वैकल्पिक खेलाडी एन्टोनी मार्सियलले खेल सकिन ९ मिनेट अगाडी गरेको गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा टोटनहमलाई पराजित गरेको छ। मार्सियलको एक मात्र निर्णायक गोल मद्दतमा युनाइटेडले घरेलु मैदान टोटनहमालई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो। ७०औँ मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मैदान छिरेका मार्सियलले त्यसको ११ मिनेटपछि नै निर्णायक गोल गरे। जितपछि दोस्रो स्थानको युनाइटेडले टोटनहममाथि ३ अंकको…
लिग लिडर म्यानचेष्टर सिटीले यस सिजन प्रिमियर लिगमा अपराजित यात्रा १० खेलसम्म पूर्याएको छ। प्रिमियर लिगमा अपराजित रहने एक मात्र टोली रहेको सिटीले शनिबार वेष्टब्रोमलाई उसैको मैदानमा ३-२ ले हरायो। यता आर्सनलले पुनरागमन जनाउँदै स्वान्सी सिटीलाई २-१ ले पराजित गरेको छ। सिटीलाई सिजनको नवौँ जित दिलाउन लरे साने, फर्नान्डिन्हो र रहिम स्टर्लिङले गोल गरे। वेष्ट ब्रोमका लागि जे रोड्रिग्वेज र…
भारतमा सम्पन्न फिफा यू-१७ विश्वकप फुटबलको उपाधि इंगल्याण्डले जितेको छ। यसअघि कहिल्यै क्वाटरफाइनल भन्दा अगाडी बढ्न नसकेको इंगल्याण्डले स्पेनलाई ५-२ ले पराजित गर्दै पहिलो पटक यू-१७ मा च्याम्पियन बनेको हो। कोलकतास्थित साल्टलेक स्टेडियममा २ गोलले पछि परेको इंगल्याण्डले शानदार पुनरागमन गर्दै ५ गोल फर्काएको हो। जितपछि इंगल्याण्डले गत मे मा भएको युरोपियन यू-१७ को फाइनलमा स्पेनसंग बोहोरेको हारको बदला समेत…
दुई पेनाल्टी गोलको मद्दतमा रियल मड्रिड कोपा डेल रे को खेलमा विजयी भएको छ। फिफा वेस्ट घोषित प्रशिक्षक जिनेदिन जिदानले फिफा वेस्ट प्लेअर रोनाल्डो सहित पहिलो रोजाईका खेलाडीलाई आराम दिएको खेलमा रियलले जित हासिल गर्न पेनाल्टीको सहारा लिनुपरेको हो। अन्ता ३२ अन्तर्गत गएराती भएको खेलमा रियलले फुएनलाब्राडालाई २-० ले हराएको हो। दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा…
बैंकक: गत वर्ष निधन भएका थाईल्याण्डका नरेशको बिहीबार अन्त्योष्टि गरिएको छ। सात दशकसम्म गद्दीमा रहेका नरेश भुमिबोलको गत वर्ष अक्टोबरमा ८८ वर्षका उमेरमा निधन भएको थियो। अन्त्येष्टि समारोहमा लाखौँ जनता सहभागी भएर स्वर्गीय नरेश भुमिबोल अदुल्यादेजप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। दाहसंस्कार स्थलतर्फ लैजाँदै गर्दा हजारौँ थाई नागरिकहरुले सडकहरुको दुवैपट्टीबाट दिवंगत नरेशप्रति श्रद्धान्जली दिएका थिए। शाही संस्कारअनुसार उनको दाहसंस्कार गरिएको थाई…
नैरोबी: केन्यामा बिहीबार दोहोर्याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ। निर्वाचनको बहिष्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको प्रहरी र अस्पतालका स्रोतहरुले जनाएका छन्। मतदाताहरुलाई मतदान गर्न अवरोध गरेका विपक्षी दलका एक जना कार्यकर्ताको नैरोबीमा प्रहरीसँगको झडपमा परी मृत्यु भएको हो। एक जनाको मृत्यु भएको ड्रग्नेट अस्पतालका निर्देशक डिक्केन्स ओसीम्बाले पुष्टी गरेका…
काठमाडौं : नयाँ पुस्ताको लगाव र जुझारुपनलाई मध्यनजर गर्दै सर्वनाम थिएटर तेश्रो देशब्यापी १० मिनेट नाटक मेला आयोजना गर्ने भएको छ। घण्टौँ बसेर नाटक हेरेका दर्शकहरुको लागी नौलो स्वाद लिन पाउने भएका छन्। पछिल्लो समय युवा पुस्ताको नाटक र रंगकर्मप्रतिको रुची तथा सहभागीता बढिरहेको समयमा युवा रंगकर्मीलाई लक्षीत गरी सर्वनामले नाटक मेला आयोजना गर्न लागेको जनाएको छ। पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न…
फोर्ब्सले विश्वका मोस्ट ब्राण्ड भ्यालु भएका स्पोर्टस् टिम र खेलाडीको नाम सार्वजनिक गरेको छ। वर्तमान समयमा सबैभन्दा बढी ब्राण्ड भ्यालु भएको खेलाडीमा टेनिस लेजेण्ड रोजर फेडेरर छन्। स्वीस स्टार फेडेररको ब्राण्ड भ्यालु २८ मिलियन पाउण्ड रहेको छ। दोस्रो स्थानमा लेब्रोन जेम्स र तेस्रोमा उसेन बोल्ट छन्। फुटबल खेलाडीतर्फ फिफा बेस्ट अवार्ड विनर क्रिस्टियानो रोनाल्डो अगाडि छन्। यता अर्का स्टार फुटबल खेलाडी लियोनल…
काठमाडौं : पशुपंक्षी विकास मन्त्रालयले सात सय ४४ स्थानीय तहमा पशुपंक्षीको व्यावसायिक विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा तीन अर्ब ४१ करोड पठाएकोमा त्यसको उचित प्रयोग हुन सकेको छैन। केन्द्रबाट स्थानीय सरकारलाई आवश्ययक रकम समयमै नपठाइएका कारण सो रकम स्थानीय तहको विकास निर्माणलगायत अन्य खर्चमा प्रयोग भएको हुँदा लक्ष्यअनुसारको कार्यक्रममा खर्च हुन नसकेको हो। स्थानीय तहदेखि नै पशु…
झापा: झापाको बिर्तामोडमा बालक मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीय सर्वसाधारणबीच झडप भएको छ। अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटी असोज १४ गते घरबाट खेल्न गएका थिए। त्यसको २४ घन्टामै सिवाकोटीको शव स्थानीय खोलामा भेटिएको थियो। घटनापछि प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बेला अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै आफन्तहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए।…
धादिङ : धादिङको जुंगेखोलाबाट काठमाडौँतर्फ गइरहेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बा२ख ७१८२ नम्बरको टिपरले काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बा८२प ७७९७ नम्बरको मोटरसाइकललाई धुनीबेँसी नगरपालिका– ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं बबरमहलका २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वरका २३ वर्षीय सलिन तुलाधर छन्। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस
चितवन : हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ। पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हुँदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्रवेश गर्ने गर्दछ। धानलगायतका बाली खाएसँगै स्थानीयवासीले लखेट्ने क्रममा हात्ती…
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ। सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पुल निर्माण गर्न हाल सोही सडक निर्माण गरिरहेका दुई ठेकेदार कम्पनीलाई ठेक्का दिइएको हो। जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको…
जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले दश जोड दुई कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर २५ लाख १२ हजार संकलन गरेका छन्। जुम्लाकै अतिदुर्गम क्षेत्रमा अवस्थित साविकको प्रस्तावित कालिका माध्यमिक विद्यालयलाई दश जोड दुईमा स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका थिए। तिहारमा खेलिएको देउसीबाट २५ लाख ४२ हजार रुपैयाँ संकलन भएको स्थानीय मानबहादुर शाहीले जानकारी दिए। …
काठमाडौं : आइसीसी वुमन्स टी-२० क्वालिफायर एसियन रिजनका लागि दोस्रो चरणमा २२ खेलाडी छनोट भएका छन्। आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रकेट टिमका प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसनजंग थापा र महिला राष्ट्रिय टोलीका कप्तान रुविना क्षेत्री सम्मलित छनोट समितिले २२ खेलाडी छनोट गरेको हो। पहिलो चरणमा क्याम्पमा बोलाइएका ४८ मध्ये ४४ खेलाडी उपस्थित थिए र त्यसैबाट २२…
क्यानबेर्रा : अष्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोयस संसदमा रहन अयोग्य ठहरिएका छन्। उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहन अयोग्य ठहर गरेको हो। उनीहरुसँग दोहोरो नागरिकता रहेकाले सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो। अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था छ। जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि…
काठमाडौँ : कात्तिक शुक्ल द्वादशीदेखि गरिने तुलसीको उद्यापन यस वर्ष गर्न नहुने भनी गरिएको हल्लाप्रति नेपाल पञ्चांग निर्णायक समितिले ध्यानाकर्षण भएको जनाएको छ। समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले असार शुक्ल एकादशीदेखि सुरु गरिएको चतुर्मास व्रत तथा पूजा समापन, कात्तिक कृष्ण प्रतिपदादेखि सुरु गरिएको कात्तिक स्नान, नव अन्नप्राशन (नयाँ उत्पादित धान, मासलगायत अन्न) चढाएर खाने, पूजा एवं हवन गरिने…
काठमाण्डौं : फिल्म 'हुर्रे'को फस्टलुक पोष्टर सार्वजनिक भएको छ। उक्त फस्टलुक पोष्टरमार्फत फिल्मका कलाकारहरुको पात्र परिचय गराइएको छ। पोष्टरमा फिल्मका कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन्। सबै कलाकारलाई फिल्कोमी रुपमा प्रस्तुत गरिएको छ। सार्वजनिक फस्टलुकमा अनुप अन्य कलाकार भन्दा निकै भिन्न देखिएका छन्। कमेडी जनरको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ। दावा शेर्पा ‘शेट्टी’…
प्रकाश धौलाकोटी तेह्रथुम : जिल्लाका किसानले लगाएको अदुवामा गानो कुहिने, गबारो र पात बेरुवालगायतका विभिन्न रोगको संक्रमण देखिन थालेको छ। खाद्यान्न बाली मासेर लगाएको व्यावसायिक अदुवा खेती रोगले सखाप पारेपछि किसान चिन्तित भएका छन्। जिल्लामा मुख्य नगदेबालीका रुपमा खेती भइरहेको अदुवाको माउ झिकिसकेपछि रोगको संक्रमण देखा परेको हो। अदुवामा गानो कुहिने, गबारो र बेरुवाको संक्रमण देखापरेको किसानले बताएका छन्। सुरुमा…
बनेपा : काभ्रेको बनेपामा एकै परिवारका चारजनाको मृत्यु भएको घटनाको तीन महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आएको छैन। साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृत फेला परेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन। प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले परीक्षण रिपोर्टले आत्महत्या भएको देखाए पनि भिसेरा रिपोर्ट नआउञ्जेल निक्र्योलमा पुग्न नसकिने बताए। भिसेरा परीक्षणका…