काठमाडौः ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यारत चिकित्सक माथि प्रहरीले कुटपिट गरेको छ। बुधवार राती तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। कान्ति अस्पतालको पछाडि रहेको ओरालोमा प्रहरीले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। परिचयपत्र र अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरी गाली गर्दै कुटपिट गरेको हो।…
काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रेमिटेन्स भित्र्याउने विदेशमा रहेका र नेपालभित्रै रहेका श्रमिकको समस्या नसुल्ट्याउने हो भने त्यसले नाकारात्मक असर पार्ने बताएका छन्। देशको अर्थतन्त्र धान्न देश बाहिरका ६० लाख र देशभित्रका ६५ लाख श्रमिकको व्यवस्थापन हुन नसके उनीहरुकै आक्रोशमा देश जल्ने चेतावनी दिएका छन् भट्टराईले। आज ट्विटमा भट्टराईले लेखेका छन् - 'कोरोना महाब्याधीको बेला हामी सबभन्दा नराम्ररी…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका राज्यहरुमा जारी संकटकाल पुन: खोल्ने संकेत दिएका छन्। नियमित प्रेस ब्रिफिङमा उनले अमेरिकाले कोरोना संक्रमणको चरम् सीमा पार गरेको र अब यही महिना राज्यहरु खुल्ने बताएका हुन्। ह्वाइट हाउसमा हुने प्रेस सम्मेलनमा उनले आउँदो बिहीवार लकडाउन खोल्ने बारे निर्देशिका जारी गर्ने बताएका हुन्। भने, 'हामी चाँडै पुरानो जीवनशैलीमा फर्कने छौं।' अमेरिकामा हालसम्म ६ लाख ३५…
भारत, अहमदाबादको एक सिभिल अस्पताललाई धर्मको आधारमा बिरामीकोसमूह विभाजन र फरक फरक उपचार गरेको आरोप लागेको छ। त्यहाँ भर्ना भएका बिरामीहरुका अनुसार अप्रिल १२ तारिखसम्म सबै कोरोना संक्रमितहरुलाई एउटै वार्डमा राखिएको थियो। तर हाल हिन्दु र मुसल्मान बिरामीहरुलाई फरक फरक वार्डमा सारिएको बीबीसी हिन्दीले जनाएको छ। एक १९ वर्षीय संक्रमितले चार दिनअघिसम्म सबै बिरामीलाई ए४ वार्डमा राखिएपनि हाल हिन्दुहरुलाई मात्र…
काठमाडौं : कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद व्यक्तिहरुको कोभिड-१९ को परीक्षणलाई अगाडि बढाएको छ। सातै प्रदेशमा गरी १३ वटा स्थानमा कोभिड-१९ को संक्रमण पत्ता लगाउन १३ वटा स्थानमा प्रयोगशाला निर्माण भएका छन्। यसरी निर्माण भएका प्रयोगशालामा पोलिमर चेन रियाक्सन (पीसीआर) पद्धतीबाट परीक्षण भइरहेको छ। यो परीक्षणले भाइरसको उपस्थितिलाई परीक्षण गर्छ। यो परीक्षणले शरीरमा भाइरसको प्रवेश…
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले संकटका बेला विरामी नलिने अस्पतालमाथि कारवाही गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आग्रह गरेका छन्। कांग्रेसको छाया सरकारका स्वास्थ्यमन्त्री समेत रहेका थापाले राज्यबाट छुट लिएर राज्यलाई संकट परेका बेला सेवा नदिने अस्पताललाई कारवाही गर्ने हिम्मत स्वास्थ्य मन्त्रीले बताए। थापाले अहिले महाव्याधि कोरोना भाइरसको संकटका बेला केही मेडिकल कलेज वा मेडिकल…
काठमाडौँः कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले यससँग लड्न नयाँ रणनीति अख्तियार गर्ने भएको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिले संक्रमित बढेको अवस्थामा नयाँ रणनीति अख्तियार गर्ने निर्णय गरेको हो। हाल संक्रमितको संख्या १६ पुगेको छ। केही जिल्लाहरुमा र्यापिड टेस्टबाट पोजेटिभ देखिएका केसलाई पीसीआर परीक्षणका लागि पठाइएको छ। समितिको निर्णय सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले…
काठमाडौँः आन्तरिक हवाइ उडान वैशाख १८ गतेसम्म बन्द हुने भएका छन्। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले उडान रोक्ने निर्णयलाई थप १५ दिन लम्ब्याएको हो। यसअघिको निर्णय अनुसार वैशाख ३ गतेसम्म उडान रोकिएको थिए। सरकारले अन्तर्राष्ट्रिय हवाइ उडानलाई वैशाख १८ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ।
काठमाडौँः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिँदैमा नआत्तिन आग्रह गरेका छन्। बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. पाण्डेले आरडीटी पोजेटिभ देखिने बित्तिकै मानिसहरु डराउने भयभित हुने, एम्बुलेन्स चालकले बोक्न नमान्ने देखिएको भन्दै यसबाट डराउनु नपर्ने बताए। तर सुरक्षित हुन भने उनले आग्रह गरे। 'कुनै व्यक्तिलाई ४० दिनमा पोजेटिभ आएको छ। यसको…
काठमाडौँः उपचारमा रहेका १५ जना जनाबाहेक बुधबारसम्म थप कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको जानकारी दिएका हुन्। तर विभिन्न जिल्लामा भएको र्यापिड टेस्टमा भने पोजेटिभ देखिएको छ। पीसीआर परीक्षण नगरी कोरोना संक्रमण भएको भन्न नमिल्ने देवकोटाले बताए। अहिलेसम्म पीसीआर र र्यापिड टेस्ट गरेर १५ हजार ८ वटा…
