PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • फिल्म ‘मिस्टर भर्जिन’को पहिलो गीत सार्वजनिक

    फिल्म ‘मिस्टर भर्जिन’को पहिलो गीत सार्वजनिक

    काठमाडौं: फिल्म ‘मिस्टर भर्जिन’को पहिलो गीत रिलिज भएको छ। 'टुल्की' बोलको गीतको अडियो मात्र सार्वजनिक भएको हो। उक्त अडियोमा सुरज पण्डितको स्वर,शब्द र संगीत रहेको छ। वर्ल्ड वाइड फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ। महेश…

    विस्तृतमा पढ्नुस्

  • मिस सेन्ट्रलको पहिलो संस्करण हेटौंडामा हुँदै

    मिस सेन्ट्रलको पहिलो संस्करण हेटौंडामा हुँदै

    काठमाडौं: सौन्दर्य प्रतियोगिता 'मिस सेन्ट्रल' आयोजना हुने भएको छ। प्रतियोगिताको पहिलो संस्करण हेटौंडामा हुने भएको हो। मध्यमाञ्चल स्तरिय यस प्रतियोगितालाई नेपाल डायरिजले आयोजना गर्न लगेको हो। काठमाडौंका ५, हेटौंडाका १३ र चितवनका ४ गरी २२ जना अन्तिम प्रतियोगी रहको कार्यक्रमको फिनाले चैत ५ गते हुने बताइएको छ। हाल सहभागी प्रशिक्षण कक्षामा रहेका छन्। कार्यक्रम संयोजक सोफिया फागोले दिएको जानकारी अनुसार…

    विस्तृतमा पढ्नुस्

  • 'सामाजवादको यात्रा' सार्वजनिक

    'सामाजवादको यात्रा' सार्वजनिक

    काठमाडौं: लेखक तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाको 'समाजवादको यात्रा : युटोपियादेखी चौथो आयामसम्म' पुस्तक सार्वजनिक भएको छ। छ खण्डमा विभक्त पुस्तकमा मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराको आलोचनात्मक अध्ययन र विश्लेषण सहित जबज र बिपी-विचारधारा सम्मको विश्लेषण र व्याख्या गरिएको छ। समाजवादी विश्व राजनीतिक विकासक्रम र त्यसले नेपालि राजनीतिलाई पारेको प्रभाव र अपेक्षालाई पुस्तकमा विश्लेषण गरेका लेखकको दाबी छ। छन्। उनले पुस्तक…

    विस्तृतमा पढ्नुस्

  • जुनियर ट्रम्प भारतमा

    जुनियर ट्रम्प भारतमा

    नयाँदिल्लीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड जाेन ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्। भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा सहभागी हुन उनी अाएका हुन्।  राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्ने भएका छन्। उनले राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागेकाे बतार्इएकाे छ। …

    विस्तृतमा पढ्नुस्

  • ‘ब्लाइन्ड रक्स’ दोस्रो विदेश प्रिमियर सम्पन्न

    ‘ब्लाइन्ड रक्स’ दोस्रो विदेश प्रिमियर सम्पन्न

    फिल्म 'ब्लाइन्ड रक्स' हङकङ प्रिमियर भएको छ। यसअघि फिल्म लण्डनमा देखाइयो। लण्डनका दुई दर्जन सहरमा प्रदर्शनपछि यो प्रोफाइल फिल्म हङकङमा रिलिज गरिएको हो। समारोहमा निर्माता निकेश लिम्बुलाई प्रिमियर आयोजक संस्था नेपाल चलचित्र एसोसिएसनले सम्मान समेत गरेको थियो। अध्यक्ष राजु राईले सम्मान प्रदान गरे। मिलन चाम्स निर्देशित बायोपिक १८ गते नेपालभर प्रदर्शन हुँदैछ।  किशोरावस्थमा दृष्टि गुमाएकी युवती सृष्टि केसीको जीवनमाथि बनेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा देउवाको सिफारिस बदर गर्दै २ घन्टामै प्रम ओलीको सिफारिस सदर

    राष्ट्रपतिद्वारा देउवाको सिफारिस बदर गर्दै २ घन्टामै प्रम ओलीको सिफारिस सदर

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेललाई राष्ट्रिय सभा सांसद मनोनित गरेकी छिन्। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो। राष्ट्रपतिले ओली क्यबिनेटको निर्णयलाई दुई घन्टामै सदर गरिन्। यसअघि शेरबहादुर देउवाको नेतृत्वले गरेको सिफारिस भने उनले अघि बढाइनन्।  प्रधान मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा…

    विस्तृतमा पढ्नुस्

  • मलाय सबटाइटलसहित मलेसियामा फिल्म 'साढे सात'

    मलाय सबटाइटलसहित मलेसियामा फिल्म 'साढे सात'

    काठमाडौं: फिल्म 'साढे सात' मलेसियामा पनि प्रदर्शन हुने भएको छ। मलेसियामा मलाय भाषाको सबटाइटलसहित फिल्म सार्वजनिक हुने जानकारी दिइएको हो। फिल्मका निर्माता नरेशदेव पन्तका अनुसार मलेसियामा ७०० सिनेमा हल छन्। उनले भने,'यसरी हाम्रो फिल्म प्रदर्शनको लागि माग गरिनु व्यवसायिक पाटोमा राहत मिल्नु हो।' उनका अनुसार फिल्म साढै सातको ट्रेलर हेरेर मलेसियाका फिल्म विक्रेताले फिल्मको मलेसिया राइट्स किनेको हो। फिल्ममा सत्यराज…

    विस्तृतमा पढ्नुस्

  • ईपीजीको बैठक शुक्रबार देखि काठमाडौँमा, प्रतिवेदन लेखनको काम सुरु

    ईपीजीको बैठक शुक्रबार देखि काठमाडौँमा, प्रतिवेदन लेखनको काम सुरु

    काठमाडौंः नेपाल भारत प्रबुद्ध समूहको बैठक शुक्रबार काठमाडौँमा बस्ने भएको छ। समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईका अनुसार बैठकको तयारी स्वरुप सरोकारवालासँग छलफल सुरु भएको छ।  समूहको सातौँ बैठकमा दुई देशबीच भएका पुराना सन्धी सम्झौताको परिमार्जनका विषयमा थप छलफल हुने उनले जानकारी दिए। यसअघि काठमाडौंमा हुने बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित सहमति र छलफललाई लिपिवद्ध गरिने डा.…

    विस्तृतमा पढ्नुस्

  • चैत पहिलो साता पार्टी एकता : प्रदीप ज्ञवाली

    चैत पहिलो साता पार्टी एकता : प्रदीप ज्ञवाली

    काठमाडौं : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले चैत पहिलो साताभित्र पार्टी एकताको घोषणा गरिने बताएका छन्।  गएराति मात्र एमाले–माओवादीले पार्टी एकताका लागि लिखित सहमतिमा हस्ताक्षर गरेका हुन्।  एमाले सचिव ज्ञवालीले अहिले मन्त्रिपरिषद बिस्तार, राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने भएकाले पार्टी एकताको लागि केही समय लाग्ने बताए। रिपोटर्स क्लबमा उनले भने, ‘बुधबारभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ। त्यसपछि राष्ट्रपति र उप-राष्ट्रपतिको…

    विस्तृतमा पढ्नुस्

  • 'कोक खाम, रसिया जाम योजना' अन्तर्गत ४० जनाले विश्वकप प्रत्यक्ष हेर्न पाउने

    'कोक खाम, रसिया जाम योजना' अन्तर्गत ४० जनाले विश्वकप प्रत्यक्ष हेर्न पाउने

    काठमाडौं : 'कोक खाम, रसिया जाम' योजनाअन्तर्गत ४० जना भाग्यशाली विजेताले यही वर्ष रसियामा हुने फिफा विश्वकप फुटबल प्रत्यक्ष हेर्न जान पाउने भएका छन्। कोकाकोलाले मंगलवार कोक खाम रसिया जाम अभियान सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो। यस अफरअन्तर्गत कोकाकोलाको भाग्यशाली उपभोक्ताले जीवमा एकपटक आउने अवसर स्वरुप सम्पूर्ण खर्चसहित जुन\जुलाईमा हुने विश्वकप हेर्ने मौका पाउनेछन्। कोकाकोला नेपालका कन्ट्रि डिरेक्टर अम्बुज सिंहले कोकाकोलाको…

