न्यूह्यामसर : अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका यूवाले उम्मेदवारी दिएका छन्। न्यूह्यामसरको म्यान्चेष्टर नगरपालिकामा बस्दै आएका माधव गुरुङले नगरको वडा नम्बर १२ को सेलेक्टम्यान पदमा उम्मेदवारी दिएका हुन्। सेलेक्टम्यान नेपालको गाउँ/नगरपालिकाको वडा सदस्यजस्तै पद हो। गुरुङ डेमोक्र्याटिक पार्टीकातर्फबाट उक्त पदमा उम्मेद्वार बनेका हुन्। नोभेम्बर ७ मा हुने निर्वाचनमा गुरुङले अन्य छ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्। छ जनामध्ये तीन जना…
लमजुङ : ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्थामा लेखिने साहित्य विषयमा लमजुङबाट बहसको थालनी गरिएको छ। ‘मेरो राष्ट्र मेरो ध्येय’ नारासहित कला–साहित्य यात्रामा लमजुङ आइपुगेका साहित्यकारले आज बेंसीशहरमा उत्तराद्र्ध साहित्यबारे विचारविमर्श गरेका हुन्। । नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले उत्तराद्र्ध साहित्यमार्फत ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्था साहित्यमा कसरी प्रस्तुत भइरहेको छ भन्ने नयाँ बहस सुरु गरिएको…
पोखरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन ३ बाट चुनाव लड्ने बताएका छन्। लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १३ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटनका लागि पोखरा आएका प्रचण्डले कार्यकर्तासँगको भेटमा आफूलाई कस्केली जनाताको सहयोग र सद्भाव भएपनि निर्बाचन भने चितवनबाट लड्ने बताए। उनले वाम गठबन्धनबीच उम्मेदवारी टुंग्याउने बिषयमा छलफल चलिरहेको भन्दै…
काठमाडौ : झापाको बिर्तामोडमा अनिश्चितकालीन कफ्र्यु लगाइएको छ। झापा अर्जुधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै स्थानीयले गरेको प्रदर्शन हिसात्मक बन्दै गएपछि कर्फ्यु लगाइएको हो। झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार मुक्तिचोकलाई केन्द्र मानी पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको हो। बालक मृत्युको…
काठमाडौं : अखिल नेपाल लन टेनिस संघ (एएनएलटिए) को आयोजनामा यू-१४ एसियन र्याङकिङ टेनिस टुर्नामेन्ट आगामी सोमबारबाट नेपालमा शुरु हुँदैछ। एएनएलटिएले नेपाली टेनिस इतिहासमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको यो पाँचा पटक हो। गत वर्ष यसै प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न शुरु गरेको एएनएलटिए यसपटक पनि सर्किट १ र सर्किट २ दुवै प्रतियोगिता गर्दैछ। सर्किट १ अक्टोबर ३० देखि नोभेम्वर ३ सम्म…
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन्। संकटकाल घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उनले बताएका छन्। दुखाई कम गर्ने सम्वन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले बताएका छन्। उनले भने,‘अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेरभन्दा नशालु औषधि प्रयोग गरेर…
काठमाडौ : झापाको बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने केही प्रदर्शनकारी घाइते भएका छन्। झडपमा परी नरेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए। अहिले बिर्तामोड तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीको बा १० च ३०६१ नम्बरको गाडी तोडफोड गरिदिएका छन्। दिउँसोदेखि झापाको विर्तामोडमा अनिश्चितकालीन कर्फ्यु लगाइएको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले नै जित्ने दावी गरेका छन्। कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा सभापति देउवाले यस्तो दावी गरेका हुन्। ‘नेपाली कांग्रेसविरुद्ध सबै एक भएकाले निर्वाचनमा हामीलाई चुनौतिहरु नभएका होइनन् तर चुनौतिसँगसँगै अवसर पनि छन्,’ देउवाले भने, ‘नेपालमा अब लोकतन्त्रमा विश्वास गर्ने एउटा मात्र पार्टी नेपाली कंग्रेस मात्र भएको छ।…
काठमाडौं : नेपाली भलिबलको इतिहासमा पहिलो पटक हुन लागेको उमेर समूहको प्रतियोगितामा महिला र पुरुष गरी कूल ३९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रथम प्याब्सन यू-१८ महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ १६ तथा पुरुष तर्फ २३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। शुक्रबार पत्रकार सम्मेल गर्दै आयोजक विद्यालय भलिबल कमिसनले आगामी आइतबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र प्रतियोगिताको लागि उत्साहित भएको…
दोलखा : आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय भएका छन्। सदरमुकाम चरिकोटका चोक, चौतारा र चियापसलमा निर्वाचनको परिणाम आफ्नै पक्षमा परिणाम आउने चर्चा परिचर्चा मतदातामाझ हुन थालको छ । मुख्य तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताले बैठक, भेटघाट र संगठन विस्तारजस्ता कार्यक्रमलाई अगाडि बढाएका छन्। संगठन…
काठमाडौं : फिल्म साउथ एसिया-२०१७ वृत्तचित्र महोत्सवको आधिकारिक मोबाइल एप सार्वजनिक भएको छ। दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र महोत्सवको एघारौ संस्करण कार्तिक १६ गते देखि ललितपुरको यालामाया केन्द्रमा शुरु हुँदैछ। आइफोन र एन्ड्रोइड मोबाइल फोनको एप्पल एप स्टोर र गुगल प्लेस्टोरमा उपलब्ध फिल्म साउथएसिया-२०१७ नामक एपबाट महोत्सवका देखाइने सबै वृत्तचित्रका जानकारी, देखाइने मिति र समयका साथसाथै मोबाइलको क्यालेण्डरमा आफूलाई हेर्न मन लागेका वृत्तचित्रलाई…
काठमाडौँ : चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रहेकामा ५१ अर्ब ६२ करोड ९७ लाख १३ हजार संकलन भएको हो। शीर्षकगतरुपमा आयकरतर्फ २० अर्ब ७३ लाख ८२…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरु भएको बताएका छन्। रिपोर्टर्स क्लवको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सर्वोच्च अदालतको पछिल्लो आदेश आफूहरुलाई प्राप्त नभएको भन्दै निर्वाचन कार्यतालिका अनुसार मतपत्र छपाई सुरु भएको बताए। ‘सर्वोच्च अदालतले के आदेश पठाएको छ, हामीलाई थाहा छैन, पहिलो आदेशको जवाफ हामीले कार्तिक ७ गते नै पठाईसकेको छौं,’ प्रमुख…
काठमाडौं : वीरगंजका पूर्वमेयर विमल प्रसाद श्रीवास्तव संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्। नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय भएपछि श्रीवास्तव फोरम नेपालमा प्रवेश गरेका हुन्। वीरगंजमा आज आयोजित कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले श्रीवास्तवलाई पार्टी प्रवेश गराएका हुन्। स्थानीय तह निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट वीरगंजको मेयरमा चुनाव लडेका श्रीवास्तव पराजित भएका थिए।
काठमाडौं : मानवअधिकारको गम्भीर उल्लंघनकर्तालाई आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिश गरिएको भन्दै द्वन्द्वपीडितले आपत्ति जनाएका छन्। द्वन्द्वपीडित साझा चौतारीले विज्ञप्ती जारी गरी पहिलो चरणमा उम्मेदवारी दिएका मानवअधिकारको गम्भीर उल्लंघनकर्ता व्यक्तिको उम्मेदवारी खारेज गर्न र दोस्रो चरणको निर्वाचनमा त्यस्ता व्यक्तिलाई उम्मेदवार नबनाउन दलहरुलाई आग्रह गरेको हो। उसले फौजदारी अपराधमा संलग्न, भ्रष्टाचारी एवं गुण्डागर्दीमा संलग्न कुनै पनि व्यक्तिलाई निर्वाचनमा…
काठमाडौ : झापाको बिर्तामोडमा प्रहरी र स्थानीयबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। झडपकै क्रममा १० जना भन्दाबढी घाइते भएको प्रहरीले जानकारी दिएको छ। शुक्रवार विहानैदेखि बिर्तामोड तनावग्रस्त बनेको थियो। गत असोज १४ गते (दशैंको टिका)को दिन अर्जुनधारा नगरापालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्युको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका थिए। स्थानीयको प्रदर्शन बढ्दै…
कोलकता : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ। फिफाले पुरस्कार राशी बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ। ब्राजिलमा भएको विश्वकपमा ३५ करोड ८० लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख…
काठमाडौँ : आगामी पाँच वर्षभित्र गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यसहित नयाँ शक्ति नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। आगामी १५ वर्षसम्म दिगो विकासका लक्ष्य हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पुर्याउने र बेरोजगारीको अन्त्य गर्ने र २५ वर्षभित्र मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पुर्याउने सो पार्टीको घोषणापत्रमा उल्लेख छ। …
काठमाडौँ : पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका युवा संगठनले तीन हजार एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका छन्। दुवै पार्टी निकटका युवा संगठनको केन्द्रीय इञ्चार्जसहितको शुक्रबारको बैठकले केन्द्र, प्रदेश र स्थानीय तहमासमेत संयुक्त रुपमा प्रचारप्रसार समिति गठन गर्ने र त्यसलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको हो। युवा संघ नेपाल र…
प्रिमियर लिग क्लब चेल्सी इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। टोटनहम भने दुई गोलको अग्रतलाई कायम राख्न नसक्दा पराजित हुँदै बाहिरिएको हो। चेल्सीले घरेलु मैदानमा एभरटनलाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। लण्डन क्बलका लागि एन्टोनिओ रुएडिगर र विलियाले गोल गरे। एभरटनका लागि कलभर्ट लेविनले खेलको अन्त्यतिर एक गोल फर्काए। यता पहिलो हाफमा २-० को अग्रता बनाएको टोटनहम…