काठमाडौं: दरबारमार्गस्थित क्लव डेजाभुमा बुधबार राति तोडफोड भएको छ। अन्तर्राष्ट्रिय डिजे 'मार्समेलो' आउने भनेर क्वलले केही समयदेखि टिकट विक्री गरे पनि मार्समेलो नआएको कारणले आक्रोशित समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडका कारण क्वलको अधिकांश भागमा क्षति पुगेको छ। क्वलले मार्समेलोको शो'को लागि ५ हजार रुपैयाँमा एउटा टिकट विक्री गरेको थियो। बुधबार क्लवमा ३ हजारभन्दा बढी मानिसले टिकट लिएको बुझिएको छ। …
दार्चुला: डियुटीमा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनखायातिर गस्ती गएका बेला टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको शाहीले जनाए। …
बलिउड लेखक, निर्देशक एवं अभिनेता निरज वोराको निधन भएको छ। एक वर्षदेखि कोमामा रहेका उनको ५४ वर्षको उमेरमा निधन भएको हो। उनको शरीरको विभिन्न अङ्गले काम गर्न छोडेको आउटलुक म्यागजिनमा जनाइएको छ। चार दिन यता शारीरिक समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। बिहान क्रिटिकेयर अस्पताल मुम्बईमा उनले अन्तिम श्वास फेरेका हुन्। विहीबार दिउसो ३ बजे सान्ताक्रज वेस्टमा अन्तिम संस्कार गरिने…
पोखरा: कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली कांग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भइन्। उक्त क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए। प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय…
चितवन: नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संतन्त्राघीय लोकतान्त्रिक गणक संत्मविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताएका छन्। बिहिबार नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताएका हुन्। दाहालले संघीय गणतन्त्रको संविधान काँग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर…
गौशाला: महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो। कूल खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था बमोजिम जिल्लामा सम्पन्न निर्वाचनमा पूर्व सांसद चन्देश्वर झासहित १८०…
काठमाडौं : दी लास्ट हनी हन्टरको स्क्रिनिङसँगै काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १५ औं संस्करण आजबाट सुरु भएको छ। भोजपुरको उच्च भेगमा निकालिने जंगली महलाई थिम बनाइएको डकुमेन्ट्रीले मह संकलनसँग जोडिएका संस्कृति पाटाको व्याख्या गरेको छ। यसअघि यसै विषयमा फ्रान्सेली निर्देशक एरिक भ्यालीले पश्चिम नेपालमा गुरुङहरुले मह काड्दाको कथा बुनिसकेका थिए। यसपाला निर्देशक वेन नाइटले पूर्वी नेपालको कथा…
काठमाडौं : कैलाली निर्वाचन क्षेत्र एकबाट अत्याधिक मतले जित हासिल गरेका नेता रेशम चौधरीमाथिको विवादमा राष्ट्रिय जनता पार्टी (राजपा) मौनता साँधेको छ। अध्यधिक मतले विजयी भए पनि निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र समेत दिएको छैन। निर्वाचन कार्यालय स्रोतका अनुसार उनको प्रमाणपत्र कुरियरमार्फत् निर्वाचन आयोगको कार्यालय काठमाडौं पठाइएको छ। विजयी भएर पनि चौधरीले प्रमाणपत्र नपाउँदा मानव अधिकारवादी संस्थाहरुले ध्यानाकषर्ण भएको जनाएका छन्।…
काठमाडौं : समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रित गौतमको नटआउट १०६ रनको मद्दतमा निर्धारित ३५ ओभरमा ३५० रन बनाएको थियो। जवाफमा नेपाली बलरले घातक बलिङ गरेपछि म्यानमार ११.३ ओभरमा मात्र १३ रन बनाएर…
ललित बसेल - सुर्खेत : प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकिएको छ। निर्वाचनपछि प्रदेश केन्द्र तोक्ने तयारी पनि भइरहेको छ। सुर्खेत प्रदेश ६ को सम्भावित केन्द्र मानिएका कारण प्रदेश मन्त्रालयहरु कहाँ कहाँ रहनेछन् भन्ने चासो सर्वत्र उठिरहेको छ। यसैक्रममा प्रदेश सभा सञ्चालन र प्रदेश मन्त्रालयहरुका लागि यहाँ रहेका केही क्षेत्रीय र जिल्लास्तरका भवनहरु सिफारिस गरिएको छ। प्रदेश सभा सञ्चालन र…
काठमाडौं : प्रधानसेनापति तेस्रो खुल्ला म्याराथन आगामी माघ २७ गते आयोजना हुने भएको छ। नेपाली सेना र आम नागरिकबीचको सम्बन्ध सुधार बनाउनका साथै खेलकुदको विकासमा टेवा पूर्याउन म्याराथनको आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत नेपाली सेनाले जानकारी गराएको हो। महाशिवरात्री र सेना दिवसको अवसर पारेर म्याराथनका गर्न लागिएको हो। म्याराथनमा ४२.१९५ किमी फुल म्याराथनसँगै २१ किमिको हाफ म्याराथन, १० किमि…
काठमाडौं: नेपाली कलाकारिता क्षेत्रमा सक्रिय पाँच व्यक्तित्व सम्मानित भएका छन्। ड्रिम वल्र्ड फिल्मले लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, फिल्म पत्रकार शान्ति प्रिय, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पत्रकार फुलमान वल र निर्देशक तथा कलाकार विनोद पौडेललाई सम्मान गरेको हो। कार्यक्रममा लक्ष्मीनाथ शर्मालाई ‘विशिष्ट चलचित्रकर्मी पुरस्कार’, शान्ति प्रियलाई ‘वरिष्ठ चलचित्रकर्मी पुरस्कार’, फूलमान वललाई ‘युवा चलचित्रकर्मी पुरस्कार’ र दीपाश्री निरौला तथा विनोद…
काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट आयोजना भएको छ। ह्वीलचेयर क्रिकेट एसोसियसन नेपालको आयोजनामा पहिलो पटक ह्वीलचेयर ट्राई सिरिज टी-२० च्याम्पियनसिप बिहीबारबाट टीयू ग्राउण्डमा सुरु भएको छ। युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरे। च्याम्पियनसिपमा नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउनेछन्। पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात…
काठमाडौं: फिल्म 'पञ्चेबाजा'को 'घिनघिन मादल' बोलको लोकभाका सार्वजनिक भएको छ। गीत भिडियोसहित विहीबार इन्टरनेट रिलिज भएको हो। सार्वजनिक गीतमा अञ्जु पन्त र डेभिड शंकरमो आवाज रहेको छ। प्रदिप भारद्वाजको शब्द र विकास चौधरीको संगीत रहेको गीतको भिडियोमा सौगात मल्ल, बुद्धी तामाङ, जस्मिन श्रेष्ठ र सिर्जना सुब्बाको फिचरिङ रहेको छ। हरिलाल घलेले खिचेको भिडियोमा कविराज गहतराजको निर्देशन रहेको छ। फिल्म फागुन…
काठमाडौं : बिपिन पौडेललको ४ विकेट तथा डिगम चेम्जोङको नटआउट ३५ रनको मद्दतमा नेपालले ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिपमा बंगलादेशलाई ९ विकेटले पारजित गरेको छ। बिहिबारदेखि टीयू ग्राउण्डमा सुरु भएको च्याम्पियनसिपमा नेपालले बंगलादेशले दिएको ७८ रनको लक्ष्य १३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि डिगम चेम्जोङले ३५ रन बनाए। उनले ४६ बल खेलेर ३ चौका समेत प्रहार…
काठमाडौं: 'मार्समेलो लाइभ इन नेपाल' नाम दिइएको कार्यक्रममा मुख्य कलाकार मार्समेलो नै अनुपस्थित रहेपछि क्लब डेजाभूमा दर्शकले भाडभैलो मच्चाएका थिए। बुधबार राती हुने भनिएको कार्यक्रममा बिहान ३ बजेसम्म मार्समेलो नआउँदा पनि आयोजकले उनी नेपाल नआएको जानकारी नदिएको दर्शकहरुको दाबी छ। राती दर्शकले तोडफोड गरे। घटना बारे विभिन्न आलोचना भए। सामाजिक सञ्जालमा भाडभैलोको भिडियोहरुमाथि पनि टिप्पणी हुँदै छन्। यस्तोमा डिजे मार्समेलो…
काठमाडौं: नेपाली फिल्म निर्माण युनिटले प्रचारका लागि नयाँ नयाँ अस्तु प्रयोग गर्न थालेका छन्। कहिले बडिगार्डसहित कलाकारको उपस्थिति त कहिले फिल्मकै लुक्ससहितको प्रस्तुति। यस्तैमा फिल्म 'रोमियो एण्ड मुना' युनिटले पनि पब्लिसिटी स्टन्टको लागि नयाँ अस्तु प्रयोग गर्यो। फिल्मको फस्ट लुक र 'स्यान्डविच मी' बोलको गीत रिलिज कार्यक्रममा अभिनेता विनय श्रेष्ठ दुई बिकिनी मोडलसँग इन्ट्री गरे। र सार्वजनिक हुने गीतमा नाचे…
काठमाडौं : आगामी सोमबारबाट सुरु हुने प्रतिक्षित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएको छ। एक साता अघि आइसीसी मान्यता नदिएको र नेपालका राष्ट्रिय खेलाडीहरुले खेल्न नपाउने भन्ने खबर सार्वजनिक भएपछि नेपाली क्रिकेट तरंगित बनेको थियो। तर आइसीसीको मान्यतापछि अब नेपालका राष्ट्रिय खेलाडीका साथै विदेशी खेलाडीहरुले समेत खेल्न पाउनेछन्। इपीएलको आयोजक एभरेष्ट प्रालीले अफिसिलय फेसबुकपेज…
काठमाडौँ: मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ र प्रदेशसभा सदस्यतर्फ ३२९ प्रतिनिधि निर्वाचित भएका छन्। अब प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित…
काठमाडौँ: प्रतिनिधिसभा सदस्यतर्फ अन्तिम सदस्यका लागि मतगणना जारी छ। १६५ सदस्यमध्ये १६४ सदस्यको टुंगो लागिसकेको छ। अन्तिम सदस्यका लागि सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा जारी छ। निकै रोमाञ्चक प्रतिस्पर्धामा अहिले कांग्रेस उम्मेदवार गच्छदारले अग्रता कायम गरेको छ। उनले ५१९ मतको अग्रता बनाएका छन्। मतगणनाको सुरुदेखि अग्रता बनाएकी चौधरी अन्तिम समयमा पछि परेकी छिन्। चौधरीले…