काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकताका लागि पार्टीको रणनीति तय गर्न ९ सदस्यीय समिति गठन गरेको छ। मंगलबार ललितपुरको खुमल्टारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताबारे थप छलफल गर्न रामबहादुर थापा ‘बादल’को नेतृत्वमा समिति गठन गरेको हो। बैठकमा अध्यक्ष प्रचण्डले समसमायिक राजनीतिक विषयमा जानकारी गराएका थिए। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले…
नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एच वान बी भिसासम्बन्धी एक कानुनी प्रस्तावमा काम गरिरहेको र उक्त प्रस्ताव पारित भए अमेरिकामा रहेका हजारौं भारतीय प्रभावित हुने देखिएको छ। एच वान बी भिसामार्फत ग्रिनकार्डको पर्खाइमा रहेकाहरु यस कानुनबाट प्रभावित हुने छन्। उक्त कानुन पारित भएमा आइटी क्षेत्रमा काम गरिरहेका ७५ हजार भारतीयले अमेरिका छाड्नुपर्नेछ। अमेरिकामा होमल्यान्ड सेक्युरिटीले आप्रवासीसम्बन्धी नीति नियम तर्जुमा…
तेहरान : इरानमा सोमबार रातभर भएको प्रदर्शनका क्रममा थप नौ जनाको मृत्यु भएको छ। काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ। सो सहरको प्रहरी चौकीमा आक्रमण गर्न आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको सङ्ख्या पाँच दिनमा २१ पुगेको छ। राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने…
किङ्ग खान शाहरुख खानले आफ्नो नयाँ फिल्म जिरो मा अहलेसम्मको फरक भूमिकामा देखिने भएका छन्। शाहरुख खानको अभिनय रहेको फिल्म 'जिरो' को टिजर सार्वजनिक गरिएको छ। जसमा उनलाई डवर्फ (पुड्को) देखिन्छ। ५२ वर्षीय शाहरुख खानले सोमबार ट्वीट गर्दै लेखेका छन्। 'मैले वाचा गरे अनुसार यो आनन्द लाल राईको नयाँ फिल्मको टाइटल हो।' टिकटें लिए बैठें हैं लोग मेरी ज़िंदगी की, तमाशा…
पुणे : भारतको पुणेमा सुरु भएको जातीय हिंसाले महाराष्ट्रसमेत चपेटामा परेको छ। दुई दिनयता सल्किएको हिंसाको आगोले भारतको आर्थिक राजधानी मुम्बईलाई पनि चपेटमा पर्यो । मुम्बईमा पनि हड्ताल, आगजनी र तोडफोड भए। नयाँ वर्षको अवसरमा पुणेको कोरे गाउँ भीमा गाउँमा सौर्य दिवश मनाइने गरिन्छ। यही दुई समुदायबीच झडप भएको थियो। झडपमा एकजनाको ज्यान गयो। पुणेमा भएको हिंसालाई लिएर महाराष्ट्रका मुख्यमन्त्री…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए। भेटमा अध्यक्ष प्रचण्डले निर्वाचन आयोगका कारण नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै…
काठमाडौं : नेपाल पुलिस र मध्लेयमाञ्चलले १६औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन्। पुलिसले समूह ए मा सुदूरपश्चिमलाई २-१ ले हरायो। एक गोलले पछि परेको अवस्थामा पुलिसले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित हासिल गर्यो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १६औँ मिनेटमा चन्द्र भण्डारीले गोल गर्दै सुदूरपश्चिमलाई पहिले अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा १-०…
काठमाडौं : नेपालकै प्रतिष्ठत प्रतियोगिताको रुपमा पहिचान बनाउन सफल ढोरपाटन महिला डबल लिग भलिबलाई इनर्जी ड्रिङ्स रेडबुलले मुख्य प्रायोजन गरेको छ। मंगलवार आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीबीच सम्झौता–पत्र आदन–प्रदान भयो। सम्झौतापछि अब 'रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल' नामबाट प्रतियोगिता सञ्चालन हुनेछ। मुख्य प्रायोजक रेडबुलले ३ बर्षका लागि प्रायोजन…
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन गर्न माघ २५ गतेका लागि गरेको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएका छन्। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र प्रधानमन्त्री देउवाबीच भएको भेटमा निर्वाचन मितिमा सहमति भएको हो। यो सहमतिलाई बिहीवार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराउने सरकारको तयारी छ। यसअघि निर्वाचनबारे छलफल गर्न आयोगका आयुक्तहरुसँग आइतबार भेट गरेका थिए।…
काठमाडौँ : सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ। न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो। अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा पनि मान्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।सो मुद्दाको सुनुवाइपछि अदालतले…
काठमाडौं : नेपालको मैत्री तेक्वान्दो डोजाङ १२औं अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा मंगलबार टिम च्याम्पियन बनेको छ। मैत्रीले ११ स्वर्ण, ८ रजत र ११ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको हो। इटहरी रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा नेपाल आर्मी १० स्वर्ण, ६ रजत र १२ कांस्य हात पार्दै दोश्रो भयो भने सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब ८ स्वर्ण,…
काठमाडौं : सर्वोच्च अदालतले मानहानीको मुद्दामा वरिष्ठ चिकित्सक प्रा डाक्टर गोविन्द केसीसँग आज बयान लिएको छ। अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो। डा केसीले अदालतमा बयान दिँदै प्रधान न्यायाधीश गोपाल पराजुलीलाई ११ वटा आरोप लगाए। १ प्रधान न्यायाधीश गोपाल पराजुलीले २ ठाउँबाट नागरिकता लिएको…
फुटबल बजारमा अहिले खेलाडीहरुको भाउ महँगो हुँदै गएको छ। ट्रान्सफर विन्डो खुल्ने बित्तिकै सरुवा बजारमा विभिन्न कीर्तिमान बन्न थाल्छन्। नयाँ वर्ष २०१८ सुरु भएसँगै फुटबलमा पनि ट्रान्सफर विन्डो तात्न थालिसकेको छ। यसै क्रममा बार्सिलोनाले लिभरपुलबाट फिलिप काउटिन्होलाई विश्वको दोस्रो महाँगा खेलाडीको रुपमा नोउक्याम्प भित्र्याएको छ। विश्वका पाँच महँगा खेलाडीमध्ये ३ खेलाडी बार्सिलोनासँग सम्बन्धीत छ। विश्वकै महाँगा खेलाडीका रुपमा बार्सिलोनाले नेमारलाई…
प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले वेष्टब्मसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ। वेष्टब्रोमको मैदानमा भएको खेलको दुवै गोल अन्तिम ७ मनेट भित्र भएको थियो। ८३औँ मिनेटमा एलेक्स सान्चेजको फ्रिकिक जेम्स म्याक्लिनलाई लाग्दै गोल भएपछि आर्सनलले पहिले अग्रता लिएको थियो। तर अन्तिम समयमा आर्सनलले अग्रता कायम राख्न सकेन। ८९औँ मिनेटमा वेष्टब्रोमले पेनाल्टी पायो र त्यसलाई जे रोड्रिग्वेनले गोल…
सन् २०१७ लाई बिट मार्दै अंग्रेजी नयाँ वर्ष २०१८ को सुरुवात भइसकेको छ। काठमाडौंको ठमेलमा नयाँ वर्षलाई स्वागत गर्न विभिन्न कार्यक्रमहरु भए। ठमेलमा ओपन कन्सर्ट समेत आयोजना भयो।
काठमाडौँ: पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार…
रुकुम: नेपाल वायुसेवा निगमले रुकुमको मुसिकोट सल्ले विमानस्थलमा अब साताको चार दिन उडान भर्ने भएको छ। यसअघि सातामा दुई उडान भर्दै आएको निगमले सोमबारदेखि थप दुई उडान भर्ने भएको हो। यसअघि निगमले आइतबार काठमाडौँ–सल्ले–नेपालगन्ज र सोमबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्दै आएको थियो। बुधबार काठमाडौँ–सल्ले–नेपालगन्ज र बिहीबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्ने निगमको रुकुम सल्लेका स्टेशन इन्चार्ज रमेश शर्माले जानकारी दिए। उडान थप भएपछि यहाँका…
काठमाडौं: काठमाडौंको लैनचौरमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँको बोहोराटार बस्दै आएका बाग्लुङका २५ वर्षीय साजन ठकुरी रहेका छन्। दुर्घटनामा घाइते ठकुरीको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं: ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने १ हजार ६७५ जना सवारी चालकहरु कारबाहीमा परेका छन्। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नियमविपरीत सवारी चलाउने चालकलाई उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले कारबाही गरेको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेमा मदिरा सेवन गरी सवारी चलाउने २८४ जना, लेन नियम उल्लङ्घन गर्ने २५३ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने २२१ जना सडक तथा…
नेपालगन्ज: अवधी भाषाको पाठ्यक्रम निर्माणका लागि नेपालगन्जमा अवधी भाषा क्षेत्रको नक्साङ्कन गरिएको छ। विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले नेपालगन्जमा आयोजना गरेको कार्यशालामा भाषाविज्ञ, शिक्षक, साहित्यकार तथा अगुवाहरुको सहभागितामा अवधी भाषाको नक्साङ्कन गरिएको क्लवका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए। पश्चिम नेपालको नवलपरासीदेखि कञ्चनपुर जिल्लासम्म अवधी भाषीको भौगोलिक क्षेत्र रहेको छ। बाँके जिल्लालाई केन्द्र मानी अवधी भाषामा बालबालिकाहरुका लागि पाठयक्रम तयार…