काठमाडौं : २०६७ चैत १० गते नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपाल उद्योग परिसंघ लगायतका रोजगारदाता र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र र अखिल नेपाल ट्रेड युनियन महासंघबीच औद्योगिक शान्ति स्थापना गर्ने भन्दै ११ बुँदे सहमति भयो। ११ बुँदाको औद्योगिक सहमतिको आठौं बुँदामा समेटिएको थियो, ‘सामाजिक सुरक्षा नियमावली लागु भएपछि सामाजिक सुरक्षा कोषमा योगदान गर्ने।’ …
काठमाडौं: नाटक ‘शकुन्तलाको औंठी’ मञ्चन गत शुक्रबारबाट सुरु भयो। साथै नाटकमा ‘प्रप्स’को रुपमा प्रयोग गरिएको औंठी अक्सनमा राखिएको छ। नाटकभित्र नाटक ‘अभिज्ञान शाकुन्तलम्’को रिहर्सल गरिरहेका रङ्गकर्मीहरुको कथा देखाइएको छ। जसमा कनक पात्रले सकुन्तलाको भूमिका निर्वाह गर्न लागेकी हुन्छिन्। रिहर्सलको क्रममा दुश्यन्त पात्रले शकुन्तलालाज्ञ औंठी दिने दृश्य छ। दुश्यन्त बन्न लागेका कुमारसँग औंठी हुँदैन र कनकले आफ्नो खोलेर दिन्छिन्। नाटकको रिहर्सलमा…
काठमाडौंः प्रहरीले पोस्ट पाटी डट कमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको छ। चन्दलाई भ्रामक समाचार प्रकाशित गरेको आरोपमा पक्राउ गरिएको हो। केही दिन अगाडि चितवन पुगेका नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुकुरी प्रहार भएको भन्दै समाचार प्रकाशित भएको थियो। उक्त समाचारलाई प्रचण्डको सचिवालयले खण्डनसमेत गरिसकेको थियो। प्रचण्ड गत ६ गते चितवन जाँदा चितवनको…
'द कपिल शर्मा सो सिजन २' प्रशारणमा आउने भएको छ। सोनी टिभीले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत सोको प्रोमो पनि सार्वजनिक गरेको छ। पछिल्लो समय कपिल र सुनिल ग्रोभर (डाक्टर गुलाटी)को विवादका कारण सोको प्रशारण बन्द भएको थियो। Poore India ko ek saath hasaane aa raha hai #TheKapilSharmaShow! Jald hi sirf Sony par. @KapilSharmaK9 pic.twitter.com/nDvw0Zl5W0 — Sony TV (@SonyTV) November…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले 'सामाजिक सुरक्षा कोष'को घोषणा सरकार कहाँ छ भन्नेका लागि जवाफ रहेको बताएका छन्। ठूलो प्रचारसहित आज सरकारले कोषको घोषणा गरेको हो। घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पत्रपत्रिकामा सरकार कहाँ हरायो भनेर प्रश्न गरेको प्रसंग उठाए। उनले भने, 'अहिलेको सरकार जुम्रा मार्न र सिन्का भाच्न बनेको होइन। सरकार कहाँ छ भन्ने थाहा पाउन तपाईंले…
बलिउड फिल्म 'ठग्स अफ हिन्दुस्तान'ले दर्शकलाई निराश बनायो। विशेष त आमिर खानका फ्यानहरुलाई। बलिउड पर्फेक्सनिस्ट आमिर खानले हालै पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना फ्यानहरुसँग माफी मागेका छन्। यो वर्षकै बहुप्रतिक्षित मानिएको फिल्मले दर्शकको अपेक्षा पुरा नगरेपछि फ्यान आमिरबाट निराश भएका थिए। ७००० पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मबाट १५० करोड कमाउन पनि हम्मे भयो। ५३ वर्षिय आमिरले भने 'फिल्मलाई दर्शकले रुचाएनन्,…
काठमाडौं: गायक सान भुसालको नयाँ गीत सार्वजनिक भएको छ। ‘झरी’ बोलको गीत भिडियोसहित युट्युव रिलिज भएको हो। भुसालको स्वर तथा संगीतसमेत रहेको कपिलराज गिरीको शब्द रहेको छ। रितेशराज गुरुङ र दिपिका केसी फिचर्ड गीतको भिडियोलाई रोशन लामाले निर्देशन गरेका हुन्। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई रोशन श्रेष्ठले सम्पादन गरेका छन्।
काठमाडौँः न्याय परिषद् सचिवालयले भावी प्रधानन्यायाधीशका लागि दुई वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदलाई सिफारिस गरेको छ। परिषदले यसअघि प्रधानन्यायाधीशमा संसदीय सुनुवाइबाट अस्वीकृत वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम पठाएको हो। एक साताअघि नै रोष्टर (विवरण) पठाइएको हो। पद रिक्त हुनुभन्दा एक महिनाअघि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार परिषदले योग्यता पुगेका सबै न्यायाधीशको नाम पठाएको हो। परिषदको रोष्टर अनुसार…
धनगढीः पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना ६ ख २८५४ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए। घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ। दुर्घटनाबाट पुलमा क्षति पुगेको छ। रासस
काठमाडौँः सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा युग परिवर्तनको दाबीसहित आजदेखि ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू गर्दैछ। संवैधानिक व्यवस्था अनुसारको मौलिक हकको दायित्व पालनका क्रममा सरकारले मंगलबारदेखि कार्यक्रम लागू भएको घोषणा गर्न लागेको हो। योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सरकारले ‘युग परिवर्तन’को संज्ञा दिएको छ। रुपान्तरित संसद्ले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पारित गरेपछि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेटेर योजना…
ताप्लेजुङः पन्ध्र वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ। विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए। यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा रु दुई हजार ३०० जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५ वर्षीय मिङ्मा…
बेत्रावतीः प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ। कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए। बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद…
पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्पमा हुनेछ। पहिलो खेलमा बिहान ११ बजे ब्रिगेड ब्वाइज क्लब र सरस्वती युथ क्लब भिड्दैछन्। यस्तै साढे २ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। यस सिजन लिगमा शतप्रतिसत नतिजा हात पारेको मनाङले खेलेको तीनवटै खेल जितेको…
युएईमा भइरहेको टी-२० लिगमा केरा किंग्सबाट खेलिरहेका नेपालका सन्दीप लामिछाने चौथो खेलमा विकेटविहिन भएका छन्। यसअघि तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले ६ विकेट लिइसकेका छन्। सोमवार पञ्जावी लेजेण्ड्स विरुद्धको खेलमा भने सन्दीपको टोली केरला पञ्जावी लेजेण्ड्ससँग ३६ रनले पराजित भयो। उक्त खेलमा सन्दीपले २ ओभर बलिङ गर्दा २८ रन खर्चिए। लेजेण्ड्सले ५ विकेट गुमाएर १०७ रन बनाएको थियो। १०८…
काठमाडौँ : सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा मंगलवार ब्रिगेड ब्वाइजलाई पराजित गरेको छ। सुरुवाती दुई खेलमा हार बेहोरेको सरस्वतीले यसअघिको खेलमा फ्रेण्ड्सलाई ३-० ले पराजित गर्दै पहिलो जित हात पारेको थियो। एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको मंगलवारको खेलमा सरस्वतीले ब्रिगेडलाई २-१ ले पराजित गरेको हो। लगातार दुई जितपछि चार खेलबाट ६…
हिजो साँझ काठमाडौंका मुख्य सडकमा ननिस्किएका धेरैलाई आज एउटा फरक दृश्यले तान्यो। मध्य शहरमा भएका धेरैजसो सोलार बत्तीको पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर सहित नारा सजिएको थियो – एउटा नयाँ युगको सुरुवात। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज प्रधानमन्त्री ओलीले थालनी गर्दैछन्। त्यसैको प्रचारका लागि एकाएक शहरका खम्बमा स्वरुप फेरियो। हिजो रातिमात्र होइन, आज बिहान र मध्यान्हसम्म नै नारा…
काठमाडौँ : नेपाल आइसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त क्रिकेट खेल्ने देश हो। तर यही नै खेर नेपाल क्रिकेट संघ क्यान आइसीसीकै निलम्बनको भूमरीमा रुमलिरहेको छ। अनी अहिले नेपालमा टी-२० क्रिकेट मात्र भइरहेको छ भन्दा फरक नपर्ला। तीन वटा अन्तर्राष्ट्रिय स्तरका आइसीसीको मान्यता प्राप्त प्रतियोगिता हुन्छ। तर देशको क्रिकेट विकासमा महत्वपूर्ण हिस्सा ओगट्ने ५० ओभरको वानडे क्रिकेट नेपालमा बिरलै मात्र…
काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिसत नतिजा हात पार्ने एक मात्र टोली बन्दै एक दिनपछि नै अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ। लिग अन्तर्गत मंगलवार भएको चौथो चरणको खेलमा मनाङले विभागीय टोली एपीएफलाई २-१ ले पराजित गर्यो। मनाङ यस सिजन लिगमा चार खेल जित्ने एक मात्र टोली हो। चार जितपछि १२ अंक जोडेको मनाङले…
काठमाडौँ : यही मंसिर २२ गतेदिख कीर्तिपुरस्थीत टीयू क्रिकेट मैदान एभरेष्ट प्रिमियर लिग (इपीएल)-२०१८ सुरु हुँदैछ। यस पटक मुख्य आकर्षणको रुपमा विदेशी खेलाडी रहने पक्का छ। अहिलेसम्म सहभागि फ्रेन्चाइज टोलीहरुले घोषणा गरेको विदेशी खेलाडीको नाम हेर्दा विश्वस्तरिय खेलाडीले टीयू मैदानमा नेपाली खेलाडीसँगै खेल्ने भएका छन्। इपीएलमा नेपालको ६ शहरको नामबाट ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्। आयोजकको नियमअनुसार प्रत्येक टोलीले तीन…
काठमाडौं : प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदअन्तर्गत जिल्ला छनोट शुक्रबारदेखि सुरु हुने भएको छ। जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद– २०७५ तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जनाएका छन्। आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल मध्ये २० खेलको जिल्ला छनोट हुनेछ। २० खेलमा बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला…