषणा गरे। मोदीले राज्य र नागरिकस्तरबाटै लकडाउन बढाउन सुझाव आएको पनि बताए। भारतमा कोरोना…
काठमाडौं : सोमबारबाट सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ मा मंगलबार दुई सत्र आयोजना हुँदैछन्। 'शब्दसँग सयर गर्ने सहयात्री' शीर्षक रहेको पहिलो सत्रमा सरिता तिवारी, सीमा आभास र अनुपम रोशीले लेखनसँग जोडिएका विविध विषयमा कुराकानी गर्नेछन्। दिउसो एक बजे किताब जात्राको फेसबुक पेजमार्फत् हुने छलफलमा शकुन्तला जोशीले सहजकर्ताको भूमिका निर्वाह गर्नेछिन्। त्यस्तै दिउसो चार बजे 'गजल बहार' शीर्षकमा गजलकारहरु नृपेश…
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोभिड १९ को संक्रमणबाट मुक्त भएका छन्। सरकारी प्रवक्ता जेम्स स्लकले प्रधानमन्त्रीको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको सोमवार जानकारी दिएका छन्। उनका अनुसार जोन्सन आधिकारिक आवास चेकर्समा आराम गरिरहेका छन्। जोन्सनका लागि चेकर्स, १० डाउनिंग स्ट्रीटभन्दा सुरक्षित ठाउँ रहेको बताइएको छ। यसअघि कोरोना भाइरसको संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। तीन दिनसम्म आइसियुमा राखेर…