PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

  • मेरो पालामा न्याय सम्पादनमा एेतिहासिक प्रगति भएको छ: पराजुली

    मेरो पालामा न्याय सम्पादनमा एेतिहासिक प्रगति भएको छ: पराजुली

    काठमाडौं:  प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्न विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने दाबी गरेका छन्।  बाल सुधार गृह सानो थिमीले आयोजना गरेको एक कार्यक्रममा पराजुलीले सत्यताको जागरुक गर्न विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यताका प्रतीक रहेको बताए। उनले समाजमा आफूलाई अहम र ठुलो ठान्नेहरु नै असभ्यताको खेती आरोप लगाए। प्रधानन्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्र दिवसमा परेवा उडानदेखि सेनाको परेडसम्म: हेर्नुस १२ फोटोमा

    प्रजातन्त्र दिवसमा परेवा उडानदेखि सेनाको परेडसम्म: हेर्नुस १२ फोटोमा

    काठमाडौं: आज ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवस। यही अवसर पारी काठमाडौंको टुँडिखेलमा रहेको सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले शान्तिका प्रतीक परेवा उडाए। उक्त अवसरमा सैनिक परेड, खेल प्रदर्शन र हेलिकप्टरबाट पुष्प वर्षासमेत गरियो।

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमै प्रधानमन्त्री ओलीको आक्रोश: आयोगले जनताको टिप्पणीमा ध्यान दिएन

    निर्वाचन आयोगमै प्रधानमन्त्री ओलीको आक्रोश: आयोगले जनताको टिप्पणीमा ध्यान दिएन

    काठमाडौं: निर्वाचन आयोगले तीन तहको निर्वाचन सम्पन्न गरी ऐतिहासिक जिम्मेवारी पुरा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद व्यक्त गरेका छन्।  दोस्रो निर्वाचन दिवसको अवसर परी निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनले संक्रमणको विधिवत अन्त्य गरी देशको भाग्य र भविष्य निर्धारण गर्न मार्ग प्रशस्त गरेको बताए।   यद्यपि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको कामकार्यप्रति भने असन्तुष्ट व्यक्त गर्दै आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • 'टप मोडल वर्ल्डवाईड २०१८'मा नेपाल प्रतिनिधि निशान

    'टप मोडल वर्ल्डवाईड २०१८'मा नेपाल प्रतिनिधि निशान

    काठमाडौं: 'टप मोडल वर्ल्डवाईड २०१८'मा नेपालको प्रतिनिधित्व निशान चौहानले गर्ने भएका छन्। लण्डनमा हुने उक्त प्रतियोगिताका लागि 'म्यानहन्ट नेपाल २०१६'का मिस्टर पर्सनालिटी तथा 'टप मोडल नेपाल २०१८' विजेता निशान चौहानले अन्य देशका युवासँग प्रतिस्पर्धा गर्नेछन्।   आउँदो एप्रिल ३ मा हुने पुरुष विशेष सौन्दर्य प्रतियोगितामा संसारभरका ४० मोडलहरु सहभागी हुँदैछन्। निशानले भने,'लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउनुमा खुशी छु। त्यसमाथि…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग: आर्मीको दोस्रो जित

    बास्केटबल लिग: आर्मीको दोस्रो जित

    काठमाडौं: क्विक्स होम एण्डे अवे बास्केबल लिगमा सोमबार भित्रुवन आर्मी र टिम बुढानिलकण्ड मुनिसिपालिटीले जित हात पारेका छन्। लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा आर्मीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ८८-५० ले हरायो। भद्रकालीस्थित घरेलु कोर्टमा भएको खेलमा आर्मीले पहिलो क्वाटरमा १९-२२ ले पछि रहेपनि त्यसपछिका तीन क्वाटरमा अग्रता राख्दै जित हासिल गरेको हो। आर्मीले दोस्रो क्वाटर १३-६, तेस्रो क्वाटर २७-१२ तथा…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय महिला भलिबल : न्यू डायमण्डलाई ३-२ ले हराउँदै एपीएफ च्याम्पियन

    अन्तर्राष्ट्रिय महिला भलिबल : न्यू डायमण्डलाई ३-२ ले हराउँदै एपीएफ च्याम्पियन

    नेपालगन्ज :  विभागीय टोली एपीएफले पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधि जितेको छ। सोमवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३–२ ले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। नेपागन्ज कभर्डहलमा न्यू डायमण्डले पहिलो सेटमा २५–१२ को सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो। त्यसपछि खेलमा फर्केको एपीएफले दोश्रो र तेश्रो सेट क्रमश: २५–२१ र २५–१६ ले जित्दै…

