भद्रपुर : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई झापाका कांग्रेस निकट बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा अगुवा कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन सुझाव दिएका छन्। गृह जिल्ला झापा आइपुगेका सिटौलाले आफ्नो क्षेत्र झापा क्षेत्र नं ३ का अगुवा कार्यकर्ता, बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा शुभचिन्तकले सिटौलालाई राष्ट्रिय राजनीतिका धरोहर रहेको भन्दै…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नभए व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने दाबी गरेका छन्। लक्ष्मण पन्तद्वारा लिखित ‘आधुनिक नेपालको 'इतिहास वि.सं १७४३–१९५५०’ पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले संविधान संसद्को अवधि आगामी माघ ७ गतेसम्म भए पनि निर्वाचनको मनोनयन प्रक्रिया सुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते…
इन्डोनेसिया : इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ सहरको एक पटाका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। सुरक्षा अधिकारी सादुनीका अनुसार घाइतेहरुको तीन वटा अस्पतालमा उपचार भइरहेको छ। मृतकमध्ये प्रायः उत्पादन कक्षमा काम गर्ने मजदूर छन्। पटाका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको अग्नी नियन्त्रकले जनाएका छन्। ताङगेराङ सहरका बरिष्ठ प्रहरी आयुक्त हरि…
काठमाडौं : वाम गठबन्धनले निर्वाचन सार्ने अभिव्यक्ति नदिन अपिल गरेको छ। वाम गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले निर्वाचन सार्ने कुनै पनि अभिव्यक्ति नदिन अपिल गरेका हुन्। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय भई मनोनयन दर्ता भइसकेको अवस्थामा निर्वाचनको मिति सार्ने संवैधानिक र नैतिक कुनै…
काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष शेर बहादुर केसीले सर्वोच्च अदालतले दिएको आदेशलाई निर्वाचन आयोगले कार्यान्वयन गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लवको साक्षात्कारमा अध्यक्ष केसीले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि फरक–फरक मतपत्रको माध्यायमबाट निर्वाचन गर्नुपर्ने बाध्यात्मक कानुनी व्यबस्थालाई निर्वाचन आयोगले पालना गर्नुपर्ने बताए। केसीले भने,‘म त दुईवटा निर्वाचन फरक समयमा हुनुपर्छ भन्ने मानिस हुँ।’ ‘निर्वाचन आयोगले एकैचोटी गर्ने निर्णय…
विराटनगर : मोरङका विभिन्न ठाउँहरुमा छठ पर्वका वर्तालुहरुले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गरेका छन्। जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ अर्पन गरेका हुन्। यसैबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुगेका थिए। विगत १४ वर्षदेखि उनले…
विष्णु नेपाल काठमाडौं : अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडौं उपत्यकाभित्र रगतको अभाव देखिएको छ। पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालनसमेत कम भएकाले उपत्यकाभित्र रगतको एक्कासी अभाव देखिएको हो। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई रगतको माग र आपूर्तिबीचमा सहजता ल्याउन अहिले कठिन भएको छ। यसका लागि सोसाइटीले आम रक्तदातालाई रक्तदान गर्न र…
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग ताममेल नगर्ने बताएका छन्। नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आग्रह गरिरहेको समयमा बिजुक्छेले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै आफ्नो पार्टी कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने बताएका हुन्। ‘थ्रेस होल्ड’को आलोचना गर्दै उनले यसको नेमिकपाले प्रतिरोध गर्ने बताए।…
काठमाडौँः नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ। गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो। यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो। विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर…
काठमाडौं : भारतको दिल्लीमा जारी विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको। प्रतियोगितामा सहभागी भएका नेपालका बाबु छोरा दुवैले उत्कृष्ट प्रदर्शनकासाथ पदक हात पार्दै इतिहास रचेका हुन्। बाबु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक हात पार्दा पहिलो पटक प्रतियोगितामा सहभागी भएका छोरा रोजिन नकर्मीले सब जुनियर (१९ बर्ष मुनि) कास्य पदक प्राप्त गर्न सफल भएको ज्ञानेन्द्र नकर्मीले दिल्लीबाट जानकारी गराएका…
काठमाडौँ: सचिव सरुवाको निर्णय एकरातमै फेरिएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले सचिवको सरुवा गरेको थियो। तर, २४ घन्टा नबित्दै सरुवाको निर्णय हेरफेर भएको हो। महिला बालवालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईको डेढ महिनाको अन्तरमै दुई पटक सरुवा भएको छ। सोमबार लोकसेवा आयोगमा सरुवा गरिएका इन्द्रप्रसाद उपाध्यायलाई महिला बालबालिका मन्त्रालयमा पठाइएको छ। महिला बालबालिकाका प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगिएको छ।…
काठमाडौँ: पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारले आज चुनाव चिह्न पाउँदैछन्। निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि बुधबार नै दिउँसो १ बजेसम्म दिइएको छ । उम्मेदवारी फिर्ता नलिएको अवस्थामा आजै कार्यालय समयभित्र आयोगले उम्मेदवारको चिह्न तय गर्नेछ। निर्वाचन निह्न पाएसँगै स्वतन्त्र उम्मेदवारलाई समेत चुनाव प्रचारको बाटो खुल्नेछ। आइतबार…
काठमाडौँ: अक्टोवर क्रान्तिको शतवार्षिकीको अवसरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कक्युनिष्ट पार्टीले आज जनप्रदर्शन गर्दैछ। खुलामञ्चमा दिउँसो १ बजे पार्टीका शीर्ष नेताहरुले कार्यक्रमलाई सम्वोधन गर्नेछन्। संसदीय निर्वाचनको खारेज, भ्रष्टचारीको सम्पति राष्ट्रियकरण, स्वाधिनताका लागि वैज्ञानिक समाजवाद लगायतका मागसहित कार्यक्रम हुन लागेको हो। बबरमहल, कुपण्डोल ,कालिमाटी , लैनचौर, बागबजार, भृकुटीमण्डप लगायतका क्षेत्रको र्यालीलाई महासचिव चन्द, तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायतका नेताले…
प्रिमयर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, म्यानचेष्टर सिटी, आर्सनल, लेस्टर सिटी र एएफसी बर्नमाउथ इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यस्तै च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीले नि अन्तिम ८ मा स्थान बनाएको छ। गोलिकपर क्लाउडियो ब्राभोले २ पेनाल्टी प्रहार रोकेपछि सिटीले पेनाल्टी सुटआउटमा उल्भरह्याम्टन वन्डरसलाई ४-१ ले हरायो। निर्धारित ९० मिनेट र गप थरिएको ३० मिनेटमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि…
स्पानिस ला लिगाका क्लबहरु बार्सिलोना, भ्यालेन्सिया र सेभियाले कोपा डेल रेअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा जित हात पारेका छन्। बार्साले रियल मुर्सिअलाई ३-० ले हरायो। बार्साका लागि फ्रान्सिस्को अल्कासेर, जेरार्ड डेउलोफेउ र बी टिमका जोस अर्नाएजले गोल गरे। यस सिजन सबै खाले प्रतियोगितामा गरेर बार्सिलोनाले अपराजित यात्रा १३ पूर्याएको छ। यता अन्तिम ९ मिनेटमा दुई गोल गर्दै भ्यालेनियाले जारागोजालाई २-०…
काठमाडौँः अब प्रत्येक प्रदेशको प्रदेशसभामा जनसंख्याका आधारमा छुट्टाछुट्टै समूहको समानुपातिक रुपमा प्रतिनिधित्व हुने भएको छ। संसदबाट प्रदेशसभा सदस्य निर्वाचन पारितकै क्रममा प्रदेशभित्रको समावेशी संरचना सुनिश्चित हुनुपर्ने आवाज उठे पनि कानुनमा समेटिएको थिएन। तर, निर्वाचन आयोगले प्रत्येक प्रदेशमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी प्रदेशसभा सदस्य निर्वाचन नियमावली पारित गरेको हो। आयोगले निर्धारण गरेको समानुपातिक प्रतिनिधित्व हुने गरी अब राजनीतिक दलहरुले…
कप्तान माउरो इकार्डीको दुई गोल मद्दतमा साम्पडोरियालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। घरेलु मैदानमा साम्पडोरियालाई ३-२ ले पराजित गर्दै इन्टरले नेपोलीमाथि १ अंकको अग्रता कायम राखेको हो। १० खेलबाट इन्टरको २६ अंक भएको छ। एक खेल कम खेलेको नेपोली २५ अंकका साथ दोस्रो स्थानमा झरेको छ। नेपोलीले आजै जेनोओसँग खेल्नेछ र…
काठमाडौं: फिल्म निर्माता एवं कलाकार मधुकुमार श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेद्वार बनेका छन्। धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका हुन्। मनोनयन दर्ता गरेसँगै उनी चुनावी भेटघाटमा जुटेका छन्। मधुकुमारले बिन्दास, बिन्दास २ तथा यही भदौ ८ मा रिलिज भएको स्काउट नामक फिल्महरु निर्माण गरेका छन्। निर्माता साथै उनले कलाकारको पनि छवि बनाएका छन्। कलाकारितासँगै उनी राजनीतिमा…
सिवी अधिकारी काठमाडौँ : सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तर्राष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ। होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं २०७० मा बनेको मापदण्डलाई समसामयिक र सान्दर्भिक गरी अन्तर्राष्ट्रिय होटल स्तर मापदण्ड वर्गीकरणबमोजिम बनाउन लागिएको हो। मापदण्ड तयार गर्न होटल एशोसिएशन अफ नेपाल (हान) का कार्यसमिति सदस्य प्रवीणबहादुर पाण्डेको संयोजकत्वमा मापदण्ड संशोधन परिमार्जन उपसमित…
बेरुत : सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन्। लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि फिलिप लजारिनीले शरणार्थीको भविष्य लेवनान नभई उनीहरूकै मातृभूमि भएको बताए। उनले भने,‘लेवनान सिरियाली शरणर्थीका लागि एउटा असल आतिथ्यता प्रदान गर्ने मुलुक थियो। तर यो सिरियाली शरणार्थीलाई नागरिकता प्रदान गर्न सक्ने…