काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीए) २०१९ मा दिल्ली क्यापिटल्सका लागि खेलेका नेपाली युवा स्टार सन्दीप लामिछाने आइतवार स्वदेश फर्किएका छन्। दिल्लीका लागि लिग चरणमा ६ खेल खेल्न पाएका सन्दीपले ८ विकेट लिएका थिए। तर दिल्लीले अलेको यस सिजनको अन्तिम खेल (दोस्रो) क्वालिफायर भने सन्दीपले खेल्न पाएनन्। उक्त खेलमा दिल्ली चेन्नाईसँग पराजित भएको थियो र फाइनल पुग्न सकेन। आइतवार एअर…
काठमाडौँ : नेपाली फुटबलको नम्वर वान गोलकिपर किरण कुमार लिम्बु मलेसियाको आइसोटोनिक ड्रिंक १०० प्लसको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्। सारा ग्रुपले नेपालमा भित्र्याएको र मलेसियाको नम्बर वान आइसोटोनिक ड्रिंकको रुपमा परिचित १०० प्लस र किरणबीच आइतवार राजसधानीमा सम्झौता भएको हो। सम्झौता दुई वर्षको लागि रहेको छ। सारा ग्रुप नेपालका प्रवन्ध निर्देश दिपक केसि र गोलकिपर किरणले सम्झौतामा हस्ताक्षर गरे।…
काठमाडौँ : नेपाल भलिबल संघको आयोनामा महिलार पुरुषको राष्ट्रिय बिच भलिबल प्रतियोगिता जेठ २३ गतेदिख पोखरामा सुरु हुने भएको छ। संघले आफ्नो वार्षिक कार्षतालिका अनुसार छैटौँ महिला तथा सातौँ राष्ट्रिय बिच भलिबल जेठ २३ देखि २५ गतेसम्म पोखरामा आयोजना गर्ने आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कूल १० टोलीको सहभागिता हुनेछ। महिला…
काठमाडौः म्युजिक नेपालका म्यानेजर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले म्यानेजर उत्तम थापा (उज्जवल)लाई पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। फिल्म ‘मखमली’को गीत चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको हो। ‘गीत चोरी गरेको उजुरी परेपछि हामीले नियन्त्रणा लिएका हौं। थप अनुसन्धान भइरहेको छ‘, डिएसपी बोगटीले भने। धनमाया सिलवाल (सावित्री)ले गीत चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सिलवाल फिल्म मखमली–२ की निर्माता हुन्।
काठमाडौँ: प्रहरीले आजबाट अस्पताल क्षेत्र र आसपासमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउने भएको छ। धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने उद्देश्यले आजबाट काठमाडौँका सरकारी अस्पताल क्षेत्रमा पूर्ण रूपमा विक्री तथा सेवनमा रोक लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले बताए। ‘सरकारी अस्पताल भित्र र सय मिटरको क्षेत्रमा कसैले सर्तजन्य…
काठमाडौँ: शनिवार दरबारमार्गस्थित याक एण्ड यति होटेलबाट पक्राउ परेका भारतीय नागरिकले नेटवर्किङ व्यवसायको नाममा तीन जना नेपालीबाट १ करोड २३ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैकको लगायतको संयुक्त टोलीले सूचनाको शनिवार होटेलमा आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्ने १२ जनालाई नियन्त्रणमा लिएको थियो। ‘अवैध नेटवर्किङ व्यवसाय गर्ने भन्दै ठगी गर्ने…
काठमाडौः प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा भएका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले दर्ज्यानी चिन्ह लगाएका छन्। आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। गत बिहीबार गृह मन्त्रालयले एसएसी पोखरेललाई बढुवा सिफारिस गरेको थियो। समकालीन एसएसपीहरु धिरजप्रताप सिंह, वसन्त पन्त, घनश्याम अर्याललगायतलाई पाखा लगाउँदै पोखरेलले १०० पूर्णाङ्कमा ७१.६१२८ नम्बर ल्याएर बढुवामा सिफारिस…
-सूर्यप्रकाश कँडेल चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ४ निवासी इन्दिरा अधिकारीले नारायणगढको शहीदचोकमा रहेको एक सुन पसलमा पुगेर डेढ तोलाको सुनको बेरुवा औँठी अर्डर गरिन्। पसल सञ्चालकले गहना लिन एक हप्तापछि आउनु भने। एक हप्तापछि औँठी लिन सुन पसलमा पुगेकी अधिकारी गहनाको बिल देखेर तीन छक्क परिन्। डेढ तोलाको औँठी किन्दा उनले दस प्रतिशत अर्थात् १५ लाल जर्तीको रकम थप…
काठमाडौः हत्याको अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शनिवार माहाभारत गाउँपालिका वडा नम्बर ०२ घर भएका ३८ वर्षीय इन्द्र बहादुर मोक्तानलाई नियन्त्रणमा लिएको हो। मोक्तानले २०६७ असार १ गते काभ्रेपलान्चोक साबिक गोकुले गाविस वडा नम्बर ०४ स्थित गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको…
प्रधानमन्त्री केपी शर्मा ओली अहिले भियतनाम भ्रमणमा छन्। द्विपक्षीय समझदारी, लगानीको स्रोत पहिचान तथा पर्यटन प्रवर्द्धन लगायतमा भ्रमण केन्द्रित हुने ओलीले यसअघि नै बताइसकेका छन्। आन्तरिक रूपमा विकासका 'ठूला सपना बाँडिरहेका' प्रधानमन्त्री ओली यस्तो देशमा छन् जुन देशको पछिल्लो आर्थिक विकासको आफ्नो छुट्टै संघर्ष छ। जसबाट नेपालले समेत सिक्न सक्नेछ। सन् १९७५ मा २० वर्षे लामो युद्ध सकिँदासम्म विश्वकै कमजोरमध्ये…
नुवाकोटः नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ। चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चट्याङ लागेर एक भैंसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ।
काठमाडौ : दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो लगायतको सयुक्त टोलीले सुचनाको आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्नेलाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालमा समेत अवैध नेटवर्किङ गर्न आएलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। साइन गुप्रका डारेक्टर रसिद नासिङ सहित १२ जना समातिएका…
काठमाडौः अवैध विदेशी मुद्रा सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। त्रिभुवन विमास्थल प्रहरीले शुक्रवार दिउँसो ४४ वर्षीय वन्दना धनश्याम सोनीलाई नियन्त्रणमा लिएको डिएसपी नारायण रञ्जितकारले जानकारी दिए। नेपाल एयरलाइन्सको विमानबाट भारत जान लागेको अवस्थामा चेक गर्दा सुटकेसमा लुकाएर १ सय दरको एक हजार थान अवैध अमेरिकी डलर फेला पारेको हो। प्रहरीले थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाएको जानकारी दिएको…
धनगढी : महाकाली राजमार्गको मोहनापुल–अत्तरिया खण्डमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२ १७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मुत्यु भएको हो। मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ वर्षीय टेकबहादुर बलायर रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।…
यतिखेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को नेतृत्वमा दुई तिहाई बहुमतको सरकार छ। सरकारले यसबीच अन्तर्राष्ट्रिय सम्बन्धको सुधारका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति बढाउँदै लगेको दाबी गर्दै आएको छ। त्यही सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा निस्किएका छन्। उनको यो भ्रमणको अर्थ र नेपालको विदेश नीतिका बारेमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसँग पहिलोपोस्टले कुरा गरेको छ। २०१४ सालमा १६…
साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल)-२०१९ को फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले फाइनलमा स्थान बनाएको हो। दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नाईले १९ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो। चेन्नाईले अब उपाधिका लागि आइतवार मुम्बई इन्डियन्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा चेन्नाईलाई नै हराउँदै मुम्बईले फाइनलमा स्थान…
काठमाडौैं: फिल्म 'कुम्भ करण'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार अभिनेता गौरव पहाडी, निशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल फिचर्ड छन्। आकाश पल इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको यसअघि दुई पोस्टर सार्वजनिक भएको थियो। गत असार २२ मा नै रिलिज गर्ने भनिएको फिल्म अब सरेर जेठ १७ गतेलाई तय भएको छ। सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित भएको फिल्मलाई…
काठमाडौं : क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी असोजमा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी २० क्रिकेट मा १०७ खेलाडीले नाम दर्ता गराएका छन्। आयोजकले बैशाख १५ देखि २५ गतेसम्म खलाडीको नाम दर्ता गर्न आवेदन खुल्ला गरेको थियो। त्यस समयमा १०७ खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको हो। प्रतियोगिता असोज ३ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।…
काठमाडौँ : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियन शनिवार काठमाडौँमा आयोजना हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुने रेस्लिङ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। शुक्रवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संघले च्याम्पियन्सिको दुई वटा बेल्ट सार्वजनिक गर्दै खेलाडीहरुको समेत परिचय गराएको थियो। नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापाले मिडल किङ्गडम…
काठमाडौं : युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आगामी डिसेम्वरमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा सरकार जुटिरहेको बताएका छन्। १३औँ साग २०१९ डिसेम्वर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुँदैछ। भौतिक पूर्वाधार नै मुख्य चुनौतीका रुपमा रहेपनि मन्त्री विश्वकर्माले नेपालमा १३औँ साग आयोजना हुने मितिबारे पनि कुनै द्विधा नभएको प्रष्ट पारे। 'साग अन्तर्राष्ट्रिय महत्वको,…