PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • एक सय मिटर अग्लो भीरबाट लडेर नेम्वाङको ज्यान गयो

    इलाम : इलामको महमाईमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ।   महमाई–६ निवासी मिक्लुवीर नेम्वाङको बुधबार फेवाखोलाको एकसय मिटर अग्लो बेसारे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।   घरबाट मंगलबार निस्किएका नेम्वाङ घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा बेसारे भीरमा फेला पारेको स्थानीय चन्द्र तामाङले जानकारी दिए।रासस  

    विस्तृतमा पढ्नुस्

  • नेपाली बजारमा भित्रियो मोबाइल ब्राण्ड ओट्टो, २० हजारमै यस्ता छन् सुविधा

    नेपाली बजारमा भित्रियो मोबाइल ब्राण्ड ओट्टो, २० हजारमै यस्ता छन् सुविधा

    काठमाडौं : सिंगापुरमा डिजाइन भएको नयाँ मोबाइल ब्राण्ड ओट्टो नेपाली बजारमा भित्रिएको छ। मोबाइल बजारमा भित्रिएको यो ब्राण्डले मध्यमवर्गको स्मार्टफोन बोक्नेलार्इ आर्कषित गर्नेछ।   जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले यो मोबाइल नेपाली बजारमा ल्याएको हो। बुधबार ओट्टो मार्कको बिक्री सुरु भएको हो। मोबाइलको बिक्री शुभारम्भ लुट २ का कलाकार सौगात मल्ल र दयाहाङ रार्इले संयुक्त रुपमा गरे। कम्पनीले प्रिमियम क्वालिटीको उत्पादन नेपाली…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यान सिटीको सहज जित, म्यान युनाइटेड बराबरीमा रोकियो

    प्रिमियर लिग : म्यान सिटीको सहज जित, म्यान युनाइटेड बराबरीमा रोकियो

    प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा म्यानचेष्टर सिटीले बेस्टहममाथि सहज जित हात पार्दा अर्को म्यानचेष्टर क्लब युनाइटेडले भने हलसँग बराबरीमा रोकिएको छ। सिटीले वेष्टहमलाई उसैको मैदानमा ४-० ले हरायो। सिटीको जितमा केभिन डे बु्रएना, डेभिव शिल्भा, गाब्रिएल जेसस र याया टुरेले १-१ गोल गरे।  जितपछि २३ खेलबाट लिभरपुल समान ४६ अंक जोडेको सिटी गोल अन्तरमा पाँचौं स्थानमा यथावत छ। समान…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेस पदाधिकारी बैठक : स्ववियु निर्वाचनको उमेर हद विवाद एजेण्डा

    ​कांग्रेस पदाधिकारी बैठक : स्ववियु निर्वाचनको उमेर हद विवाद एजेण्डा

    काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका विषयमा नेपाल विद्यार्थी संघमा देखिएको आन्तरिक विवादमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पार्टी पदाधिकारी, स्ववियु निर्वाचन समन्वय समिति र नेविसंघ पदाधिकारी सहभागी हुनेछन्।  स्ववियु निर्वाचनमा उमेर हद मान्ने नमान्ने विषयमा नेविसंघमा विवाद छ। औपचारिक रुपमा संगठनले २८ बर्षे उमेरहद नमान्ने निर्णय केन्द्रीय कार्यसमितिबाट गरिसके पनि…

    विस्तृतमा पढ्नुस्

  • ​चुनावको मिति घोषणा गर्दै सरकार, स्थानीय निर्वाचन विधेयक आजै पारित हुने

    ​चुनावको मिति घोषणा गर्दै सरकार, स्थानीय निर्वाचन विधेयक आजै पारित हुने

    काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ। आजको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ। विधेयकमाथि दफावार छलफलको प्रतिवेदन बुधवार संसद्मा पेश भएको थियो। संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यतालिका अनुसार विधेयक पारितका लागि सरकारका तर्फबाट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संसद्मा प्रस्ताव पेश गर्नेछन्। गृहमन्त्रीको प्रस्तावमा सामान्य छलफलपछि विधेयक पारित हुनेछ। विधेयक पारितअघि सांसद्हरुले उठाएका प्रश्नमा…

    विस्तृतमा पढ्नुस्

  • ब्रेन ट्युमरका बिरामी कैदीको कारगारभित्रै मृत्यु

    रत्ननगर (चितवन) : चितवनको जिल्ला कारागार भरतपुरमा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ।   नुवाकोट जिल्ला छत्रे आरुखर्क–४ का ब्रेन ट्यूमर भएका २३ वर्षीय बादल शाहीको आज बिहान करिब ६ बजेको समयमा मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिए।   ब्रेन ट्यूमर भई क्यान्सर अस्पतालमा उपचारका लागि काठमाडौँबाट गत मङ्सिर २८ गते चितवनमा ल्याइएका…

    विस्तृतमा पढ्नुस्

  • चाहलको ६ विकेट, इंगल्याण्डले ८ रनको लागि ८ विकेट गुमायो

    चाहलको ६ विकेट, इंगल्याण्डले ८ रनको लागि ८ विकेट गुमायो

    युभजेन्द्र चाहलले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि इंगल्याण्डविरुद्धको तेस्रो तथा निर्णायक टी २० मा भारत ७५ रनले विजयी भएको छ। यो जितसँगै भारतले घरेलु भूमिमा भएको तीन खेलमा टी २० सिरिज २-१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ। पहिलो टी २० खेल इंगल्याण्डले ७ विकेटले जितेको थियो भने दोस्रो टी २० मा भारतले ५ विकेटको रोमाञ्चक जित हात…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : मेसी र सुवारेजको गोलमा बार्सिलोनाले एथ्लेटिकोलाई हरायो

    कोपा डेल रे : मेसी र सुवारेजको गोलमा बार्सिलोनाले एथ्लेटिकोलाई हरायो

    लुइस सुवारेज र लियोनल मेसीको गोल मद्दतमा बार्सिलोनाले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडलाई २-१ ले पराजित गरेको छ।  एथ्लेटिकोको घरेलु मैदान स्टाडियो भिसेन्ट काल्डेरोनमा भएको खेलको सातौं मिनेटमा सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३३ औं मिनेटमा मेसीले गोल गर्दै पहिलो हाफमै बार्सिलोनाको अग्रता दोब्बर पारे। पहिलो हाफमै २ गोलले पछि परेको घरेलु टोली एथ्लेटिकोले  दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन मिति तोक्ने विषयमा सत्तारुढ दलको बैठक जारी

    काठमाडौं : स्थानीय चुनावको मिति तोक्न सत्तारुढ दलको बैठक प्रधानमन्त्री कार्यलय बालुवाटारमा बसिरहेको छ।   आज बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए। त्यस्तै मिति तय गरिसकेकेपछि निर्वाचन आयोगलाई पत्र दिने समेत तयारी भइरहेको छ।   सरकारले समयमा नै स्थानीय चुनावको मिति नतोकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले…

    विस्तृतमा पढ्नुस्

  • ​अफ्रिकन कप : ४४ वर्षे गोलरक्षक अल हाडारीले २ पेनाल्टी रोकेपछि इजिप्ट फाइनलमा

    ​अफ्रिकन कप : ४४ वर्षे गोलरक्षक अल हाडारीले २ पेनाल्टी रोकेपछि इजिप्ट फाइनलमा

    भेट्रान गोलरक्षक एसान हल हाडारीले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गरेपछि इजिप्त बुर्किना फासोलाई ४-३ ले पराजित गर्दै अफ्रिकन कप अफ नेसन्शको फाइनलमा प्रवेश गरेको छ। गावोनमा भइरहेको प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा अल हाडारीले पेनाल्टी सुटआउटमा बुर्किनाफासोका दुई खेलाडीको पेनाल्टी प्रहार रोके। ४४ वर्षे गोलरक्षक हाडारीले कोउअकोउ कोफी र बर्टाण्ठ ट्राओरको पेनाल्टी रोकेका थिए। इजिप्टका अबदल्लाह सइडले पहिलो पेनाल्टी नै गुमाएपछि…

    विस्तृतमा पढ्नुस्

  • ​ट्रम्पले रोजे व्यवसायी विदेशमन्त्री, नयाँ विदेशमन्त्रीमा टिलर्सन नियुक्त

    ​ट्रम्पले रोजे व्यवसायी विदेशमन्त्री, नयाँ विदेशमन्त्रीमा टिलर्सन नियुक्त

    एजेन्सी : रेक्स टिलर्सन अमेरिकाका नयाँ विदेशमन्त्रीमा नियुक्त भएका छन्। ६४ वर्षीय टिलर्सन तेल र ग्याँसका क्षेत्रमा काम गर्ने कम्पनी एक्सन मोविलका पूर्वध्यक्ष हुन्।  रियलस्टेट व्यवसायी ट्रम्पले विदेशमन्त्रीमा व्यवसायीलाई नै चुन्न सफल भएका हुन्। अमेरिकी सिनेटले उनको नियुक्तिलाई ४३ को सट्टा ५६ भोटले सदर गरेको थियो। उनलाई उपराष्ट्रपति माइक पेन्सले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। शपथका अवसरमा राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • दसौं नम्बरमा ब्याटिङ गर्दै विश्व रेकर्ड बनाएका सोमपाल, जो आज जन्मदिन मनाउँदैछन्

    दसौं नम्बरमा ब्याटिङ गर्दै विश्व रेकर्ड बनाएका सोमपाल, जो आज जन्मदिन मनाउँदैछन्

    काठमाडौं : गुल्मीमा जन्मिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर सोमपाल कामीको आज २१औं जन्मदिन हो। टी-२० इन्टरनेशनल खेलमा दसौं नम्बरमा ब्याटिङ गर्दै विश्व रेकर्ड बनाएका कामीले धेरै पटक नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। त्यसैमध्येको एक हो, सन् २०१४ मा हङकङमा बनाएको ४० रन।   सोमपालको मुख्य पहिचान बलिङ हो। तर उनले त्यस खेलमा हङकङविरुद्ध ब्याटमार्फत शानदार प्रदर्शन गर्दै विश्व…

    विस्तृतमा पढ्नुस्

  • आजैको क्याबिनेटले निर्वाचन मिति तोक्ने विषयमा सत्तारुढ नेता र प्रधानमन्त्रीबीच छलफल

    काठमाडौं : स्थानीय चुनावको मिति तोक्न विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेता र मन्त्रीहरुसँग आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटरमा छुटाछुटै छलफल गरेका छन्।   छलफलमा आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने सहमति भएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले भने, 'आजको मन्त्रिपरिषद्बाट मिति तोक्ने निर्णय भएको छ। मिति तय गरिसकेकेपछि निर्वाचन आयोगलाई पत्र दिने…

    विस्तृतमा पढ्नुस्

  • शेयर किन्न विपन्नलाई ऋणको चाँजो मिलाउँदै राष्ट्र बैंक

    शेयर किन्न विपन्नलाई ऋणको चाँजो मिलाउँदै राष्ट्र बैंक

    काठमाडौं : नेपाल राष्ट्र बैंकले विपन्न परिवारलाई लगानीका रुपमा प्राथमिक शेयर खरिद गर्न सहयोग गर्ने भएको छ। शेयर खरिदका लागि ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरुको त्यो रकम विपन्न क्षेत्र कर्जा अन्तर्गत राख्न पाउनेछन्।   कुल ऋणको दुई प्रतिशत प्रत्यक्ष रुपमा आफैँले लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीतिपछि बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भएको थियो। अब शेयर किन्न दिने ऋण…

    विस्तृतमा पढ्नुस्

  • दुबईमा 'फेशन फ्युजन'

    दुबईमा 'फेशन फ्युजन'

    काठमाडौं:  गायक हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ युएइमा 'फेशन फ्युजन' आयोजना हुने भएको छ। छेपारो डटकमको आयोजनामा हुने उक्त फेशन शोमा नेपाल र युएईका क्रियाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु र्‍याम्पमा उत्रिने भएका हुन्।   युएइमा अवार्ड लगायत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको भए पनि फाउन्डेशनले पहिलोपटक फेशन शो आयोजना घोषणा गर्‍यो।   कार्यक्रममा नेपालबाट अभिनेत्रीहरु पूजना प्रधान, रजनी केसी र वर्षा…

    विस्तृतमा पढ्नुस्

  • अपराधी र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाऔं : सुजाता कोइराला

    अपराधी र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाऔं : सुजाता कोइराला

    काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छिन्।   जिपी कोइराला फाण्डेशनद्वारा काठमाडौंको कामाद कलेजमा आयोजित साइबर अपराध सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रममा बोल्दै उनले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धीतर्फको यात्रा सहज हुने धारणा राखिन्। ‘देश बलियो बनाउने हो भने अपराधी र…

    विस्तृतमा पढ्नुस्

  • दशगजामा निर्मित पक्की सडक र नाला भत्काउन भारतले दियो निर्देशन

    गौशाला : भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन्।   भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ मा भारत मधुवनी जिल्लाका डिएम गिरवर…

    विस्तृतमा पढ्नुस्

  • ग्यासको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग

    काठमाडौँ : खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रति सिलिन्डर रु २५ वृद्धि गरेको थियो। गत महिनासमेत आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको र अहिले पुनः ग्यासमा मूल्य वृद्धि गरी केही हदसम्म स्थिर रहेको आर्थिक बजारलाई अस्थिर पार्ने…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघलाई माउपार्टीको निर्देशन- 'विवाद छाड, २८ वर्षे उमेर हद स्विकारेर स्ववियु चुनावमा जाऊ'

    नेविसंघलाई माउपार्टीको निर्देशन- 'विवाद छाड, २८ वर्षे उमेर हद स्विकारेर स्ववियु चुनावमा जाऊ'

    काठमाडौं : आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उमेर हदको विषयलाई लिएर नेपाल विद्यार्थी संघमा देखिएको विवाद माउपार्टीले टुंग्याएको छ।   नेविसंघमा देखिएको आन्तरिक विवादमा छलफल गर्न आज बसेको कांग्रेस पदाधिकारी बैठकले २८ वर्षे हदबन्दी स्विकारेर निर्वाचनमा जान निर्देश गरेको हो।   संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा पार्टी पदाधिकारी, स्ववियु निर्वाचन समन्वय समिति र नेविसंघ पदाधिकारी सहभागी थिए।  …

    विस्तृतमा पढ्नुस्

  • इलामका किसानले सुन्तला बिक्री गरेर बाह्र करोड कमाए

     इलामका किसानले सुन्तला बिक्री गरेर बाह्र करोड कमाए

    इलाम : इलामका किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन्।   यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो। सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन्।   तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell