लरेय सानले दुई गोल गरेपछि युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानचेष्टर सिटीले होफेनहेइमलाई २-१ ले पराजित गरेको छ। समूह एफमा ६ खेलबाट १३ अंक जोडेको सिटी समूह विजेता बनेको छ। यसै समूहको अर्को खेलमा साख्तर डोनेस्कसँग १-१ को बराबरी खेलेको फ्रेन्च क्लब लियो ८ अंक जोड्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। लियोनले समूह चरण पार…
साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगमा घरेलु मैदानमै रसियन क्लबसँग स्तब्ध बनेको छ। यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको स्पानिस जायन्ट रियल आफ्नै मैदानमा रसियन क्लबसँग ३-० ले पराजित भएको हो। यस्तै इटालियन क्लब युभेन्ट्स कमजोर मानिएको स्वीट्जरल्याण्डको योङ व्याइजसँग पराजित भएको छ। इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड स्पेनको भ्यालेन्सियासँग पराजित भयो। सिएकेए मस्कोले यसअघि पनि रियललाई आफ्नो मैदानमा…
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको समूह चरणका सबै खेलहरु समाप्त भइसकेको छ। समूह चरणका खेलपछि नटआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको छ। फ्रेन्च क्लब लियोन अन्तिम १६ मा पुग्ने सबैभन्दा अन्तिम क्लब बनेको हो। नकआउट चरणमा सबैभन्दा धेरै इंग्ल्याण्डबाट ४ क्लब पुगेका छन्। इंग्लिस क्लब म्यानचेष्टर सिटी समूह विजेता तथा लिभरपुल, टोटनहम र म्यानचेष्टर युनाइटेड…
काठमाडौँ : विदेशी खेलाडी भिक्टोरको पेनाल्टी गोल मद्दतमा सरस्वती युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सिजनको तेस्रो जित हात पारेको छ। खेलको अन्त्यतिर दश खेलाडीमा झरेर खेलेको सरस्वतीले एनआरटीलाई १-० ले पराजित गरेको हो। ७४औँ मिनेटमा प्राप्त पेनाल्टीमा भिक्टोरले गोल गर्दै सरस्वतीलाई अग्रता दलाएका थिए। एनआरटीका खेलाडी डि एरियामा बल ह्याण्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो। जसमा भिक्टोरले सहजै…
काठमाडौँ : बनेपा क्रिकेट एकेडेमी र स्पोर्ट्स सेन्टरको संयुक्त आयोजनामा स्कुल क्रिकेट लिग हुने भएको छ। बिहीवार आयोजकले पत्रकार सम्मेलन गर्दै आगामी माघ ५ देखि १९ गतेसम्म स्कुल लिग गर्ने जानकारी दिएको हो। लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने र सहभागी टिमलाईज्ञ दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ। दुवै समहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। आयोजकका अनुसार…
युरोपियन च्याम्पियन्स लिग २०१८-१९ को लास्ट १६ ड्र मा प्रिमियर लिगबाट एक चौथाई क्लब रहनेछन्। लास्ट १६ को लागि सोमवार ड्र हुँदैछ। एउटै देशका क्लबहरुले एक आपसमा खेल्नुपर्दैछ र एउटै समूहबाट अगाडी बढेका क्लबले पनि एकआपसमा खेल्नुपर्दैन। समूह विजेता बनेकाहरु समूह उपविजेता बनेकासँग खेल्नुपर्नेछ। यसैगरी भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) पनि नकआउट राउण्डबाट च्याम्पियन्स लिगमा लागु हुनेछ। समूह विजेताहरु बोरुसिया डर्टमण्डले…
काठमाडौँ : संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७५ मा उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै हिमालयन शेर्पालाई २-० ले पराजित गरेको छ। यस सिजन अन्डर डगको छवी बनाएको संकटाको यो सातौँ जित हो। जितपछि संकटा थ्री स्टारलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ। मनाङ मर्स्याङ्दी समान अंक भएपनि गोलअन्तरमा पछि छ। अहिलेसम्म त्रिभुवन आर्मीसँग मात्र हारेको संकटाले नेपाल पुलिस र…
काठमाडौँ : नेपालका रत्नजित तामाङ र दिपेश धामीको जोडी 'योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८' मा पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन्। तामाङ र धामीको जोडीले बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२-२०, २१-१८ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। रत्नजित र दिपेश, फाइल फोटो यस्तै आजै सम्पन्न खेलको मिश्रीत जोडीतर्फ दिपेश…
उमेश श्रेष्ठ/स्वेच्छा राउत - ‘निर्मलाको हत्या १०० प्रतिशत बम कै घरमा भएको हो।' यसरी शतप्रतिशत ठोकुवा गर्ने कर्ण गुरुङ नेपालमा भने छैनन्। देशमै नभए पनि उनी कसरी यस्तो निश्कर्षमा पुगे त? एउटा युट्युब भिडियोको कमेन्टमा उनले लेखेका छन्, ‘म अहिले देशबाहिर छु। मैले पहिलेदेखि निर्मला पन्तको हरेक भिडियो नटुटाई हेर्ने गरेको छु। सात समुद्र पारीबाट मैले हरेक भिडियोको आधारमा सूक्ष्म…
