PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • ​मन्त्रिपरिषद् बैठक बस्दै, को बन्लान नेपाल प्रहरीमा नयाँ आइजी ?

    ​मन्त्रिपरिषद् बैठक बस्दै, को बन्लान नेपाल प्रहरीमा नयाँ आइजी ?

    काठमाडौँ :नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक(आइजिपि)को विषयमा निर्णय दिन मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।  नेपाल प्रहरी महानिरीक्षक नियुक्तिमा असमझदारी भएपछि गत बिहीबारको नियमित मन्त्रिपरिषद् स्थगित भएको थियो। आकस्मिक रुपमा साँझ बोलाइएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गरेको थियो। मन्त्रिपरिषद्को बैठकको पूर्वसन्ध्यामा शनिवार राति प्रधानमन्त्री निवास बालुवाटारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलले टोटनहमलाई हरायो, आर्सनल र म्यानचेष्टर युनाइेडको जित

    प्रिमियर लिग : लिभरपुलले टोटनहमलाई हरायो, आर्सनल र म्यानचेष्टर युनाइेडको जित

    प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनल, लिभर र म्यानचेष्टर युनाइटेडले जित हासिल गरेका छन्। साडियो मानेको दुई गोल मद्दतमा लिभरपुलले टोटनहमलाई २-० पराजित गर्यो। मानेले दुई मिनेटको अन्तरमा दुई गोल गरे। जितपछि लिभरपुल २५ खेलबाट ४९ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ भने समान खेलबाट ५० अंक रहेको टोटनहम दोस्रोमा कायमै छ।  आर्सनल हल सिटीलाई हराउँदै ५० अंक जोड्न…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : अलाभेजको पोष्टमा बार्सिलोनाको ६ गोल, रियलको जितमा रोनाल्डोको गोल

    ​ला लिगा : अलाभेजको पोष्टमा बार्सिलोनाको ६ गोल, रियलको जितमा रोनाल्डोको गोल

    स्पानिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्। रियलले ओसासुनालाई ३-१ ले हरायो भने बार्सिलोनाले अलाभेजलाई ६-० ले पराजित गर्यो। रियलको जितमा क्रिस्टिायनो रोनाल्डो, इस्को र लुकास भज्क्वेजले १/१ गोल गरे। ओसासुनाका लागि सर्जि लिायेनले एक गोल गरे। यस्तै लुइस सुवारेजको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजमाथि शानदार जित हासिल गर्यो। बार्सिलोनाको जितमा लियोनल मेसी,…

    विस्तृतमा पढ्नुस्

  • ​आर्मीलाई स्तव्ध पार्दै संकटाले जित्यो सिमरा गोल्डकपको उपाधि

    ​आर्मीलाई स्तव्ध पार्दै संकटाले जित्यो सिमरा गोल्डकपको उपाधि

    सिमरा : त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ।  सिमरा रंगशालामा शनिवार भएको अन्तिम भिडन्तमा आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले उपाधि उचालेको हो।  उपाधिसंगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार रुपैयाँ नगद हात पारेको छ। उपबिजेता आर्मीले दुई लाख ५१ हजारमा चित्त बुझाएको छ।  रोमाञ्चक फाइनलमा निर्धारित समयमा…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ नियुक्त

    ​नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ नियुक्त

    काठमाडौं : नेपाल प्रहरीको २५औं महानिरीक्षकमा डिआईजी जयबहादुर चन्द नियुक्त भएका छन्। यस्तै सशस्त्र प्रहरीको महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन्।  आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई नेपाल प्रहरी र सिंहलाई सशस्त्र प्रहरीको नेतृत्वमा चयन गरेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए।  दुई आइजिपि नियुक्तिको लागिमात्र मन्त्रिपरिषद् बैठक पाँच मिनेटमात्र बसेको थियो।  ३० वर्षीय सेवा अवधिका कारण वर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त…

    विस्तृतमा पढ्नुस्

  • ​२२ वर्षमा माओवादी संघर्ष : ‘एकातिर जनयुद्ध दिवस, अर्कातिर शोक दिवस’

    ​२२ वर्षमा माओवादी संघर्ष : ‘एकातिर जनयुद्ध दिवस, अर्कातिर शोक दिवस’

    काठमाडौ : तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरुवात गरेको आज २२औं वर्ष। दश वर्षे सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएका माओवादीहरुले आजको दिनलाई जनयुद्ध दिवसमा मनाउँदै छन्। तर, आजकै दिनलाई माओवादी युद्धका पीडितहरुले शोक दिवसका रुपमा मनाउँदैछन्। द्वन्द्व पीडितहरुले आज सिंहदरवार दक्षिण गेटमा धर्ना दिएर शोक दिवस मनाउँदै छन्। सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको नारा दिएर क्रान्तिमा होमिएको तात्कालीन माओवादी अहिले…

    विस्तृतमा पढ्नुस्

  • साढे पाँच दशक भारतमा फसेका पूर्व चिनियाँ सैनिक आफन्तलाई भेटेपछि यसरी भक्कानिए

    साढे पाँच दशक भारतमा फसेका पूर्व चिनियाँ सैनिक आफन्तलाई भेटेपछि यसरी भक्कानिए

    भारतमा ५४ वर्षदेखि फसेका पूर्व चिनियाँ सैनिक वाँग छिले शनिबार चीनको भूमि टेकेका छन्। लामो समयपछि भएको आफन्तहरुसितको भेटले उनलाई निकै भावुक बनायो। उनी लामो समयसम्म आफन्तको अँगालोमा बेरिएर रोइरहे।   वाँग छिसित उनका छोरा, छोरी र बुहारी पनि चीन पुगेका छन्।   यसअघि शनिबार बिहान चीन उड्नुअघि उनले तिरोडीका गाउँलेलाई भनेका थिए, 'तपाईँहरु अचम्म नमान्नुहोस्, म आफ्नो जन्मभूमि हेरेर…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको 'स्मार्ट मुभ' : नयाँ शक्ति अब संसदमा

    बाबुरामको 'स्मार्ट मुभ' : नयाँ शक्ति अब संसदमा

    काठमाडौँ : डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि अब संसदमा पुग्ने भएको छ। यद्पि भट्टराई संसदीय दलको नेता भने हुने छैनन्।   थरुहट तराई पार्टी लोकतान्त्रिक र नयाँ शक्ति नेपालबीच एकीकरण भएपछि नयाँ शक्ति नेपाल संसदमा पुग्नेछ। सोमबार एकीकरणको घोषणा गर्ने तयारी दुवै दलले गरेका छन्। त्यसपछि पार्टीको नाम 'नयाँ शक्ति नेपाल' रहनेछ। थरुहट तराई पार्टी लोकतान्त्रिककी सांसद गंगा…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : वायर्नको नाटकिय जित, लेइपजिग र डर्टमण्ड पराजित

    बुण्डेसलिगा : वायर्नको नाटकिय जित, लेइपजिग र डर्टमण्ड पराजित

    अन्तिम समयमा दुई गोल गर्दै वायर्न म्युनिखले शनिबार जर्मन बुण्डेसलिगामा इनगोल्सटाडलाई पराजित गरेको छ। निर्धारित समयको अन्तिम मिनेट र इन्जुरी टाइममा गोल गर्दै वायर्नले जित हात पारेको हो। वायर्नको लागि ९० औं मिनेटमा अर्टुरो भिदाल र इन्जुरी टाइमको दोस्रो मिनेटमा आर्जेन रोवेनले गोल गरे। जितसँगै वायर्नले दोस्रो स्थानको लेइपजिगमाथि ७ अंकको स्पष्ट अग्रता बनाएको छ। लेइपजित ह्यामवर्गर एसभीसँग पराजित भएपछि…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मी बैंकको तीन अर्बको हकप्रद आउँदै, निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन

    लक्ष्मी बैंकको तीन अर्बको हकप्रद आउँदै, निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन

    काठमाडौँ : लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद शेयर निस्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले तिन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।   तीन अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरि सकेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपैयाँ माथि पुग्नेछ।   बैंकले ३८ प्रतिशत बोनस सेयर…

    विस्तृतमा पढ्नुस्

  • 'भ्यालेनटाइन्स डे'को अवसरमा नारायणको म्युजिक भिडियो 'देखेँ तिमीलाई'

    'भ्यालेनटाइन्स डे'को अवसरमा नारायणको म्युजिक भिडियो 'देखेँ तिमीलाई'

    युवा गायक नारायण धितालको गीत 'देखे तिमीलाई' को म्युजिक भिडियो भ्यालेनटाइन्स डेको अवसरमा सार्वजनिक गरिएको छ।   गायक धितालकै संगीत र शब्द रहेको गीतको भिडियोलाई स्कटल्याण्डको रमणीय स्थानमा छायांकन गरिएको छ। हाल बेल्जियम रहेका गायक धितालले २०६० र २०६७ सालमा दुइटा आधुनिक गीतको एल्बम निकालिसकेका छन्।   म्युजिक भिडियोमा अन्जना घले र सुवास सापकोटाले अभिनय गरेका छन् भने निर्देशन दिपेश…

    विस्तृतमा पढ्नुस्

  • चन्दलाई आइजिपी बनाउने निर्णय यथास्थितिमै राख्न सर्वोच्चको आदेश, सिलवाल रिट लिएर सर्वोच्चमा

    चन्दलाई आइजिपी बनाउने निर्णय यथास्थितिमै राख्न सर्वोच्चको आदेश, सिलवाल रिट लिएर सर्वोच्चमा

    काठमाडौं : जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति गर्ने निर्णय तत्काललाई यथास्थितिमै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।   सरकारले वरीयता मिचेर चन्द आइजिपी बनाउन लागेको भन्दै अधिवक्ता कपिल ढकालले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई आइजिपी बनाउने सरकारको निर्णय कार्यान्वयन नगरी यथास्थितिमै राख्न आदेश दिएको हो।   आज…

    विस्तृतमा पढ्नुस्

  • चन्दलाई आइजिपी बनाउने निर्णय खारेजीको मागसहित सर्वोच्चमा नवराज सिलवालको रिट, भोलि सुनुवाइ

    चन्दलाई आइजिपी बनाउने निर्णय खारेजीको मागसहित सर्वोच्चमा नवराज सिलवालको रिट, भोलि सुनुवाइ

    काठमाडौं : वरिष्ठता मिचेर प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट हालेका छन्।   आफू वरीयताको पहिलो नम्बरमा हुँदाहुँदै तेस्रो नम्बरमा रहेका चन्दलाई नियुक्ति गर्ने सरकारी निर्णयविरुद्ध उनी सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन्। तेस्रो वरीयताका चन्दलाई आइजिपीमा नियुक्त गर्ने निर्णय खारेज गर्न र पहिलो वरीयतामा भएकाले आफूलाई सो पदमा नियुक्तिको आदेश पाऊँ भनी…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि विशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया सेवा १३ जिल्लामा

    आजदेखि विशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया सेवा १३ जिल्लामा

    काठमाडौं : देशभरका १३ जिल्ला अस्पतालहरुमा आजदेखि विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन भएको छ।   अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो हप्ताभित्रमा सेवा सुरु भइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म पनि विशेेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रिया सेवा नभएका सबै जिल्ला अस्पतालहरुमा सेवा सुरु गर्ने मन्त्रालयले निर्णय गरेको थियो।   विभिन्न स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • जम्मु काश्मिरमा आतंककारी र सैनिकबीच भिडन्त, दुई सैनिकसहित छ जनाको मृत्यु

    जम्मु काश्मिरमा आतंककारी र सैनिकबीच भिडन्त, दुई सैनिकसहित छ जनाको मृत्यु

    जम्मु कश्मीर सुरक्षाबल र आतंककारीबीच भएको भिडन्तमा दुई सैनिकसहित ६ जनाको मृत्यु भएको छ। ३ सैनिक घाइते भएका छन्।    भिडन्त कुलगाम जिल्लाको नोपारा भन्ने गाउँमा भएको हो। आइतबार बिहान स्पेशल फोर्स, सेना र जम्मु कश्मीर पुलिसले आतंगकारी लुकेको घरलाई घेरा हालेका थिए। त्यसपछि आतंककारीबाट सुरक्षाबलमाथि फायरिङ भएको थियो। सुरक्षाबलले पनि जवाफी फायरिङ गर्दा चार आतंगकारीको पनि मृत्यु भएको हो।

    विस्तृतमा पढ्नुस्

  • माइक्रो बस दुर्घटनामा ९ जना घाइते, गम्भीर अवस्थाका चालकको काठमाडौंमा उपचार हुँदै

    माइक्रो बस दुर्घटनामा ९ जना घाइते, गम्भीर अवस्थाका चालकको काठमाडौंमा उपचार हुँदै

    काठमाडौं : नुवाकोटको पासाङ्ग ल्यामु राजमार्ग अन्तर्गत मदनपुर- ८ मा माइक्रो बस दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। गएराति सवा ९ बजे बा १ ज ७५८४ नम्बरको माइक्रो बस सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो। घाइतेमध्ये चालक मदनपुर-८ का ३० बर्षीय जयमान लामाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई उपचारको लागी काठमाडौंको ग्रिनसिटी अस्पताल ल्याइएको छ। 

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता हुने

    सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता हुने

    कैलाली : कैलालीको अत्तरीयामा देशकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। अत्तरीया युनाईटेड स्पोर्टस क्लबको आयोजनामा अर्को वर्ष वैशाख १४ गतेदेखि महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिता हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगितामा झण्डै ४ लाखभन्दा बढी नगद पुरस्कार दिइनेछ।   पुरुष क्रिकेटले सफलताहरु हासिल गरिरहेको अवस्थामा महिला क्रिकेटको स्तर पनि बढाउन र महिलाहरुलाई क्रिकेटतर्फ आकर्षित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : नेपोली दोस्रो स्थानमा उक्लियो

    नेपोली इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लेको छ। शुक्रबार भएको खेलमा जेनेओलाई २-० ले पराजित गर्दै नेपोलीले अंक तालिकामा रोमालाई पछि पारेको हो। नेपोलीको जितमा पिओर जेलिन्स्की र इमानुएल जिएचेरिनीले १/१ गोल गरे। जितपछि नेपोलीको २४ खेलबाट ५१ अंक भएको छ भने एक खेल कम खेलेको रोमो तेस्रोमा झरेको छ। २३ खेलबाट ५७ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ।

    विस्तृतमा पढ्नुस्

  • सम्पदा पुनर्निर्माणमा ठेक्काविरुद्ध उत्रिए वसन्तपुर दरबार क्षेत्रका बासिन्दा

    सम्पदा पुनर्निर्माणमा ठेक्काविरुद्ध उत्रिए वसन्तपुर दरबार क्षेत्रका बासिन्दा

    काठमाडौं : पुरातात्विक सम्पदा पुनर्निर्माणमा लगाइएको ठेक्काप्रथा रोक्न वसन्तपुर दरबार स्क्वायरका स्थानीयवासीले माग गरेका छन्।   पुरातत्व विभागले सम्पदा पुनर्निर्माणका नाममा स्थानीयको मागविपरीत जथाभावी ठेक्का लगाएको भन्दै सो कार्य रोक्न माग गरिएको हो। दरबार स्क्वायरमा रहेको दशअवतार त्रैलोक्य नारायण मन्दिरमा पुजारी तथा स्थानीयको माग सुनुवाइ नभएकोमा त्यहाँ माघ ११ गते तालाबन्दी गरिएको थियो। तर तालाबन्दी गरेकै अवस्थामा काम अघि बढाइएकाले…

    विस्तृतमा पढ्नुस्

  • आऊ दुवै रङ्ग भरौं यही खाकाभरि : प्रणयपरक गजल

    आऊ दुवै रङ्ग भरौं यही खाकाभरि : प्रणयपरक गजल

    दीपसागर प्यासी ढकमक्क फुल्यो जसै गुराँस पाखाभरि त्यसरी नै फुल्यौ तिमी मेरो आँखाभरि   गीत बनाई तिमीलाई गाइरहूँ लाग्छ मेरो आफ्नै लयभरि आफ्नै भाकाभरि   मुटुभित्र तिम्रो माया जम्मा गर्न मन छ माहुरीले भर्छ जसै मह चाकाभरि   कोरेको छु तिम्रो मेरो जिन्दगीको खाका आऊ दुवै रङ्ग भरौँ यही खाकाभरि।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell