वीरगन्ज : वर्षैपिच्छे सवारी साधनको सङ्ख्या बढ्दै जानु, नियम विपरीत सवारी चलाउनु, सडकको अवस्था जीर्ण हुनु तथा अत्यधिक गतिमा सवारी चलाउनुजस्ता कारणले मध्यमाञ्चल क्षेत्रका १६ जिल्लामा सवारी दुर्घटना बढ्दै गएको छ। मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सवारी दुर्घटनाबाट ३८६ जनाको मृत्यु भएको छ। सो अवधिमा चारसय ७५ वटा सवारी दुर्घटनाको घटना घटेका थिए।…
काठमाडौं : बोनस ऐन र संघीय आकस्मिक कोष विधेयक दफावार छलफलका लागि संसदबाट अनुमोदन भएको छ। व्यवस्थापिका संसद्को आजको बैठकले दुई आर्थिक विधेयकलाई दफावार छलफलका लागि अर्थ समितिमा पठाएको हो। उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बोनस ऐन संशोधन विधेयक र संघीय आकस्मिक कोष विधेयकलाई समितिमा दफावार छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए। यस्तै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रय…
मिस्टर पर्फेक्सनिस्ट अमिर खानले आफ्नो पछिल्लो फिल्म 'दंगल'को सफलताका लागि शनिबार ताज ल्याण्ड इन्ड्समा सक्सेस पार्टी दिएका छन्। उक्त पार्टीमा आएका सेलिब्रेटीका खबर र त्यहाँ भएका घटनाहरुले अहिले बलिउड मिडियामा राम्रै स्थान पाइरहेको छ। सन् २०१६ डिसेम्बर २३ मा रिलिज भएको दंगल ४० औं दिनमा ३८५ करोड कमाउदै बलिउडको हाल सम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। बलिउडमा फिल्म रिलिज…
काठमाडौं : नेपाली राष्ट्रिय टिमबाट लिस्ट ए मान्यता प्राप्त वान डे क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी अनिल मण्डल आज २६ औं जन्मदिन मनाउँदैछन्। अनिल नेपालको राइट ह्याण्ड ओपनिङ ब्याट्सम्यान हुन्। वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सन् २०१५ जुलाई २९ मा भएको स्कटल्याण्ड विरुद्धको पहिलो खेलमा अनिलले नेपालको तर्फबाट शतक प्रहार गरेका थिए। ३६ ओभरमा छोट्याइएको उक्त खेल…
काठमाडौं : कला क्षेत्रमा युवा जमातको बढ्दो आकर्षणलाई सम्बोधन गर्ने उद्देश्यले यसै वर्षदेखि सुरु ‘नेशनल एक्टिङ कम्पिटिसन' अब भने टेलिकास्ट हुने निश्चित भएको छ। गत असार महिनादेखी प्रशारण हुने भनिएपनि प्रतियोगिताको कुनै पनि अङ्क प्रसारण भएको थिएन। 'प्राविधिक समस्याका कारण हामीले तोकिएको समयमा प्रसारण सुरु गर्न सकेनौं', संयोजक रवी धमलाले भने,'राम्रो कामको लागि समय लाग्छ नै।' उनका अनुसार प्रतियोगिता अब…
काठमाडौं : सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलमा कार्यरत खत्रीलाई हेडक्वाटरले अनुसन्धानका लागि तानेको थियो। ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो। विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन सहित ब्युरोले त्यसका भरियालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानमा भन्सारका कर्मचारीको संलग्नता खुलेपछि केही कर्मचारी समेत पक्राउ परे। पुस २१…
काठमाडौं : भारतमा भइरहेको दोस्रो ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटमा नेपालले पाँचौ हार बेहोरेको छ। आइतबार भएको आफ्नो छैटौं खेलमा नेपाल श्रीलंकासँग १३१ रनको फराकिलो अन्तरले पराजित भएको हो। २७५ रनको उच्च लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। यसअघि भएका खेलमा नेपाल अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र वेष्टइन्डिजसँग पराजित भइसकेको छ…
काठमाडौं : नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले काठमाडौंको नाम 'लखनपुर' राख्नुपर्ने तर्क गरेका छन्। संसद्को विकास समितिको बैठकमा सांसद खतिवडाले जताततै 'खन्दै पुर्ने' प्रवृत्ति मौलाएको भन्दै लखनपुर नामकरण गर्ने ठट्यौलो सुझाव दिए। 'ल' यसो गरौं भन्यो। अनि 'खन' भनेपछि खन्यो। आज खनेको ठाउँमा भोलि नै पुर्यो,' उनले भने, 'यस्तो काम हुने ठाउँलाई किन लखनपुर नभन्ने?' सडक विस्तार, मेलम्चीको…
इङ्गल्याण्डको टेलफर्डमा आयोजित 'टप गाय च्यालन्ज' मा सहभगिता जनाउँदै एक प्रतियोगी। चिनियाँ नयाँवर्षको अवसरमा राजधानी बेइजिङमा आयोजित एक कार्यक्रममा चिनियाँ ड्रेगन डान्सर। चर्चित टेनिस खेलाडी रोजर फेडररले पाँच वर्षपछि १८ औं ग्रयान्ड स्लेम जितेर फिर्ता हुँदै। उनले अस्ट्रेलियन ओपनको फाइनलमा रफाएल नडाललाई पाँच सेटमा हराएका थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुस्लिम बहुल देशबाट भित्रिने आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा…
काठमाडौँ : नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन्। २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि २०७३ को पुस मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेकामा सबैभन्दा धेरै नेपाली छन् भने विदेशी पर्यटकको संख्या कम छ। हरेक हप्ताको मङ्गलबार, बुधबार तथा सार्वजनिक बिदामा बन्द रहने सङ्ग्रहालयमा हालसम्म ११…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सात वटा मुस्लिम देशका नागरिकलाई अमेरिका आउनबाट रोक्न गरेको निर्णय तत्काललाई लागू नहुने भएको छ। शुक्रबार एक संघीय न्यायाधीशले उनको यो आदेशलाई तत्काल लागू नगर्न आदेश दिएको थियो। यो आदेश खारेज गर्न ट्रम्प प्रशासनले अमेरिकी संघीय पुनरावेदन अदालतमा रिट दाय गरेको थियो। तर पुनरावेदन अदालतले आइतबार राति अबेर रुलिङ गर्दै यसबारेमा अन्तिम…
काठमाडौं : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नगरी गरिने कुनै पनि चुनावमा मधेसी मोर्चाले भाग नलिने बताउँदै बलपूर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे अवस्था जटिल हुने बताएका छन्। राज्यले जनताका जायज मागलाई हिंसाद्वारा दबाउँदै आइरहेको आरोप लगाउँदै उनले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै हल गर्न सुझाव दिए। उनले भने, 'संवैधानिक समस्याको समाधान पनि संवैधानिक…
काठमाडौं : महाअभियोग सिफारिस उपसमितिले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि छानबिन गरी प्रतिवेदन तयार गरेको छ। महाभियोग सिफारिस समितिले दिएको १५ दिनको समयसीमामै छानबिन पूरा गरी प्रतिवेदन तयार गरिएको उपसमितिका संयोजक तथा नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले बताए। 'प्रस्तावमा लगाइका महाभियोग सही रहेछन् भन्ने पुष्टि भएको छ। केही नयाँ कुराहरु पनि आएका छन्,' उनले…
एक दशक अघिबाट बलिउडमा अभिनय गरेकै कारण पहिचान बनाएकी नायिका हुन्- कङ्गना रनावत। फिल्म 'क्विन' र 'तनु वेड्स मनु' मा गरेको अभिनयपछि कङ्गना रनावतले बलिउडमा बेग्लै हाइप लिइन। उनले फिल्मकै कारण दुई नेशनल अवार्ड पनि जितिन्। तर उनी हालसम्मको बलिउड यात्रामा आफ्नो एकजना पनि साथी नबन्नुलाई आफ्नो सफलता मान्छिन्। उनले बिबिसी हिन्दीसँग कुरा गर्दै आफ्नो कोही खास साथी नबनेको अभिव्यक्ति…
काठमाडौं : व्यवस्थापिका संसद बैठक झन्डै तीन साताका लागि स्थगित भएको छ। संसदमा 'बिजनेस' नभएपछि फागुन १० गते सम्मका लागि संसद बैठक स्थगित भएको हो। योसँगै चालु बजेट अधिवेशन अहिलेसम्मकै लामो हुने भएको छ। संविधान संशोधन र निर्वाचन सम्बन्धी सबै विधेयकहरु पारित हुन नसकेपछि चालु संसद अधिवेशन लम्बिएको हो। चालु अधिवेशन २०७३ बैसाख २१ बाट सुरु भएको थियो।…
काठमाडौं : हेटौंडाको विजय युथ क्लब आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन विजय युथले काठमाडौंको सरस्वती युथ क्लबलाई सडनडेथमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा पनि दुवैतर्फबाट बराबरी गोल भएपछि खेलको छिनोफानो सडनडेथबाट भएको हो। सरस्वती उद्घाटन खेलमा आयोजक…
काठमाडौँ : विना भिसा र पासपोर्ट रहेका ३७ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको हो। डिएसपी सोमेन्द्र राठौरका अनुसार विना भिसा र विना पासपोर्ट रहेका उनीहरूलाई ठमेलका विभिन्न क्षेत्रबाट अनुसन्धानका लागि पक्राउ गरिएको हो।
काठमाडौँ : नयाँवर्ष २०७४ रिलिज टार्गेट सहित पोस्ट प्रोडक्शनको काम थालेको फिल्म 'घामपानी'को पहिलो गीत सार्वजनिक भएको छ। युट्युब मार्फत 'पन्छी' बोलको गीत सार्वजनिक भएको हो। जातीय विभेदका कारण पारिवारिक साथै सामाजिक सम्बन्धमा पर्ने असरको कथा हो 'घामपानी'। एउटा गाउँका दुई फरक जातका युवा युवती एकअर्कालाई प्रेम गर्छन्। उनीहरुको प्रेमका कारण दुवैको परिवारिक सम्बन्धमा विभिन्न उतारचढाव आउँछ। जसका कारण ती…
काठमाडौं : मेलम्चीको पानी सबैले पाउने छैनन्। पहिलो चरणमा पानी पाउने भाग्यमानी चक्रपथ भित्रका ६० प्रतिशत मात्रै हुनेछन्। चक्रपथ बाहिरका र भित्रका बाँकी रहेका क्रमश पानी पाउनेछन्। पहिलो चरणमा पानी पाउने ठाउँहरु १ नारायणहिटी, प्रहरी हेडक्वाटर, कमलपोखरी, सिंहदरवार, थापाथली, टेकु र न्युरोड २ भाटभटेनी, हाँडीगाउँ, कालोपुल, गौशाला, सिनामंगल, पुरानोबानेश्वर, मैतीदेवी र पुतलीसडक ३ तिलगँगा, सिनामंगल, भिमसेनगोला, नयाँबानेश्वर, बिजुलीबजार…
काठमाडौं : विद्युत् चोरी नियन्त्रण विरुद्ध अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजपत्र नियन्त्रणमा लिएको छ । क्षेत्रीय कार्यालय र वितरण केन्द्रका कर्मचारीको मिलेमतोमा ठूला उद्योगहरुले विद्युत् चोरी गरेको सूचनाको आधारमा अनुसन्धान गर्न आएको प्राविधिकसहितको टोलीले कागज नियन्त्रणमा लिएको हो । माघ २१ गते मकवानपुर तथा आसपासका क्षेत्रमा विद्युत् चोरीको अवस्था अध्ययन गर्न…