काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सात दलका नेताहरुलाई सोमबार सात पाठ पढाइन्। जब राष्ट्रपतिले धन्यवाद भन्दै लिखित पाठ सुनाएर सिध्याइन्। नेताहरु बाहिरिने क्रममा थिए। त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोके। बैठकमा सहभागि भएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओलीले प्रधानमन्त्रीलाइ सोधे - चुनाव त गराउनुपर्यो त प्रधानमन्त्रीज्यू कहिले घोषणा गर्नुहुन्छ?…
काठमाडाै : २०४३ सालमा प्रहरी निरिक्षकको रुपमा प्रहरी संगठनमा सेवा शुरु गरेका उपेन्द्रकान्त अर्यालले सोमबार प्रहरी महानिरिक्षकको रुपमा अवकास पाए। २०७० मंसिर १ मा प्रहरी महानिरिक्षकको जिम्मेवारी सम्हालेका थिए। महानिरिक्षकको पदावधी अझै १० महिना बाँकी भए पनि सोमबार उनी प्रहरी बनेको ३० वर्ष टेकेकाले उनले अनिवार्य अवकास पाए। प्रहरी प्रधान कार्यालयमा उनको विदाइका लागी विशेष कार्यक्रम आयोजना गरिएको थियो। विदाई कार्यक्रममा उनीसँगै…
सुपर बलमा प्रस्तुति दिने क्रममा लेडी गागा, यहाँ उनले आफ्ना केही चर्चित गीत गाएकी थिइन् गायिका टेलर स्विफ्ट प्रस्तुतिका क्रममा, उनले यो वर्षको अन्तिम प्रस्तुति टेक्सासको क्लव नोमाडिकमा दिने बताइन् जर्मनीको बर्लिनमा आयोजित फिल्म फेस्टिवलको ओपनिङ नाइटमा मेगी जिलेनहल आफ्ना साथी अभिनेता डियागो लुनासित बर्लिन फिल्म फेस्टिवलमा रिचर्ड गियर र लाउरा लिनी युकेको फर्स्ट घडी आर्ट मेलामा सहभागी एक सुन्दरी …
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित २२औं जनयुद्ध दिवसका अवसरमा बोल्दै प्रचण्डले संविधानलाई सर्वस्वीकार्य बनाउँदै निर्वाचनको प्रक्रियालाई पूरा गर्न, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र पुनर्निर्माणलाई तीव्रता दिन पार्टी र सरकार लागिपरेको बताए। 'दस वर्षसम्म चलेको जनयुद्धले पुरानो…
काठमाडौं : तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरुवात गरेको आज २२औं वर्ष। दसवर्षे सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएका माओवादीहरुले आजको दिनलाई जनयुद्ध दिवसमा मनाउँदै छन्। सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको नारा दिएर क्रान्तिमा होमिएको तात्कालीन माओवादी अहिले चिरा–चिरामा रुपान्तरण भएको छ। चार टुक्रा भएका माओवादीले आज चार स्थानमा जनयुद्ध दिवसका कार्यक्रम गर्दैछन्। नेकपा माओवादी केन्द्रले दिउँसो पेरिसडाँडामा जनयुद्ध…
कार्टुन क्यारेक्टरमा आधारित वाल्ट डिज्ने यतिबेला आफ्नो घटिरहेको बिक्रीबाट चिन्तित छ। गत तीन महिनामा डिज्नेको मुभी बिजनेस र बिज्ञापनबाट आउने ‘रेभेन्यू’मा सात प्रतिशतले गिरावट आएको छ। यसबाट चिन्तित डिज्नेलार्इ झन् बढी चिन्ता थपिदिएको छ- चीन र अमेरिकाबीच चलिरहेको ‘ट्रेडवार’ले। यही नजानिँदो ट्रेडवारका कारण आफ्नो ब्यापारमा संकट आउनसक्ने वाल्ट डिज्नेले अनुमान गरेको छ। बालबालिकाको लागि सर्वाधिक मनोरञ्जनको कार्टुन क्यारेक्टर…
