बलिउड स्टार सलमान खानले निर्माता तथा निर्देशक करण जोहरसँग मिलेर फिल्म निर्माण गर्ने भएका छन्। सलमानले सो फिल्ममा नायक अक्षय कुमार हुँदैछन्। सलमानले माइक्रो ब्लागिङ साइट ट्विटर मार्फत फिल्म बनाउने घोषणा गरेका हुन्। फिल्मलाई पंजाबी हिट फिल्म सीरीज 'जट एंड जूलियट'का निर्देशक अनुराग सिंहले निर्देशन गर्ने जनाइएको छ। Joining hands on a project where @akshaykumar is the hero and will…
चितवन : स्थानीय प्रशासनले जिल्लामा अनुगमन गरी शङ्कास्पद देखिएका ५९ नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुणस्तर क्षेत्रीय कार्यालय हेटौँडा पठाइएकामा २५ वटाको नतिजा आएको छ। तीमध्ये १३ वटा प्रतिकूल भेटिएपछि उनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओम शर्माका अनुसार तीमध्ये पाँचविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ। अघिल्लो वर्ष सरेर आएका…
धनगढी : कैलालीको पहलमानपुर गाविसका एक व्यक्तिको हत्या गरी फरार रहेका भनिएका थापापुर गाविस–६ का २५ वर्षीय राजु चौधरीलाई दुई वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पहलमानपुर गाविसका प्रेमलाल चौधरीको हत्यामा निज राजु संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जिकिर गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरी चौकी, कैलालीको टोलीले पक्राउ गरेको हो। बेहडाबाबा मन्दिरमा…
काठमाडौँ : सर्वोच्च अदालतले बर्खास्तीमा परेका नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई विद्युत प्राधिकरण फर्कनबाट रोकेको छ। प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको इजालासले यसअघि बर्खास्तीको निर्णय कार्यान्वयन नगर्न गरिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएको हो। सर्वोच्च अदालतका सहप्रवक्ता विश्व पौडेलले अन्तरिम आदेशलाई निरन्तरता नदिइने आदेश भएको पहिलोपोस्टलाई बताए। यसअघि सर्वोच्चकै न्यायाधीश…
काठमाडौं : नाच घरमा नाटकमा अभिनय गर्दागर्दै कलाकार विष्णु भक्त फुयाँलको निधन भएको छ। बद्री अधिकारी निर्देशित नाटक महर्षि याज्ञवल्क्यमा अभिनय गर्दागर्दै मञ्चमा काम्दै ढलेका फुँयाललाई अस्पताल पुर्याइए पनि उनको ज्यान जोगिन सकेन । बेलुका ६ बजे बीर अस्पतालमा उनको निधन भएको हो । उनले सो नाटकमा राजा जनकको भुमिकामा अभिनय गरेका थिए। उनले दर्जनौ नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका…
पाँचथर : पाँचथरको फिदिममा जारी आठौँ अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आयोजक फिदिम स्पोटिङ क्लब विजयी बन्दै सेमिफाइनल प्रवेश गरेको छ। क्वाटरफाइनलमा फ्रेन्ड क्लब बिआरसी भुटानलाई २–० गोलले पराजित गर्दै आयोजक फिदिमले अन्तिम चारको यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि फिदिमले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो। उसका लागि…
काठमाडौं : संसद बैठक दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ। संविधान संशोधन विधेयकमा असहमत प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत अन्य प्रतिपक्षको अवरोधका कारण सभामुख ओनसरी घर्तीले बैठक ४ बजेसम्मका लागि स्थगित गरेकी हुन्। पटकपटक बस्नका लागि आग्रह गरे पनि अवरोधका लागि उभिएका प्रतिपक्षी सांसदहरुलाई सभामुखले १० मिनेट उभ्याइन्। सधैं अवरोध गर्नु राम्रो नभएको भन्दै सभामुखले संविधान कार्यान्वयनको दायित्व एमाले…
काठमाडौं : चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारत पहिलो सेमिफाइनलमा भिडिरहेका छन्। सिलगुढीस्थित कञ्चनजंगा स्टेडियममा भइरहेको खेलको दोस्रो हाफ सकिँदा नेपाल २-१ ले पछि परेको छ। भारतका लागि पहिलो हाफको अन्तिम समयमा कमला देवीले गोल गर्दै अग्रता दिलाइन्। ..................................... यसअघिका तीन संस्करणमा फाइनलमा मात्र भिडेका नेपाल र भारत साफ च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनलमा आमने सामने हुन…
काठमाडौं: फागुनबाट छायांकन सुरु हुने भनिएको फिल्म 'ग्याङ्गस्टर ब्लुजको' लिड कलाकार फाइनल भएका छन्। फिल्म घोषणा गर्दा फाइनल भएका केही विषयहरुमा भने परिवर्तन भएको छ। फिल्म घोषणा गर्दा फिल्म युनिटले फिल्मका मुख्य कलाकारमा आशिरमान देशराज जोशी, आना शर्मा र गौरव पहारीलाई मुख्य कलाकारको रुपमा चिनाएको थियो। तर अहिले फिल्मबाट गौरव आउट भइसकेका छन्। फिल्ममा उनी भिलेनको भूमिकामा देखिँदै थिए। अब…
काठमाडौं : लघुकथा समाजले पहिलो पटक 'सावित्री केशर कथा सम्मान' वरिष्ठ आख्यानकार परशु प्रधानलाई र 'बाटुली खिलध्वज लघुकथा सम्मान' डा. लक्ष्मणप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ। दुवै स्रष्टाको दीर्घ साधना, विधागत विशिष्टता र लेखनको निरन्तरताको आधारमा निर्णय गरिएको समाजका अध्यक्ष श्रीओम रोदनले बताए। दुवै सम्मानको राशि १५ हजार १०१ रुपैयाँ रहेको छ। साहित्यकार हरि थापा, भैरवी थापा…
रमेश लम्साल काठमाडौँ : भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटोंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ। हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने भएको छ। आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइन मङ्गलबार चार्ज…
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सार्वभौम सरकारले भित्री वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताए। मधेसी मोर्चाबिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्ने र…
जुम्ला : पूर्व खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले आफ्नो संसद् विकास कोषको रु ४७ लाख डुडुल चैत्य विश्व शान्ति स्तूप निर्माणका लागि सहयोग गरेका छन्। समाजवादी जनता पार्टी नेपालका अध्यक्षसमेत रहेका पूर्वमन्त्री सिंहले द हिमालयन पिस एसोसिएसनको पहलमा चन्दननाथ नगरपालिका–७ सिंगाचौर गाउँमा रु ६ करोडको लागतमा निर्माणाधीन शान्ति स्तूपका लागि सहयोग गरेका हुन्। राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डले…
झारखण्ड (भारत) : पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा भत्किँदा भएको घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १७ पुगेको छ। बेपत्ता भएका व्यक्तिहरु मध्ये ६ जनाको शव निकालेपछि सो सङ्ख्या १७ पुगेको र अझै बेपत्ता रहेका ६ जना कामदारको उद्धारकार्य जारी रहेको पनि बताइएको छ। घटनामा मारिने व्यक्तिको सङ्ख्या २३ पुग्ने आशङ्का गरिएको झारखण्डका प्रहरी प्रवक्ता आरके…
भक्तपुर : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद्मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने चेतावनी दिएका छन्। संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा आज एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राष्ट्रलाई विखण्डन गराउने गरी…
काठमाडौं : सभामुख ओनसरी घर्तीले आजै दोस्रो पटक दिउँसो ४ बजेका लागि संसद बैठक राखे पनि ४ बज्नुअगावै सूचना टाँस गरी स्थगित गरिएको छ। अबको बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ। भोलि संसद बैठक बस्नुअघि सभामुखले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन्। सोही बैठकमा शीर्ष नेताहरुलाई पनि डाकिएको छ। संविधान संशोधन विधेयकमा असहमत प्रमुख प्रतिपक्षी…
काठमाडौं : सिरहा बस्तीपुरका ६५ वर्षीय राकेश गिरी २०६३ साउनमा ललितपुरको ठेँचोमा अवैध कलबाइपास सञ्चालन गरेको अभियोगमा पक्राउ परे। उनको अभियोग प्रमाणित भयो। २४ दिन कैद भुक्तानपछि ५ लाख धरौटी बुझाएर मुक्त भए। उनको पक्राउको क्रम यत्तिमै रोकिएन। धरौटीमा मुक्त भएको तीन वर्षपछि पुन: उनी समातिए, कलबाइपासकै केसमा। यसपालि उनले कलबाइपासको सेन्टर जैसीदेवल सारेका थिए, त्यसका लागि आफ्नो छोरा…
चितवन : दुर्लभ वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियानमा सार्थक बनेको ‘अपरेशन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ। गतवर्ष माघ दोस्रो साताबाट मात्र सञ्चालन गरिने महाहन्ट यस वर्ष पुस १५ गतेबाट नै सञ्चालन गरिएको हो। माघ १४ गते दुर्लभ एकसिङ्गे गैंडा चोरीसिकार शून्य भएको एक हजार दिन पुग्दैछ। सो दिनलाई विशेष उत्सवको रुपमा मनाउन महाहन्ट एक महिना अघिदेखि सुरु…
काठमाडौं : भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपालको चौथो साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्दै उपाधि जित्ने सम्भावना समाप्त भएको छ। सिलगुढीस्थित कञ्चनजंगा स्टेडियममा भएके पहिलो सेमिफाइनलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ। यसअघिका तीन संस्करणमा भारतसँगै फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाल यो पटक भने सेमिफाइनलमै रोकिएको छ। नेपाल र भारत साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पहिलो पटक भिडेका थिए।…
इस्तानबुल : टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँ वर्षमा रमाइलो गरिरहेका व्यक्तिमाथि भएको आतङ्ककारी आक्रमण इस्लामिक स्टेट (आइएस) आवद्ध जिहादी समूहले गरेको आशङ्का गरिएको छ। टर्कीका अधिकारीद्वारा जारी एक प्रतिवेदनमा सो आशङ्का गरिएको त्यहाँका दैनिक पत्रिका हुरिएतले जानकारी दिएको छ। रैना नामक यस विशिष्ट रात्रि क्लबमा भएको आक्रमणमा परी ३९ जनाको मृत्यु भएको थियो। यी सबैको अन्तिम…