PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

  • कन्काइ उच्च बाँध निर्माण नहुँदा जनता निराश, सर्वेक्षण गरिएको १४ वर्ष बित्दा पनि काम अघि बढेन

    कन्काइ उच्च बाँध निर्माण नहुँदा जनता निराश, सर्वेक्षण गरिएको १४ वर्ष बित्दा पनि काम अघि बढेन

    भद्रपुर : 'कृषक खुसी हुन नसके देश समृद्धितर्फ जान नसक्ने अवस्था हुँदाहुँदै पनि कन्काइ उच्च बाँध निर्माण नहुनु दुःखद हो'- भद्रपुरका एक कृषकको भनाइ हो यो।   सिँचाइ र विद्युत् उत्पादन दुवैका दृष्टिकोणले उच्च सम्भावना बोकेका झापाको मध्यभागबाट बग्ने कन्काइ नदीमा उच्च बाँध निर्माण गर्ने कुरा ४० वर्षदेखि उठ्दै आएको र पटक/पटक सम्भाव्यता अध्ययन एवं सर्वेक्षण भइसक्दा पनि हालसम्म यसबारे…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सरकै कारण नेपालमा प्रत्येक वर्ष १५ हजारको मृत्यु

    साहिला तामाङ ललितपुर : सन् २०२५ सम्म विश्वभरि एक करोड ९३ लाख क्यान्सरका बिरामी हुनसक्ने एक तथ्याङ्कले देखाएको छ। उक्त बिरामीको सङ्ख्यामध्ये प्रत्येक वर्ष ५६ प्रतिशतका दरले मृत्यु हुनेसमेत विभिन्न अध्ययन अनुसन्धानबाट देखिएका छन्। विश्वभरिबाट वार्षिक ८२ लाख क्यान्सर बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ।   नेपालमा मात्र हरेक वर्ष १५ हजार मानिस क्यान्सरका कारण अकालमा मृत्यु हुनुपरेको नेपाल क्यान्सर…

    विस्तृतमा पढ्नुस्

  • गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

    वीरगन्ज : पत्रकार एवं साहित्यकार गोपालचन्द्र गौतम (गोतामे) को स्मृतिमा स्थापित स्व. गोतामे पत्रकारिता पुरस्कार २०७३ पाल्पाका पत्रकार मेघराज शर्मालाई प्रदान गर्ने निर्णय भएको छ।   प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले यस वर्षको स्व. गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार छैठौं संस्करण पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको सचिव केसी लामिछानेले बताए।   २०६८ सालमा वीरगन्जमा स्थापित  गोपालचन्द्र  गौतम प्रतिष्ठानद्वारा…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रले औषधि आपूर्ति नगर्दा बिरामी समस्यामा

    सल्यान : सरकारले निःशुल्क रुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ।   दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो।   जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • सिजन लागेपछि स्वर्गद्वारीमा भक्तजन ओइरिए, भारतीय नागरिक धेरै

    कालिका खड्का स्वर्गद्वारी (प्युठान) : आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ।   खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी÷नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन्।   स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको…

    विस्तृतमा पढ्नुस्

  • आमाको शव बोकेर हिउँमा ३२ किमि पैदल यात्रा गरेका एक सैनिकको कारुणिक कथा

    आमाको शव बोकेर हिउँमा ३२ किमि पैदल यात्रा गरेका एक सैनिकको कारुणिक कथा

    भारतीय सैनिक जवान मोहम्मद अब्बास र उनका भाइले १० फिट हिउँमा आफ्नी ५५ वर्षकी आमाको लास बोकेर ३२ किलोमिटरसम्मको पैदल यात्रा गरेका छन्। २९ जनवरीका दिन पठानकोटमा अब्बासकी आमा सकिना बेगमको मृत्यु भएको थियो। मोहम्मद अब्बास पठानकोटमा भारतीय सेनाको ड्युटीमा खटिएका थिए। उनी आफ्नी आमालाई आफूसँगै राख्ने गर्दथे। अघिल्लो दिन अब्बास आफ्नी आमाको लास लिएर कुपवाडा जिल्लाको चौकीवालमा रहेको आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरको विकासका लागि भन्दै दुई जनाले थालेको सत्याग्रह जारी

    जनकपुर : आधुनिक जनकपुर निर्माण सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य कलामुद्दिन राईनले आज तेस्रो दिन पनि जनक चोकमा सत्याग्रह जारी राखेका छन्।   यसअघि सोही विषयमा धनुषा र महोत्तरीबाट ‘जनताको साझा सवालमा एकता गरौँ, विकास र आर्थिक समृद्धिसहितको आधुनिक जनकपुरको निर्माण गरौँ’ भन्ने नारा लेखिएको कपडामा…

    विस्तृतमा पढ्नुस्

  • बर्सातको पानी जम्मा गरी संकट टार्न पोखरी निर्माणको आयोजना

    काठमाडौँ : खानेपानी तथा ढल निकास विभागले खानेपानी समस्या समाधानका लागि बर्सातको पानी सङ्कलन आयोजना सञ्चालन गर्न लागेको छ।   खानेपानीको अति समस्या हुने क्षेत्रको पहिचान गरी त्यहाँका बासिन्दालाई पानी खुवाउने उद्देश्यका साथ बर्सातमा परेको पानी पोखरी बनाएर सङ्कलन गर्न लागिएको हो। विभागका उपसचिव अरुणकुमार सिम्खडाले पोखरी बनाएर जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्न लागेको जानकारी दिए। 'खानेपानी अति दुःख हुने…

    विस्तृतमा पढ्नुस्

  • आइफोन भारतमै बन्ने, एप्पलले पायो फ्याक्ट्री खोल्ने अनुमति

    आइफोन भारतमै बन्ने, एप्पलले पायो फ्याक्ट्री खोल्ने अनुमति

    एप्पल कम्पनीले भारतको बैङ्ग्लोरमा फ्याक्ट्री खोल्ने भएको छ। कर्नाटक सरकारले उसलाई एप्पलका सामग्री उत्पादका लागी फ्याक्ट्री खोल्न अनुमति दिएको हो। एप्पलले डिसेम्बरमा बैङ्ग्लोरमा फ्याक्ट्री खोल्ने अनुमति मागेको थियो। कर्नाटक सरकारका सूचना प्रविधि सम्बन्धी मन्त्री प्रियांक खड़गेले एप्पललाई फ्याक्ट्री खोल्ने अनुमति दिएको पुष्टि गरेका छन्। उनले विज्ञप्तिमार्फत एप्पलको प्रस्तावको स्वागत गर्दै अहिलेको प्रविधियुक्त विश्वमा प्रतिस्पर्धासँगै राज्यको विकासमा समेत यसले सहयोग पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमको 'स्वर्णकाल' सकिएकै हो? 'तेल आयातकर्ताको दिन गए, अब समस्यामा'

    आयल निगमको 'स्वर्णकाल' सकिएकै हो? 'तेल आयातकर्ताको दिन गए, अब समस्यामा'

    काठमाडौं : तीन वर्ष नाफा कमाएको आयल निगम जनवरीदेखि घाटामा जान लागेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि तीन वर्षमा निगमले कुस्त नाफा कमायो।   तेल आयातकर्ता कम्पनीले यो अवधिमा कमाए तर उत्पादक कम्पनीले गुमाए। तीन वर्ष आयात कम्पनीका लागि स्वर्णकाल बन्यो।तर अब तेल आयातकर्ता कम्पनीको स्वर्णकाल सकिन थालेको छ।   निगमका प्रवक्ता भानुभक्त खनाल भन्छन्, 'तेल आयातकर्ता कम्पनीको…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्धमा पनि थुप्रै तेस्रोलिंगी लडाकु थिए, तपाईंहरु खुलेर आउनुस् : बाबुराम भट्टराई

    जनयुद्धमा पनि थुप्रै तेस्रोलिंगी लडाकु थिए, तपाईंहरु खुलेर आउनुस् : बाबुराम भट्टराई

    काठमाडौँ : नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले जेजस्तो काम गरे पनि नयाँ ढङ्गले गर्ने बताएका छन्।   यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सङ्गठनको प्रथम भेलामा बोल्दै उनले नयाँ शक्तिले अब तेस्रो लिङ्गीलाई प्रत्येक कार्यक्रममा लैजाने बताए। साथै उनले तेस्रो लिङ्गीलाई खुलेर आउन अनुरोध गर्दै समलिङ्गी विवाहलाई मान्यता दिन आफू लड्ने पनि प्रतिबद्धता जनाए।   वर्ल्ड ट्रेड…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितलाई हस्ताक्षर गराएजति जस्ता बाँडिएन, ठगी भएको स्थानीयको गुनासो

    गोकर्णप्रसाद भण्डारी   चरिकोट : भूकम्पपीडितलाई जस्ता वितरण गर्दा पटक पटक विवादमा आएको प्लान नेपाल भर्खरै दोलखाको शैलुङ्गेश्वरमा फेरि जस्ता विवादमा तानिएको छ।   एक वर्षअघि प्लान नेपालले दोलखाका भूकम्पपीडितलाई वितरण गरेको जस्ता कमसल र गुणस्तरहीन भएको भन्दै चौतर्फी विरोध भएपछि विदेशमा रहेको मुख्य कार्यालयले छानविन गरेको घटना सेलाउन नपाउँदै शैलुङ्गेश्वर गाविस लगायतका क्षेत्रमा बाँडेको जस्ता तथा अन्य राहत सामग्रीमा…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा क्षेत्रमा फोहर व्यवस्थापन गर्न कठिनाइ, मानिसको मलमूत्र समस्या बन्दै

    सोलुखुम्बु : धेरैजसो समय माइनसभन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ। हिमाल आरोहणका याममा बर्सेनि तीन हजारभन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधारशिविर आवतजावत गर्छन्। उनीहरुले आधारशिविर तथा त्यस भन्दामाथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ।   त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकको तीन तहको बैठक भोलिदेखि

    काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) बैठक भोलिदेखि मङ्गलबारसम्म काठमाडौँमा हुँदैछ।   बिम्स्टेकका अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनको सत्रौँ संयुक्त कार्यदलको बैठक भोलि, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका सचिवको सत्रौँ आयोजना गरेको हो। भोलि र पर्सी हुने संयुक्त कार्यदल र उच्च पदाधिकारी तयारी बैठकको नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • एउटा पाइलटको जहाज सपना : वेद उप्रेती, जसले दुर्घटनाग्रस्त विमानलार्इ म्युजियम बनाए

    एउटा पाइलटको जहाज सपना : वेद उप्रेती, जसले दुर्घटनाग्रस्त विमानलार्इ म्युजियम बनाए

    सिबी अधिकारी काठमाडौँ : 'जीवन सङ्घर्ष हो। सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो।' यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो।  सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ। तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर पर्छ। निरन्तरको मेहनतले सफलताको शिखरमा उनलार्इ पुर्‍यो। राष्ट्रिय मात्र नभई…

    विस्तृतमा पढ्नुस्

  • फेरिँदै सञ्चारका माध्यम : 'इनबक्स' हाबी भएपछि जीर्ण बन्दै ‘लेटर बक्स’

    फेरिँदै सञ्चारका माध्यम : 'इनबक्स' हाबी भएपछि जीर्ण बन्दै ‘लेटर बक्स’

    पाल्पा : जिल्लाका सबै हुलाक कार्यालयमा रहेका ६६ वटा ‘लेटर बक्स’ जीर्ण अवस्थामा रहेका छन्। पाल्पामा जिल्ला हुलाक १, इलाका हुलाक १३, अतिरिक्त हुलाक ५२ वटा गरी पाल्पामा कुल ६६ वटा हुलाक छन्। जिल्ला हुलाक कार्यालय पाल्पाको २०७२ पुस १७ गतेदेखि २०७३ पुस १६ गतेसम्मको वार्षिक प्रतिवेदनमा जिल्लाका अधिकांश हुलाकमा रहेका ‘लेटर बक्स’ बिग्रेको अवस्थामा रहेको उल्लेख छ। जिल्ला हुलाक…

    विस्तृतमा पढ्नुस्

  • ब्रोइलर चल्लाको मूल्य बढ्यो, आइतबारदेखि लागू हुने

    ब्रोइलर चल्लाको मूल्य बढ्यो, आइतबारदेखि लागू हुने

    रत्ननगर (चितवन) : नेपाल ह्याचरी सङ्घले ब्रोइलर चल्लाको मूल्य बढाएको छ। भोलि आइतबारदेखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच बढाइएको हो।   यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ। नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • ​चिकित्सक आफैँ हेलिकोप्टर लिएर गर्भवती लिन सोताङ पुगे

    सोलुखुम्बु : सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ।  बुङकी निर्मला राईलाई प्रसूति गराउन प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याइए पनि शल्यक्रिया नै गर्नु परेपछि त्यहाँका चिकित्सकले जिल्ला अस्पताल फाप्लुमा रिफर गरेका थिए। लगत्तै जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका प्रमुखसमेत रहेका चिकित्सक मिङमाछिरी शेर्पा हेलिकोप्टर लिएर सोताङ पुगेका थिए।  बिहीबार बिहान करिब ११…

    विस्तृतमा पढ्नुस्

  • ​आयोगले द्वन्द्वकालीन घटना सम्वोधन गर्न सकेन

    काठमाडौं : सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले द्वन्द्वपीडितको माग सम्बोधन गर्न नसकेकामा चिन्ता व्यक्त गरिएको छ।  द्वन्द्वपीडित साझा चौतारीले गरेको अन्तरक्रियामा पीडित परिवार तथा अधिकारकर्मीले उच्चस्तरीय मानव अधिकार आयोगले पीडित पक्षलाई सामाजिक न्याय उपलब्ध गराउन नसकेकोमा दुःख व्यक्त गरे।  मानवअधिकारकर्मी चरण प्रसाईंले अन्यायमा परेका समुदायलाई न्याय उपलब्ध गराउने जिम्मेवारी आयोगको भए पनि आयोग गठन भएको लामो समय हुँदा…

    विस्तृतमा पढ्नुस्

  • ​खानेपानी माग्दै जाजरकोटदेखि सिंहदरबारसम्म, दशकौंसम्म समस्या सुल्झिएन

    ​खानेपानी माग्दै जाजरकोटदेखि सिंहदरबारसम्म, दशकौंसम्म समस्या सुल्झिएन

    हेमन्त केसी  जाजरकोट : बाजेको पालादेखि यहाँको लैखम गाउँका स्थानीयवासीले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा हुन सकेको छैन।  जिल्लाको सक्ला–१,लैखम गाउँका दुईसयभन्दा बढी खत्री परिवारले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा नभएको स्थानीयवासी रमेश केसीले जानकारी दिए।  प्रत्येक वर्ष योजना नमागेको कुनै परिषद् नै हुँदैन तर कहिले पनि यो योजनामा कसैको ध्यान नगएको उनले बताए। बाजे र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell