काठमाडौँ : सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ। आज बसेको गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याए मात्र त्यसमा जान सकिने निर्णय गरेको गठबन्धनका संयोजक एवम् सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ र उसले सरकारले परिमार्जन…
उत्तर प्रदेश (भारत) : भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा एक पुरुषले परिवारका १२ जनाको हत्या गरी आत्महत्या गरेका छन्। सबैलाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी उनले हत्या गरेका थिए। महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायताले हत्या गरेको…
काठमाडौँ : पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्पष्टीकरण बुझाएका छन्। मन्त्रिपरिषद्ले उनलाई पुनर्निर्माणमा प्रभावकारी समन्वय गर्न नसकेको, कर्मचारी उपयुक्त ढंगले परिचालन गर्न नसकेको, निर्देशक समितिले दिएको निर्देशन पालना नगरेको र समयमा अनुदान बापतको रकम उपलब्ध गराउन नसकेको आरोप लगाएको थियो। ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रशासनका सचिव दिनेश थपलियालाई स्पष्टिकरण बुझाएका हुन्। ३ बजेर ४५ मिनेटमा प्रधानमन्त्री कार्यालय…
काठमाडौं : यही जनवरी अन्त्यबाट भारतमा हुने नेत्रहिन क्रिकेट विश्वकपमा सहभागी हुने १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। क्रिकेट एशोसिएसन अफ ब्लाइण्ड नेपालले १४ खेलाडीसहित ६ जना अफिसियलहरूको घोषणा गरेको हो। जनवरी ३१ बाट फेब्रुअरी १२ सम्म चल्ने विश्वकपमा नेपाल र आयोजक भारतसहित कूल १० टीमको सहभागिता रहनेछ। नेपालले फस्ट राउण्ड अन्तर्गत जनवरी ३१ मा दिल्ली क्रिकेट ग्राउण्डमा अष्ट्रेलियासँग…
कर्ण लिम्बुको ह्याट्रिक मद्वतमा रुपन्देही एघारलाई पराजित गर्दै झापा एघार मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा झापाले रुपन्देहीलाई ४-० ले पराजित गरेको हो। झापाको जितमा कर्णले ह्याट्रिक गरे भने योगेश गुरुङले एक गोल गरे। दोस्रो सेमिफाइनलमा बिहिबार शसस्त्र प्रहरी बलको एपीएफ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ। एपीएफ संकटालाई तथा काँकरभिट्टा सेन्टर ब्लु…
काठमाडौं: माकुरा क्रियशनले ड्राइभिङ लाइसेन्सको पाठ्यक्रम समेटिएको एप सावर्जनिक गरेको छ। एपमा सवारी साधन बारे जानकारी र लिखित परिक्षाका प्रश्नहरु समावेश छन्। त्यस्तै सवारी साधन र ट्राफिक सम्बन्धी नियमहरु पनि एप छन्। 'नेपाल ड्राइभिङ लाइसेन्स' नाम दिइएको एपले किताब किनेर परिक्षाको तयारी गर्नुपर्ने झन्झट अन्त्य भएको एप डेभलपर चन्दन गुप्ताले बताए। नियम परिवर्तनसँगै अपडेट र पुराना किताबहरु भन्दा एप उपयुक्त…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ। आज बसेको त्रिविको ४२ औं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए। उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने निश्चित जस्तै भएको छ।…
पाँचथर : पाँचथरको फिदिममा जारी आठौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै कर्णसिंह सोनाम स्मृति मेमोरियल क्लब ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ। अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज काठमाडौँलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारको यात्रा तय गरेको हो। ताप्लेजुङलाई जिताउन सेगुन इएटायोले ४१ औं, ४६औँ र ७८ औँ मिनेटमा…
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले सिमित ओभरको क्रिकेट कप्तानबाट राजिनामा दिएका छन्। धोनीले बिसीसीआईलाई वान डे र टी २० फर्म्याटको कप्तानी पदबाट पछि हट्ने जानकारी गराएका छन्। धोनीले भारतका लागि १९९ वान डे र ७२ टी २० मा कप्तानी गरेका थिए। BREAKING: @msdhoni has stood down as India ODI and T20I captain. He captained India in 199 ODIs and 72…
काठमाडौँ : सात पार्टी संलग्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको निर्णयलाई सकारात्मक भन्दै प्रमुख प्रतिपक्षी एमालेले गरिरहेको संसद अवरोध निरर्थक भएको लगायतका चार बुँदे निर्णय गरेको छ। मोर्चाले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न अन्य दलसँग कुरा गर्ने उल्लेख गरेको छ भने पुस १८ गतेको खबरदारी विरोध सभा सफल गरेकोमा सबैमा धन्यवाद दिँदै आगामी संघर्षको कार्यक्रम बनाउन मोर्चा…
इटहरी : धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो । सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले घोटालामा संलग्नमध्ये तीनलाई पक्राउ गरिसकेको बताएको…
करिना कपुरको फोन नम्बर पत्ता लगाउन भारतको एक अर्ध सैनिक संगठनका सदस्यले आफ्नो जागिरनै धरापमा पारेका छन्। करिनासँग एकपटक फोनमा कुरा गर्न करिनाका ती प्रशंसकले उनको इनकम ट्याक्स अकाउन्ट ह्याक गरेका थिए। उनले करिनाको इनकम ट्याक्स अकाउन्ट ह्याक गरे पनि कुनै हानी भने पूर्याएनन् उल्टो करिनाको इनकम ट्याक्सको एक हिस्सा समेत भरिदियो। करिनाको खातामा अनधिकृत रुपमा कोही प्रवेश गरेको सूचना…
काठमाडौं : संसदको गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले आह्वान गर्नुभएको प्रमुख दलका शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बोलाइएको छ। सोमवार प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गरेपछि संसद् भवन बानेश्वरमा बोलाइएको कार्यव्यवस्थामा शीर्ष नेताहरु अनुपस्थित भएपछि मंगलवारसम्म बैठक स्थगित गरिएको थियो। संसद्को कार्यसूचीमा परामर्श गर्ने उक्त समितिमा सभामुखले सदनको गतिरोधको विषयमा…
काठमाडौं : एक महिनादेखि औपचारिकतामा सीमित व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । सामेवार दुई चरणसम्मको बैठक असफल भएपछि सभामुख ओनसरी घर्तीले मंगलवार दिउँसो १ बजेका लागि बैठक बोलाएकी छन्। संसद् बैठक अघि सभामुखले प्रमुख तीन दलका शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी हुन्। कार्यव्यवस्था परामर्श समितिमा संशोधन प्रस्ताव विषय वा प्रक्रियामा सहमति भएमा संसदको कारवाही सुचारु हुन सक्छ।…
दमक : अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ। अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल भएकी भन्दै बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले उनलाई रु २८ लाखसहितको सम्मान गर्न लागेका हुन्। स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टबाट उक्त सम्मान…
गोरखा : बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन्। जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। तीन गाविसमा गरी एक हजार हाराहारीमा मुआब्जा पाउन योग्य प्रभावित छन्…
हेटौँडा : सडक डिभिजन कार्यालय मकवानपुरले राजमार्गको दायाँबायाँ २५ मिटरभित्र पर्ने संरचना भत्काउने क्रममा हेटौँडा अस्पतालका २० वटा व्यावसायिक सटर भत्काएको छ। हेटौँडा क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गको दायाँबायाँ २५ मिटर सीमा क्षेत्रभित्रमा परेका सरकारी संरचना भत्काउने क्रममा एस्काभेटर र लोडरले व्यावसायिक सटर भत्काएको हो। अरु व्यक्तिका घरभन्दा सस्तोमा भाडामा दिइएका सटर भत्काएसँगै यहाँका २० वटा सटरका औषधि व्यवसायी, होटल…
नवलपरासी : नवलपरासीको सुक्रौली गाविसले अपाङ्गता भएका व्यक्तिलाई जाडोका लागि कम्बल वितरण गरेको छ । चिसो मौसमका कारण समस्या नहोस् भन्दै ३१ जना अपाङ्गता भएका व्यक्तिलाई गाविसको लक्षित वर्गको बजेटबाट उक्त कम्बल वितरण गरिएको हो । सोमबार गाविसका सचिव ओमबहादुर चिदीले अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरेका हुन्। रासस
कोहलपुर : बाँकेमा मातृ मृत्युदर बढ्दै गइरहेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जअन्तर्गतको प्रजनन स्वास्थ्य समन्वय समितिले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको साउन महिनादेखि पुस १८ गतेसम्ममा १० जना गर्भवतीले ज्यान गुमाइसकेका छन्। बाँकेमा निम्न वर्गका तथा मधेसी मूलका आमाको मृत्यु बढी हुने भएको छ । गत आवमा बाँकेमा २० जनाको सुत्केरी हुने क्रममा मृत्यु भएको थियो। गत वर्षको…
एजेन्सी : ब्राजिलको एमेजोनस राज्यस्थित एक बन्दीगृहमा दुई समुहवीच भएको झडपमा कम्तीमा ५६ जनाको ज्यान गएको छ । झडपमा थुप्रै घाइते भएका छन् । झडपको मौका छोपी केही कैदबन्दी जेलवाट भागेका छन्। एमेजोनस राज्यस्थित मानसमा लागूऔषध तस्करी कसुरमा पक्राउ गरी बन्दीगृहमा राखिएका कैदीबीच झडप भएको हो । दुई समुहबीच भएको झडप आइतवार रातिवाट सोमवार बिहानसम्म चलेको अधिकारीहरुको भनाई छ। झडपमा…