काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रियसभा गठन सम्वन्धि अध्यादेशलाई लिएर विपक्षी दलले अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक नरहेको बताएका छन्। थापागाउँ सुधार समितिले शनिवार आयोजना गरेको बधाई एवम् धन्यवाद कार्यक्रममा नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहि अनुसार सरकारले काम गर्ने स्पष्ट पारे। उनले भने,‘कांग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ।’…
धनकुटा: गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ। एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका छन्। निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार…
काठमाडौँ: संविधान सभा सदस्यका रुपमा निर्वाचित ९६ जना निवर्तमान सांसद्ले चुनावमा पराजय भोगेका छन्। यो संख्या प्रतिनिधि सभा सदस्य निर्वाचनमा हार व्यहोर्नेको मात्र हो। प्रदेश सभा राजेका केही निवर्तमान सांसद् पनि पराजित भएका छन्। दलका वरिष्ठ नेता, बाहलवाला मन्त्री समेत रहेका सांसद्हरु प्रतिनिधि सभामा पुनः निर्वाचित भएर आउन असफल भएका हुन्। पराजित हुनेमा धेरै कांग्रेस सांसद् रहेका छन्। कांग्रेस वरिष्ठ नेता…
वीरगञ्ज: चितवनका सन्दीप लामा मोटरसाइकलको लाइसेन्स आवेदनका लागि टोकन लिन बुधबार नारायाणी यातायात कार्यालय वीरगञ्ज प्रस्थान गरे। लामा वीरगञ्ज पुग्दा दिउँसो २ बज्यो। कार्यालय समय त बाँकी थियो तर, लाइसेन्सको आवेदन दर्ताका लागि तोकिएको टोकनको कोटा सकिएको थियो। कार्यालयले टोकन सकिएको बताए पनि सन्दीपले टोकन अन्यत्रै वितरण भइरहेको थाहा पाए। सन्दीप यातायात कार्यालयको ३ किलोमिटर पश्चिममा बनेको ट्रायल सेन्टर पुगे। जहाँ…
काठमाडौँ: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना कार्य सकिएको छ। ४ जिल्लामा मतगणना जारी छ। मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट…
काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताएका छन्। नेपाली कांग्रेस, काठमाडौँ क्षेत्र नं १ ले आयोजना कार्यक्रममा सिंहले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनु दुःखद कुरा भएको बताए। उनले भने,‘देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर…
इनरुवा : सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो। जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उनको एकतले घर र नजिकै रहेको शरद अन्सारीको एकतले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले…
काठमाडौँ: समानुपातिक निर्वाचन अन्तर्गत प्रदेश ३ को मतगणना सकिएको छ। अन्तिम मतपरिणाम अनुसार प्रदेश ३ मा समानुपातिकमा एमालेले सबैभन्दा बढी मत ल्याएको छ। एमालेले प्रत्यक्ष र समानुपातिक गरी प्रदेश ३ मा एकल बहुमत प्राप्त गरेको छ। अन्तिम मतपरिणाम अनुसार एमालेले ६ लाख ६५ हजार २४९, कांग्रेस ५ लाख ४९ हजार ५०४, माओवादीले ३ लाख १२ हजार ९७, विवेकशील साझाले १…
काठमाडौँ : सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने भएको छ। सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन सुरु गर्ने अन्तिम तयारी भएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले दुई करोड बजेट विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए। भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ…
लमजुङः लमजुङबाट ६ राजनीतिक दलले एक मत पनि पाएनन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका ६ राजनीतिक दलले मत नपाएका हुन्। मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) र एकल चिह्न सिपाही लिएका पार्टीले मत नपाएका हुन्। यसैगरी, प्रदेशसभा ‘ख’ तर्फ देशभक्त जनगणतान्त्रिक मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शून्य मत प्राप्त…
झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा छन्। पूर्वबाट पश्चिमतर्फ गईरहेको बा१०च ९७१८ नम्बरको मारुती भ्यानमा विपरित दिशाबाट आइरहेको मे६प २३३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो। भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु…
काठमाडौँः समानुपातिक मतगणनातर्फ प्रदेश नम्बर ४ को पनि अन्तिम मतपरिणाम सार्वजिक भएको छ। प्रदेश ४ मा पनि एमाले अग्रस्थानमा रहेको छ। सिट संख्यामा भने कांग्रेसभन्दा एमाले एक सिटमात्र अघि छ। प्रदेश सभामा प्रतिनिधित्वका लागि कटाउनु पर्ने एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि विवेकशील साझा र राप्रपाले सिट नपाउने देखिएको छ। प्रदेश ४ मा एमालेले ३ लाख ७३ हजार ५०१…
चितवन : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवनमा समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ नेकपा एमाले पहिलो दल बनेको छ। एमालेले प्रतिनिधिसभातर्फ ९१ हजार ५ सय ४ मत प्राप्त गरेको छ भने प्रदेशसभा तर्फ ८७ हजार ४ सय १३ मत प्राप्त गरेको छ। यस्तै दोस्रो दल बनेको नेपाली कांग्रेसले समानुपातिकमा प्रतिनिधिसभातर्फ ७९ हजार ५ सय ४४ मत प्राप्त…
काठमाडौँ: समानुपातिक मततर्फ प्रदेश ५ मा नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले समानुपातिकतर्फ ५ लाख २ हजार ४८३ मत पाएको छ। यस्तै, एमालेले ४ लाख ९८ हजार ६१२, माओवादी केन्द्रले २ लाख २३ हजार ६२४, संघीय समाजवादी फोरमले ७६ हजार ७७७, राजपाले ५३ हजार ३६८ र अन्य दलहरुले १ लाख ५२ हजार ३३० मत पाएका छन्। प्रदेश सभा सदस्य…
मस्को : उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उनीहरुबीच फोनवार्ता भएको समाचार सार्वजनिक गरेको छ। क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ,‘अमेरिकी पक्षको चाहनामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जरुरी विषयमा छलफल भएको छ।’ छलफलमा तत्कालका लागि जरुरी विषयका साथै…
काठमाडौं: दुई सातापछि नयाँ नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म 'गोरे' र 'माइ लभ' रिलिज भएका हुन्। फिल्म क्रियशन नेपालको निर्माणमा बनेको 'माइ लभ'लाई जापानी निर्देशक डाक्टर तोसीअकी इतो निर्देशन गरेका हुन्। जापानी कलाकारहरुको युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायतको…
एकेडेमी अफ मोसन पिक्चर्स आर्ट एण्ड साइन्सले नेपाली जुरीले छानेको फिल्म 'सेतो सूर्य'लाई आगामी प्रतिस्पर्धाको लागि चयन गरेन। अस्कर अवार्डको विदेशी भाषा विधातर्फको लागि ९ फिल्महरु छानिएका हुन्। जसबाट नेपाली फिल्म 'सेतो सूर्य' बाहिरिएको छ। ९२ फरक भाषाको फिल्महरुमध्यबाट चयन भएका फिल्म सूची यस्तो छ: अ फ्यानटास्टिक वुमन- चिली इन द फेड- जर्मनी अन बडी एण्ड साउल- हंगेरी द स्क्वायर-…
काठमाडौंः महानगर क्षेत्रभित्र घर निर्माण गर्ने महानगरवासीले अब डिजिटल नक्सापास गर्न पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले अनलार्इनबाट घरको नक्सापास गर्ने व्यवस्थालार्इ कार्यान्वयनमा ल्याएको छ। महानगरको दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनलार्इनबाट घरको नक्सापास गर्ने कार्यको थालनी गरे। उनले काठमाडौलार्इ स्मार्टसिटी बनाउन डिजिटल नक्सा प्रणालीको थालनी गरेको बताए। मेयर शाक्यले महानगरमा कार्यरत पाँच इन्जिनियरलार्इ अनलार्इनबाट घरको नक्सा पास गर्ने…
रसुवा : रसुवाको गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा पाँच करोड रुपैयाँ भन्दा बढीको चिज उत्पादन भएको छ। दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको छ। विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुँदै गएको छ। …
काठमाडौं: 'म्यानहन्ट २०१७'का लागि भोटिङ लाइन खुला गरेको छ। पुरुषहरुको सौन्दर्य प्रतियोगिताका लागि टप १६ प्रतियोगी चयन भैसकेका छन्। सर्वाधिक भोट ल्याउने एक भने सिधैं टप टेनमा सुरक्षित रहनेछन्। भोटकै आधारमा 'मिस्टर पपुलर' चयन हुने आयोजक डाबर नेपालले जनाएको छ। उपाधी विजेताले 'म्यानहन्ट इन्टरनेशनल २०१८'मा नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिता चाइनामा आयोजना हुँदैछ। त्यस्तै कार्यक्रमको फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपले मिस्टर…