चन्द्रकान्त खनाल बुटवलः गुल्मीको सदरमुकाम तम्घासबाट विहान साढे आठ वजे नै खाना खाएर १४ किलोमिटर पश्चिम धुर्कोट गाउँपालिका अन्तरगत वडा नम्वर ४ को वडा कार्यालय सम्हाल्न जान्छन् वडा अध्यक्ष मानबहादुर जोगी कुँवर। साँझ पाँच बजेसम्मको कार्यभार सकेर मोटरसाइकलमा घर फर्किन्छन्। स्थानीय तहमा निर्वाचित हुनुअघि सदरमुकाममा होटल संचालन गर्दै आएका कुँवरको होटल कारोवार अहिले लथालिङ्ग छ। उनी होटल बेच्नका लागि ग्राहक…
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो दललाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष विजुक्छेले ठूला पार्टीले साना पार्टीलाई रोक्न ‘थ्रेसहोल्ड’ को प्रावधान राखेका आरोप लगाए। उनले भने,‘थ्रेसहोल्डको आतंकले नेमकिपालाई जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमासमेत जनताको बीच गएको हाम्रो पार्टी जनताको मतबाटै राष्ट्रिय पार्टी…
काठमाडौं: फिल्म ’झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक भएको छ। मङ्गलबार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरका दुइ पात्र सौगात मल्ल र बेनिशा हमाल केन्द्रित छ। ट्रेलर रिलिज कार्यक्रममा फिल्म युनिटले फोटो कन्टेस्ट पनि घोषणा गर्यो। अभिनेत्री निशा अधिकारी यसै फिल्म मार्फत निर्माताको रुपमा डेब्यु गरेकी छिन्। सिमोश सुनुवार निर्दे्शित फिल्मको नयाँ प्रचार सुत्र 'फोटो कन्टेस्टमा' फिल्मको पोस्टमा…
भक्तपुर : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले व्यक्तिगत स्वार्थ र आरोप प्रत्यारोपलाई त्यागेर मुलुकका लागि अगाडि बढ्ने समय आएको बताए। उनले भने,‘स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ,…
विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उच्च मनोबलका साथ निर्वाचनमा होमिन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीका भ्रातृ सङ्गठनद्वारा आज विराटनगरस्थित पार्टी कार्यालयमा दीपावली, छठ तथा नेपाल संवत्को शुभकामना आदान–प्रदान कार्यक्रममा आचार्यले नेपाली कांग्रेस आगामी निर्वाचनमा ठूलो पार्टीका रुपमा पुनः स्थापित हुने भएकाले कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिए। आचार्यले लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएर निर्वाचनमा जाने कुरा उल्लेख गर्दै…
प्रकाश सिलवाल काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पुर्याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम गर्ने भएका छन्। चुनावी तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने र निर्वाचन क्षेत्र बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम दुई ठूला वाम दलले सँगसँगै अघि बढाएका छन्। बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको…
बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (कांग्रेस) आजदेखि बेइजिङमा सुरु भएको छ। बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ महाधिवेशन सुरु भएको हो। चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको…
काठमाडौँ : उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन्। ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्दैै थापाले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको बताए। उपप्रधानमन्त्री थापाले भने,‘त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर…
काठमाडौँ : नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन्। आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित हुने गरी काम गर्न निर्देशन दिएका हुन्। उनले भने, ‘‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुदैँन, देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपाइँ स्थायी कर्मचारीकै काँधमा छ, त्यसै राम्रा योजना…
काठमाडौं : नेपाली यू-१६ महिला राष्ट्रिय बास्केटबल टोलीले भारतमा हुने फिबा यू-१६ वुमन्स एसियन च्याम्पियनसिप २०१७ बास्केटबल प्रतियोगितामा भाग लिने भएको छ। भारतमा आगामी आइतबारबाट शुरु हुने प्रतियोगितामा सहभागिता जनाउने नेपाली यू-१६ महिला टोलीलाई बुधबार नेपाल बास्केटबल संघले बिदाइ गरेको छ। अक्टोबर २२ देखि २८ सम्म भारतको बेंगलुरुमा हुने प्रतियोगितामा नेपाल र आयोजक भारतसहित कूल १४ राष्ट्रका यू-१६ टोलीले प्रतिस्पर्धा…
चितवन : चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ। तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ। तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए। विभिन्न अस्पतालबाट प्राप्त…
राजविराज : वैदेशिक रोजगारीका लागि सप्तरीबाट कतार गएका एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डलको दुर्घटनामा मृत्यु भएको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए। मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए। उनको मंगलबार राति सवारी साधनको ठक्करबाट मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ। उनको शव नेपाल ल्याइदिन सम्बन्धित निकाय…
रोहित सेठ्ठीद्वारा निर्देशित फिल्म गोलमाल अगेन पर्सी शुक्रबारबाट रिलिज हुँदैछ। यो गोलमाल सिरिजको चौथो फिल्म हो। बलिउड हंगामाले यो फिल्म हेर्नुपर्ने पाँच कारण यसरी दिएका छ। १. गोलमालको चौथो संस्करण: सन् २००६ मा सार्वजनिक हिट फिल्म 'गोलमाल'को यो चौथो संस्करण हो। फिल्मको सिक्वेलहरु दर्शकले रुचाएर र बक्सअफिसमा हिट भए। त्यस्तै रोहित सेट्ठी र अजय देवगणको यो एकसाथ दशौं फिल्म हो।…
काठमाडौँ : बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचनको सुनिश्चितता नभएका कारण आफूहरु अझैसम्म सरकारमा बसिरहेको बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा शाहीले निर्वाचनका लागि मनोनयन दर्ताको प्रक्रिया अगाडि बढ्ने वित्तिकै माओवादीले सरकार छाड्ने बताए। उनले भने,‘प्रधानमन्त्रीले तपाईँहरुले प्रतिपक्षी दलसँग सहकार्य गर्नुभयो मन्त्री पद छोड्नुहोस् भनेर आफूहरुलाई भने माओवादी केन्द्र सरकार छाड्न तयार छ।’ वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि…
काठमाडौं: फिल्म 'पसले'को बन्ने भएको छ। मङ्गलबार फिल्मको शुभसाइत गर्दै फिल्म युनिट तिहारपछि छायांकनको लागि फ्लोरमा निस्किएको बताइएको हो। राजेन्द्रकुमार अर्यालको निर्देशनमा बन्न लागेको फिल्मले व्यवसायीको कथा भन्ने जानकारी दिइयो। कलाकार दीपेन्द्र कोइरालाको मुख्य भूमिका रहेको फिल्ममा रामचन्द्र अधिकारी, विशाल पहाडी, टीकादेवी दाहाल, पुष्प लुइँटेल लगायतको अभिनय रहने छ। समाजिक कथावस्तु उठाम गर्ने फिल्मलाई एनपी फिल्मसले प्रस्तुत गर्न लागेको हो।…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई आएका चार वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सहकारी विधेयक, स्वास्थ्य बीमा विधेयक, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
रोल्पा : प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय बलियो भए मात्र विकासले गति लिने बताएका छन्। आज रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले जहाँका जनताले कानुनको पालना गर्दछन्, त्यहाँको समुदाय समृद्ध हुने बताए। आफू न्यायालयलाई आधुनिकीकरण गर्न लागिपरेको भन्दै पराजुलीले ‘स्मार्ट जुडिसरी’का लागिसमेत पहल भइरहेको बताए। जनतालाई छिटोछरितो न्याय दिन आधुनिक प्रविधिसँग न्यायालयलाई जोड्नुपर्ने उनको भनाइ थियो। तीन करोड ४७…
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेका एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नयाँ कानुनको गत महिना घोषणा गरेका थिए। उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले मङ्गलबार आदेश दिएको छ। राष्ट्रपति डोनल्ड…
रमेश गिरी भक्तपुर : यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सुरु भएको छ । भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारीको लाइसेन्सको ट्रायल परीक्षा गत शनिबारदेखि र चारपाङ्ग्रेको आजदेखि सुरु भएको हो। भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहज रुपमा…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि केन्द्रित भएर काम गर्न गैरआवासीय नेपाली संघको नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन्। संघको आठौँ विश्व सम्मेलनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रममा अध्यक्ष ओलीले सबै तहका निर्वाचनसँगै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने भएकाले विश्वभर छरिएर रहेका नेपालीले पनि यस अभियानमा साथ दिनुपर्ने बताए। नेपालमा नयाँ नेतृत्वले अविस्मरणीयरुपमा…