लिमा : पेरुको राजधानी लिमा नजिकैको चट्टानी भिरमा खसेको बसमा परी मर्नेको संख्या ४८ पुगेको प्रहरीले जनाएको छ। प्रहरीले जनाएअनुसार ३६ शव निकालिसकिएको छ भने अझै १२ शब बसभित्रै चेपिएको अवस्थामा छ। बस दुर्घटनामा बाँचेका ६ जना पनि नराम्ररी घाइते छन्। उनीहरुको लिमा, कलाओ र च्यान्सीमा उपचार भइरहेको छ। लिमाभन्दा ४८ किलोमिटर उत्तरमा रहेको ठाउँमा एउटा ट्याङ्करसँग ठोक्किएपछि बस भिरबाट…
काठमाडौं : सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दालार्इ प्रभावित पार्ने उद्देश्यसहित ठूला करदाता कार्यालयले एनसेल बिक्री गर्ने टेलिया सोनेरालार्इ ६५ अर्ब ४० करोड रुपैयाँ पूँजीगत लाभकर तिर्न सूचना जारी गरेको छ। पूँजीगत लाभकरको विवाद सर्वोच्च अदालतमा पुगेपछि कार्यालयले टेलिया सोनेरालार्इ कर तिर्न आउन सूचना जारी गरेको हो। सर्वोच्चले पूँजीगत लाभकरका बारेमा दुर्इ सातापछि निर्णय गर्ने भन्दै पूर्ण इजलासमा पठाएको बेला…
काठमाडौँ : काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ। कामपाको वडाध्यक्षहरुको आज बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासि र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए। शाक्यका अनुसार कामपाभित्रका विशेषगरी वडा नं…
काठमाडौँ : सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ। मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनले आएर ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो। सो घटनामा साउदी अदालतले एक लाख ५० हजार रियाल अर्थात् करिब रु ४५ लाख…
काठमाडौं : दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ राखेप च्याम्पियनसिप अन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन्। लिग अन्तर्गत बुधबार भएको खेलमा दोस्रो जित हात पारेपछि दुवै टोली एक आपसमा खेल्नु अघि नै अर्को चरणमा प्रवेश गरेका हुन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको समूह बी को खेलमा आर्मीले मध्यपश्चिमलाई १२-० ले तथा एपीएफले…
पोखरा : पोखरामा सुरु भएको राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा पश्चिमाञ्चल विजयी भएको छ। घरेलु टिम पश्चिमाञ्चलले विभागिय टोली सशस्त्र प्रहरी वलको एपीएफ लाई ३०-२२ ले हराउँदै विजयी सुरुवात गरेको हो। नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिता अन्तर्गत १८औं पुरुष तथा नवौँ महिला ह्याण्डवल प्रतियोगितामा हुँदैछ। यही पुष २२ गतेसम्म पोखरामा…
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फका परिणाम आइसक्दा पनि सरकार बन्ने विषय पेचिलो बन्दै गइरहेको छ। राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विषय लामो समयसम्म विवादको घेराभित्रै रह्यो जुन अन्तिममा राष्ट्रपतिबाट अनुमोदित भएको छ। नयाँ सरकार गठनका प्रकृयामा एकातिर जटिलता देखिएको छ भने अर्कोतिर वाम गठबन्धनका दुई दलबीच हुने भनिएको एकीकरणमाथि पनि आशंका गर्नेहरु बढ्दै गएका छन्। यिनै विषयमा प्रष्ट वक्ताको पहिचान…
नेपालगन्जः बाक्लो हुस्सुसँगै शीतलहरका कारण बढेको चिसोले बाँकेको जनजीवन कष्टकर बनेको छ। शीतलहरसँगै बढेको जाडोले विद्यालयका जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्याएको छ। शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिक स्थलमा आगो बालेर ताप्ने गरिएको छ। न्यानोका लागि ग्रामीण क्षेत्रका नागरिकहरु दिनभर आगो बालेर ताप्ने गरेको डुडुवा गाउँपालिका ४ का जान अली नाउ बताउँछन्। चिसो…
काठमाडौँ: काठमाडौँ तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति १२१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिए। दुर्घटनाबाट गम्भीर घाइते आलेको उपचारका क्रममा सिभिल अस्पताल, मीनभवनमा…
काठमाडौँ: नेकपा एमालेसँगको पार्टी एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक आज बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। चुनावी समीक्षा, पार्टी एकताका लागि भइरहेको प्रयास तथा सरकार गठनका विषयमा छलफल केन्द्रित हुनेछ। माओवादी केन्द्र सरकार गठन र पार्टी एकतालाई समानान्तर रुपमा अघि बढाउने रणनीतिमा छ।…
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यानचेष्टर युनाइटेड र लिभरपुल विजयी भएका छन्। एभरटनलाई उसैको मैदानमा २-० ले पराजित गर्दै युनाइटेड अंक तालिकामा दोस्रो स्थानमा फर्किएको छ। युनाइटेडको जितमा एन्टोनी मार्सिएल र जेस लिनगार्डले दोस्रो हाफमा गोल गरे। जितपछि २२ खेलबाट ४७ अंक जोडेको युनाइटेडले चेल्सीलाई पछि पारेको हो। एक खेल कम खेलेको चेल्सी ४५ अंकका साथ तेस्रो स्थानमा छ।…
काठमाडौं : पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको जंगलमा शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ भरुवा बन्दुकको गोली लागेर स्थानीय ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय बलबहादुर लम्तरीले बाँदर ठानेर हानेको गोली थापालाई लागेको थियो। गोली लागेका थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने लम्तरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बाँदर…
काठमाडौं : सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साफ गेम्स)को समापन समारोहमा नेपालले १३औँ साफ गेम्स २०१८ मा गर्ने गरी झण्डा ग्रहण गरेको थियो। तर भौतिक पूर्वाधारको नाजुक अवस्था र खेलकुदको माथिल्लो निकायमा बसेकाहरुको बेवास्थाले गर्दा १३औँ साग २०१८ मा नहुने पक्का भइसकेको छ यसको लागि नयाँ मित २०१९ मा तोकिएको छ। नेपालले यस वर्ष घरेलु मैदानमा…
लुसाका : जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ। स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिलेसम्म हैजाका कारण ४२ जनाको मृत्यु भइसकेको जानकारी दिए। अधिकारीहरुले हैजा नियन्त्रणका लागि थुप्रै प्रयासहरु गरेको पनि बताएका छन्। हैजाको प्रकोप बढेपछि मन्त्रालयले धेरै मानिस एकै ठाँउमा भेला हुने कार्यक्रमहरु गर्न प्रतिबन्ध गरेको जनाएको छ। ठूला वैवाहिक…
काठमाडौं : पछिलो समय अष्ट्रेलियामा नेपाली म्युजिक भिडीयो निर्माण हुने क्रम निकै बढिरहेको छ। यस्तै क्रमममा अष्ट्रेलियामा छायांकन गरिएको म्युजिक भिडियो ‘तिम्रै लागि…’ सार्बजनिक भएको छ। बिक्की श्रेष्ठको शब्द, संगीत र स्वर रहेको म्युजिक भिडीयोलाई जीबन रसाइँलीले निर्देशन गरेका हुन्। निर्देशक रसाइँलीले नै भिडियोको छायांकन र सम्पादन गरेका छन्। प्रेम र बिछोडको कथा प्रस्तुत गरिएको गीतको भिडियोमा गायक बिक्की श्रेष्ठ…
काठमाडौं : नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा आगामी माघ १९ गतेबाट पोखरामा ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ हुने भएको छ। चार दिनसम्म चल्ने फेस्टिभलको बारेमा आयोजकले सोमबार कार्यक्रम फेस्टिभलको औपचारिक घोषणा गरेको हो। महोत्सव निर्देशकले फिल्मको बहसलाई मोफसलमा बिस्तार गर्ने उदेश्यले महोत्सव पोखरामा आयोजना गरेको जानकारी दिए। उनका अनुसार फेस्टिभलमा ५३ फिल्म प्रदर्शन गरिनेछ। आयोजकका अनुसार विश्वभरबाट प्राप्त ४ सय…
काठमाडौं : नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिको बैठक आजदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङ गाउँमा सुरु भएको छ। बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षा र आगामी कार्ययोजनाबारे छलफल हुनेछ। तीन दिनसम्म चल्ने बैठकले पार्टीको आगामी कार्ययोजनाकाबारेमा निर्णय लिने नयाँ शक्तिले जनाएको छ।
सोल : दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छन्। नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने बताएका थिए। शिशिर ऋतुमा आयोजना गरिने खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियाले उत्तर कोरियालाई पनि आग्रह…
भक्तपुर : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एकमहिने माधवनारायण व्रत एवं मेला सुरु भएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला आज बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु भएको हो। श्रीस्वस्थानी वाचन सोमबारदेखि सुरु भएपनि दुईदिन पूर्णिमा भएकाले व्रत आजदेखि सुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पुजारी गोपाल शर्माले जानकारी दिए। मेला…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका लागि सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ। महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ। सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आफूलाई लागेको कुरा सुझावका रुपमा दिन सक्नेछन्। देशविदेशका धेरै ठाउँको जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको थियो। विवाद समाधान…