PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • ए डिभिजन लिग : फ्रेण्ड्सको पोष्टमा पुलिसको पाँच गोल, पाँच फरक गोलकर्ता

    ए डिभिजन लिग : फ्रेण्ड्सको पोष्टमा पुलिसको पाँच गोल, पाँच फरक गोलकर्ता

    काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरको फ्रेण्ड्स क्लबलाई ५-० ले पराजित गरेको छ। लिग अन्तर्गत शुक्रवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई सिजनको चौथो जित दिलाउन पाँच फरक खेलाडीले गोल गरे। एकपक्षीय जस्तै बनेको खेलमा पहिलो हाफमा दुई गोल गरेको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो। खेलको तेस्रो मिनेटमै रवि पासवानको पासमा अभिषेक रिजालले…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसीपको खेल तालिका सार्वजनिक

    साफ महिला च्याम्पियनसीपको खेल तालिका सार्वजनिक

    काठमाडौँ : सन् २०१९ को मार्चमा नेपालमै आयोजना हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिका अनुसार नेपाल, बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा रहेको छ। यस्तै चार पटकको विजेता भारतसहित माल्दिभ्स र श्रीलंका समूह बी मा छ। साफ महिला च्याम्पियनसिपको पाँच संस्करण मार्च ११ देखि २१ सम्म विराटनगरको…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : केभिन ओ'ब्रायनको अर्धशतकमा काठमाडौँको दोस्रो जित, लगातार चौथो खेल हारेपछि पोखरा लिग चरणबाटै आउट

    इपीएल : केभिन ओ'ब्रायनको अर्धशतकमा काठमाडौँको दोस्रो जित, लगातार चौथो खेल हारेपछि पोखरा लिग चरणबाटै आउट

    काठमाडौँ : आइरिस खेलाडी केभिन ओ'ब्रायनको शतक मद्दतमा काठमाडौँ किंग्स ११ ले पोखरा राइनोजलाई ५ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ। काठमाडौँसँग पराजित भएपछि लगातार चौथो हार बेहोरेको पोखरा राइनोज भने एक खेल अगावै लिग चरणबाट बाहिरिएको छ। पोखरा अब अन्तिम खेलमा चितवन टाइगर्ससँग खेल्नेछ। काठमाडौँले दोस्रो जित हात पार्ने क्रममा पोखराले दिएको १६६ रनको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : विशाल राईको निर्णायक गोलमा मनाङले आर्मीलाई हरायो

    ए डिभिजन लिग : विशाल राईको निर्णायक गोलमा मनाङले आर्मीलाई हरायो

    काठमाडौँ : विशाल राईले गरेको एक मात्र गोलको मद्दतमा मनाङ मर्स्याङ्दीले सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मीलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा मनाङले आर्मीलाई १-० ले पराजित गर्दै लगातार आठौँ खेल जितेको हो। विभागीय टोलीको आर्मीको भने यस सिजन यो पहिलो हार हो। विशाल राईले खेलको ३१औँ मिनेटमा गरेको गोल नै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा प्रदेश लिग र अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल हुने, प्रदेश सरकारले दुवै प्रतियोगिताको लागि पाँच वर्षसम्म वार्षिक १ करोड दिने

    प्रदेश १ मा प्रदेश लिग र अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल हुने, प्रदेश सरकारले दुवै प्रतियोगिताको लागि पाँच वर्षसम्म वार्षिक १ करोड दिने

    विराटनगर : अखिल नेपाल फुटबल संघ एन्फाले प्रदेश नम्वर १ मा दुई ठूला फुटबल प्रतियोगिता आयोजना गर्ने गरी प्रदेश नम्वर १ सरकारसँग पाँच वर्षको लागि सम्झौता गरेको छ। देश संघिय संरचनामा गइसकेको र फुटबललाई पनि त्यही अनुसार प्रदेश संरचनामा लैजाने निर्णय गरेको एन्फाले आफ्नो आयोजनामा प्रदेश नम्वर १ सरकारको सहकार्यमा मुख्यमन्त्री कप प्रदेश स्तरिय लिग फुटबल आयोजना गर्ने भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • ड्याफोडिल कप बास्केटबलको फाइनल समिकरण पुरा

    ड्याफोडिल कप बास्केटबलको फाइनल समिकरण पुरा

    काठमाडौँ : ड्योफोडिल कप बास्केटबलको फाइनल समिकरण पुरा भएको छ। छात्रतर्फ पहिलो सेमिफाइनलमा आयोजक ड्याफोडिल पब्लिकले बौद्ध इन्टरनेशनल स्कूललाई हरायो। ड्याफोडिल पब्लिकका लागि आङफूर्वा शेर्पाले सर्वाधिक १२ प्वाइन्ट स्कोर गरे। यस्तै दोस्रो सेमिफाइनलमा हिमालयन इन्टरनेशनल स्कूलले ड्याफोडिल बोर्डिङ स्कूललाई हराउँदै फाइनलमा स्थान बनायो। छात्रातर्फ विल्सन एकेडेमी  र भ्याली पब्लिक फाइनलमा पुगेका छन्। पहिलो सेमिफाइनलमा विल्सनले ड्याफोलिड पब्लिकलाई पराजित गर्‍यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई एक रुपैयाँ चन्दा उठाएर किनेको प्रतीकात्मक गाडी पुर्‍याउन जाँदा फोटो पत्रकार गिरफ्तार

    राष्ट्रपतिलाई एक रुपैयाँ चन्दा उठाएर किनेको प्रतीकात्मक गाडी पुर्‍याउन जाँदा फोटो पत्रकार गिरफ्तार

    काठमाडौँ : देश सञ्चार अनलाइनकी फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय शितल निवास बाहिर फोटो खिच्ने क्रममा बिहीबार अपराह्न प्रहरीले गिरफ्तार गरेको भन्दै फोटो पत्रकारहरुको संगठन पिजे क्लबले आपत्ति जनाएको छ।  'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ हुन्', क्लबका प्रवक्ता दीपेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'फोटो पत्रकारलाई तस्बिर खिचेकै कारण गिरफ्तार गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो। फोटो…

    विस्तृतमा पढ्नुस्

  • कपिल शर्मा र गीन्नी चत्रथको पञ्जावी 'वेडिङ लुक्स'

    कपिल शर्मा र गीन्नी चत्रथको पञ्जावी 'वेडिङ लुक्स'

    बलिउड कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन्। लामो समय प्रेम सम्बन्धमा रहेका शर्मा र प्रेमिका गीन्नी चत्रथ डिसेम्बर १२ देखि श्रीमान, श्रीमती भए। पञ्जावको जलन्धरमा उनीहरुको विवाह समारोह आयोजना भएको थियो। शर्माले बिहीवार इन्स्टाग्राममार्फत् फोटो सार्वजनिक गर्दै आफ्ना फलोअर्ससँग खुशी साटे। कपिल हरियो सेरवानी र गिन्नी रातो लेहेङ्गामा देखिएका छन्। दुवैले पञ्जावी परम्परा अनुसारको गर गहना पहिरिएका छन्। विवाह…

    विस्तृतमा पढ्नुस्

  • फुटबलर बन्दै अनमोल केसी, हरि खड्काले सिकाउँदैछन् फुटबल

    फुटबलर बन्दै अनमोल केसी, हरि खड्काले सिकाउँदैछन् फुटबल

    काठमाडौं : अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को नयाँ गीत सार्वजनिक भएको छ। ‘रहर छ सँगै...’ बोलको गीतमा अनमोलसँगै उपासना सिंह ठकुरी फिचर्ड छिन्। दिग्गज धौरालीको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको गीतमा अन्जु पन्त  र सुगम पोखरेलको स्वर छ।    सुपर काजोल फिल्म्सको यो नवौं फिल्म हो। फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्। फिल्म  फागुन १७ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मले फुटबल खेलाडीको…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र मल्ललाई ट्वीस्टरको प्रायोजन, दुई वर्षका लागि १६ लाख नेपाली रुपैयाँको सम्झौता

    ज्ञानेन्द्र मल्ललाई ट्वीस्टरको प्रायोजन, दुई वर्षका लागि १६ लाख नेपाली रुपैयाँको सम्झौता

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट किट्स निर्माता कम्पनीले ट्वीस्टरले प्रायोजन गरेको छ। राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान समेत रहेका मल्लाई ट्वीस्टरले क्रिकेट किट्स र नगद गरेर दुई वर्षको लागि करिब १० लाख भारतिय रुपैंया (नेरु १६ लाख) बराबरको सम्झौता गरेको हो। ज्ञानेन्द्र र ट्वीस्टरको तर्फबाट केयुर देसाईले बिहीवार काठमाडौँमा सम्झौता गरेका छन्। ज्ञानेन्द्रले गत शनिवारबाट टीयू…

    विस्तृतमा पढ्नुस्

  • राज्यको सबैभन्दा बढी दमन थारुमाथि : प्रचण्ड

    राज्यको सबैभन्दा बढी दमन थारुमाथि : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यबाट सबभन्दा बढी दमन थारुमाथि भएको बताएका छन्। समुदायका हिसाबले जनयुद्धमा पनि सबभन्दा बढी थारु समुदायबाट बलिदानी भएको बताउँदै प्रचण्डले यस्तो भनेका हुन्। जनयुद्धका क्रममा मारिएका तत्कालीन माओवादी नेता जोखन रत्गैंयाले सुरु गरेको थारु पत्रिका ‘मुक्तिक डगर’को पुनः विमोचन गर्दै प्रचण्डले थारुहरुको अधिकारका लागि संविधान संशोधन हुने प्रतिवद्धतासमेत…

    विस्तृतमा पढ्नुस्

  • फेरि 'सारेगमप' मै जाने तयारीमा मेनुका पौडेल

    फेरि 'सारेगमप' मै जाने तयारीमा मेनुका पौडेल

    नेपाल आइडलको शीर्ष ११ बाट बाहिरिएकी गायिका मेनुका पौडेलको 'सारेगमप' यात्रा पनि शीर्ष ११ मै आएर टुङ्गियो। भारतको चर्चित सोबाट दर्शक अनि निर्णायकको मन जितेकी मेनुकाको यात्रा कस्तो रह्यो त?  उनको यस्तो रहेछ अनुभव सुरुमा त 'सारेगमप'को नेपालमा अडिसन आयो। अडिसनमा गएँ। पहिलो र दोस्रो चरण पार गरेपछि तेश्रो अडिसन राउण्डका लागि कोलकाता लगियो। त्यसपछिको स्टूडियो राउण्ड, जी टेलिभिजनमै भयो। तर,यताबाट हेर्दा जस्तो…

    विस्तृतमा पढ्नुस्

  • नेपाल अगावै थाइल्याण्ड र म्यानमारमा 'सयकडा दश' प्रदर्शन हुने

    नेपाल अगावै थाइल्याण्ड र म्यानमारमा 'सयकडा दश' प्रदर्शन हुने

    काठमाडौं : नेपाल प्रदर्शन अगावै फिल्म 'सयकडा दश' थाइल्याण्ड र म्यानमारमा प्रदर्शन हुने भएको छ। थाइ नेपाली संघले थाइल्याण्डमा अंग्रेजी नयाँ वर्ष २०१९ मा फिल्मको रेड कार्पेट प्रिमियर गर्ने भएको हो। संघका अध्यक्ष एवं अभिनेता कुमार कार्कीले नेपाली फिल्मको ठूलो बजार रहेको म्यानमारमा 'सयकडा दश' प्रदर्शन गर्न उत्साहित रहेको बताए। फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्म आगामी माघ १८ गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • 'मदहोस'को लिरिकल भिडियो यस्तो बन्यो

    'मदहोस'को लिरिकल भिडियो यस्तो बन्यो

    काठमाडौं : फिल्म 'मदहोस'को एक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। फिल्मको 'दिलको पिँजडामा'बोलको गीतमा एस. के अधिकारिको शब्द, बाबुल गिरीको संगीत छ। मुभी मेकर्सको ब्यानरमा बनेको फिल्मलाई एस.के अधिकारीले निर्देशन गरेका हुन्। फिल्ममा विक्रम कार्कीको छायाँकन र राजन महर्जनको कोरियोग्राफी रहनेछ। फिल्ममा नवकलाकार सृजना बस्नेत दिपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेललगायतको अभिनय रहनेछ। फिल्म प्रदर्शनको तयारीमा छ।    

    विस्तृतमा पढ्नुस्

  • 'अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम'मा ११ देशको प्रस्तुति

     'अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम'मा ११ देशको प्रस्तुति

    काठमाडौं : 'अन्तर्राष्ट्रिय सम्मेलन तथा साँस्कृतिक कार्यक्रम (एसीसीएसी)' सम्पन्न भएको छ। ११ देश सहभागिता रहको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, अनि गायन प्रस्तुत गरिएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रमका सभापति थिए। कार्यक्रमलाई संचारकर्मी माल्भिका सब्बा र राजु दहालले संचालन गरेका थिए। 'छलिया नृत्य'सँगै सुरु भएको कार्यक्रममा एसीसीएसीको पहिलो वार्षिक उत्सव केक काटेर मनाइयो। कार्यक्रममा संस्कृतविद सत्यमोहन जोशी, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस

    प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस

    काठमाडौँः संवैधानिक परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस गरेको छ। बिहीबार बिहान बसेको परिषद् बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गर्दै संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो। प्रधानन्यायाधीशमा दीपकराज जोशी र जबरा प्रतिस्पर्धी थिए। जोशी भने यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेका थिए। चार पटकसम्मको बैठक स्थगितपछि जबराको नाम सिफारिस गरिएको हो। अब जबराको…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    उर्लाबारीः मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिँचाइ आयोजना अन्तर्गतको नहरको सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय अक्षय तबदारको विराटनगरस्थित…

    विस्तृतमा पढ्नुस्

  • साउण्ड सिस्टमको विषयलाई लिएर युवाबीच झगडा, एकको हत्या

    साउण्ड सिस्टमको विषयलाई लिएर युवाबीच झगडा, एकको हत्या

    रुपन्देहीः रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ। तिलोत्तमा नगरपालिका –७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए। बुधबार खेतमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटना अनुसन्धापछि चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए। थापाका अनुसार उनले हत्या गरेको स्वीकार गरेका…

    विस्तृतमा पढ्नुस्

  • जन्ती बोकेको जीप दुर्घटनाः बेहुलाका आमाबाबुसहित ६ जनाको मृत्यु

    जन्ती बोकेको जीप दुर्घटनाः बेहुलाका आमाबाबुसहित ६ जनाको मृत्यु

    दाङः चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोर्पियो जीप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गएराति पौने २ बजे एकापसमा ठोक्किँदा स्कोर्पियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद बैठक आज पनि बस्दै, होला प्रधानन्यायाधीश सिफारिस?

    संवैधानिक परिषद बैठक आज पनि बस्दै, होला प्रधानन्यायाधीश सिफारिस?

    काठमाडौँः लगातार चार पटकसम्म स्थगित भएको संवैधानिक परिषद बैठक आज पनि बस्दैछ। बुधबार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित बैठक आज बोलाइएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबार बिहान ९ बजे बैठक बोलाइएको छ। यसअघि शनिबार, मंगलबार र बुधबारदेखि लगातार बैठक स्थगित हुँदै आएको छ।  बैठकमा प्रधानन्यायाधीश सिफारिसको मुख्य एजेण्डा छ। हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ बाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell