सोलुखुम्बु : सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ। सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी दिए। यो संख्या गत वर्षको तुलनामा नौ हजार २२९ ले…
नवलपरासी : नवलपरासीमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिले अवैधरुपमा भइरहेको खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान चलाएको छ। केही साता अघि नवलपरासीको केरुङखोला आसपासका क्षेत्रबाट नियम विपरीत करिब रु १५ करोड बराबरको खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा समितिको टोलीले नियन्त्रणमा लिएको थियो। नियम विपरीत हुँदै गएका कार्य तत्काल बन्द गरी जिल्लामा राजस्व सङ्कलन अभिवृद्धि गर्ने उद्देश्यले सो कार्य अघि…
फलेवास : भूकम्प गएको झन्डै दुई वर्ष पछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन गर्न २९ जना इन्जिनियर परिचालन गर्ने तयारी गरिएको छ। सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत संकलन गर्न थालिएको हो। तत्कालिन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरकफरक भएपछि भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत राष्ट्रिय…
रुकुम : रुकुममा जिप दुुर्घटना हुुँदा चार जना घाइते भएका छन्। रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा आइतबार राती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामापरी बाँफीकोट–७ का ३३ वर्षीय तिलवीर केसी, बाँफीकोट–५ का २३ वर्षीय देवराज शाही, स्यालापाखा–३ का २५ वर्षीय अविषेक शाही र मुसिकोट नगरपालिका–५ का २० वर्षीय डायमण्ड शाही घाइते…
जकार्ता : इन्डोनेसियाको राजधानी जकार्ताबाट उत्तरमा अवस्थित एक पर्यटकीय टापुमा नयाँ वर्षको बिदा मनाउन हिँडेका पर्यटक चढेको डुङ्गामा आगलागी भएपछि यसमा सवार २३ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन्। घटनामा अन्य १७ जना बेपत्ता भएको र १९४ जनालाई उद्धार गरिएको छ । यात्रारत डुङ्गामा एक्कासी आगोको ज्वाला निस्किएपछि यात्रुहरु ज्यान जोगाउन समुद्रमा हामफालेको राष्ट्रिय विपद् व्यवस्थापन संस्थाले जनाएको छ। …
चन्द्रौटा : कपिलवस्तु जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि १३९ वटा स्थानमा ११ टोली परिचालन गरेको छ। नामावलीमा नाम दर्ता गराउन छुटेकालाई समावेश गर्नका लागि आइतबारदेखि टोली परिचालन गरेको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आगामी माघ १७ गतेसम्म चल्ने अभियानमा ५÷५ जनाको टोली परिचालन गरिएको छ । जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकाका ८६ वडामा…
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हुँदै आएको छ । विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थामा रहेका छन्। विद्यालय भवन निर्माण गरिदिनका लागि जिल्ला शिक्षा कार्यालय, नगरपालिका र अन्य निकायमा पुग्दा समेत…
लहान : सिरहाको लहानमा गएराति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा बाछा र एक वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ। राति ११ बजेतिर भएको उक्त आगलागीमा परी अन्य चार थान चौपाया जलेर…
महोत्तरी : सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ। वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा स्थानीयले समयमै चासो नदेखाएपछि विद्यालयको नाममा रहेको साढे १४ बिगाहा जग्गामध्ये १० बिगाहा जग्गा अलपत्र अवस्थामा रहेको छ । वर्षौंदेखि स्थानीयले अवैधरुपमा उपभोग गर्दै आएता पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको…
नयाँ दिल्ली : नयाँ दिल्ली र इस्लामावादबीच आइतबार दुई देशमा भएका आणविक हतियार सूचीको आदानप्रदान भएको भारतीय अधिकारीले जनाएका छन्। दुई देशबीच भएको द्विपक्षीय सम्झौता, जसले एक अर्कालाई आणविक हतियारको गलत प्रयोग गर्न निषेध गरेको छ सोही अनुसार सूचीको आदानप्रदान भएको हो। दुवै देशका कूटनीतिज्ञबीच एकै समयमा नयाँ दिल्ली र इस्लामावादमा आणविक सूचीको आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले…
काठमाडौं : डलर साट्ने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका राम भण्डारीलाई पक्राउ गरेको हो । भण्डारीका सहयोगी सिन्धुपाल्चोककै सरोज भण्डारी भने फरार छन् । फरार भण्डारीको खोजी भइरहेको परिसरका डिएसपी ईश्वर कार्कीले बताए। पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले नगद ५ लाख रुपैयाँ बरामद गरेको छ । एक पीडित महिलासँग…
काठमाडौं : प्रचलित नेपाल कानुन अनुसार अहिले ज्यान लिनेजस्तो जघन्य अपराधमा बढीमा सर्वस्वसहित जन्मकैद हुन्छ । जन्मकैद सजाय तोकिएको व्यक्तिले बढीमा २० बर्ष सजाय भुक्तान गरे पुग्छ। तर, अव सात प्रकृतिका कसुरमा कसुरदारले जीवनभर कैद बस्नुपर्नेछ । मुलुकी ऐन प्रतिस्थापन विधेयकको फौजदारी संहिताले यस्तो व्यवस्था प्रस्ताव गरेको हो । सरकारले ६ वटा गम्भीर अपराधमा आजीवन कैद प्रस्ताव गरेकोमा विधायन समिति…
प्रिमियर लिग अन्तर्गत नयाँ वर्ष २०१७ को पहिलो जित आर्सनल र टोटनहम जित हात पार्दै अंक तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा उक्लँदा म्यानचेष्टर सिटी पाँचौ स्थानमा झरेको छ। आर्सनलले घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० ले हरायो। आर्सनललाई जित दिलाउन ओलिभर जिरुड र एलेक्स इओवीले १ १ गोल गरे। जिरुडले १७ औं मिनेटमा ब्याकहिलमार्फत उत्कृष्ट गोल गर्दै आर्सनललाई…
काठमाडौँ : चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ। भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सबा २ बजे नेपाल र भारतको खेल हुनेछ। साफ च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनलमै भभड्न लागेका नेपाल र भारतका प्रशिक्षकले समेत यस खेललाई फाइनल सरह नै भएको बताएका छन्। त्यसैले नेपाल र भारतबीचको सेमिफाइनल रोमाञ्चक हुने अपेक्षा गर्न…
काठमाडौं : सहमतिको प्रयासका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक सिंहदरबारमा सुरु भएको हो। बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक, अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग तथा निर्वाचन विधेयकमाथि छलफल जारी छ। बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी…
गोरखा : गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ। बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो। ओडारको खोँचमा ढुङ्गाले च्यापेर राखेको अवस्थामा दुई बोरा तारसहित डेटोनेटर (बम बनाउन प्रयोग गरिने…
कमेडी नाइट्स विथ कपिलमा गुत्थीको भूमिकामा देखिने गरेका सुनिल ग्रोवरले सोही नामबाट उल्लेखनिय फ्यान कमाए। तर कलर्स च्यानलसँग कपिल शर्माको व्यवसायिक मतभेद भएपछि शो बन्द भयो। सोनीमा सुरु भएको 'द कपिल शर्मा शो' मा सुनिलले गुत्थीको भूमिका पाएनन्। सो भूमिका नपाउनाले उनी दु:खी भने छैनन्। डाक्टर मशहुर गुलाटीको रुपमा उनी देखिन थाले। यही भूमिकामा पनि उनी खुशी नै छन्। भने,'गुत्थी…
काठमाडौं : सहमतिको लागि बसेको प्रमुख तीन दलको बैठक औपचारिकतामै सीमित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेको हो। कुनै ठोस निष्कर्ष ननिस्किएपछि बैठक सकिएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता…
काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूहरु कुनै मुठभेडको अवस्थामा नरहेको प्रस्ट पारेका छन्। सिंहदरबारमा सम्पन्न माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको छलफलपछि बाहिरिँदै श्रेष्ठले आफूहरु सहमतिमै निर्णय होस् भन्ने पक्षमा रहेको बताए। 'सरकारमा भएका पार्टीहरुले प्रतिपक्षीहरुलाई सहमति गराउने भनेका छौं,' उनले भने, 'सदनको स्थिति हेरेर सभामुखले आफ्नो कदम चाल्नुहोला, त्यो आफ्नो…
काठमाडौं: थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘भोको घर’ प्रदर्शनको अन्तिम सातामा पुगेको छ। अन्तिम सातामा पुग्दा पनि नाटका लागि दर्शकको भिड कम नभएको निर्देशक केदार श्रेष्ठले बताए। गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो। केदार श्रेष्ठको परिकल्पना तथा निर्देशन रहेको नाटक पुस २३ गतेसम्म चल्दैछ। निदेशक श्रेष्ठको यो पाँचौ नाटक हो। उनले यसअघि…