दाङ : निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली कांग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने दाङमा सबैभन्दा बढी मत प्राप्त भएको छ। तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको कांग्रेस क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा विजयी हुनुका साथै समानुपातिकतर्फ जिल्लामा पहिलो पार्टी भएको छ। मत परिणामअनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली कांग्रेसलाई ७३ हजार ९९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजय…
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फको ५५ प्रतिशत मतगणना सकिएको छ। अहिलेसम्म सार्वजनिक गरिएको मतपरिणाम अनुसार नेकपा एमाले अगाडि देखिएको छ। समानुपातितर्फ नेकपा एमालेले २१ लाख १५ हजार ९३८ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। २० लाख ३० हजार ९७५ मतसहित कांग्रेस दोस्रो स्थानमा छ। नेकपा माओवादी केन्द्र ८ लाख…
भीष्मराज ओझा काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुबै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ। मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ। समानुपातिकतर्फको मतपरिणाम मंसिर २९ गतेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ। समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि दललाई यसबारेमा जानकारी दिने र त्यसमा समानुपातिक बन्द सूचीअनुसारको नाम प्रकाशन गर्न…
तेहरान : इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसो र बुधबार बिहान भूकम्प गएको छ। मङ्गलबार दिउँसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको हो। स्थानीय समयानुसार मङ्गलबार मध्यान्ह १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भएका थिए। त्यसैगरी बुधबार गएको भूकम्पमा परी ५५ जना घाइते भएका सरकारद्वारा सञ्चालित आइआरआइबि टेलभिजन च्यानलले जनाइएको छ। …
काठमाडौँ : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताएका छन्। आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताए। ‘हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ”, उनले भने,‘भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर…
काठमाडौं : दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाको मतदानका दिन पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत रिहा भएका छन्। उच्च अदालत जनकपुरले डा. राउतलाई बुधबार रिहाको आदेश दिएको हो। निर्वाचन कसुर अन्तर्गत धनुषा प्रहरीले उनलाई पक्राउ गरेको थियो। अदालतले कसुरको प्रमाण नभेटिएको भन्दै थुना मक्त गर्न आदेश गरेको हो।
भारतीय क्रिकेट खेलाडी रोहित शर्माले वान डे क्रिकेट इतिहासमा तेस्रो दोहोरो शतक प्रहार गरेका छन्। उनले बुधबार श्रीलंका विरुद्व मोहालीमा नटआउट २०८ रन प्रहार गर्दै यस्तो दुर्लभ सफलता हासिल गरेका हुन्। रोहितकै दोहोरो शतक मद्दतमा भारतले सेकेण्ड वान डे मा श्रीलंका विरुद्व ३९२ रन रन बनाएको थियो। १५३ बल खेलेका रोहितले १३ चौका तथा १२ छक्का समेत प्रहार गरे। अहिलेसम्म…
लरेन्स टुवियाना पेरिस : फ्रान्सका तत्कालिन विदेशमन्त्री लरेन्ट फेबिअसले करिब दुई वर्ष पहिले जलवायु सम्बन्धि पेरिस सम्झौता स्वीकृत भएको घोषणा गरे। यसै बिषयमा आगामी हप्ता राष्ट्रपति इमानुयल म्याक्रोँ तथा फ्रान्स सरकारले सरकारी तथा जलवायु सम्बन्धमा गैरसरकारी संघसंस्थामा कामगर्दै आएका विश्वका नेताहरूलाई एक कार्यक्रमबीच स्वागत गर्दै छन्। यो भेलाको उद्देश्य सन् २०१५ पछि वातावरण परिवर्तनका सम्बन्धमा भएका उपलब्धिको मुल्याङ्कनबारे छलफल गर्ने र…
हरि लामिछाने काठमाडौँ : तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ। अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको हो। पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ। आगामी तीन आर्थिक वर्षसम्म संघीय संरचना सञ्चालनार्थ आठ खर्बभन्दा बढी…
काठमाडौ : फेसबुकमार्फत सम्वन्ध बढाइ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक माङ्खा ७ स्थायी घरभर्इ भक्तपुरको च्याम्हासिंह वस्ने ३३ वर्षीय तुलबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। कसरी गरे तामाङले ठगी ? तामाङले संखुवासभा माकल गाउँपालिका ५ की मनकला गुरुङलाई फेसबुकमार्फत सम्पर्क बढाए। यो सम्वन्ध केही समयपछि विवाहमा परिणत भयो। त्यसपछि तामाङले मनकला गुरुङको नातेदार राजेश गुरुङ…
काठमाडौँ : तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर फिल्म 'मिस्टर भर्जिन' बन्ने भएको छ। बुधवार एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको फिल्ममा गौरब पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहेने छन्। वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिबयूसन प्रालीको ब्यानरमा बन्ने फिल्मलाई डेब्यू निर्देशक विशारद बस्नेतले निर्देशन गर्दैछन्। फिल्ममा गौरब, बिजय र कमलमणिका अलावा मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा,…
काठमाडौँ : शुक्र बहादुर राईले छैटौ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधी जितेका छन्। च्याम्पियन शुक्र बहादुर राईसँगै प्रतिमा शेर्पा र सुबाष घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा समेत छनोट भएका छन्। प्रतिमा महिलातर्फ च्याम्पियन बनिन् भने सुबास यू-१६ तर्फ च्याम्पियन बनेका हुन्। गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले…
काठमाडौँ : वर्षकै प्रतिक्षित फिल्म ‘कृ’को पोष्टर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक गर्नु अगाडि निर्माणपक्षले नायक अनमोल केसी र नायिका अदिती बुढाथोकीलाई समावेश गर्दै बुधबार पोष्टर रिलिज गरेको हो। टौवा क्रियशनले तयार पारेको पोष्टरमा अनमोलर अदिथीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। यसअगाडी अनमोल केसीको मात्र तस्बिर समावेश पोष्टर सार्वजनिक गरिएको थियो। शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी रहेको निर्माणपक्षले जानकारी…
प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा चेल्सी, बर्नली र क्रिस्टल प्यालेस विजयी भएका छन्। चेल्सीले हडर्शफिल्ड टाउनलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ। तर एक खेल कम खेलेको युनाइटेड गोल अन्तरमा अगाडी छ र दोस्रो स्थानमा छ। १७ खेलबाट चेल्सीले युनाइटेड समान ३५ अंक जोडेको हो। १६ खेलबाट ४६ अंक झो८को म्यानचेष्टर सिटी शीर्ष…
चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन्। माडीको बरुवामा आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताए। देश र जनतालाई अहिले विकासको आबश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पुरा गरिछाड्ने बताए। आफूले निर्वाचनको समयमा माडीलाई मणि…
भक्तपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन्। भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाई दिन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। अध्यक्ष ओलीले भने, “नेपालमा आफ्ना हकअधिकारको खोजीका लागि जनताले कहिले सशस्त्र क्रान्ति त कहिले जनआन्दोलन गरे पनि यसपालिको निर्वाचनमा भने देशको समृद्धि र विकासका लागि…
कञ्चनपुर: कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट एमालेका उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत पाए। डा भट्टले लेखकलाई १२६ मतको झिनो अन्तरले पराजित गरेका हुन्। यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२…
काठमाडौँ: प्रहरीको फरार सूचीमा रहेका रेशमलाल चौधरी भारी मतान्तरसहित विजयी भएका छन्। टिकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाहले १३ हजार ४०६ मतमात्र प्राप्त गरिन्। प्रदेशतर्फ १ मा राजपाका कृष्णबहादुर चौधरी १२ हजार १८४ मतसहित विजयी भएका छन्।…
नयाँदिल्ली: भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित भएका छन्। पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित भएका हुन्। घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले कांग्रेसको नेतृत्व गान्धी परिवारबाट अर्को पुस्ताले गर्न लागेको बताए। “राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,” उनले काँग्रेस…
सर्लाही: प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही क्षेत्र नंम्बर ४ को स्थगित मतगणना अझै सुरु हुन सकेको छैन्। दलका प्रतिनिधिबीचको विवादले आइतबार राति साँढे १० बजेदेखि मतगणना रोकिएको थियो। बलरा नगरपालिकामा रहेको जनता आधारभूत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटामध्ये ४ वाट मात्रै सिल रहेको मतपेटिका भेटिएपछि भएको प्रतिनिधिको विवादले मतगणना स्थगित भएको थियो। यस बारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउँदा आयोगले…