काठमाडौं : बिहीवार जनसंख्या तथा वातावरण मन्त्रीको सपथ ग्रहण गरेका नेकपा एमाले सांसद लालबाबु पण्डितले अप्रत्यासित रुपमा मन्त्री को जिम्मेवार लिएको बताएका छन्। अप्रत्यासित मन्त्री बनेको भए पनि उनले योजनाहरु भने पूर्व तयारी गरे झै सुनाए। 'काठमाडौंमा माक्स र हेल्मेटको जिन्दगी छ। कामाडौं बाहिर पनि धुलो धुवाको जिन्दगी छ,' मन्त्री पण्डितले भने, 'चुरे दोहनले गर्दा बाढी आउने लगायतका समस्या आएका…
अष्ट्रेलियाले टि-२० इन्टनरनेशनल क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर गर्दै न्यूजिल्याण्ड विरुद्ध कीर्तिमानी जित हासिल गरेको छ। ट्रान्स टासमान सिरिज अन्तर्गत शुक्रवार भएको खेलमा अष्ट्रेलियाले २४३ रनको लक्ष्य १८.५ ओभरमा चेज गर्दै शानदार जित निकालेको हो। यसअघि सन् २०१५ मा वेष्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्ध २३६ रनको लक्ष्य चेज गरेको थियो। अष्ट्रेलियाको जितमा ओपनर डी आर्च सर्टले सर्वाधिक ७६ रन बनाए। सर्टले ४४…
काठमाडौं: अभिनेत्री केकी अधिकारीको अभिनय रहेको फिल्म 'हुर्रे' फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ। जसको प्रचार प्रसारको लागि फिल्म युनिट मोफसल यात्रामा छ। प्राय फिल्मको रिलिज मिति नजिकिंदै गर्दा कलाकारहरुको सामाजिक सञ्जाल पनि उक्त फिल्मको प्रचार सामाग्रीले भरिन्छ। तर अभिनेत्री केकी अधिकारीको हकमा केही फरक भएको छ। उनी हुर्रे युनिटसँगै मोफसल यात्रामा त छिन् तर सँगसँगै आफ्नो अर्को फिल्म 'कोहलपुर एक्सप्रेस'को…
काठमाडौं: फिल्म ’हुर्रे’ युनिट यही फागुन २५ गतेबाट देशभर प्रदर्शन हुँदैछ। फिल्म प्रचारका लागि देश दौडाहमा रहेको युनिटले विहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्यो। सम्मेलनमा फिल्म निर्देशक तथा लेखक याम थापा, कलाकारहरु केकी अधिकारी, अंकित खड्का, राजाराम पौडेल उपस्थित थिए। कलाकारहरुले फिल्ममा आफ्नो भूमिका र काम गर्दाको अनुभव बारे बोले। केकीले आफू पशुपतिमा फूल बेच्ने मेनकाको भूमिकामा रहेको बताइन्। फिल्म युनिटले…
काठमाडौं: फिल्म 'कान्छी' युनिटले फिल्म रिलिजको केही घण्टाअघि नयाँ गीत सार्वजनिक गर्यो। फिल्मको कथाबिचको केन्द्रीय घटनाक्रम गोप्य राख्न रिलिज नगरिएको 'मन रमाउँदै' बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको स्वर रहेको छ। दिवाकर भट्टराईले लेखेको गीतको भिडियोमा दयाहाङ राई र श्वेता फिचर्ड छन्। कान्छी शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। यम थापाको लेखन…
इस्लामावाद : भारतीय सैनिकले विद्यार्थी बोकेको भ्यानमा आक्रमण गर्दा आफ्ना नागरिकले ज्यान गुमाएको बदला भन्दै पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल (एलओसी) मा रहेको भारतीय सैनिक पोस्ट ध्वस्त पारेको छ। पाकिस्तानी सेनाले ५ भारतीय सेनाको मृत्यु भएको दावी समेत गरेको छ। ताता पानी सेक्टरमा पाकिस्तानी सेनाले भारतीय सैनिक पोस्ट ध्वस्त पारेको दावी गरेको छ। इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले जनाएअनुसार…
नेपालगन्ज : नेपाल पुलिस क्लब र बंगलादेशको इफाट महिला भलिबल टोलीले पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा शुक्रबार जित हासिल गरेका छन्। नेपालगन्ज कभर्ड हलमा भएको खेलमा पुलिसले भारत देहरादुनको टिमलाई २५–१, २५–१४, २५–१७ ले सहजै हरायो। खेलमा पुलिसकी कामना विष्ट 'वुमन अफ द म्याच' घोषित भइन। यसैगरी अर्को खेलमा घरेलु टिम बंगलादेशको इफाट महिला भलिबल टोलीसँग पराजित भएको छ।…
काठमाडौंः साहित्यकार कल्पना श्रेष्ठ कल्पपुञ्जको उपन्यास सञ्जीवनी सार्वजनिक भएको छ। आज सर्वनाम थिएटरमा काठमाडौं बहिरा संघका अध्यक्ष सत्यदेवी वाग्ले, साहित्यकारहरु भूवनहरि सिग्देल, समालोचक महेश पौडेल, राम लोहनीलगायतले उनको उपन्यास सार्वजनिक गरेका हुन्। सोही अवसरमा पुस्तक विक्रीबाट आएको दुई लाख रकम गंगा कर्माचार्यलाई प्रदान गरियो। साहित्य श्रीवृद्धिका लागि कोष खडा गर्न उक्त रकम कर्माचार्यलाई प्रदान गरिएको लेखिका श्रेष्ठले जानकारी दिइन्। कर्माचार्यको…
काठमाडौं: चिकित्सा शिक्षा आयोगको लागि सरकारले मनोनयन गरेको सूचीमा डाक्टर गोविन्द केसीले आपत्ति जनाएका छन्। चिकित्सा शिक्षा आयोगको सदस्यहरुको लागि सूची तयार गर्नु पहिले सबै विधालाई समट्ने गरी प्रतिनिधि राख्न सहमति भएपनि सहमति कार्यान्वयन नभएको डा केसीको आरोप छ। सदस्यहरुको निर्णय भएर आउँदा डेन्टिष्ट्री विधा तर्फबाट शैली प्रधानको नाम हटेको छ। यही विषयमा गम्भिर त्रुटी भएको भन्दै डा केसीले नाम…
काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महासमितिको बैठकबाट नडराउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। विराटनगरमा आयोजित नेपाल विद्यार्थी संघको प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले भने, 'सभापतिजीले महासमितिको बैठक बोलाउँछु भन्नुभएको यतिका समय बितिसक्यो। बैठक बोलाउन किन आलटाल गरिरहनुभएको छ बुझ्न सकेको छैन। डा कोइरालाले जतिसक्दो छिटो महासमितिको बैठकमार्फत् पार्टीको विधान संशोधन गरेर अगाडि…
स्पानिस जायन्ट रियल मड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै युरोपियन च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३-१ ले पराजित गरेको छ। रियलको घरेलु मैदानमा एड्रियन र्याविओटले ३३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले ४५औँ मिनेटमा रियलका लागि बराबरि गोल गरे। रोनाल्डोले ८३औँ तथा मार्सेलोले ८६ औँ मिनेटमा गोल गरेपछि रियल विजयी भएको…
काठमाडौं: नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि आज नेपाल र युएईबीच खेल हुँदैछ। राउण्ड रोविन लिगपछि नेपाल ५ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो भने ५ खेलबाट नामिबिया र क्यानडा समान ६अंक जोडेको युएई रनरेटमा अगाडी रहदै दोस्रो भएको हो। बुधबार भएको अन्तिम लिग खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै नेपाल…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने भएका छन्। बिहान ९ बजे मन्त्रिपरिषद् बैठकपछि राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिन लागेका हुन्। प्रतिनिधिसभाको औपचारिक निर्वाचन परिणाम आइसकेपछि उनले राजीनामाको निर्णय लिएका हुन्। बुधबार साँझ नै सम्वोधन र राजीनामा आउने बताइए पनि अन्तिम समयमा रोकिएको थियो। प्रतिनिधिसभाको अन्तिम मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार साँझ नै हस्तान्तरण गरेको छ।…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने भएका छन्। बिहान ९ बजे मन्त्रिपरिषद् बैठकपछि राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिन लागेका हुन्। प्रतिनिधिसभाको औपचारिक निर्वाचन परिणाम आइसकेपछि उनले राजीनामाको निर्णय लिएका हुन्। बुधबार साँझ नै सम्वोधन र राजीनामा आउने बताइए पनि अन्तिम समयमा रोकिएको थियो। प्रतिनिधिसभाको अन्तिम मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार साँझ नै हस्तान्तरण गरेको छ।…
काठमाडौँः प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पत्र बोकेर एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंम राष्ट्रपति कार्यालय पुगेका छन्। ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै शितलनिवास पुगेका छन्। ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बिहान ९ बजे ओली र प्रचण्डसहितका नेताहरु पत्र लिएर राष्ट्रपति कार्यालय प्रस्थान गरेका हुन्। ‘बिहान ९ बजे शितलनिवास जाने तयारी छ। एमालेबाट अध्यक्षज्यू र माओवादी केन्द्रबाट पनि अध्यक्ष…
काठमाडौँः निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको खर्च विवरण पेश गर्न उम्मेदवारहरुलाई सूचित गरेको छ। आयोगले सार्वजनिक सूचना जारी गरी फागुन २८ गतेसम्म तोकिएका निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न सूचित गरेको हो। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिकाको अनुसूची ८१ बमोजिम खर्च विवरण पेश गर्न उम्मेदवारलाई आग्रह गरेको हो। आयोगका अनुसार उम्मेदवार प्रदेशगत रुपमा खर्च विवरण पेश गर्न सक्नेछन्। जसका लागि प्रदेश…
काठमाडौं: इभेन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१८ को अन्तिम प्रतियोगिता सम्पन्न भएको छ। प्रिन्स एण्ड प्रिन्सेसतर्फ ३४ जना बालबालिका तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेसतर्फ ५४ जना बालबालिकाहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्था महर्जनले जितेका छन्। प्रतियोगितामा सोहन बुढाथोकी तथा श्रृंगा श्रेष्ठले फस्ट रनर्स…
इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको उदघाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने भएका छन्। उद्घाटन खेल अप्रिल ७ मा मुम्बईमा हुनेछ। यस्तै लिग चरणको अन्तिम खेल मे २० मा चेन्नाई र किंग्स एलेभेन पञ्जावबीच हुनेछ। फाइनल खेल मे २७ मा हुनेछ। आइपीएलले जारी गरेको खेल तालिका अनुसार १२ दिन दुई खेल हुनेछ भने अन्य दिन…
काठमाडौँ: मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गएराति १३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जानकारी दिए। दुर्घटनामा पछाडि बस्ने नाम, थर नखुलेका एक युवा…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सवा दश बजे राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्। राष्ट्रका नाममा सम्वोधनसँगै देउवाले राजीनामा दिने तयारी गरेका छन्। देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार सवा दश बजे प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ। यसबीचमा वाम गठबन्धनका नेताहरुले प्रधानमन्त्रीमा दाबी पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पत्र पेश गरिसकेका छन्।