काठमाडौं : गीतकार बुद्धवीर लामा 'लाइफटाइम अचिभमेन्ट अवार्ड (दीर्घ साधना)'बाट सम्मानित हुने भएका छन्। अमेरिकामा आयोजना हुने 'थर्ड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८'मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो। अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था 'लभ एण्ड सपोट फाउण्डेसन'ले डिसेम्बर २२ मा कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा लामालाई गीत संगीत तर्फको 'लाइफटाइम अचिभमेन्ट अवार्ड' सम्मान दिइन लागिएको हो। फिल्म तर्फको 'लाइफटाइम…
काठमाडौं : 'कथा ७२' टिमले फिल्मको एक गीतमा कभर भिडियो प्रतियोगिता आयोजना गरेको छ। प्रदर्शनको तयारीमा रहेको फिल्मको 'तिला ताजी'बोलको गीतमा कभर भिडियो प्रतियोगीता आयोजना गरिएको हो। गीतको पार्श्व संगीतमा इच्छुकले आफ्नो कन्सेप्टमा भिडियो बनाउन सक्नेछन्। भिडियोले कुनै यात्रा तथा अन्य ठाउँको कथा बोकेको हुनुपर्ने निर्माण टिमले जनाएको छ। कभर भिडियोलाई लोकल सिनेमाको अफिसियल इमेलमा ६ जनवरी २०१९ सम्म पठाइसक्नु…
भारतको 'फिल्म र टेलिभिजन निर्देशक संघ'ले फिल्म मेकर साजिद खानलाई एक वर्षका लागि निलम्बित गरेको छ। एकसाथ तीन महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि उनी निलम्बित भएका हुन्। 'मिटू मुभमेन्ट' अन्तर्गत ती महिलाहरुले साजिद विरुद्ध बोलेका थिए। साहयक निर्देशक सलोनी चोपडा, रेचल ह्वाइट र पत्रकार करिश्मा उपाध्यायले ४८ वर्षिय साजिदमाथि यौन दुर्व्यवहारको आरोप लगाएका हुन्। पछिल्लो समय उनले 'हाउसपूल ४'को निर्देशन पनि…
काठमाडौं : फिल्म 'गोपी'को पोस्टर सार्वजनिक भएको छ। चार पोस्टरमध्य तीन पोस्टरमा फिल्मका मुख्य कलाकार विपिन कार्की फिचर्ड छन्। एउटा पोस्टरमा फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्त अटाएका छन्। पोस्टरमा विपिनको पेशा झल्किन्छ। फिल्ममा उनी गाई पालन गर्ने एक युवाको भुमिकामा देखिँदै छन्। दीपेन्द्र लामा निर्देशित फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउनेछ। पोस्टरका लागि विपिनलाई गाईफार्ममा लगेर फोटो…
काठमाडौँः लोक सेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरि २९६ अधिकृत (प्राविधक समेत) का लागि दरखास्त आह्वान गरेको छ। आयोगले योपटक न्याय सेवाका कानुन, न्याय, सरकारी वकिल समूह तथा लेखापरीक्षण र संसद् सेवा समूहमा मात्र पदपूर्ति गर्न लागेको हो। न्याय सेवा र लेखापरीक्षण समूहको भने सहसचिव र उपसचिवसम्मको आन्तरिक खुला र खुला पदपूर्तिका लागि सूचना जारी गरिएको छ। सहसचिवतर्फ ७…
काठमाडौँः प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ। बिहान ९ बजेका लागि बैठक बोलाइए पनि देउवा अनुपस्थित भएकाले बैठक स्थगित भएको हो। बैठक बिहीबार बिहान ९ बजेका लागि पुनः बोलाइएको छ। अन्य पदाधिकारी उपस्थित भए पनि देउवा उपस्थित भएनन्। मंगलबार साँझको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो। मंगलबार साँझ बैठक स्थगित भएपछि…
काठमाडौँः महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ। अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ गरेको हो। प्रभागका प्रमुख मोहनविक्रम केसीले पहेँलो रङ्गको झोलाभित्र आठ फिट आठ इन्च लम्बाइ र दुई…
काठमाडौँः पुस ५ गतेसम्मका लागि स्थगित गरिएको संवैधानिक परिषद् बैठक आज नै बस्ने भएको छ। मंगलबार राति प्रधानमन्त्री कार्यालयबाट परिषद पदाधिकारीलाई बिहान ९ बजे बैठक बस्ने सूचना पठाइएको हो। परिषद बैठकमा प्रधानन्यायाधीश र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी सिफारिस गर्ने कार्यसूची रहेको छ। मंगलबार बिहान बोलाइएको बैठक साँझसम्मका लागि स्थगित भएको थियो। साँझको बैठक पनि प्रधानमन्त्री केपी शर्मा…
गौशालाः महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ। चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ। रासस
भद्रपुरः सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए। भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा…
काठमाडौँः प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा बुधबार राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु…