PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • ​निर्वाचन आयोगले खोज्यो सरकारसँग स्पष्टता : सरकारलाई पत्र लेख्दै जेठ १ र २१ गते निर्वाचन गर्न प्रस्ताव

    ​निर्वाचन आयोगले खोज्यो सरकारसँग स्पष्टता : सरकारलाई पत्र लेख्दै जेठ १ र २१ गते निर्वाचन गर्न प्रस्ताव

    काठमाडौं : स्थानीय निर्वाचनको तयारी गर्न सरकारले निर्वाचन आयोगलाई लेखेको पत्र स्पष्ट नभएको भन्दै निर्वाचन आयोगले सरकारलाई अर्को पत्र लेख्ने निर्णय गरेको छ। आयोगले सोमबार विभागीय मन्त्रालयमार्फत पत्राचारको तयारी गरेको हो। आयोगले निर्वाचनको मिति, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन, कर्मचारी व्यवस्थापन, खर्च व्यवस्थापना लगायतका विषयमा स्पष्टता खोज्दै सरकारलाई पत्रचार गर्ने गरेको हो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वको आइतबारको बैठकले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : नास्री पेनाल्टीमा चुक्दा सेभिया भियारियलसँग बराबरीमा रोकियो, सोसिडाड र अलाभेज विजयी

    ला लिगा : नास्री पेनाल्टीमा चुक्दा सेभिया भियारियलसँग बराबरीमा रोकियो, सोसिडाड र अलाभेज विजयी

    ला लिगा अन्तर्गत आइतबार भएको खेलमा तेस्रो स्थानको सेभिया भियारियालसँग गोलरहित बराबरीमा रोकिएको छ। समिर नास्रीले पेनाल्टीलाई गोलमा परियात गर्न नसक्दा सेभिया बराबरीमै चित्त बुझाउन बाध्य भयो। ४८ औं मिनेटमा भियारियलका मारियो गास्परले भिटोलोलाई डि एरियामा पल गरेपछि सेभियाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। तर नास्रीले प्रहार गरेको पेनाल्टी भियारियलका गोलरक्षक सर्जियो असेन्जोले बचाउ गरे। बराबरीपछि सभेयिाले दोस्रो स्थानको बार्सिलोनासँग…

    विस्तृतमा पढ्नुस्

  • 'कृ'को लागि अनुबन्धित अदिती बुढाथोकी पञ्जाबी म्युजिक भिडियोमा

    'कृ'को लागि अनुबन्धित अदिती बुढाथोकी पञ्जाबी म्युजिक भिडियोमा

    काठमाडौं: फिल्म 'कृ' मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्न लागेकी कलाकार अदिती बुढाथोकी एक पञ्जाबी गीतको भिडियोमा देखिएकी छिन्। गायक संदिप ब्रारको 'स्टेप कट' बोलको गीतमा उनको फिचरिङ रहेको हो। उनी अभिनित पञ्जाबी गीतमा शब्द दिएका शिवजोत अदितीको अपोजिटमा देखिएका छन्। उनले सोनी म्युजिकले निर्माण गर्न लागेको तीन हिन्दी गीतको भिडियोको लागि पनि सम्झौता गरिसकेकी छिन्। मोडलिङबाट कलाक्षेत्र प्रवेश गरेकी…

    विस्तृतमा पढ्नुस्

  • मास्कमाण्डू कि डस्टमाण्डू : धुलाम्मे काठमाण्डूका १० दृश्य

    मास्कमाण्डू कि डस्टमाण्डू : धुलाम्मे काठमाण्डूका १० दृश्य

    समर्थ रञ्जित काठमाडौं : बर्खामा हिलो, हिउँदमा धुलो। राजधानीको अर्को विशेषता बनिसकेको छ। सडक विस्तारका कारण बनेका खाल्डाखुल्डी, धुलो, वर्षौं पुराना गाडीबाट निस्कने धुवाँ, विभिन्न कारखानाबाट उत्पन्न विषाक्त धुवाँले प्रदूषण बढाइरहेको छ।   सडक विस्तारसँगै मेलम्चीको खानेपानी ल्याउन पाइप विस्तारका लागि सडक खनिएका छन् यतिबेला। खाल्डाखुल्डी र उबडखाबड सडकमा सवारीको चाप उत्तिकै बढेको छ।   हिउँदको मौसम छ। दिउँसो धुलो…

