चितवन: चितवनको रत्ननगरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–६ को सेन्टरपार्क नजिकै ना ४० प ६७२९ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार १८ वर्षकी ईनु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र पैदल यात्री दुवै जना घाइते भएका छन्। घाइते सुशन गुरुङ र किशोर महतोको…
कपिलवस्तु: मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ। मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मतपत्रमा दुई मत चिह्नमा छाप लगाउने जस्ता मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयंसेवीले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयं उम्मेदवारले पनि आफ्ना मतदातालाई मत हाल्ने…
काठमाडौँ: प्रदेशसभा सदस्य निर्वाचनतर्फ ३३० क्षेत्रकै अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार प्रदेशसभा निर्वाचनमा कुल सिटमध्ये एमालेले १६८ सिटमा जित हासिल गरेको छ। प्रदेश २ बाहेक सवै प्रदेशमा प्रत्यक्षमा एमाले पहिलो दल बनेको छ। दोस्रोमा माओवादीले ७३ र तेस्रो भएको कांग्रेसको ४१ सिट छ। संघीय समाजवादी फोरम २४ सिटसहित चौथो र राजपा १६ सिटसहित पाँचौँ स्थानमा छन्। प्रदेश १ प्रदेश १…
काठमाडौँ: समानुपातिक तर्फको जारी मतगणनामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ। बुधबार बिहान ९ः३० बजेसम्म निर्वाचन आयोगले प्रेसित गरेको तथ्याङ्क अनुसार थ्रेसहोल्ड कटाउने दलको संख्या ५ पुगेको छ। एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरमसँगै राजपाले पनि थ्रेसहोल्ड कटाएको हो। तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। तीन प्रतिशत मत पुर्याउन राप्रपा र विवेकशील साझा…
काठमाडौँ: लोकसेवा आयोगले ३९० राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)का लागि विज्ञापन गरेको छ। आयोगले बुधबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्ति हुनेछ। आयोगको सूचना अनुसार खुलातर्फ २०६ जनाको कोटा निर्धारित छ। समावेशी रुपमा महिला ५९, आदिवासी/जनजाति ५२ का लागि दरखास्त आह्वान गरेको हो। यस्तै, मधेशीतर्फ ३९, दलित १८, अपाङ्गता भएका व्यक्तिका लागि ९…
काठमाडौं: विजयकुमार गच्छदारका राजनीतिक गुरु अगमलाल चौधरी २१ हजार ४२९ मतसहित निर्वाचित भएका छन्। सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका उमेदवार रहेका चौधरीले एमालेका रामदेव यादवलाई पराजित गरेका हुन्। यादवले १७५६८ मत प्राप्त गरेका छन् ।
राकेशकुमार मिश्र नेपालगञ्ज : एचआइभी एड्सका कारण बाँके जिल्लाका ११३ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तसम्म जिल्लामा ९६२ जना एचआइभी संक्रमित रहेका र ११३ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाँकेमा तेस्रो लिङ्गीमासमेत एचआइभी संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रोलिङ्गी, ५३५…
काठमाडौँ: सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन्। प्रतिनिधिसभाको १६५ औँ सदस्य बन्न उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरे। गच्छदारले ३८ हजार ९७२ मत पाए। चौधरीले ३८ हजार ६५१ मत पाइन्। ०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि चौधरी गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन्।
बर्दिया : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली कांग्रेसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ। दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर कांग्रेस पहिलो बनेको हो। समानुपातिकमा प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले कांग्रेस अघि छ। प्रतिनिधिसभातर्फ कांग्रेसले ६६…
काठमाडौँ : राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ। पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुगेर मजबुत धरातल निर्माण गरी पार्टी एकतामा जान सुझाव दिएका हुन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको जनमोर्चाले निर्वाचनको परिणाम उत्साहजनक रहेको तथा…
काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ १६५ वटै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। नेपाली कांग्रेसका विजय गच्छदाले एमालेका भगवती चौधरीलाई सुनसरी ३ मा पराजित गरेपछि १६५ वटै क्षेत्रको नतिजा आएको हो। बुधबार सम्पन्न भएको मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा कायम १६५ मध्ये एमालेले सर्वाधिक ८० सिटमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले ३६ तथा नेपाली कांग्रेसले २३ सिटमा विजय हासिल…
ढाका : बङ्गलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा शङ्कास्पद भ्यागुते रोगबाट नौ जनाको मृत्यु भएको र सात सय भन्दा बढी व्यक्तिमा सङ्क्रमण भेटिएपछि बङ्गलादेश सरकारले मङ्गलबारदेखि खोप अभियान सञ्चालन गरेको छ। म्यानमारमा जातिय हिंसा चर्किएपछि केही महिना पहिले भागेर बङ्गलादेश पुगेका ६ लाख ४६ हजार रोहिङ्ग्याहरू रहेका शिविरमा भ्यागुते रोगको सङ्क्रमण भेटिएको हो। बङ्गलादेशको सरुवा रोग तथा महामारी नियन्त्रण शाखाका प्रमुख मिर्जादि सब्रिना…
काठमाडौँ : नेपालमा पुस २१ गते रिलीज हुने नेपाली फिल्म 'फिर्के' अमेरिकामा पनि चल्ने भएको छ। अमेरिकामा फिल्म रिलिज गर्नका लागि निर्माण कम्पनी एसएमएस फिल्म्स प्राली र अमेरिकामा प्रदर्शनको लागि लक्षिन फाउण्डेशनकाबीच सम्झौता भएको चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले बताएका छन्। फाउण्डेशनका अध्यक्ष लक्षिन गुरुङले आगामी फेब्रुअरीबाट अमेरिकाका विभिन्न स्टेटहरुमा चलचित्र प्रदर्शन गरिने बताए। नेपाल प्रदर्शन भएपछि अन्य केहि…
रोल्पा : प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन्। प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५७० मध्ये ११ हजार ४९४ मत बदर भएको छ। यो सङ्ख्या खसेको कूल मतको १६ प्रतिशतभन्दा बढी हो। यो सङ्ख्या जिल्लामा नेकपा एमालेले प्राप्त गरेको मतभन्दा बढी हो। प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ जिल्लामा नेकपा माओवादी केन्द्रले २७ हजार २२०, नेपाली कांग्रेसले १६…
काठमाडौँ : सार्वजानिक भएको १ दिनमै फिल्म मिस्टर झोलेको ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर एकमा आएको छ। दयाहाङ राईको मुख्य भुमिका रहेको मिस्टर झोलेमा अधिकांश कबड्डी कबड्डीको कलाकारहरु देखिएका छन्। कबड्डी कबड्डीमा देखिएकी नायिका रिश्मा गुरुङ भने मिस्टर झोलेमा देखिएकी छैनन्। रामबाबु गुरुङको कथा र निर्देशन गरेको फिल्मा बुद्धी तामाङ, दिया पुन, बिजय बराल, प्रविण खतिवडा र वर्षा राउतले अभिनय गरेका…
चितवन : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन्। गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले अहिलेको अवस्थामा खण्डित नभई एकीकृत हुनुपर्ने बताए। केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै कोइरालाले भने,‘नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौँ, त्रुटि हेरौँ त्यसपछि मात्रै कुरा आउँछ।’ पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा…
वासिङटन : अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा यसको जानकारी दिएका हुन्। अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिएका छन्। यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन। अमेरिकी विदेशमन्त्री टिलरसनको…
काठमाडौं : प्रदेश ७ मा १६ प्रतिनिधिसभा सदस्य तथा ३२ प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो। मतपरिणाम अनुसार प्रदेश ७ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनको पक्षमा पूर्ण बहुमत रहेको छ। प्रतिनिधिसभामा प्रदेश ७ बाट एमालेका ११ सांसदले संसदमा उपस्थिति जनाउँदैछन् भने माओवादीका ३ सांसद बनेका छन्। कांग्रेस भने यस प्रदेशमा एक सिटमा सीमित बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जितेर सात…
इलाम : नेकपा एमालेका नेता सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन्। मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा नेम्वाङले जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्ने बताए। उनले भने,‘तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ, तपाईंहरूले विकास चाहनुभएको छ, हामी त्यो पूरा गरेरै छाड्छौँ।’ नेम्वाङले इलामको २ नं क्षेत्र कर्णाली जस्तै अविकसित रहेको…
हरि लामिछाने काठमाडौँ : संघीय संरचनाका तीनै तहका सरकारले गर्ने आर्थिक गतिविधिलाई पारदर्शी बनाउन अर्थ मन्त्रालयले आर्थिकसम्बन्धी कानुन निर्माणमा केन्द्रीय भूमिका निर्वाह गरिरहेको छ। संविधानमा उल्लेख भएअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्र भित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजश्व उठाउन सक्ने व्यवस्थाअनुसार त्यस्ता कानुन निर्माणमा अर्थ मन्त्रालयले सघाएको हो। तीन तहको सरकारका साझा सूचीभित्रको विषय र…