    विस्तृतमा पढ्नुस्

  • भिन्न भिन्न सरकारलाई हेर्ने राष्ट्रपतिको भिन्न भिन्न चस्मा : नेपाली कांग्रेस

     भिन्न भिन्न सरकारलाई हेर्ने राष्ट्रपतिको भिन्न भिन्न चस्मा : नेपाली कांग्रेस

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भिन्न भिन्न सरकारलाई भिन्न भिन्न चस्माले हेरेको भन्दै नेपाली कांग्रेसले आपत्ती प्रकट गरेको छ। शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेका तीनजनाको नाम राष्ट्रपतिले स्वीकृत नगरी आजमात्र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले गरेको सिफारिस तत्काल सदर गरेकी थिइन्। 'यो सिफारिस संविधानको धारा ८६ को उपधारा २ को 'ख' बमोजिम थियो। धारा ८६…

    विस्तृतमा पढ्नुस्

  • नवराज सिलवाल बालुवाटार छिर्दा कांग्रेसको आपत्ती

    नवराज सिलवाल बालुवाटार छिर्दा कांग्रेसको आपत्ती

    काठमाडौं : ललितपुर क्षेत्र नम्बर १ मा निर्वाचित सांसद एवं पूर्व डिआइजी नवराज सिलवाल प्रधानमन्त्री निवास बालुवाटर प्रवेश गरेको विषयलाई लिएर नेपाली कांग्रेसले आपत्ती जनाएको छ। मंगलवार कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले देउवा नेतृत्वको सरकारले कीर्ते अभियोगमा खोजी गरिरहेका व्यक्तिलाई ओली नेतृत्वको सरकारले प्रधान मन्त्री निवासमा प्रवेश गराएको भन्दै आक्रोश व्यक्त गरे।  सांसद् नवराज सिलवाल सोमवार…

    विस्तृतमा पढ्नुस्

  • 'मुख छोपी' भिडियोमा जुना र किरण भुजेल

    'मुख छोपी' भिडियोमा जुना र किरण भुजेल

    काठमाडौं: गायक किरण भुजेल तथा गायिका जुनु राईको गीत ‘मुख छोपी’ सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतमा शब्दहरु सुवोध सुधाकर रिजालले दिएका हुन्। गीतमा अनिल शाहीकै संगीत संयोजन छ। मोहनराज अधिकारीले निर्देशन गरेको गीतको भिडियो गायक किरण भुजेल आफैंले अभिनय गरेका छन्। भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन्। अमृत सुनुवारद्वारा छायांकन…

    विस्तृतमा पढ्नुस्

  • आइ लिग : किरण चेम्जोङको टोली मिनेर्भा पञ्जाव घरेलु मैदानमा पराजित

    आइ लिग : किरण चेम्जोङको टोली मिनेर्भा पञ्जाव घरेलु मैदानमा पराजित

    काठमाडौं : नेपाली गोलकिपर किरण चेम्जोङको टोली मिनेर्भा पञ्जाव आइ लिगमा केरला गोकुलम एफसीसँग पराजित भएको छ। मंगलवार मिनेर्भाको घरेलु मैदानमा भएको खेलमा गोकुलम १-० ले विजयी भएको हो। गोकुलमलाई जिताउन खेलको ७५औँ मिनेटमा हेनरी किसेक्काले निर्णायक गोल गरे। गोलरक्षक करणले खेलको पुरै समय मैदानमा बिताएका थिए। इन्जुरी टाइमको अन्तिम मिनेटमा किरणले अगाडी बढेर गरेको हेडर पोष्टनजिकैबाट बाहिरिएको थियो। हारपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले दिए एकीकरण प्रकृया अघि बढ्नुको कारण

    प्रचण्डले दिए एकीकरण प्रकृया अघि बढ्नुको कारण

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनअघि जनतासँग गरिएका प्रतिवद्धता अनुरुप पार्टी एकताको प्रक्रियामा अघि बढेको बताएका छन्।  भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको लागि जनतासँग पार्टी एकता गर्ने प्रतिवद्धता गरेका थियौं। पार्टी एकताको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ। यो नेपालका लागि ऐतिहासिक दूरगामी परिघटना हो।’   उनले अन्तर्राष्ट्रिय स्तरमा स्थापित मान्यताका…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी वान डे वरीयतामा रसिद खानको ठूलो फड्को, बुमराहसँगै शीर्ष स्थानमा, अलराउण्डरमा चौथो

    आइसीसी वान डे वरीयतामा रसिद खानको ठूलो फड्को, बुमराहसँगै शीर्ष स्थानमा, अलराउण्डरमा चौथो

    अफगानिस्तानका युवा बलर रसिद खानले आइसीसी वान डे वरीयतामा ठूलो फड्को मारेका छन्। आइसीसीले जारी गरेको नयाँ वरीयता अनुसार रसिदले ८ स्थान फड्को मार्दै जसप्रित बुमरासमान ७८५ अंक जोडेका छन्। बुमराहले २ स्थान फड्को मारेका हुन्। समान अंक भएपनि आइसीसीले रसिदलाई शीर्ष स्थानमा राखेको छ। यस्तै वान डे वरीयताको अलराउण्डरतर्फ ११ स्थान फड्को मार्दै रसिद चौथो स्थानमा उक्लेका छन्। यसैगरी…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ अध्यक्ष महरले भने: हामी प्रधानमन्त्री ओलीको छातीमा ढ्याङ्ग्रो ठटाउँछौ

    नेविसंघ अध्यक्ष महरले भने: हामी प्रधानमन्त्री ओलीको छातीमा ढ्याङ्ग्रो ठटाउँछौ

    काठमाडौं: नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारले मनोनित गरेको राष्ट्रिय सभा सदस्य असंवैधानिक भएको बताएको छ। आज भृकुटीमण्डपबाट जुलुश निकालेर रत्नपार्कमा कोणसभा गर्दै नेविसंघले सरकारले कानुनको धज्जी उडाएको आरोपसमेत लगाए। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कांग्रेसका तीन जना नेता राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले उक्त निर्णय उल्टाएको छ। नयाँ…

    विस्तृतमा पढ्नुस्

  • अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी

    अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी

    काठमाडौं: एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ राष्ट्रिय सम्मेलनले गुणस्तरिय शिक्षाको लागि कार्ययोजनाहरु तय गरेको छ।  पाँचौ सम्मेलनबाट नयाँ नेतृत्वसमेत पाएको संगठनले आज राजधानीमा पत्रकार सम्मेलन गरी गुणस्तरीय शिक्षाका लागि राज्यले समाजवादी शिक्षा नीति लिनु जनाएको छ।  संगठनका नवनिर्वाचित अध्यक्ष शंकर अधिकारीले नव उदारवादी अर्थतन्त्रले शिक्षा क्षेत्रमा प्रभाव पारेको बताए। उनले शिक्षालाई विनियम गर्ने काम भएकोले शिक्षामा अराजकता र अस्तव्यस्तता…

    विस्तृतमा पढ्नुस्

  • सभापति देउवासँग चिनियाँ उपमन्त्रीको भेटवार्ता

    सभापति देउवासँग चिनियाँ उपमन्त्रीको भेटवार्ता

    काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन्।  बूढानीलकण्ठस्थित सभापति देउवाको निजी निवासमा आज भएको भेटमा आपसी हित र सम्बन्धमा बारेमा विचार विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए।  भेटमा सभापति देउवाले नजिकको असल छिमेकी चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा गोल्डकप : थ्री स्टार पहिलो खेल हार्‍दै बाहिरियो

    हेटौँडा गोल्डकप : थ्री स्टार पहिलो खेल हार्‍दै बाहिरियो

    हेटौंडा : रुस्लान थ्री स्टार क्लब तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७४ को क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलवार भएको अन्तिम क्वाटरफाइमा संकटा क्लबसँग १-० ले पराजित भएपछि थ्री स्टार पहिलो खेलबाटै बाहिरिएको छ। हेटौंडा–१० स्थित वनविज्ञान संस्थानको खेल मैदानमा संकटाको जितमा एकमात्र निर्णायक गोल कर्ण लिम्बुले गरेका थिए। उनले खेलको ८३औं मिनेटमा गरेको गोल नै जीतका लागि निर्णायक रह्यो। उनी खेलको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell