काठमाडौँ : प्रत्यक्षतर्फको प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा अन्तिम अवस्थामा पुग्दै गर्दा एउटै पानामा छापिएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको मतगणना धमाधम भइरहेको छ। मंगलबार दिउँसो २ बजेसम्म निर्वाचन आयोगले उपलब्ध गराएको प्रदेश सभाको समानुपातिक मतपरिणाम अनुसार प्रदेश ४ मा राष्ट्रिय जनमोर्चा र प्रदेश ३ मा विवेकशील साझा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सिट पाउने सम्भावना देखिएको छ। …
काठमाडौं : प्रतिनिधि सभाको अन्तिम मत परिणामका क्रममा शून्य स्थानमा लिड गरिरहेको नेपाली कांग्रेसले डा अमरेशकुमार सिंहको अग्रतासँगै एक स्थानमा अग्रता हासिल गरेको छ। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टीका राकेश कुमार मिश्रको लामो समयदेखिको अग्रतालाई रोक्दै सिंह अगाडि बढेका हुन्। अमरेशले पछिल्लो मत परिणामअनुसार २३ हजार ४० मत हासिल गरेका छन्। मिश्रले २१ हजार ८ सय ५५…
भीष्मराज ओझा काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ । मंसिर १० र २१ गते सम्पन्न दुबै चरणका निर्वाचनमा कांग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला। कांग्रेस नेताहरु पार्टी हारका पछाडि मुख्यरुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट…
पोखरा : नेपाली कांग्रेस र वाम गठबन्धनबीचको विवादका कारण ढिलो मतगणना सुरु भएको स्याङ्जामा क्षेत्र नम्वर २ को प्रदेशसभा १ बाट वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका मोहनप्रसाद रेग्मी विजयी भएका छन्। रेग्मी ३ हजार ४७३ मतान्तरले विजयी भएका हुन्। रेग्मी १६ हजार ६ सय १३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विष्णु पौडेलले १३ हजार १ सय ४० मत…
काठमाडौं: फिल्म 'पिंजडा ब्याक अगेन'को ट्रेलर रिलिज भयो। मंगलबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी फिल्मको अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरेको हो। फिल्मका मुख्य अभिनेता निखिल उप्रेती ट्रेलरको केन्द्रमा छन्। उनको एक्शन र रोमान्टिक दुबै अवतार ट्रेलरमा समावेश छ। हिमाल केसी निर्देशित फिल्ममा मौनता श्रेष्ठको कथा रहेको छ। निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुसाग्र…
काठमाडौं : नेपाल, भारत र बंगलादेश सम्मिलित पहिलो अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट प्रतियोगिता यही बिहीबार शुरु हुँदैछ। ह्वीलचेयर क्रिकेट एसोसियसन नेपालको आयोजनामा पहिलो पटक ह्वीलचेयर ट्राई सिरिज टी-२० च्याम्पियनसिप हुन लागको मंगलबार आयोजकले जानकारी दिएको हो। कीर्तिपुर्स्थति टीयू क्रिकेट मैदानमा तीन दिन सम्म चल्ने सिरिजमा तीन वटै राष्ट्रका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने ह्वीलचेयर क्रिकेट एसोसियसन नेपालका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले बताए।…
काठमाडौं: अभिनेत्री स्वेता खड्काको फिल्म ‘कान्छी’मार्फत कमब्याक हुँदैछ। घोषणासँगै माघ २६ लाई रिलिज टार्गेट तय गरिएको थियो। र फिल्म रिलिज बारे श्वेताले भनेकी थिइन्,'कान्छी प्रदर्शन मिति सर्दैन।' बहुप्रतिक्षित बनेको अनमोल केसी अभिनित फिल्म 'कृ' युनिटले पनि माघ २६ लाई नै रिलिज टार्गेट घोषणा गर्योल। अनमोल केसीका फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गर्दै आएको छ। यस्तोमा कान्छीसँग रिलिज मिति जुध्नुले कान्छीको…
स्वीट्जरल्याण्ड : सिरियाको द्वन्द्वका विषयमा स्वीट्जरल्याण्डको जेनेभामा शान्ति वार्ता हुने भएको छ। सिरियाली सरकारका तर्फबाट शान्तिवार्ताको टोली सोमबार जनेभा पुगेको छ। वार्ता डिसेम्बर ५ मा हुने भनिएको थियो। तर पछि स्थगित हुन पुगेको बताइएको थियो। स्थगित शान्तिवार्तामा सहभागिता जनाउन सिरियाली सरकारी टोली सोमबार जेनेभा पुगेकोले मङ्गलबार पुनः वार्ता सुरु हुने बस्ने तयारी भइरहेको बताइएको छ। सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत स्टेफेन…
साउदी अरबमा ३५ वर्ष भयो सार्वजनिक हल नभएको। हलिउडले 'गोल्डेन ग्लोब अवार्ड'को ७५ औं संस्करणको मनोनयन सार्वजनिक गरिरहँदा साउदी अरबको फिल्म इन्डस्ट्री केही फरक खुशी मनाउँदै छन्। सार्वजनिक पर्दामा फिल्म देखाउन मिल्ने कानुन घोषणासँगै फिल्म निर्माता र दर्शकहरुमा खुशी छाएको हो। साउदी अरबमा ३५ वर्षदेखि फिल्म हलहरुका लागि प्रतिबन्ध लगाइएको थियो। राजकुमार महोमद बिन सलमानको सामाजिक र आर्थिक विकासको परियोजना…
काठमाडौँ : सिंहदरबार वैद्यखाना विकास समितिले यसैवर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ। वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप खरेलले चालु आर्थिक वर्षको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात गुड म्यानुफ्याक्चरीङ प्राक्टिसअनुसार उत्पादन गरिने जानकारी दिए। त्यसका लागि अन्तरराष्ट्रिय मापदण्डमा आधारित उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको उनले बताए। प्रबन्ध निर्देशक खरेलले वैद्यखाना नेपालको सबैभन्दा पुरानो आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग भएकाले…
काठमाडौँ : भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको छ। यातायात व्यवस्था विभागले असार पहिलो साता आवेदन दिएका एक लाख ४९ हजार ५३६ पीडितमध्येबाट गोलाप्रथाबाट एक हजार ५०० पीडित छनोट गरेको थियो। विभागले ट्याक्सी ल्याउने गोला जितेका तर घरधनीको निधन भएकाका परिवारले पनि ल्याउन पाउने निर्णय एक महिना अघि गरेको…
सर्लाही : सर्लाही क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका डा. अमरेश कुमार सिंह विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी राजपा नेपालका राकेश कुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पछि पार्दै सिंह निर्वाचित भएका हुन्। सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गरे भने मिश्रले २८ हजार १ सय ३६ मत पाए। अमरेजले जितपछि नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ जितेको…
पासाङ ठकुल्ला - काठमाडौं : एकातिर कम्युनिस्ट गठबन्धन। अर्कातिर लोकतान्त्रिक गठबन्धन। प्रतिस्पर्धा कडा हुने नै भयो। वाम गठबन्धन सहित चुनावमा जाँदा एमाले-माओवादी जित्नेमा ढुक्कजस्तै देखिएका थिए भने कांग्रेस उनीहरुको जित रोक्न सक्रिय। परिणाम आउनेक्रम अन्तिमतिर पुग्दैगर्दा वाम गठबन्धनले पायो बहुमत। वाम लहरलाई चुनावी परिणाममा रोक्न सफल भएन कांग्रेस। अपेक्षित मतपरिणम पाए पनि वाम गठबन्धनका केही नेताले नराम्ररी हार भोग्न पर्यो।…
काठमाडौँ : नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर दुईको प्रदेश १ मा पुनः मतदान गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ती जारी गरी विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार ३२८ भनी मुचुल्का गरिएकामा मतगणनापछि जम्मा सदर तथा बदर मत सङ्ख्या दुई हजार ३७० देखिएको घटनाले फर्जी मत मिसाइएको तथ्य स्वतः स्पष्ट भएको उल्लेख गरेका…
यो साता अस्करको विदेशी भाषा विधातर्फको लागि ९ फिल्महरु चयन हुँदैछन्। नेपालबाट फिल्म 'सेतो सूर्य' उक्त विधाको उपाधीका लागि प्रतिस्पर्धामा छ। ९२ फरक भाषाको फिल्महरुबाट के नेपाली भाषाको फिल्म 'सेतो सूर्य' छानिएला? अस्कर भोटिङ क्याम्पेन लक्षित गरी फिल्म युनिटले प्रचार प्रसारको काम देश विदेशमा तिव्र बनाएको छ। नेपालमा एक वर्ष पछि गत शुक्रबारबाट फिल्म पुन: प्रदर्शन समेत भयो। यस्तोमा फिल्मले…
काठमाडौं : मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रतिनिधि र प्रदेश सभा दुवै तर्फ समान चार स्थानको नतिजा आउन बाँकी छ। प्रतितिनिध सभामा १६५ निर्वाचन ंक्षेत्र रहेका मध्ये १६१ स्थानको नतिजा आइसकेको छ भने प्रदेशतर्फ ३२६ को मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभातर्फ अब कैलाली २, सुनसरी ३ तथा स्याङ्जा १…
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब छिट्टै आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबीच एकता हुने बताएका छन्। साँखुमा आयोजित सभामा नेता नेपालले मतपरिणामको अन्तिम विवरण आएपछि एकताको प्रक्रिया सुरु गरिने बताए। नेपालले त्यस क्षेत्रका जनतालाई दुबै पार्टी एकता हँदैन कि भनेर आशङ्का नगर्न आग्रह गर्दै निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा गरिने प्रतिवद्धता व्यक्त गरे। उनले मुलुकमा संक्रमणकालको…
कास्की : अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। पोखरास्थित आयोगको क्षेत्रीय कार्यालयको टोलीले पोखरा मालेपाटनस्थित वितरण तथा ग्राहक सेवा केन्द्रका कर्मचारी ईश्वरप्रसाद सुवेदीलाई सेवाग्राहीसँग २५ हजार घुस लिंदै गरेका बेला पक्राउ गरेको हो। सुवेदीले थ्रीफेज विद्युत मिटर जडानकाा लागि ग्राहकसँग रकम असुलेको आयोगले जनाएको छ।
चरिकोट : प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मतगणनासँगै समानुपातिकतर्फ पनि एमाले नै पहिलो भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको भन्दा समानुपातिकतर्फमा एमाले कांग्रेस मतान्तर आधाभन्दा बढीले घटेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले बताएअनुसार नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३८ हजार ४७ तथा प्रदेशसभातर्फ ३७ हजार ८३० प्राप्त गरेको छ भने नेकाले प्रतिनिधिसभाको…
काठमाडौं: स्याङजा २ प्रतिनिधिसभा तर्फको मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ एमालेकी पद्माकुमारी अर्यालभन्दा १ हजार ४७४ मतले पछि परेका छन्। निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठकाअनुसार ५६ हजार २१९ मत गणना गरिसक्दा एमालेकी अर्यालले २७ हजार ६३१ र श्रेष्ठले २६ हजार १५७ मत पाएका छन्। १३ हजार भन्दा बढी मत गन्न बाँकी रहेकोले राति १० बजेसम्ममा…