काठमाडौं : बलिउड कै महँगो भनिएको फिल्म ‘टु पोइन्ट ओ’ (2.0) प्रदर्शनमा आएको छ। फिल्म ६,८०० पर्दामा एकसाथ प्रदर्शनमा आएको हो। फिल्मको ओपनिङ उत्साहपूर्ण रहेको मिडियाले जनाएको छ। रजनिकांत र अक्षय कुमार अभिनित फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्। हालै सेलर ओपरेटर एसोसियसन अफ इन्डिया (सिओएआइ)ले फिल्म विरुद्ध प्रहरीमा उजुरी गरेको छ। फिल्मले मोबाइल फोन प्रयोग गर्दा फोनको विकिरणले मानवमा पार्ने…
काठमाडौं : गोंगबुबाट अपहरणमा परेका बालकको हत्या भएको छ। ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरी फालिएको भेटिएको हो। बालकको शव प्रहरीले म्हेपी पुल नजिकै झोलामा पोको पारेर फालेको अवस्थामा भेटाएको महानगरीय अपराध अनुसन्धान महाशखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। बालकका बुबा प्रवीण कुमार मित्रनगरमा स्वस्तिक त्रिवेणी गेष्ट हाउस संचालक हुन्। बालकलाई मंसिर ११ गते उनकै होटेलमा काम गर्ने…
काठमाडौं : न्यूरोड गेट नजिकै कारले ठक्कर दिँदा १० जना घाइते भएका छन्। बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिँदा १० जना पैदल यात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जयराज सापकोटाले जानकारी दिए। एसपी सापकोटाले भने,' सवारी अनियन्त्रित भई पैदल हिँडिरहेका १० जना मानिसलाई ठक्कर दिएको बुझियो। सबैको अवस्था अहिलेसम्म सामान्य नै छ। घाइतेको ट्रमा सेन्टरमा उपचार…
'पोखरा स्काइ स्पोर्टस'को उद्घाटनमा सांगीतिक कन्सर्टबीच हुने भएको छ। पोखरा भाटभटेनीको मथिल्लो तल्लामा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले प्रस्तुति दिने बताइएको छ। तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुति हुनेछन्। खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने परियोजना अन्तर्गत् 'अ प्लेस फर…
काठमाडौं: फिल्म ‘छक्का पञ्जा ३’ले प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। गत घटस्थापना देखि प्रदर्शनमा आएको फिल्मले १३ वटा हलमा ५१ औँ दिन मनाएको हो। यसअघि ‘छक्का पञ्जा’ले १०१ दिन र ‘छक्का पञ्जा २’ ले ५१ औँ दिन मनाएका थिए। फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब…
काठमाडौं : संघीय संसदको प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरुले अब टेबल ठोक्न पाउने भएका छन्। यसअघि आधा सदस्यहरुले मात्र टेबल पाएका थिए भने आधाले कुर्सीमात्र पाएका थिए। हलभित्र टेबल व्यवस्थापन गर्नमा समस्या भएकाले २ सय ७५ सदस्यीय प्रतिनिधि सभाका आधा सांसदका लागि मात्र टेबलको सुविधा थियो। अहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सगरमाथा हलमा प्रतिनिधि सभाको आउँदो अधिवेशनका लागि बैठक हल…
काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ। असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। सामान्यतयाः हेर्दाहेर्दैमा राखिएको मुद्दा स्थगित नगर्ने प्रचलन भए पनि अदालत स्वयम्ले मुद्दा स्थगित गरेको हो। असोज १८ देखि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। न्यायाधीश शारदाप्रसाद घिमिरेले मुद्दाको लीड गरेका थिए। घिमिरेसँगै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार…
काठमाडौंः शुक्रबारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान तालिका प्रभावित हुने भएको छ। बिहीबारदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको हो। विमानस्थलका अनुसार, आज (बिहीबार) बिहान ११ बजे म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्री आङसाङ सुकी र ११:४० बजे कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन सहितका उच्च पदाधिकारी आउने नेपाल…
काठमाडौँः सामाजिक विकृति र अपराध नियन्त्रण गर्न असफल भएपछि रामबहादुर थापा बादलको नेतृत्वमा रहेको गृह मन्त्रालयले राजस्व संकलन प्रभावित हुनेगरि मदिराको उत्पादन तथा बिक्री वितरणमा अंकुश लगाउने तयारी थालेको छ। 'मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५' मार्फत मन्त्रालयले मदिरा बिक्री मात्रै नभएर उद्योग सञ्चालनसम्म नियन्त्रणको तयारी थालेको हो। सरकारले चालु आर्थिक वर्षमा मदिराको…
पोखराः माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन्। मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। उनका अनुसार ७ गते घर फर्केकी किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारको सोधपुछमा उनले घटनाबारे…
