काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दक्षिण पूर्वी एसियाली देशहरुको भ्रमण सफल भएको बताएका छन्। आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। ‘हनोईमा भियतनामका प्रधानमन्त्री महामहिम फुकसँग नेपाल भियतनामबीच परम्परागत रूपमा रही आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त वार्तामा नेपाल भियतनाम द्वीपक्षीय सम्बन्धका सबै पक्षहरूमा सारभूत…
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल)-२०१९ को एलिमिनेटरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। बिसाकापटानाममा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ। तर आजको खेलको लागि नेपाली खेलाडी सन्दीप लामिछाने भने पहिलो रोजाईमा परेनन्। यसको अर्थ सन्दीपले बेन्चमै बसेर खेल्ने भएका छन्। दिल्लीका लागि लगातार दोस्रो सिजन खेलिरहेका सन्दीपले यस सिजन लिग चरणमा १४ मध्ये ६…
काठमाडौं : पशुपति क्षेत्रमा युनेस्कोको मापदण्ड विपरीत तिलगंगा- ताम्रगंगा र श्लेष्मान्तक वनलाई अतिक्रमण गरी बनाइएको सडक बन्द गर्ने विषय फेरि विवादित बनेको छ। सर्वोच्च अदालतले २०७४ सालम नै सो मार्ग बन्द गर्न फैसला सुनाए पनि पशुपति क्षेत्र विकास कोषले बन्द गर्न सकेको छैन। सम्पदा अभियन्ताहरुले कोषका सदस्य सचिव प्रदीप ढकाललाई सडक बन्द गराउन धेरै पटक ताकेता गरे पनि सडकलाई पूर्ण…
आगामी दुई वर्ष ट्रान्सफर विन्डोमा खेलाडी खरीद गर्न नपाउने गरी फिफा लगाएको प्रतिबन्धविरुद्व चेल्सीले गरेको अपिल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्वीकार गरेको छ। कम उमेरका खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको भन्दै फिफाले गत फेब्रुअरीमा लण्डन क्लब चेल्सीलाई प्रतिवन्ध लगाएको थियो। फिफाले अपिल अस्वीकार गरेपछि चेल्सीले अब आगामी दुई वर्ष खेलाडी किनबेच गर्न पाउने छैन। फिफाको निर्णयविरुद्व चेल्सीले अब…
ताप्लेजुङ : तेस्रो संस्करणको पाथीभरा पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्। ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको सेमिफाइनल खेल जित्दै दुई क्लबले विभागीय भिडन्त पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सेटमा हरायो। पुलिस साविक विजेता समेत हो। पुलिसले गण्डकीलाई २५-१५, २६-२४, २५-१७ को सेटमा पराजित गरेको…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मर्यादा विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको अभिव्यक्तिलाई सभामुखले नजरअन्दाज गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको जागरण अभियानको सन्दर्भमा आज राजधानीमा सम्बोधन गर्दै देउवाले हिजो संसदमा भएको घटनाको प्रसंग उप्काए। 'हिजो संसदमा देखिहाल्नु भो। गैरसंसदीय शब्द डिलिट गर्नु भनेको डरपोक काँतर सभामुखले सकेनन्,' आक्रोशित मुद्रामा देउवाले भने, 'इतिहासमै काँतर सभामुख रहेछन्।' संसदमा…
काठमाडौैं: फिल्म 'वीर बिक्रम २'की मुख्य अभिनेत्री हुन् वर्षा सिवाकोटी। 'पशुपति प्रसाद'बाट चर्चा कमाएकी वर्षा पछिल्लो समय फिल्महरु गर्न व्यस्त छिन्। उनले यसअघि 'पुरानो बुलेट'मा अभिनय गरेकी थिइन्। फिल्मको बक्स अफिस रिपोर्ट खासै राम्रो भएन। 'रानी महल'लाई छोडेर वर्षा मिलन चाम्सको निर्देशनमा बन्ने 'वीर बिक्रम'का लागि फाइनल भएकी हुन्। उनी अभिनित पछिल्ला फिल्महरुको व्यवसाय निराशाजनक नै रहे। दर्शकले फिल्मलाई रुचाइदिएनन्।…
काठमाडौं : नेपाली कांग्रेसले सुरु गरेको जागरण कार्यक्रममा नेताहरुले सरकारविरुद्ध अभिव्यक्ति दिनेक्रम जारी छ। जागरण सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले जनतालाई अधिकार दिन काग्रेसले संघर्ष गर्दै आएको दावी गरे। 'कम्युनिस्टहरु अरुले गरेका काम पनि आफूले गरेको भन्छन्। कांग्रेसले आफूले गरेको काम भन्दै नभनी थाह पाइहाल्छन् नि भनेर बस्छन्,' सिंहले भने, 'रुन पनि पाउँदैन भनेर देउवाले भन्दा मान्छेहरु नहुने…
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले देश हाँस्य कलाकारले चलाइरहेको भन्दै सरकारको आलोचना गरेका छन्। नेपाली कांग्रेसको जागरण अभियानको कार्यक्रममा बोल्दै उनले सबै हाँस्य कलाकार सिंहदरबारमा रहेको टिप्पणीसमेत गरे। 'हाँस्य कलाकारले देश चलाइरहेको छ। सबै हाँस्य कलाकार सिंहदरबारमा छन्,' उनले भने, 'देशलाई सही बाटोमा लान कांग्रेसको नेतृत्व खाँचो छ।' उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय इतिहास बनाएको दाबीसमेत…
काठमाडौैं: निर्देशक दीपेन्द्र के. खानलले 'पशुपति प्रसाद' झैं सम्झन लायक फिल्म बनाउने घोषणा गरेका छन्। उनले निर्देशन गर्ने नयाँ फिल्म हो 'आमा'। नेपालमा निर्माण भएको पहिलो फिल्म पनि 'आमा' नै हो। फिल्मलाई सन् १९६४ मा हीरासिंह खत्रीले निर्देशन गरेका थिए। त्यसपछि यसै नाममा रेसराज आचार्यले फिल्म बनाएका थिए। अब निर्देशक दीपेन्द्रले पनि 'आमा' शीर्षकको फिल्मलाई अर्थपूर्ण बनाउने बताएका छन्। उनले फिल्मको…
काठमाडौैं: प्रदर्शन भएको हप्तामा नै एप्समार्फत् दर्शकले नेपाली फिल्म हेर्न पाउने भएका छन्। नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनी ओएसआर डिजिटलले संचालनमा ल्याएको 'भिडियो पसल' एप्सबाट डायस्पोराका दर्शकले नेपालमा शुक्रबार नै रिलिज भएको फिल्म हेर्न पाउने भएका छन्। नेपाल बाहिर रहेका दर्शकले एप्स डाउनलोड गरी 'न्यूनतम शुल्कमा फिल्म हेर्न पाउने भएका छन्। ओएसआर डिजिटलले पाइरेसीको कुनै अवसर…
काठमाडौैं: अधिकांश नेपाली कलाकारको सपना बन्दै आएको छ बलिउड। त्यसैको प्रभाव हुनुपर्छ, नेपाली कलाकारहरु आज पनि मुम्बईमा संघर्षरत छन्। तर, बलिउडमा काम गर्न अब मुम्बई नै जानुपर्ने देखिन्न। नेपाली इन्डस्ट्रीलाई जी टिभी नेटवर्कसँग जोडेर सहकार्य गर्न बलिउडमा नाम चलेको जी कम्पनीले पछिल्लो समय नेपाली कलाकारसँग काम गर्दै आएको छ। नेपालका कलाकारलाई लिएर यतै छायाँकन गरेका अधिकांश जीले निर्माण गरेको हिन्दी…
काठमाडौँः नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क लाइनबाट बिजुली लिएका उद्योगलाई ०७३ देखिकै अतिरिक्त महसुल निर्धारण हुने पत्र पठाएपछि तीनवटा व्यावसायिक संगठन एउटै मञ्चमा उभिएर नतिर्ने घोषणा गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले प्राधिकरणले गैरकानुनी रूपमा महसुल निर्धारण गरेर औद्योगिक क्षेत्रलाई हत्तोसाहित बनाउने काम गरेको आरोप लगाए। उनीहरूले कानुनको बर्खिलाप गएर महसुल निर्धारण गरेको भन्दै…
दिल्ली फ्रेन्चाइजले ७ वर्षपछि इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो पटक प्लेअफमा खेल्दैछ। सन् २०१२ मा पछिल्लो पटक प्लेअफ खेलेको दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन। यसअघि दिल्ली डेयरडेभिल्सको नाममा खेल्दै आएको दिल्ली फाइनलसम्म पनि पुग्न सकेको छैन। नाम परिवर्तन गर्दै दिल्ली क्यापिटल्स बनाएको यस टिमले 'न्यु दिल्ली' नारा बनाउदै खेलिरहेको छ। यस पटक लिग चरणमा मिश्रित प्रदर्शन गरेको दिल्लीले तेस्रो…
लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति एकको मृत्यु भएको छ। चोहर्वास्थित नेपाली सेना गणको बा १ ग २४६२ नम्बरको ट्रकमा स ६ प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो। मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको प्रहरीले जनाएको…
काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स लिग फुटबलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन कायम राखेका छन्। सेथु एफसीलाई लगातार दोस्रो जित दिलाउने क्रममा नेपाली खेलाडीद्वय सवित्रा भण्डारी र अनिता बसन्तेले गोल गरिन्। लिग अन्तर्गत बुधवार भंएको खेलमा नेपाली खेलाडी सम्मिलित सेथुले बैंगलोर युनाइटेड एफसीलाई ३-० ले पराजित गरेको हो। सेथुका लागि अघिल्लो खेलमा चार गोल गरेकी सावित्राले खेलको ११औँ मिनेटमा गोल…
काठमाडौँः जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान संविधानमा नै छ। तर, त्यसका लागि निश्चित अवधि तोकिएको छ। अवधि पुगेको अवस्थामा संघीय कानुन बमोजिम वंशजको नागरिकता दिने व्यवस्था छ। संवैधानिक व्यवस्था अनुसार नेपालको संविधान जारी हुनुभन्दा अघि अर्थात् २०७२ असोज ३ अघि जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने परिकल्पना गरेको छ। संविधान अनुसार संघीय कानुन निर्माण…
युरोपियन च्याम्पियन्स लिगको इतिहासमै शानदार कमब्याक गर्ने क्रममा लिभरपुलले बार्सिलोनालाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको छ। पहिलो लेगमा ३-० ले पराजित भएको लिभरपुलले दोस्रो लेगमा बार्सिलोनालाई ४-० ले पराजित गर्दै समग्रमा ४-३ को जित हात पारेको हो। घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि डिभोक ओरिगी र वैकल्पिक खेलाडि जर्जियानो विज्नाल्डले २-२ गोल गरे। पहिलो लेगबाट ३-० को अग्रता लिगको बार्सिलोनाले लिभरपुलको…
साविक विजेता चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को फाइनलमा प्रवेश गरेको छ। मंगलावार भएको क्वालिफायरमा मुम्बईले चेन्नाईलाई उसैको मैदानमा ६ विकेटले पराजित गरेको हो। यस सिजन चेन्नाईमाथि मुम्बईको यो तेस्रो जित हो। यसअघि लिग चरणमा मुम्बईले चेन्नाईलाई दुव खेलमा हराएको थियो। मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायर (चेन्नाई भर्सेस दिल्ली/हैदरावाद) को विजेतासँग खेल्नेछ।…
प्रारम्भिक टोली घोषणा गर्दा दक्षिण अफ्रिकाको टिममा नपरेका फास्ट अलराउण्डर क्रिस मोरिस इंग्ल्याण्ड र वेल्समा आयोजना हुने आइसीसी ओडिआई विश्वकपमा लागि दक्षिण अफ्रिकी टिममा बोलाइएका छन्। मोरिसले फास्ट बलर एनरिच नोर्तेयको सट्टा टिममा स्थान बनाएका हुन्। एनरिच घाइते भएका कारण टिमबाट बाहिरिएपछि मोरिसले विश्वकप खेल्ने टोलीमा अवसर पाएका हुन्। नेटमा प्राक्टिसका क्रममा एनरिचको दायाँ बुढि औलो फ्याक्चर भएका उनले उनले…