काठमाडौं: नायिका रेखा थापाले प्रेम बारे हरेक प्रश्नमा राजनीतिक तर्क मिसाइन्। आइतबार काठमाडौंमा फिल्म 'राज्जा रानी' घोषणा कार्यक्रममा बोल्दै आफू जनता र कामसँग प्रेममा रहेको बताएकी हुन्। भ्यालेनटाइन डेको योजना के छ? भन्ने प्रश्नमा भनिन्,'मेरो काँधमा जिम्मेवारी छ। आफ्नो व्यक्तिगत प्रेम जीवन बारे मात्र सोच्ने फूर्सद नै छैन। उनले प्रेम र राजनीतिज्ञ फरक हुन नसक्ने तर्क राखिन्। 'नेतृत्व वर्ग भनेको…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा पार्टीका सभापति शेरबहादुर देउवाको कुनै संलग्नता नरहेको दाबी गर्दै कांग्रेस संसदीय दलको कार्यालयले प्रेस नोट जारी गरेको छ। फागुन २ बाट रिक्त हुने प्रहरी महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गर्न देउवाले सरकारलाई दबाब दिइरहेको समाचार एक साताबाट सार्वजनिक भइरहेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेसँगै सर्वोच्च अदालतले अल्पकालीन…
काठमाडौं : सहरका युवायुवती प्रेमोत्सवमा छन् यति बेला। त्यसो त यो उत्सवको तरंग गाउँका ससाना बजारसम्म पुगेको छ। ती बजारका पसलमा झुन्डिएका 'भ्यालेन्टाइन गिफ्ट', कार्ड अनि रातो गुलाबले माहोल रंगीन बनाइरहेको छ। पश्चिमा समाजबाट विकसित भएको भ्यालेन्टाइन्स डे अर्थात् प्रणय/प्रेम दिवस नेपाली समाजमा घुसिसकेको छ। 'भर्चुअल लभ'को यो जमानामा 'भ्यालेन्टाइन्स डे'ले उनीहरुमा उत्सव थप्ने नै भयो। बजारमा गुलाबको…
ओस्कार विजेता हलिउड अभिनेत्री मेरिल स्ट्रिपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेको टिप्पणीमाथि प्रतिक्रिया जनाउँदै भनिन्, 'हो म निकै अहंकारी र अत्यधिक देखावटी अभिनेत्री हुँ।' ट्रम्पले मेरिललाई अहंकारी र देखावटी अभिनेत्री भएको आरोप लगाएका थिए। पछिल्लो महिना ६७ वर्षीय अभिनेत्री मेरिलले गोल्डन ग्लोब्स पुरस्कार समारोहमा अवार्ड लिने क्रममा अमेरिकी राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन्। उनले अमेरिकी राष्ट्रपतिको नाम नलिइकनै आलोचना…
काठमाडौं: अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसैन पहिलोपटक स्क्रिन सियर गर्ने भएका छन्। फिल्म ‘राज्जा रानी’को निर्माण घोषणासँगै उनीहरुको नाम मुख्य कलाकारका रुपमा सार्वजनिक भएको हो। आइतबार काठमाडौंमा निर्माण घोषणासँगै चलचित्रको मुहर्त समेत गरिएको छ। मुहर्तमा नाजिर र केकिले फिल्मका लागि पहिलो सट दिए। यम थापाको लेखन तथा निर्देशनमा बन्ने फिल्म बारे निर्देशक थापाले भने,‘राज्जा रानी' प्रेम हो, यसलाई…
काठमाडौँ : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीका नेताहरु समात्न हल्ला चलाइएको बताएका छन्। खुल्लामञ्चमा नेकपा माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै विप्लवले भने, 'हामी यहि छौँ त। सिके राउतको हवाला दिएर हामीलाई समात्ने हल्ला छ।' उनले माओवादीलाई जेल हाल्न सके पनि इतिहासको कठघरामा उभिनुपर्ने अवस्था आउने बताए। संसदीय राजनीतिप्रति आक्रोश पोखेका विप्लवले फेरि एउटा क्रान्ति आवश्यक…
काठमाडौं: बाल प्रतिभा खोजी कार्यक्रम ‘लिटिल स्टार २०१७’ हुने भएको छ। शनिबार काठमाडौंमा भएको पहिलो चरणको अडिशनबाट कार्यक्रम सुरु भएको हो। ९० बालबालीकाको सहभागिता रहेको अडिसनबाट ७० प्रतियोगी आगामी प्रतिस्पर्धाका लागि चुनिएका छन्। कार्यक्रममा अभिनेता गौरव पहारी, अभिनेता यसराज गहतराज, मोडल दिक्पाल कार्की र कोरियोग्राफर सुनिता राजभण्डारीको निर्णयक मण्डलमा रहेका छन्। एनोवेसन इवेन्ट म्यानेजमेन्ट र सोविज मिडिया ग्रुपको सहकार्यमा आयोजित…
काठमाडौं : नेपालमा क्लब फुटबलको विकास गर्नको लागि अखिल नेपाल फुटबल संघ एन्फाले यसै वर्ष भित्र क्लब लाइसेनिङ प्रक्रिया लागु गर्ने भएको छ। एएफसी क्लब लाइसेनिङ प्रमुख महाजन बासुदेवन नायरको उपस्थितीमा एन्फा कम्प्लेकसमा शनिबार भएको कार्यक्रममा नेपालका ए डिभिजन क्लबहरुसँगको सल्लाहपछि उक्त प्रक्रिया सुरु गर्ने सहमती भएको हो। उक्त कार्यक्रममा नेपालका सबै ए डिभिजनका कलका साथै बी बाट ए मा…
काठमाडौँ : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपियन आकासमा नेपाली विमानलाई लागेको प्रतिबन्ध फुकुवाका लागि पहल गर्ने भएका छन्। आगामी १४ तारिखदेखि बेल्जिएमको ब्रसेल्समा हुन लागेको इन्ट्रनेसलन हाइलेवल कन्फरेन्मा सहभागी हुन आजै त्यसतर्फ जान लागेका परराष्ट्रमन्त्री महतले नेपाली विमानलाई युरोपियन आकासमा लागेको प्रतबन्ध फुकुवाका लागि आवाज उठाउने बताएका हुन्। 'एसियाका लागि आइकाओको मापदण्ड ५९ छ, हामी ५८ दशमलव ४…
काठमाडौं : नेपाल पत्रकार महासंघमा अधिवेशन नजिकिएसँगै सदस्यता विवाद चर्किएको बेला सूचनाको अधिकार प्रयोग गरी नयाँ सदस्यको विवरण माग्दै निवेदन परेको छ। महासंघले ६ महिनाभित्र दिइएका सदस्यता र सदस्यता दिदा अपनाइएको प्रकृयासँगै बुझाएको सबै विवरण माग्दै सञ्चारकर्मी रामप्रसाद दाहालले सूचनाको हक सम्बन्धि ऐन अनुसार महासंघमा निवेदन दिएका हुन्। आइतबार दर्ता गरेको निवेदनमा उनले नयाँ सदस्यता पाउने र स्थानान्तरण गर्ने महासंघ…
काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नवौँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित थिए। अधिकांश वक्ताले मेलम्ची आएपछि दैनिक १७ करोड लिटर पानी थपिने भएकाले नियमित चार घण्टा पानी वितरण गर्न सकिने भाषण गरेर औपचारिकता पूरा गरे। कार्यक्रममा भाषण गर्ने पालो आएपछि माइक अगाडि पुगेका उनले कार्यक्रममा उपस्थित लिमिटेडका अधिकारीलाई प्रश्न गरे ‘महाप्रबन्धकज्यू पानी…
प्रशन्न पोखरेल पालुङ्टार (गोरखा) : नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक संकट टार्नका लागि आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराइसक्ने बताएका छन्। नेपाली काँग्रेस क्षेत्र नं २ गोरखाले आज पालुङ्टारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले भने ‘नेपाल अत्यन्त महत्वपूर्ण मोडमा उभिएको छ । संविधान हामीले बनायौँ तर यसको कार्यान्वयन हुन पाएको…
सिन्धुली : तोस्रामखोला गाविस–७ भञ्ज्याङडाँडामा करेन्ट लाग्दा आज एकजनाको मृत्यु भएको छ। विद्युत् अवरुद्ध भएपछि ट्रन्सफर्मर बनाउने क्रममा करेन्ट लागेर स्थानीय ४५ वर्षीय अम्बर सार्कीको मृत्यु भएको हो। सो क्षेत्रमा केही दिनदेखि विद्युत् अवरुद्ध भएको थियो। ट्रान्सफर्मर मर्मतका क्रममा सार्कीलाई करेन्ट लागेको स्थानीय फणीन्द्र अधिकारीले जानकारी दिए। सार्की पैँतालीस किलोवाट क्षमताको वाक्सुखोला तेस्रो जलविद्युत् आयोजनाको प्रविधिकका रुपमा कार्यरत थिए। प्रहरी…
नयाँदिल्ली (भारत) : भारतले पूर्वी राज्य उडिसाको सामुद्रिक क्षेत्रबाट एउटा प्रतिरोधी क्षेप्यास्त्रको शनिबार सफल परीक्षण गरेको छ। यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत सन्देश लेखेका छन् ‘आज हाम्रा (भारतीय) वैज्ञानिकले प्रतिरोधक क्षेप्यास्त्रको निर्माण गरेका छन्। विश्वका चार–पाँच राष्ट्रले मात्र यस किसिमको क्षेप्यास्त्रको निर्माण गर्न सफल भएको अवस्थामा पाएको यो सफलताका लागि भारतीय वैज्ञानिक समूहलाई बधाई छ।’ उडिसाको अब्दुल कलाम टापूबाट…