काठमाडौँः शुक्रबारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै उपत्यकामा सञ्चालन हुने सवारीमा आजदेखि जोर बिजोर प्रणाली लागू भएको छ। आज (बिहीबार) र शनिबार उपत्यकामा बिजोर नम्बर प्लेटका सवारी साधनमात्र चल्नेछन्। शुक्रबार र आइतबार जोर नम्बर प्लेटका सवारी साधन चल्नेछन्। सम्मेलनमा विशिष्ठ व्यक्तिको प्रतिनिधित्व रहने भएकाले सवारी व्यवस्थापनका लागि गृह मन्त्रालयको निर्देशन अनुसार जोर बिजोर प्रणाली लागू गरिएको…
मुटु रोगका कारण विश्वमै धेरै मानिसहरूको मृत्यु हुने गर्छ। आफ्नो मुटु स्वस्थ र रोगबाट मुक्त बनाउनका लागि मानिस सावधानीहरू अपनाउन सक्छन्। वार्षिक रूपमा आफ्नो स्वास्थ्यको नियमित जाँच, दैनिक व्यायाम, धूमपान छोड्नु, जीवनमा आइपर्ने तनावलार्इ कम गर्नु इत्यादि। यी सबै कुराहरूले मुटुलार्इ स्वस्थ बनाउन सकारात्मक भूमिका निर्वाह गर्छ। तर, आफ्नो जीवनशैली अन्तर्गत तपार्इँले आफ्नो खाने तरिकामा परिवर्तन गर्नु भयो भने मुटुलार्इ…
स्पानिस क्लब एट्लेटिको मड्रिड, पोर्चुगिज क्लब पोर्टो तथा जर्मनीको बोरुसिया डर्टमण्ड र साल्के युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन्। यसअघि नै समूह चरण पार गर्दै आठ क्लबले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन्। अब नकआउट राउण्डमा पुग्ने चार टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ। समूह ए अन्तर्गत दश खेलाडीमा झरेर खेलको अन्त्त्य गरेको एट्लेटिकोले फ्रेन्च क्लब मोनाकोलाई…
लियोनल मेसी युरोपियन च्याम्पियन लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेको दिन बार्सिलोनाले पीएसभी आइन्डहोभनलाई २-१ ले पराजित गरेको छ। यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको स्पानिस क्लब यस जितपछि समूह बी को विजेता बन्ने पक्का छ। पिएसभीको मैदानमा भएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो। बार्सिलोनाका लागि मेसीले ६१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए।…
काठमाडौँ : आगामी मार्च दोस्रो साता नेपालमा हुने पक्का भएको पाँचौ साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने भएको छ। नोभेम्वर २७ मा मा ओमनको मस्कटमा भएको साफ राष्ट्रहरुको भेलाले च्याम्पियनसिप मार्च १२ देखि २२ (फागुन २८ देखि चैत ७ ) सम्म आयोजना गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाले बिहीवार विज्ञप्ती जारी गर्दै ११ दिने प्रतियोगिता विराटनगर…
काठमाडौँ : फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नोभेम्वर महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ। अक्टववर महिनामा पनि नेपाल एक स्थान तल झरेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये तेस्रो स्थानमा छ। दक्षिण एसियामा भारत सबैभन्दा अघि ९७औँ स्थानमा यतावत छ भने एक स्थान तल…
काठमाडौँ : युएईमा भइरहेको टी-१० क्रिकेटमा केरला किंग्सबाट खेलेका नेपालका सन्दीप लामिछानेले खराब बलिङ गरिका छन्। नर्थन वारयिर्सविरुद्धको खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै कूल ४७ रन खर्चिए भने कुनै विकेट लिन सकेनन्। उनले १२ बल फाल्दा ७ बलमा छक्का प्रहार भएको थियो। सन्दीपले एक बल मात्र डट फालेका थिए। टी-१० क्रिकेटमा सन्दीप विकेटविहीन भएको यो लगातार दोस्रो खेल हो।…
काठमाडौँ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए)ले एनएनआइपीए उत्कृष्ट खेलाडी अवार्ड–२०७४ पुस १३ गते प्रदान गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश विभिन्न २९ खेलका खेलाडीलाई नगदसहित सम्मान गरिने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार मंगलबजारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रत्येक खेलका १ खेलाडीलाई नगद १० हजारसहित सम्मान गरिने छ। २९ खेलमा फुटबल,…
महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल- 'बम दिदी बहिनीलाई धेरै कुरा थाहा छ।' महेन्द्रनगर बजारमा उत्रनेबित्तिकै भेट भएका धनुष बोगटीले हामीलाई जे सुनाए, त्यो हामीले काठमाडौँमा हुँदा सुनिआएकै कुरा थियो। हामी जति दिन महेन्द्रनगरमा बस्यौँ, सकेसम्म धेरैसँग अन्तर्क्रिया गर्न खोज्यौँ। चिया पसलमा गफियौँ, इ-रिक्सामा सँगै बस्नेहरुलाई सोध्यौँ। जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने ठाउँमा भेला भएकाहरुलाई सोध्यौँ। सबैका औँला…
प्रियांका चोपडा र निक जोनसको विवाह मिति डिसेम्बर २ हो। तर नोभेम्बर २८ बाट नै विवाहका अन्य कार्यक्रम सुरु हुनेछ। हालै बलिउडका दुई स्टार दीपिका पादुकोण र रणवीर सिंहले इटालीमा बिहे गरेका थिए। उनीहरुले कोन्कानी र शिख रितिबाट बिहे गरे। द हिन्दुस्तान टाइम्सका अनुसार प्रियांका र निकको बिहे पनि दुई रितिले हुने भएको छ। उनीहरु क्रिश्चियन र हिन्दु रितिले विवाह…