काठमाडौँः पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्यापिड टेस्टबाट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको पूर्ण परीक्षण नतिजा नेगेटिभ आएको छ। र्यापिड टेस्टमा तीन जनाकै नतिजा पोजेटिभ देखिएको थियो। बुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीनमध्ये एकको नतिजा नेगेटिभ आएको बताए। दुई जनाको भने यसअघि पोजेटिभ नतिजा आइसकेको छ। त्यस्तै सोही परिवारसँग बस्दै आएका दुई जनाको पनि र्यापिड टेस्ट नेगेटिभ आएको हो। …
काठमाडौं : गत बिहीवार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले लकडाउनमा काठमाडौंमा फसेकाहरुलाई शुक्रवार र शनिवार उपत्यका बाहिर जान दिने निर्णय भएको सार्वजनिक भयो। समितिमै रहेका मन्त्रीहरुले सार्वजनिक रुपमा निर्णय भएको जानकारी गराए। प्रधानमन्त्री कार्यालयद्वारा सञ्चालित फेसबुक पेजमा निर्णयबारे जानकारी अपलोड पनि भयो। विवाद भएपछि उक्त पेज प्रधानमन्त्री कार्यालयको नभइ समितिको भएको दावी पनि आयो। तर, एकाध समयमै…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरी सीमा नाकामा थप कडाइ गर्न माग गरेको छ। उपत्यका लगायतका स्थानमा फसेका नागरिकहरुको राहतका विषयमा सरकारले गरेका निर्णयहरु प्रभावकारी बन्न नसकेको राजपाले बताएको छ। राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले बुधवार एक विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रको आवतजावतमा थप कडाइ गर्नुपर्ने माग गरेका हुन्। त्यस्तै उनले काठमाडौंबाट पैदल हिडेर…
काठमाडौँ: पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट फर्किएर बसिरहेका दुई जनामा कोभिड १९ पोजिटिभ देखिएसँगै अपार्टमेन्टको ए ब्लकमा बस्ने सबैको र्यापिड टेस्ट गरिएको छ। २९८ जनाको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ। 'बुधबार बिहानदेखि २९८ जना टेस्ट गरिएको थियो। सबैको परीक्षण नेगेटिभ आएको हामीलाई जानकारी आएको छ।' कागेश्वरी मनहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी (सिम्खडा) ले भनिन्। अन्य ब्लकमा बस्ने शंकास्पदको मात्र परीक्षण गरिने भएको…
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिकाले दिँदै आएको अनुदान रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताए। कोरोना भाइरस (कोभिड-१९) पान्डेमिकको उच्च विन्दुमा ट्रम्पको यस्तो निर्णय आएको हो। यसबाट कोभिड-१९ विरुद्ध उनको प्रशासनले चालेको अबेर र अस्तव्यस्त कदमको बचावट गर्ने उनले हरसम्भव प्रयास गरिरहेको पुष्टि हुन्छ। अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो दाता हो। उसले डब्लुएचओलाई सदस्यता शुल्क तथा अन्य सहयोग…
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले जनलोकपालको माग गरेका छन्। भट्टराईले समस्या उठाएर मात्र आफू पानीमाथिको ओभानो बन्न नमिल्ने धारणा राख्दै समस्या समाधानका लागि ४ सुझाव समेत दिएका छन्। उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा तिर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘समाधानका निम्ति मैले निरन्तर उठाएका…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिँडेर जान बाध्य मजदुरलाई घर पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। लामो लकडाउनले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा काम गर्ने मजदुरहरु पैदलै लामो दुरीमा हिँडेर गइरहेका बेला थापाले बुधबार ट्वीटरमार्फत घरपुग्ने व्यवस्था मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन्। थापाले कि जहाँ छ त्यहीँ आवश्यक व्यवस्था गरि राख्नुपर्ने र नभए घर…
काठमाडौं : २२ दिनदेखि प्रहरी एउटै ड्युटी छ। खटिने स्थान पनि खासै फरक छैन। उही सडक र तिनै गल्ली। सडकमा नै प्लास्टकको डोरीले बेरेर होल्डिङ एरिया बनाउनु अनि बाहिर निस्किएकालाई त्यहाँ होल्ड गराउनु। प्रहरीको दैनिकीमा थपिएको जिम्मेवारी अर्थात् खुल्ला आकासमुनिको हिरासत। बिहान ६ बजेदेखि नै प्रहरीको ड्युटी सडकमा मानिसहरुलाई निस्किन नदिनु हो। अत्यावश्यक काम बाहेक निस्किएकालाई होल्डिङ एरियामा लगेर राख्ने…
काठमाडौं: एसियाली फुटबल संघ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो। यसअघि मे र जुन महिनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो। विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय…
काठमाडौं : कोरोना भाइरस डिजिज (कोभिड-१९)को प्रभाव विश्वका करिब १८५ देशमा फैलिएका छन्। पान्डेमिकको रुपमा देखिएको कोभिड-१९ का कारण विश्वभर नै विभिन्न क्षेत्र प्रभावित भएका छन्। यस्ता छन् कोभिड-१९ को विकसित मुख्य घटनाक्रम : विश्वभर १ लाख २६ हजार बढीको मृत्यु जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार हालसम्म कोभिड-१९ बाट विश्वभर १९ लाख ८० हजार ३ जना मानिस संक्रमित भएका…