    विस्तृतमा पढ्नुस्

  • पुलिसका भूमिराज राईले जिते पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

    पुलिसका भूमिराज राईले जिते पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

    पोखरा : ‘१२औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन्। उनले निर्धारित दूरी २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका हुन्। त्यसैगरी निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा गरेका आर्मीका हरिकुमार रिमाल दोस्रो भएका छन्। तेस्रो स्थानपनि आर्मीकै लालबहादुर थापाले हात पारेका छन्। उनले २ घन्टा ३९ मिनेट ४२ सेकेण्डमा दौड पूरा…

    विस्तृतमा पढ्नुस्

  • फुटबलर विक्रम लामा अस्पतालबाट डिस्चार्ज

    फुटबलर विक्रम लामा अस्पतालबाट डिस्चार्ज

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्री स्टार क्लबका कप्तान बिक्रम लामा आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन्। दाहिने गोडामा चोट लागेका लामा शल्यकृया र नियमित फिजियो थेरापी लगायतका पुनस्थापनात्मक उपचारपछि सोमवार डिस्चार्ज भएका हुन्। नौ दिनअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका लामाको सोही दिन राती बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनालाई १० अंकको अग्रता

    ला लिगा : बार्सिलोनालाई १० अंकको अग्रता

    स्पानिस ला लिगामा शनिवार बार्सिलोनाले आइबरलाई २-० ले पराजित गरेको छ। दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको आइबर विरुद्ध लिग लिडर बार्सिलोनालाई जित दिलाउन लुइस सुवारेजले १६औँ तथा जोर्डी अल्वाले ८८औँ मिनेटमा गोल गरे। ६६औँ मिनेटमा पाबियन ओरेलाना दोहोरो पहेँलो कार्ड खादै मान बाहिरिएपछि आइबर दश खेलाडिमा झरेको थियो। जितपछि २४ खेलबाट ६२ अंक अंक जोडेको लिग लिडर बार्सिलोनाले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • रोहित चन्दको टिम पर्सिजा प्रेसिडेन्ट कप च्याम्पियन

    रोहित चन्दको टिम पर्सिजा प्रेसिडेन्ट कप च्याम्पियन

    काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्दको टोली पर्सिजा जाकार्तले इन्डोनेसियन प्रेसिडेन्ट कपको उपाधि जितेको छ। शनिवार जाकार्तामा भएको फाइनलमा बाली युनाइटेडलाई ३–० ले पराजित गर्दै पर्सिजा पहिलोपल्ट प्रेसिडेन्ट कप च्याम्पियन बनेको हो। पर्सिजाको जितमा क्रोएसियन फरवार्ड मार्को सिमिचले २ गोल गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका रोहितको पासमा सिमिचले व्यक्तिगत दोस्रो तथा पर्सिजाको लागि तेस्रो गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली आज सरकारी निवासमा सर्ने

    प्रधानमन्त्री ओली आज सरकारी निवासमा सर्ने

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको चौथो दिन प्रधानमन्त्री ओली सरकारी निवास सर्न लागेका हुन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार निवास छाडेका थिए। ओली आज ४ः०० बजे बालुवाटार सर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • नाइजेरियामा आत्मघाती बम हमलामा २२ जनाको मृत्यु

    नाइजेरियामा आत्मघाती बम हमलामा २२ जनाको मृत्यु

    लागोसः नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा परी अन्य २८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्। आक्रमणकारीहरुले तीन वटा आत्मघाती बम प्रहार गरेको नाइजेरियाको आधिकारिक समाचार संस्थाले जनाएको छ। कसुवार किफी भन्ने ठाउँमा शुक्रबार अबेर बम हमला भएको समाचारमा उल्लेख गरिएको छ। प्रत्यक्षदर्शी इद्रिसा बानालाई उद्धृत गरिएको समाचारका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • एकै व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय

    एकै व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय

    लाहोरः पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ। अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको हो। एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो। इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए। शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमा मन्त्री सवार हेलिकप्टर दुर्घटना, १४ को मृत्यु

    मेक्सिकोमा मन्त्री सवार हेलिकप्टर दुर्घटना, १४ को मृत्यु

    सान्टिआगोः मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। शुक्रबार गएको भूकम्पको क्षतिको अनुगमनका लागि भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका मन्त्रीसहितका वरिष्ठ सरकारी अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको हो।  भूकम्पको इपिसेन्टर अोक्साअाका नजिकै सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको मेक्सिको न्यूज डेलीले जनाएको छ।  हेलिकोप्टर दुर्घटनामा १४ जनाको ज्यान गएको र बाँकी १३ जना घाइते भएको मेक्सिको न्यूज…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : लुकाकुको दुई गोल, म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

    एफए कप : लुकाकुको दुई गोल, म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

    रोमेलु लुकाकुको दुई गोल मद्दतमा हडर्शफिल्ट टाउनलाई २-० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा परवेश गरेको छ। गएराती भएको खेलमा युनाइटेडलाई जित दिलाउन लुकाकुले दुवै हाफमा एक एक गोल गरे। खेलको तेस्रो मिनेटमै लुकाकुले हुवाँन माटाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिन अघि माटाले गोल गरेपनि  भिडियो असिसट्यान्ट रेफ्री (भिएआर) ले त्यसलाई मान्यता दिएन…

    विस्तृतमा पढ्नुस्

  • नारामै सीमित गाउँ गाउँमा सिंहदरबारः बैंकका शाखा समेत पुगेनन्

    नारामै सीमित गाउँ गाउँमा सिंहदरबारः बैंकका शाखा समेत पुगेनन्

    तेह्रथुमः स्थानीय तहको निर्वाचनका बेला 'सिंहदरबारको अधिकार गाँउ गाँउमा' भनेर लगाइयो। तर, अहिलेसम्म सदरमुकाममा केन्द्रीत वार्णिज्य बैंकहरू सबै स्थानीय तहसम्म पुग्न सकेका छैनन्।   स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ। तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन्। लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘शत्रु गते’ पोस्टरमा हरिवंश आचार्यदेखि पल शाहको लुक्स

    फिल्म ‘शत्रु गते’ पोस्टरमा हरिवंश आचार्यदेखि पल शाहको लुक्स

    काठमाडौं: फिल्म ’शत्रु गते’ को पोस्टरहरु सार्वजनिक भएको छ। फिल्म रिलिजको लागि एक महिनाको बाँकी रहँदा निर्माण युनिटले एकसाथ ४ पोस्टर रिलिज गरेको हो। प्रचार सामाग्रीको रुपमा सार्वजनिक पोस्टरमा हरिवंश आचार्यदेखि पल शाहसम्मको लुक्स समावेश छ। पल शाह र आँचल शर्माको जोडी, दीपकराज गिरी र प्रियंका कार्की र हरिवंश आचार्य र दीपाश्री निरौलाको रिल जोडी फिचर्ड छन्।  फिल्मका निर्देशक प्रदिप…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेता चयन

    प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेता चयन

    काठमाडौँ: नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा संसदीय दलको नेता चयन गरेको छ। आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको पहिलो बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो।  ‘संसदीय दलको पहिलो बैठक सम्पन्न भएको छ। पहिलो बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ’ माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले भने। संसद्को तेस्रो ठूलो दल…

    विस्तृतमा पढ्नुस्

  • हजार वर्ष पुरानो गुम्बामा अागलागी

    हजार वर्ष पुरानो गुम्बामा अागलागी

    बेइजिङः तिब्बतको एक हजार वर्ष पुरानो बौद्ध गुम्वामा अागलागी भएको छ। तिब्बतको ल्हासामा रहेको जोखाङ गुम्बामा शनिबार अबेर अागलागी भएको बीबीसीले जनाएको छ। अागलागीबाट मानवीय क्षति भने भएको छैन।  चिनियाँ सरकारी मिडियाले शनिबार भएको अागलागी तत्काल नियन्त्रणमा अाएको र क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ।  एक हजार वर्ष पुरानो प्राचीन गुम्बा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ। अागलागीका दृश्य सामाजिक सञ्जालमा…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित सप्तरीमा तीन जना पक्राउ

    लागुऔषधसहित सप्तरीमा तीन जना पक्राउ

    सप्तरीः प्रहरीले जिल्लाको छिन्नमस्ताबाट लागुऔषधसहित तीन जनालार्इ पक्राउ गरेको छ। स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०-२० एम्पुल तथा गाँजा २५ ग्राम सहति छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवारलार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell