'भ्यालेन्टाइन्स डे' को ज्वरोलाई कुनै सिमाले बाध्न सकेको छैन। के युरोप, के अमेरिका या एशिया। सबैतिर प्रेमको ताप उत्तिकै फैलिएको छ। यहाँ विश्वका विभिन्न मुलुकमा फैलिएको त्यही प्रेमको रापिलो ताप फोटो मार्फत प्रस्तुत गरेका छौ।
काठमाडौः राष्ट्रपति विद्या भण्डारीले सरकारले वृद्ध बृद्धालाई संरक्षण र सम्मानित जीवन विताउने जिम्मा लिनुपर्ने भन्दै नसके निजी तथा संस्थागत क्षेत्रलाई प्रोत्सिहन गर्नुपर्ने बताएकी छन्। काठमाडौको जहरसिंंह पौवा स्थित लप्सीफेदीमा जेपी प्रतिष्ठानले निर्माण गरेको जेष्ठ नागरिक ग्राम 'मैत्री सेवाश्रम' को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बृद्ध अबस्थामा मानिसको जीवनलाई सेवा र संक्षण आवस्यक हुने भन्दै परिवारबाट सरक्षण हुन नसक्ने बृद्ध बृद्धा राज्यको…
उत्तर कोरियाका नेता किमजोङ् उनको सौतेनी दाइको फिल्मी शैलीमा मलेसियामा हत्या भएको छ। मलेसियाको विमानस्थल क्वालालाम्पुरमा फिल्मी शैलीमा कुम जोङ्ग नैमको हत्या भएको हो। महिला जासुसहरुले उनलाई विष भएको सुई लगाएर हत्या गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। ती महिलाहरु उत्तर कोरियाका जासुस भएको दावी गरिएको छ। बिबिसीका अनुसार हत्याको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। समाचार एजेन्सीहरुले समाचार एजेन्सीको हवाला…
काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमा पेज खोलेर सेक्स र्याकेट चलाएको आशंकामा एक युवा पक्राउ परेका छन्। २ वर्ष अमेरिकामा बसेर यस्तै धन्दा चलाएर नेपाल फर्किएका सुरज बस्नेतलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। फेसबुकमा अश्लिल पेज खोलेर महिलाको नाम र नम्बर सहित राखेर उनले सेक्स र्याकेट चलाउने गरेको प्रहरीको आशंका छ। तर प्रहरीले उनलाई असम्बन्धित ब्यक्तिको फोन नम्बर राखेर…
काठमाडौं : नेपाल प्रहरीले प्रमुखबारे सर्वोच्च अदालतमा एकपछि अर्को रिट परिरहे पनि एकै दिन नियुक्ती भएको सशस्त्र प्रहरीका प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठले दर्ज्यानी चिन्ह लगाएका छन्। आइतबार मन्त्रीपरिषद्ले सशस्त्रमा श्रेष्ठ र प्रहरीमा जयबहादुर चन्दलाई प्रमुखमा नियुक्त गर्ने निर्णय विवादमा आएर सर्वोच्चमा रिट परेकाले प्रहरी निमित्तको भरमा चलेको छ। फागुन ८ सम्म प्रहरी संगठन निमित्तकै भरमा चल्ने निश्चित छ। उता मंगलबार…
प्रेमले न जात हेर्छ न वर्ग। न पेशा हेर्छ न धन। हेर्छ त केवल मन। मन मिलेपछि के सुरक्षाको जिम्मेवारी सम्हालेका प्रहरी के अपराधमा कैद सजाय काटिरहेकी कैदी। हो,भारतमा अहिले यस्तै एक जोडिको प्रेम चर्चामा छन् जसले अपराध गरेकोमा पश्चाताप गरी सजाय भोग्ने किल्ला जेललाई प्रेम अंकुराउने स्थल बनाए। प्रशंग हो भारतको। भारत बिहारको कटिहार जेलमा अंकुराएको प्रहरी र कैदीविचको…
मगलबार काठमाडौंलाई भ्यालेन्टाइन्स डेले छपक्कै छोप्यो। के किशोर,के बयस्क सबै मायामा डुबे भ्यालेन्टाइन्स डेको अवसर पारेर। रेष्टुरेन्ट,मल, पार्क सबै प्रेम जोडिले भरिएका थिए। यही प्रेमको राप र ताप हेर्नुस् ७ फोटोमा।
पर्सा : नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानलाई असफल गरी प्राप्त गरेका सबै उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले लागेको आरोप लगाएका छन्। प्रेस मञ्चले आइतबार वीरगन्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान संशोधनको विरोध गरी संविधान कार्यान्वयनमा बाधा सिर्जना गर्दै मुलुकलाई अन्योलतातर्फ धकेल्न एमालेका नेता लागिपरेका बताएका हुन्। संसद्मा दर्ता रहेको संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचन नहुने…
मुगु : सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा ल्याउन सुरु गरेको छ। गत भदौ २३ गते कर्णाली क्षेत्रमा जन्म हुँदा र मृत्यु संस्कारमा सरकारले स्थानीयवासीलाई २० किलो चामल अनुदानमा दिने घोषणा गरेको थियो। सरकारले घोषणा गरेको पाँच महिनापछि मुगुलगायत कर्णालीका अन्य पाँच जिल्लामा चामल दिने प्रक्रिया सुरु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा…
काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका छन्। अर्यालसँगै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले पनि प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्। अर्याल र राई दुवैले महानिरीक्षकबाट आजै मध्यरातबाट अवकाश पाउँदैछन्। अर्यालले अवकाश पाउने निश्चित भएपनि अब प्रहरीको चेन अफ कमाण्डको नेतृत्व कसले गर्छ भन्ने टुङ्गो भने लागिसकेको छैन। सरकारले आइतबार जयबहादुर चन्दलाई आइजिपी बनाएपनि त्यसको दुई घण्टामै…
खोटाङ : भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङका एक नगरपालिका र ३५ गाविसको सर्वेक्षणका काम सकिएको छ। एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका तथा ३५ गाविसका भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सम्पन्न भएको हो। भूकम्पपीडितको लगत सङ्कलनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खटाएका ३४ जना इन्जिनियरमध्ये १८ इन्जिनियरले आफ्नो काम पूरा गरेको तथ्याङ्क विभाग जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालयका प्रमुख…
रत्ननगर (चितवन) : चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बंैक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ। आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ । यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी…
प्रिमियर लिग अन्तर्गत आइतबार दुई खेल भए। पहिलो खेल लिग उपाधिको लागि महत्वपूर्ण थियो भने दोस्रो खेल रेलिगेशनमा संघर्षरत दुई टोली बीचको भिडन्त थियो। नतिजा दुवै खेलको सोचे जस्तो आउन सकेन। शीर्ष स्थानको चेल्सीलाई बर्नलीले १-१ को बराबरीमा रोक्यो भने गत वर्षको च्याम्पियन लेस्टर सिटीको खराब प्रदर्शन कायमै रहदाँ स्वानसी सिटीसँग पराजित हुन पुग्यो। पेड्रो रोड्रिग्वजको गोलमा चेल्सीले खेलको सातौं…
बाबियाचौर (म्याग्दी) : म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ। पोखरामा रहेको पन्थी डेरी उद्योगको बेनी अस्पताल चोकस्थित बिक्री केन्द्रमा आपूर्ति मन्त्रालय र स्थानीय सरोकारवाला सहभागी बजार अनुगमन टोलीले आइतबार सिलबन्दी गरेको हो। म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि राखेको डेरीमा रहेका कतिपय पोकामा उत्पादन मितिसमेत छैन ।…
स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा सेभिया र एथ्लेटिको मड्रिडले जित हात पार्दै महत्वपूर्ण ३ अंक जोडेका छन्। सेभियाले अन्तिम दश मिनेटमा गोल गर्दै लस पलमसलाई १-० ले हराउँदै रियल र बार्सिलोनामाथि दबाब कायमै राखेको छ। सेभियालाई जित दिलाउन ८० औं मिनेटमा जाओक्विन कोरेअले निर्णायक गोल गरे। जितपछि सेभियाको २२ खेलबाट ४६ अंक भएको छ। समान खेलबाट बार्सिलोनाको ४८…
गोन्जालो हिगवेनले दुई गोल गरेपछि सिरी ए मा युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको काग्लीअरीलाई २-० ले पराजित गरेको छ। हिग्वेनले ३७ र ४८ औं मिनेटमा गोल गरे। ६७ औं मिनेटमा निकोलो बरेलाले दोहोरो पहेँलो कार्ड सामना गरेपछि काग्लीअरी १० खेलाडीमा झरेको थियो। जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। २४ खेलबाट युभेन्ट्सले ६० अंक जोडेको छ।…
इलाम : इलाम नगर क्षेत्रका छ दर्जनभन्दा बढी होटल तथा रेस्टुराँमा १७ जना बालबालिका जबर्जस्ती श्रममा लगाइएको भेटिएका छन्। जिल्ला बालकल्याण समितिको संयोजनमा नगर क्षेत्रमा रहेका ७९ वटा होटल तथा रेस्टुराँमा गरिएको अनुगमनमा १४ वर्ष माथि र १८ वर्षमुनि उमेर भएका १७ जना बालबालिका बालश्रमिकको रूपमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए। दुई जना १४ वर्षमुनिका बालबालिका…
रोल्पा : चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन्। सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिए। असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा…
काठमाडौं : मन्त्रिपरिषद्को निर्णय अनुसार डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय रोक्न माग गर्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ। प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा सिलवालको एकमात्र निवेदन छ। एकै प्रकृतिको विषय जोडिएको रिटमा आइतवार कार्कीले सुनुवाई गरेका कारण निवेदनको पेश आज पनि कार्कीकै इजलासमा तोकिएको हो। सिलवालको रिटमा प्रधानन्यायाधीश सुशीला कार्की स्वयमले सुनुवाई गर्दैछिन्। यसअघि…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सुधा त्रिपाठीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। ललितपुरको शंखमुलस्थित युएन पार्क नजिकै त्रिपाठी चढेको बा २ च ५६६० नम्वरको गाडीमा आगजनी गरिएको हो। युएन पार्कनजिकै केही व्यक्तिले पेट्रोल छर्केर आगो लगाएका हुन्। करिव १० बजेतिर पार्क नजिकैबाट म विश्वविद्यालय जाँदै थिएँ। गाडीको स्पिड पनि कम थियो। दुई जना मुखमा मास्क लगाएर आएका व्यक्तिले गाडी…