    विस्तृतमा पढ्नुस्

  • 'आदेश नमानेको' भन्दै निजी स्कुलका प्रिन्सिपलबाटै विद्यार्थी निर्घात पिटिए

    'आदेश नमानेको' भन्दै निजी स्कुलका प्रिन्सिपलबाटै विद्यार्थी निर्घात पिटिए

    काठमाडौं : आफूले दिएको आदेश नमानेको भन्दै काठमाडौंमा रहेको निजी विद्यालयका प्रिन्सिपलले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।   काठमाडौंको धुम्बाराहीमा रहेको लुम्बिनी बिगनर्स बोर्डिङ स्कुलका प्रिन्सिल सुरेश यादवले ९ कक्षाका विद्यार्थी सुदिप दाहाललाई कुटपिट गरेका हुन्। प्रिन्सिल यादवको कुटाइका कारणबाट उनी घाइते भएका छन्। उनको कम्मरदेखि तल विभिन्न भागमा निलडाम छ।   आइतबार प्रार्थनालाइनमा बसेको बेला यादवले उनलाई प्लास्टिकको…

    विस्तृतमा पढ्नुस्

  • ‘बेड नं. ९९’ अन्तिम सातामा

    ‘बेड नं. ९९’ अन्तिम सातामा

    काठमाडौं: थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘बेड नं. ९९’ प्रदर्शनको अन्तिम सातामा पुगेको छ। महेशविक्रम शाहको कथामा आधारित नाटकको माघ ७ गतेदेखि नियमित मञ्चन भइरहेको छ। पात्रहरुको मनोवैज्ञानिक चिरफार गरिएको नाटक दर्शकहरुले मन पराएको निर्देशक घनश्याम श्रेष्ठको दाबी छ। उनले भने, ‘बेड नं ९९ मा मैले पात्रहरुको मनोदशालाई नाटकीय शीलपका साथ कलात्मक र मनोरञ्जक बनाउने प्रयास गरेको छु।’ मदन पुरस्कार…

    विस्तृतमा पढ्नुस्

  • 'लुट टू' हेर्न प्यारेन्टल गाइडलाइन चाहिने

    'लुट टू' हेर्न प्यारेन्टल गाइडलाइन चाहिने

    काठमाडौं:  फिल्म 'लुट टू'ले प्रदर्शनका लागि पिजी सर्टिफिकेट प्राप्त गरेको छ। सेन्सर बोर्डले फिल्मका केही संवादलाई मौन तुल्याउन निर्देशन समेत दिएको निर्माता माधव वाग्लेले जानकारी दिए। 'लुट टू'को ट्रेलर रिलिज कार्यक्रममा फिल्मका पटकथा लेखक तथा निर्देशक रहेका निर्देशक बस्नेतले फिल्ममा सेन्सरले कैंची लागउनु पर्ने कुनै पनि दृश्य नभएको बताएका थिए। उनले फिल्मको कुनै पनि दृश्य काट्न पर्ने नभएको दाबी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • सुनकाण्डमा पक्राउ परेका एसएसपीलाई अदालत पुर्‍याइयो, चार दिन हिरासतमा राखिने

    सुनकाण्डमा पक्राउ परेका एसएसपीलाई अदालत पुर्‍याइयो, चार दिन हिरासतमा राखिने

    काठमाडौं :  सुनकाण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई म्याद थपका लागि काठमाडौं  जिल्ला अदालत उपस्थित गराइएको छ।   संगठित अपराध ऐन अन्तर्गत थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न म्याद थप गरिएको हो। अदालतले खत्रीलाई चार दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। संगठित अपराधमा ६० दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न पाइने व्यवस्था छ। अन्य अभियुक्तहरु पुस २१…

    विस्तृतमा पढ्नुस्

  • प्रेमीको एसिड प्रहारबाट घाइते प्रेमिकाको उपचारकै क्रममा मृत्यु

    काठमाडौं : योजनाबद्ध रुपमा एसिड प्रहारबाट घाइते एक युवतीको उपचारकै क्रममा मृत्यु भएको छ।   नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा भैरहवामा मृत्यु भएको हो। उनलाई धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय प्रेमी सुनिल कोइरालाले आइतबार राति करिब १२ बजे एसिड हानेका थिए। अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउपछि सुनिलले एसिड प्रहार गरेको स्विकार गरेको इलाका प्रहरी कार्यलय…

    विस्तृतमा पढ्नुस्

  • Exclusive : नेपाल र भारतका सुरक्षा निकायको 'वान्टेड लिस्ट'मा रहेका समसुल बारामा

    Exclusive : नेपाल र भारतका सुरक्षा निकायको 'वान्टेड लिस्ट'मा रहेका समसुल बारामा

    केपी ढुंगाना/राधेश्याम पटेल - काठमाडौँ : दुबईमा बसी नेपाली र भारतीय नागरिकहरु परिचालन गरी आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप लागेका नेपाली नागरिक समसुल होदा बारा प्रहरीको हिरासतमा पुगेका छन्। १० महिनादेखि दुबईमा रहेका उनले शनिबार नेपाल आएर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। भारतको बिहार राज्यको रेलवे ट्रयाकमा विस्फोट गराउन नेपाली र भारतीय नागरिकहरु परिचालन गरेको अनुसन्धानबाट खुलेपछि नेपाल र भारत…

    विस्तृतमा पढ्नुस्

  • एलेस्टर कुकद्वारा इंगलिस टेष्ट टीमको कप्तानबाट राजिनामा

    एलेस्टर कुकद्वारा इंगलिस टेष्ट टीमको कप्तानबाट राजिनामा

    इंगलिस टेष्ट क्रिकेट टीमका कप्तान एलेस्टर कुकले आफ्नो पदबाट राजिनामा दिएका छन्।  इंगल्याण्ड ५९ टेष्टमा कप्तानी गरेका कुकले आइतबार कप्तानी छाड्ने निर्णय इंगल्याण्ड तथा वेल्स क्रिकेट बोर्डलाई जानकारी गराएका थिए।  सन् २०१२ मा इंगलिस टेष्ट टोलीको कप्तानी सम्हालेका कुक इंगल्याण्डको लागि सबैभन्दा बढी टेष्टमा नेतृत्व गर्ने कप्तान समेत हुन्।  उनको नेतृत्वमा इंगलयाण्ड २०१३ र २०१५ मा अष्ट्रेलिया विरुद्वको एससे सिरिज…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानले आजीवन पछुवासहितको सुरक्षा पाउने ओली सरकारको निर्णय खारेज

    ​लोकमानले आजीवन पछुवासहितको सुरक्षा पाउने ओली सरकारको निर्णय खारेज

    काठमाडौँ : सर्वोच्च अदालतको आदेशद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद खारेज गरिएका लोकमानसिंह कार्कीले आजीवन पछुवासहितको सुरक्षा नपाउने भएका छन्।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् २०७२ माघ ८ गतेको बैठकले लोकमानको कार्यकाल समाप्तिपछि पनि आपराधिक व्यक्ति वा समूहद्वारा  प्रतिशोधको भावना राखी सुरक्षा जोखिममा पार्न सक्ने प्रवल सम्भावना र संवेदनशीलता समेतलाई दृष्टिगत गरी पदबाट अवकाश भएपछि पनि आजीवन…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन बन्द गराइएको प्रति महासंघ र अनलाइन पत्रकार स‌ंघको ध्यानाकर्षण

    काठमाडौं : केही दिनयता पत्रकार तथा सञ्चारमाध्यममाथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।   महासंघले सोमबार विज्ञप्ति जारी गरी स्वतन्त्र प्रेस तथा पत्रकारितामाथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुन जाने उल्लेख गरेको छ। दोषीमाथि कडा कारबाहीको माग गर्दै महासंघले बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहज रुपमा पत्रकारिता गर्ने वातावरण…

    विस्तृतमा पढ्नुस्

  • आमिर खानको नयाँ प्रोजेक्ट 'थग्स अफ हिन्दोस्तान', मेबाट सुटिङ सुरु

    आमिर खानको नयाँ प्रोजेक्ट 'थग्स अफ हिन्दोस्तान', मेबाट सुटिङ सुरु

    दंगलको सफलतापछि आमिर खानको नयाँ प्रोजेक्टको छायाँकन सुरु हुने भएको छ। विजय कृष्ण आचार्यको निर्देशनमा बन्ने फिल्म 'थग्स अफ हिन्दोस्तान' आउँदो मेबाट सुटिङमा जान सक्ने बलिउड हंगामाले जनाएको हो। यसअघि 'धुम ३'मा आमिर र निर्देशक आचार्यले एकसाथ काम गरेका थिए। फिल्ममा आमिर हिन्दूस्तानी लुक्समा देखिदै छन् जसका लागि आमिरले तयारी पनि सुरु गरिसके। फिल्ममा आमिरसँगै अमिताभ बच्चनको पनि अभिनय रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगार म्यादी बिमाको प्रिमियम फागुन १ गतेदेखि बढ्दै, कसले कति तिर्नुपर्छ?

    काठमाडौँ : वैदेशिक रोजगारीमा जाँदा गरिने जीवन बिमाको प्रिमियम फागुन १ गतेदेखि परिवर्तन हुँदैछ। सबै उमेर समूहका व्यक्तिले पहिले तिर्दै आएको प्रिमियममा क्रिटिकल इलनेस (प्राणघातक रोग) को बिमाका लागि थप प्रिमियम तिर्नु पर्नेछ। बिमा समितिका निर्देशक श्रीमान् कार्कीले पहिले तिर्दै आएको प्रिमियममा प्राणघातक रोगका लागि थप ४०० रुपैयाँ प्रिमियम लिने निर्णय भएको जानकारी दिए। फागुन १ गतेदेखि नयाँ बिमा लेख…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

    सिमरा गोल्डकप : रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

    सिमरा : ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब सिमरामा भइरहेको आठौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा रुपन्देही एघारालाई १-० ले पराजित गर्दै  हिमालयनले अन्तिम चारमा स्थान बनाएको हो। सिमरा रंगशालमा भएको खेलमा हिमालयन शेर्पालाई जित दिलाउन ५२ औं मिनेटमा निशाल लिम्बुले गरेको गोल नै निर्णायक बन्यो। हेमन गुरुङले उपलब्ध गराएको पासमा निशालले गोल गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • झापा गोल्डकप : मनाङले जित्यो सिजनको तेस्रो उपाधि, आयोजक झापा लगातार दोस्रो पटक उपविजेता

    झापा गोल्डकप : मनाङले जित्यो सिजनको तेस्रो उपाधि, आयोजक झापा लगातार दोस्रो पटक उपविजेता

    झापा : मनाङ मर्स्याङदी क्लबले आयोजक झापा एघारलाई हराउँदै दोस्रो संस्करणको झापा गोल्डकपको उपाधि जितेको छ। सोमबार डोमालाल रंगशालामा भएको फाइनल खेलमा मनाङले झापालाई १-० गोल अन्तरले पराजित गरेको हो। मनाङलाई सिजनको तेस्रो उपाधि जिताउनको लागि विदेशी खेलाडी ओलावाले अफिजले ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। घरेलु टोली झापाले त्यसपछि बराबरी गोल गर्ने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा…

    विस्तृतमा पढ्नुस्

  • माफिया दाउदकी बहिनी बनिन् श्रद्धा कपुर

    माफिया दाउदकी बहिनी बनिन् श्रद्धा कपुर

    मुम्बई हमलाको योजनाकारको रुपमा सुरक्षा निकायले खोजी शुरु गरेपछि मुम्बई अन्डरवर्डका डन दाउद इब्राहिम भारतबाट पलायन भए। उनी पलायन भए पनि उनको साम्राज्य र ब्यापार भने उस्तै रह्यो । दाउद मुम्बईमा नभए पनि त्यहाँ थिइन उनको बहिनी हसिना पारकर। हसिना प्रत्यक्ष रुपमा अपराधमा संलग्न भइनन्। तर मुम्बइको दक्षिणी इलाकामा उनको अनुमति विना केही चल्दैनथ्यो। दाउद भागेर पाकिस्तान पुगेका थिए। मुम्बइमा…

    विस्तृतमा पढ्नुस्

  • चार प्रतिष्पर्धी डिआइजीलाई आइजीले भने : पदिय मर्यादामा बस्नोस्,एकले अर्कालाई बदनाम नगराउ

    चार प्रतिष्पर्धी डिआइजीलाई आइजीले भने : पदिय मर्यादामा बस्नोस्,एकले अर्कालाई बदनाम नगराउ

    काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगठनको २५ ‌औं प्रमुख हुने लाइनमा रहेका चार डिआइजीलाई बोलाएर एक आपसमा हिलो छ्यापाछ्याप नगर्न सुझाव दिएका छन्।  नयाँ प्रहरी प्रमुख चयन हुन एक साता समय मात्रै बाँकी रहँदा उनले वरियतामा अगाडि रहेका चार डिआइजी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई आइतबार आफ्नो सचिवालयमा बोलाएर एक अर्कामाथि हिलो छ्यापेर मिडियाबाजी नगर्न…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय निर्वाचनका लागि रुकुममा १३ दल दर्ता

    रुकुम : स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि जिल्ला १३ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेस गरेका छन्।  निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्न दिएको निर्देशनानुसार १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिए।  दर्ता हुने दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell