PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • ​गुमनाम सिकेलाई राज्यले यसरी हिरो बनायो : राउतबारे पहिलोपोस्टको ५ गम्भीर सामग्री

    ​गुमनाम सिकेलाई राज्यले यसरी हिरो बनायो : राउतबारे पहिलोपोस्टको ५ गम्भीर सामग्री

    काठमाडौं : गुमनाम सिके राउत २०७१ भदौमा पक्राउ परेसँगै चर्चामा आए। देश टुक्राउने अभियान चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेपछि सबैको चासो बढ्यो। मोरङको रंगेली सोरामांगसिंह गाविस-३ मा कार्यकर्ता प्रशिक्षण गरेर फर्किने क्रममा सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो। मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले 'राष्ट्रिय अखण्डताविरोधी गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा राउतलाई पक्राउ गरिएको' दाबी…

    विस्तृतमा पढ्नुस्

  • एकसाथ चार नेपाली वेब सिरिज

    एकसाथ चार नेपाली वेब सिरिज

    काठमाडौँ : भर्गो टिभीले चारवटा नयाँ वेब सिरिज निर्माण घोषणा गरेको छ। टिभीले विगत एक वर्षदेखि युट्युब च्यानलमार्फत विभिन्न वेब सिरिज प्रशारण गर्दै आएको छ। युट्युब र वेब टेलिभिजन मार्फत प्रशारण गरिने भिडियो सिरियललाई वेब सिरिज भनिन्छ। वेब सिरिज सबैभन्दा पहिला इन्टरनेट मार्फत सार्वजनिक हुन्छ।  'युट्युवमा वेब सिरिजको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै केही नयाँ विषयवस्तुमा सिरिज निर्माण गर्न लागेका छौं', भर्गोका…

    विस्तृतमा पढ्नुस्

  • सञ्जय दत्तजस्तै देखिन रणवीर कपुर १३ किलो मोटाए

    सञ्जय दत्तजस्तै देखिन रणवीर कपुर १३ किलो मोटाए

    बलिउड नायक रणवीर कपुर मोटाएका छन्। पछिल्लो समय उनको वजन १३ किलो बढेको छ। उनी अल्छि भएर मोटाएका भने हैनन। बलिउडका अर्का नायक सञ्जय दत्तको जीवनीमाथी बन्न लागेको फिल्मका लागी उनले आफ्नो वजन बढाएका हुन्। राजकुमार हिरानीले दत्तको जीवनीमा आधारित फिल्म बनाउन लागेका हुन्। उनले पर्दाको दत्तका लागी रणवीरलाई चयन गरेका हुन्। दत्त जव जेलमा थिए उनको वजन बढेको थियो। दत्तझै…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीकाली दोभानबाट ५ सय किलोवाट बिजुली उत्पादन

    बेनी (म्याग्दी) :  कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० किलोवाट क्षमताको बिजुली उत्पादन गरिएको छ।   बेनी नगरपालिकाको रु ५० हजार आर्थिक सहयोग र उपभोक्ता समितिको रु चार लाख ५० हजार गरी कुल पाँच लाखको लागतमा विद्युत् उत्पादन गरी बेनी बजारका बैंकरोड, सङ्गमचोक, इन्द्रणीटोल, आवारोड, बैंकरोडको भित्री गल्लीलगायतका स्थानमा बिजुली बालिएको समितिका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • खोलामा बेपत्ता भएका १६ वर्षे किशोरको शव फेला

    पोखरा : पोखरा– १७ पावर हाउसस्थित फुस्रे खोलामा बेपत्ता एक विद्यार्थीको शव आज बिहान फेला परेको बैदामस्थित वडा प्रहरी कार्यालयले जनाएको छ।   भ्याली पब्लिक स्कुल काठमाडौँबाट पोखरा भ्रमणमा आएका वर्ष १६ का पेशल घिमिरे आफ्ना केही साथीसहित फुस्रे खोलामा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका थिए।रासस

    विस्तृतमा पढ्नुस्

  • जंगली हात्तीको आक्रमणबाट ६० वर्षीय वृद्धको मुत्यु

    कञ्चनपुर : जङ्गली हात्तीको आक्रमणमा परी कञ्चनपुरको पुर्नवास नगरपालिका– १ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको आज बिहान मृत्यु भएको छ।   भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताए।   उनका अनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेको बेला हात्तीले उनीमाथि आक्रमण गरेको थियो। सुनारसँगै रहेका अन्यले…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो नेशनवाइड बडिबिल्डिङ च्याम्पियनसिप २०७४ वैशाखमा

    काठमाडौं : हिमालयन किङडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेसको आयोजनामा दोस्रो राष्ट्रिय स्तरको बडिबिल्डिङ २०७४ वैशाखमा हुने भएको छ।  शुक्रबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाखमा च्यामिपयनसिप गर्ने जानकारी दिएको हो। तर मिति भने घोषणा भएको छैन। यसको जानकारी अर्को कार्यक्रममा दिने आयोजकले बताएको छ। च्याम्पियनसिपमा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दियो।  च्याम्पियनसिपमा पुरुषको विभिन्न तौल समूहमा प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन मिति सारिए एमाले सरकारविरुद्ध जाइलाग्ने ओलीको चेतावनी

    निर्वाचन मिति सारिए एमाले सरकारविरुद्ध जाइलाग्ने ओलीको चेतावनी

    दमक : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। आज झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए।   समयमै निर्वाचन नभए प्राप्त अधिकार नै…

    विस्तृतमा पढ्नुस्

  • बन्ने भयो फिल्म 'टिम': टीका पहारीको निर्माण, छोराहरु निर्देशक र नायक

    बन्ने भयो फिल्म 'टिम': टीका पहारीको निर्माण, छोराहरु निर्देशक र नायक

    काठमाडौं: कलाकार टिका पहारीले फिल्म निर्माण घोषणा गरेका छन्। आफ्नै प्रोडक्सन साउटिङ्ग माउन्टेन्सको ब्यानरमा फिल्म 'टिम' बनाउने जानकारी दिएका हुन्।  फिल्मलाई पहारीका कान्छा छोरा सुलभ पहारीले निर्देशन गर्दैछन्। फिल्म युनिट माघको अन्तिम साताबाट सुटिङका लागि फ्लोरमा जाँदैछ।    पहारी पुत्र गौरव पहारी लिड अभिनयमा रहनेछन् भने उनको अपोजिटमा रहनेछिन् मेनुका प्रधान। यसअघि गौरभ र मेनुका फिल्म गाजलुमासँगै देखिएका थिए। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • ​सत्ताधारी दल राप्रपाको आरोप : सरकारले चुनावलाई ‌ओझेलमा पार्‍यो

    ​सत्ताधारी दल राप्रपाको आरोप : सरकारले चुनावलाई ‌ओझेलमा पार्‍यो

    काठमाडौं: सत्ताको सहयोगी दल राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले चुनावलाई ‌ओझेलमा पारेको आरोप लगाएका छन्। चुनावको तयारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठको निर्णयपछि रिसाएको मधेसी मोर्चाका नेतालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखिराखेको समय पारेर थापाले ट्विट गरेर यस्तो आरोप लगाएका हुन्।   निर्वाचन सम्बन्धी सरकारको पछिल्लो निर्णय अधुरो र बिरोधाभाषपुर्ण छ।त्यसले चुनावको संभावना झन ओझेलमा पारेकोछ।तत्काल चुनावको…

    विस्तृतमा पढ्नुस्

  • मोर्चा नेता सम्झाउन बालुवाटारमा बैठक सुरु

    मोर्चा नेता सम्झाउन बालुवाटारमा बैठक सुरु

    काठमाडौं : निर्वाचन आयोगलाई चुनावको तयारी गर्न लिखित निर्देशन दिने सरकारको निर्णयसँगै बिच्किएका मधेसी मोर्चाका नेतालाई सम्झाउन प्रधानमन्त्री निवास बालुवाटरमा राखेको बैठक शुरु भएको छ। बैठकमा सहभागी हुन मोर्चामा आवद्ध ७ दलमध्ये अधिकांश दलका नेता आइसकेका छन्। बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, समाजवादी फोरमका नेता अशोक राई, महेन्द्र राय लगायतका नेता सहभागी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता पौडेलले गरे आफ्नै सरकारको आलोचना, भन्छन्- 'अन्तै बहकिएर काम छैन'

    कांग्रेस नेता पौडेलले गरे आफ्नै सरकारको आलोचना, भन्छन्- 'अन्तै बहकिएर काम छैन'

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नै सरकारको आलोचना गरेका छन्। नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकारकै ढिलाइका कारण संविधान कार्यान्वयनमा समस्या आउने बताए।   'चैतमा भनेको स्थानीय चुनाव बैसाखमा, फेरि क्याबिनेटले जेठ १० सम्ममा भन्ने निर्णय गरेको छ,' उनले भने, 'संविधान कार्यान्वयन भएन भने यो पुस्ताको भविष्य अन्योलमा पर्छ। देश कता जाने…

    विस्तृतमा पढ्नुस्

  • २३ युवाको प्रेरणादायी कथा समेटेर सञ्चारकर्मी भण्डारीले ल्याए 'नेपालमै सकिन्छ'

    २३ युवाको प्रेरणादायी कथा समेटेर सञ्चारकर्मी भण्डारीले ल्याए 'नेपालमै सकिन्छ'

    काठमाडौं : सञ्चारकर्मी रोहित भण्डारीको पुस्तक 'नेपालमै सकिन्छ'को लोकार्पण गरिएको छ।   देशमा बेरोजगारी बढ्दै गएको र विदेश पलायनको अवस्था कम गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण सहितको प्रेरणादयी पुस्तक सार्वजनिक भएको हो।   पुस्तकमा विदेशको पिआर छोडेर काम सानोठूलो हुँदैन भन्ने उदाहरण सहित काम गरेर मनग्य आम्दानी गरिरहेका २३ युवाको प्रेरणादायी कथा समेटिएको छ। पुस्तकबारे लेखक तथा उद्यमी…

    विस्तृतमा पढ्नुस्

  • राणा, पञ्चायत र राजा फालेको कांग्रेसले लिन्छ संविधान कार्यान्वयनको दायित्व : देउवा

    राणा, पञ्चायत र राजा फालेको कांग्रेसले लिन्छ संविधान कार्यान्वयनको दायित्व : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान बनिसकेकाले कार्यान्वयन गर्नुको अर्को विकल्प नरहेको बताएका छन्।   नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्दै सभापति देउवाले राणा ,पञ्चायत र निरंकुश राजा फालेको कांग्रेसले संविधान कार्यान्वयनको दायित्व लिएर पूरा गर्ने भनाइ राखे। 'संविधान कार्यन्वयन गरेपछि मात्र कांग्रेसले आफ्नो दायित्व पूरा गरेको ठान्छ,' उनले भने।   गणतन्त्रलाई संस्थागत र कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • ‘लाला ल्यान्ड’ हेरिसकेपछि नेपाली निर्देशकहरु के भन्छन्?

    ‘लाला ल्यान्ड’ हेरिसकेपछि नेपाली निर्देशकहरु के भन्छन्?

    काठमाडौं : यस वर्षको अस्करमा १४ विधामा मनोतीत फिल्म 'लाला ल्यान्ड'लाई शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ। मूभिमान्डु र एभरेस्ट फिल्म एकेडेमीले फिल्म देखाए। फिल्म हेरिसकेपछि समीक्षक, निर्देशक, प्राविधिक र विद्यार्थीबीच बहस चलाइयो।   बर्लिन फिल्म फेस्टिभलबाट स्कोलरसिप जितेका तन्नेरी पटकथा लेखक राजन कठेतले सरल विषयवस्तुमा कथा भन्ने फिल्म स्टाइललाई नेपाली निर्देशकले सिक्नुपर्ने बताए। ‘हामीले सरल कुरामा विश्वास गर्नु आवश्यक छ…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसर : नेपाल प्रहरीले एकैपटक माग्यो २६७८ जवान

    सरकारी सेवाको अवसर : नेपाल प्रहरीले एकैपटक माग्यो २६७८ जवान

    काठमाडौं : नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ प्रहरी जवान पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। प्रहरीले जनपद समूहमा एक हजार ६ सय ४५ र प्राविधिक समूह अन्तर्गत एक हजार ३३ पदमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो। २०७३ फागुन १ गतेबाट ३० गतेसम्म आवेदन दिन सकिनेछ।  समावेशी समानुपातिक रुपमा हुने पदपूर्तिमा खुला, प्रहरी परिवार, आदिवासी जनजाति, महिला,…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रसंघका पूर्वमहासचिव मुनले भने ‘म राष्ट्रपतिको उम्मेदवार हैन’

    ​राष्ट्रसंघका पूर्वमहासचिव मुनले भने ‘म राष्ट्रपतिको उम्मेदवार हैन’

    सोल : संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफु उम्मेदबार नहुने स्पष्ट पारेका छन्।  आफ्नो मातृदेशमा मङ्गलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफु राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पारेका हुन्।  देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताए। उनले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखेपनि…

    विस्तृतमा पढ्नुस्

  • ​प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी माग, उजुरी दिन १० दिन समय

    ​प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी माग, उजुरी दिन १० दिन समय

    काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तबिरुद्ध सर्वसाधरणसँग उजुरी माग गरेको छ। समितिले सार्वजनिक सूचना प्रकाशन गरी प्रस्तावित आयुक्तबिरुद्ध उजुरी भए समितिमा उपलव्ध गराउन आग्रह गरेको छ। समितिले उजुरीकर्ताले चाहेमा उजुरी गर्नेको विवरण गोप्य राख्नेछ।  दश दिनको समय दिएर समितिले बिहीवारबाट उजुरी माग गरेको हो। सर्वसाधरणले ७५ जिल्लामा नै जिल्ला प्रशासन कार्यालयमार्फत समिति उजुरी पठाउन…

    विस्तृतमा पढ्नुस्

  • तबलावादक गुरुङलाई ‘संगीत साधना सम्मान’

    काठमाडौँ : सांस्कृतिक संस्थानले वरिष्ठ तबलावादक रामहरि गुरुङलाई यस वर्षको ‘सङ्गीत साधना सम्मान’ प्रदान गरेको छ।   उनानब्बे वर्षीय गुरुङलाई सात दशकसम्म तबलावादनका क्षेत्रमा योगदान गरेकाले रु २५ हजारसहित सम्मानपत्र दिइएको हो। उनी अहिले अर्बुद रोगबाट पीडित छन्।   बुधबार आयोजित ‘वसन्त शास्त्रीय सङ्गीत उत्सव तथा साधक सम्मान समारोह’मा वरिष्ठ तबलावादक गोपालनाथ योगीले पुराना साधकले गीत तथा सङ्गीतका क्षेत्रमा गरेको…

    विस्तृतमा पढ्नुस्

  • झापाका गाउँपालिका र नगरपालिकाको वडा विभाजन

    बनियानी (झापा) : स्थानीय तह पुनःसंरचनाअन्तर्गत झापाका नयाँ नगरपालिका र गाउँपालिकाको वडा विभाजन भएको छ।   स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति झापाका सदस्यसचिव दीपक दाहालका अनुसार समितिले नयाँ गाउँपालिका र नगरपालिकाको वडा सङ्ख्या तोकेको हो।   आठ नगरपालिकामध्ये मेचीनगरमा १५ वटा वडा रहनेछन्। शनिअर्जुन र शिवसताक्षीमा ११–११, बिर्तामोड, भद्रपुर र दमकमा १०–१० तथा गौरादह र कनकाई नगरपालिकामा नौ–नौवटा वडा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell