काठमाडौँ : उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण आज देशभरका पहाडी र पूवी तराई क्षेत्रमा बदली भएको छ। पूर्वी भूभागको दक्षिण क्षेत्र सानो न्यूनचापीय क्षेत्र विकास भएको र पश्चिमी भूभागको उच्च वायु मण्डलमा न्यूनचापीय रेखा रहेकाले यसको प्रभावस्वरुप बदली भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने,‘देशभर पहाडी क्षेत्रमा पूर्ण बद्ली छ जलवास्पयुक्त हावाको कमीले गर्दा एक/दुई स्थानमा मात्र…
नयाँदिल्ली : भारतको आन्द्र प्रदेशमा भएको ट्रक दुर्घटनामा सात जना तीर्थयात्रुको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएमा केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन्। रवुलापालेम् अमलापुरम राजमार्गअन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरुमा दुर्घटना भएको हो। प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुग्दा यात्रु ट्रकको पांग्रा तलसमेत किचिएको अवस्थामा रहेको प्रहरी अधिकारीको जानकारी दिएको छ। “मृत्यु…
गुल्मी : गुल्मीको दरमखोला लघुजल विद्युत् सेवा तीन महिनापछि संचालनमा आएको छ। परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजना गत साउन महिनादेखि पटकपटक अवरुद्ध हुँदा नियमित हुन सकेको थिएन्। लामो समयपछि विद्युत् सेवा सञ्चालन आएसँगै सोही वडाका भर्जुवाअन्तर्गतका झण्डै १५५ घरधुरी उपभोक्ताको घरमा बिजुली बलेको छ। विद्युत् सञ्चालनसँगै बिजुली बत्ती, कुटानी पिसानी, फर्निचरलगायत विद्युतीय यन्त्रसमेत सञ्चालन…
काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप-२०१८ क्वालिफायरका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। टोलीमा भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपको उपाधि जितेका खेलाडीको बाहुल्य रेहको छ। कप्तानमा अर्पण कार्की छन् भने प्रेजन तामाङलाई उपकप्तान बनाइएको छ। भुटान गएको टिममा रहेका गोलरक्षक सन्देश गुरुङ मिडफिल्डर राजिव लोप्चन र राम वाजी तथा फरवार्ड दीपेश अले मगर टिमम आटाएनन्। उनीहरुको स्थानमा गोलरक्षक सोजित गुरुङ सुरज…
आठराई : वर्षाले अवरुद्ध तेह्रथुमको पूर्वी संक्रान्ति–म्याङलुङ सडकखण्ड छ महिनापछि सञ्चालनमा आएको छ। सवारीसाधन सञ्चालनमा आएसँगै आठराई क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ। वर्षाका कारण सडकखण्डमा पहिरो र खाल्डाखुल्डी भएकाले सवारी सञ्चालनमा गत जेठ महिनाबाट समस्या भएको थियो। सडक अवरुद्ध हुँदा आठराईवासी सात जिल्ला घुमेर यातायातका साधनबाट सदरमुकामको यात्रा गर्न बाध्य थिए। जिल्लाका स्थानीय तहले आआफ्ना क्षेत्रका सडक…
इलाम : मूल्य नपाएर किसानको अदुवा बारीमै कुहिँएको बेला प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकी छिन्। इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको परिकार बनाई लाखौँ आम्दानी गरेकी छिन्। उनले अदुवा प्रशोधनबाट नगरपालिकाभित्र जग्गा किनेर सामान्य घरसमेत जोडिन् भने छोरीलाई काठमाडौं राखेर पढाउँदै छिन्। विसं २०६८ देखि सामान्य तालिम लिएर अदुवा प्रशोधन थालेकी निरौलाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर,…
काठमाडौं : संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै तहको निर्वाचनका लागि ठूलो रकम खर्च हुने भएको छ। सोहीअनुसार छ अर्ब ५० करोडभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न थियो। स्थानीय तहको निर्वाचनको तेस्रो चरणको भुक्तानी यसै आर्थिक वर्षमा निर्वाचन आयोगलाई उपलब्ध गराएको छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका…
म्याड्रिड : स्पेनको केन्द्रीय सरकारले क्याटलोनिया क्षेत्रका प्रहरी प्रमुखलाई पदमुक्त गरिदिएको छ। क्याटलोनियाको क्षेत्रीय संसद् र सरकारलाई भंग गरिएको घोषणा गरेको भोलिपल्ट केन्द्रीय सरकारले क्याटलोनियाका क्षेत्रीय प्रहरी प्रमुख जोसेफ लुइस त्रापेरोलाई बर्खास्त गरेको हो। यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो। घोषणाका लागि संसद्मा भएको गोप्य मतदानलाई एकताका पक्षधरले भने बहिष्कार गरेका थिए। संसद्मा स्वतन्त्रताको पक्षमा…
काठमाडौं : नेपाली फिल्महरु विदेशमा छायांकन हुने ट्रेण्ड विकसित भएझैं नेपाली आधुनिक तथा पप गीतका म्युजिक भिडियोहरु पनि विदेशका आकर्षक लोकेशनमा छायांकन हुन थालेका छन्। यसैक्रममा युवा गायक सुभाष सुन्दासले गाएको गीत ‘उड्न देउ...’को म्युजिक भिडियो यूरोपको सुन्दर देश साइप्रसका छायांकन गरिएको छ। साइप्रसको समुद्री किनारामा आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियो गायन तथा कलाकारहरुको अभिनयसहित कारण पनि चर्चामा आएको…
चितवन : चितवनमा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४०८ मतदान केन्द्र तोकिएको छ। जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा १६१ मतदानस्थलमा ४०८ वटा मतदान केन्द्र तोकिएका छन्। यसअघि स्थानीय तहको निर्वाचनमा जिल्लामा १६१ मतदानस्थलमा ३७६ मतदान केन्द्र तोकिएको थियो। अहिले भने ३२ मतदान केन्द्र थपिएको छ। बिहीबार जिल्लामा तीनवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको…
काठमाडौं : विवेकशील साझा पार्टीले प्रदेश नम्बर ६ अन्तर्गत सुर्खेतमा उम्मेदवार छनोट गरेको छ।पार्टीले मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो। विवेकशील साझा पार्टीले सुर्खेत क्षेत्र नम्बर एकमा प्रतिनिधि सभाका लागि रम्मा आचार्यलाई उम्मेदवार बनाएको छ। त्यसैगरी प्रदेश सभाका लागि क्षेत्र नं १(क) मा दीपक रेग्मीलाई र (ख) मा लोकेन्द्र शाहीलाई उम्मेदवार बनाएको…
काठमाडौँ : आज बिहान धादिङमा भएको बस दुर्घटना परी मृत्यु हुनेको सङख्या ३१ पुगेको छ। राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खसेको थियो। नदीमा खसेको बसलाई क्रेनको सहायताले नदी बाहिर ल्याएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रमुख एसपी धुव्रराज राउतले जानकारी दिए। मृत्यु हुनेमा ११ पुरुष, ९ महिला, ६ बालक, ४ बालिका छन्। धादिङको गजुरी गाउँपालिका ५ ओखरे…
झापा : प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका झापा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय नरेश थापाको परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ। आज बिर्तामोडमा बसेको सर्वदलीय वैठकले मृतकका परिवारलाई तत्काल राहतका लागि बिर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति झापाले २५÷२५ हजार र बिर्तामोड उद्योग वाणिज्य संघले १० हजार दिने निर्णय गरेको हो। त्यस्तै…
काठमाडौं : पछिल्लो समय विदेशका चर्चित डिजेहरु समेत आएर आफ्नो प्रस्तुति दिने थलो बनेको छ क्लब डेजाभू। सधैं रात्रिकालीन कार्यक्रमको रौनक हुने क्लब डेजाभूमा शनिबार दिउँसोको दृष्य भने फरक थियो। सामान्य डबली र सार्वजनिक स्थलमा हुने पुस्तक विमोचनको परम्परालार्इ तोड्दै क्लब डेजाभूमा नेपाली उपन्यास विमोचन भयो। कवि तथा गीतकार विप्लव प्रतीकको पहिलो उपन्यास अविजित। तीन फरक क्षेत्रका व्यतित्व राजनीतिज्ञ प्रदीप गिरि, शिक्षाविद् केदारभक्त माथेमा र…
रमेश लम्साल काठमाडौँ : ‘कम्युनिष्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिष्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन्। घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश…
स्पेन : स्पेनले शनिबारदेखि लागू हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन सुरु गरेको छ। स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाईसमेत बर्खास्त गरेको जनाएको छ। क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो। स्पेनी नागरिकले म्याड्रिडमा स्पेनको एकताका पक्षमा प्रदर्शन गरिरहँदा आएको सरकारको क्याटलोनियामाथि प्रत्यक्ष शासन सुरु भएको औपचारिक…
काठमाडौँ : राष्ट्रपति र प्रधानमन्त्रीले धादिङमा भएको बस दुर्घटनामा परी धेरै जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–६, घाटबेँसीस्थित त्रिशुली नदीमा शनिबार विहान भएको यात्रु बस दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको राष्ट्रपतिको…
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढेको बेला विभिन्न खाले आशंका गरेर प्रश्न उठाउनु व्यावहारिक नहुने बताएका छन् आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा आयोजित निर्वाचन र सुरक्षासम्बन्धी दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहमा प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचनलाई सफल तुल्याउन सम्पूर्ण व्यवस्थापकीय कार्य अघि बढाइसकिएको हुँदा निर्वाचनका बारेमा…
राजविराज : त्रिशुलीमा खसेको बस दुर्घटनामा परी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको मृत्यु भएको छ। दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीमा बस खसेपछि उनीहरुको दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले जानकारी दिए। राष्ट्रिय वाणिज्य बैंक, गौशाला…
राजविराज : राजविराजबाट काठमाडौँ गइरहेको बस शनिबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका धेरै जनाको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन्। सबै स्थानीय तहमा आइतबार एक दिन बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए। सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन्। जिल्लाको…