काठमाडौं : विवेकशील साझा पार्टीले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गरेको छ। पार्टीले बझाङबाट प्रतिनिधि सभाका लागि मिनबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। त्यस्तै, प्रदेश सभाका लागि बझाङ क्षेत्र नं १(क)बाट मोहबहादुर सिंह र (ख)बाट रविन्द्रबहादुर बमलाई उम्मेदवार बनाएको छ। बैतडीबाट प्रतिनिधि सभाका लागि नारायण अवस्थीलाई उम्मेदवार बनाएको पार्टीले जनाएको छ।
लक्ष्मी भण्डारी सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरकी शान्ति ढकाल न्याय खोज्दै विभिन्न निकाय तथा आयोगमा धाउन थालेको २० वर्ष भयो तर उनको पीडाको आलो घाउमा मलहमपट्टी लगाउनुको सटृा नूनचुक छर्किएको अनुभूति भएको छ । श्रीमान् बितेको २० वर्ष बितिसक्दा पनि न्याय पाउनुको साटो पीडा बल्झाउने काम भएको पीडित ढकालको भनाइ छ। ‘आयोगमा न्यायका लागि फाराम नभरेको भए यो घटना अहिलेसम्म बिर्सिसक्थ्यौँ।’– ढकालले भनिन,…
काठमाडौं : फिल्म 'होलिडे'को यूरोपका विभिन्न मुलुकमा छायांकन भएको छ। बसन्त निरौला निर्देशित फिल्मको छायांकन सकिएको बारे जानकारी दिइएको हो। फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका ठाउँहरुमा फिल्म छायांकन गरेर युनिट नेपाल फर्किएको छ। यूरोपमा छायांकनको व्यबस्थापन श्याम श्रेष्ठले गरेका थिए। कमेडी ड्रामा जनराको फिल्म 'होलिडे'मा गौरव पहारी, पवित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारको अभिनय रहेको छ। बि.एन.…
बार्सिलोना : केन्द्रीय सरकारद्वारा हटाएको भनिएका क्याटलोनियाका क्षेत्रीय नेता चाल्र्स पुज्डमोनको पद कायमै रहेको त्यहाँका उप–नेताले बताएका छन्। उपनेता अरिअल जङ्करले ‘उहाँ कायमै हुनुहुन्छ र कायमै भइरहनुहुने छ,’ भन्दै जिम्मेवारीबाट हटाएको निर्णयलाई अस्वीकार गरे। उनले एक स्थानीय पत्रिकामा लेखेका छन्,‘यस क्षेत्रको नेता अहिले पनि चाल्र्स पुज्डमोन नै नै हुनुहुन्छ र उहाँ नै हुनुहुने छ।’ क्याटलोनियाको क्षेत्रीय सरकार र संसद्लाई भंग गरेर…
काठमाडौं : मलेसियामा आगामी नोभेम्वर ९ बाट शुरु हुने एसीसी यू-१९ एसिया कपका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दास र यू-१९ टिमका एसीसी कन्सलट्यान्ट वेनकाटापथी राजु रहेको समितिले खेलाडी छनोट गरेको हो। यस्तै ४ वैकल्पिक खेलाडी पनि छानिएका छन्। मलेसिया जानुअघि नेपाली यू-१९ टोली भोली अभ्यास खेल खेल्न बंगलादेश जाँदैछ। बंगालादेशको यू-१९…
काठमाडौं : नेपालमा अवैध लागूऔषध कारोबार गर्ने कैदीबन्दीको संख्या सबैभन्दा बढी रहेको छ। कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार नेपालका ७२ जिल्लाका ७४ कारागारमा रहेकामध्ये तीन हजार ३८० कैदीबन्दीले लागूऔषध कारोबारसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन्। विभागका महानिर्देशक कृष्णप्रसाद घिमिरेले १८ हजार ३३६ कैदीबन्दीमध्ये सबैभन्दा धेरै लागुऔषध कारोबारी रहेको जानकारी दिए। उनले भने,‘पछिल्लो समय अवैधरुपमा लागूऔषध कारोबार गर्ने र कारागार जीवन बिताउने…
अहिले युट्युब भिडियो सेयरिङका लागि चर्चित साइट हो। युट्युबबाट गर्न सकिने केही विषय, जुन तपाईँलाई थाहा नहुन सक्छ। १. जिफ इमेज : तपार्इँ जिफ इमेज बनाउन चाहुनुहुन्छ भने युट्युबभन्दा अघि जिआइएफ राखेर जीआइएफयुट्युब डट कममा जानुस्। २. भिडियोको स्पीड बढाउन : कुनै ट्युटोरियल हेर्दा तपाईँले युट्युब स्लो पाउनु भएको छ? सेटिङ ट्याबमा गएर स्पीड सेलेक्ट गर्नुहोस्। त्यहाँ युट्युबको भिडियो २५ देखि ५० प्रतिशत स्लो बनाउन सक्नुहुन्छ। ३.…
काठमाडौं : प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ शिवम् न्यूडायमण्ड प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको महिलातर्फको खेलमा डायमण्डले महोत्तरीको भानुभक्त स्कुलमाथी २५–१०, २५–७ को सहज जित निकाल्दै समूह बिजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो। नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको पुरुषतर्फको खेलमा काठमाडौंको आरुणी स्कुलले जिल्ला भलिबल संघ गुल्मीलाई २–० को…
नेपोली इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ। आइतबार भएको खेलमा ससुलोलाई ३-१ ले पारजित गर्दै नेपोली एक दिन नबित्दै शीर्ष स्थानमा उक्लेको हो। अघिल्लो दिन युभेन्ट्स एसी मिलानलाई पराजित गर्दै गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको थियो। घरेलु मैदानमा नेपोलीलाई जिताउन एलान, जोसे माराय कालेजोन र ड्राघ मर्टेन्सले एक एक गोल गरे। ससुलोका लागि डिएगो फालचिनेलीले गोल गरे।…
रियल मड्रिडले यस सिजन स्पानिस ला लिगामा दोस्रो हार बेहोरेको छ। एक गोलको अग्रता जोगाउन नसक्दा रियल नवप्रवेशी गिरोनासंग २-१ ले पराजित भएको हो। खेलको १२औँ मिनेटमै इस्कोले रियललाई अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन। उता यसै सिजन ला लिगामा बढ्वा भएको गिरोनाले रोनाल्डो र बेन्जामा जस्ता स्टार खेलाडी भएको जिदानको टिम विरुद्ध शानदार पुनरागमन गर्दै जित निकाल्यो। दोस्रो हाफमा…
काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सोमबारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन्। आइतबार बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार टुङ्ग्याउने निर्णय गरेको हो। दुई जिल्लाका केही क्षेत्रमा उम्मेदवारीको विषयलाई टुङ्ग्याउन बाँकी रहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अरु क्षेत्रमा भने सहमति भएको…
लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा अपराजित यात्रालाई ११ खेलसम्म पुर्याएको छ। लिगअन्तर्गत गएराती भएको खेलमा एडिनसन कभानीले दुई गोल मद्दतमा पिएसजीले नाइसलाई ३-० ले पराजित गर्यो। पिएसजीका लागि कभानीले खेलको तेस्रो र ३१औँ मिनेटमा गोल गरे। नाइसका कप्तान दाँतेले ५२औँ मिनेटमा आत्मघाती उपहार दिएका थिए। कभानी मैदानमा चम्किदा विश्वकै महँगा खेलाडी नेमारले स्ट्याट्ण्डबाट खेल हेरे। मार्से…
काठमाडौँ : पार्टी एकताको निर्णयसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कात्तिक १९ देखि २६ गतेसम्म ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्ने भएका छन्। अभियानलाई दुवै पार्टीका शीर्षनेताले सम्वोधन गर्ने गरी कार्यक्रम तय गरिएको र स्थानीयस्तरमा तय हुने निर्वाचन केन्द्रित कार्यक्रममा पनि पार्टीका उच्च तहका नेता सहभागी हुने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली…
संयुक्त राष्ट्रसंघ : विश्वमा एक वर्षमा दादुराले मृत्यु हुने विरामी एक लाखभन्दा कम भएको संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्घसंस्थाले जनाएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को खोप, जैविक तथा रोगप्रतिरक्षा विभागका निर्देशक जाँ म्यारी ओकोबेलेले तथा अन्तर्राष्ट्रिय दादुरा तथा रुवेला नियन्त्रणकारी संस्थाद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘हामीले दादुराका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत दुई दशकको प्रयत्नपछि उल्लेख्य मात्रामा…
स्पेन : स्पेनको क्याटलोनिया संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ। स्वतन्त्रताको निर्णय लिने सन्दर्भमा भएको मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका छन्। संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको छ भने विपक्षमा १० मत परेको छ। दुई सांसद्ले कुनै पनि पक्षमा मतदान नगरी मतपत्रलाई खाली खसालेका बताइएको छ। मतपरिणाम सुनेर क्षेत्रीय संसदभवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुसी व्यक्त गरे भने…
पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार पोखरामा कालो झण्डा देखाईएको छ। नेपाली कांग्रेस कास्कीले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्न जाने क्रममा पोखराको पृथ्वीचोकमा अनेरास्ववियूका विद्यार्थीले शिक्षा ऐन पारित गरेको विरोधमा कालो झण्डा देखाएका हुन्। कालो झण्डा देखाएको अभियोगमा प्रहरीले अनेरास्ववियूका जिल्ला अध्यक्ष शेखर गौतमसहित जिल्ला सचिवालय सदस्य विश्व दर्शन पराजुलीलाई पक्राउ गरेको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको…
काठमाडौँ : राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। धादिङको गजुरी गाउँपालिका ५ ओखरे खोला नजिकै ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदीमा खसेको हो। मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले दुर्घटनास्थलबाट १६ जनाको उद्दार गरेको छ। घाइतेमध्ये १४ जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा…
नेत्र तामाङ- लोकतान्त्रिक गठबन्धनले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को संघीय प्रतिनिधि सभाका लागि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबरालाई उम्मेदवार बनाएसँगै यहाँको राजनीतिक वातावरण गर्मिएको छ। राजपरिवारसँग काँधमा काँध मिलाएर महाराजगञ्ज वरपर बस्दै राजनीति गर्दै आएका राणाको सिन्धुपाल्चोक साइनो खोज्दै यतिबेला लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता भौतारिन थालेका छन्। पञ्चायतको निर्वाचनदेखि बहुदलीय व्यवस्थासम्म पाँच पटक क्षेत्र नम्बर ३ बाट चुनेर आएका राणाले…
नगरकोट : नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर आउने पर्यटकसँग बोल्न चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताएका छन्। भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सुवालले केही नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन् भन्ने समाजको बुझाइ रहेकाले सो भ्रम चिर्न चालक सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने बताए। कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका…
काठमाडौँ : विभिन्न राजनीतिक दलका महिला नेतृहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको भन्दै आपत्ति जनाएका छन्। ‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा अन्तरक्रियामा सहभागी महिला नेतृहरुले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सच्याउनका लागि दबाब दिन जुलुस र धर्नासम्मका विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिए। प्रतिनिधिसभा…