काठमाडौं : नक्कली जग्गाधनी बन्नी ३ बिघा जग्गा बिक्री गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गिरोहमा संलग्न मोरङ इटहराका ४८ वर्षीय देवेन्द्र थापा, झापा गौरीगन्जका ४६ वर्षीय नगेन्द्र, खोटाङका ३४ वर्षीय मीनबहादुर भट्टराई रहेका छन्। अरु फरारको खोजी भइरहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धा ब्युरोकी प्रवक्ता मीरा चौधरीले बताइन्। चितवन भण्डारा गाविस-२ बस्ने लोकेन्द्रराज पाठकको नाममा भण्डारामै रहेको…
काठमाडौं : पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित सिलगुढी पुगेको नेपाली राष्ट्रिय महिला टोलीले चिपरिचित प्रतिद्वन्दी भारतसँग सेमिफाइनलमै प्रतिस्पर्धा गर्ने भएको छ। समूह बी को अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपालले भारतसँग खेल्ने पक्का भएको हो। बराबरीपछि भारत गोल अन्तरका आधारमा समूह बी को उपविजेता बन्यो भने बंगलादेश विजेता बन्यो। यसअघि नै दुवै खेल हारिसकेको अफगानिस्तान भने बाहिरिसकेको…
विश्वभर अा-आफ्नै शैलीमा २०१७ को स्वागतको भब्य स्वागत भइरहेको छ। कतै आतिशवाजिले अाकास रंगिएको छ, कतै फेसन परेड चलिरहेको छ । विश्वका विभिन्न कुनामा कसरी स्वागत गरियो २०१७ लाई । हेर्नुस तस्विरमा । तस्विर : रासस\ एपि\ एएफपी \रोयटर्स
काठमाडौं : सन् २०१६ को प्रारम्भ छिमेकी मुलुक भारतको नाकाबन्दीकाे मारबाट शुरु भयाे । वर्षको अन्त्य संसद बन्दवाट भयाे । मधेस आन्दोलन,कैलालीको टिकापुरको अाङ सिरिङ बनाउने घटना ब्यहोर्नुपर्यो यही वर्ष । यस्ता छन् सन् २०१६ १० घटना : १. नाकाबन्दीको मार भुकम्पको पिडा हट्न नपाउँदै नाकाबन्दीको अर्को मार आइलाग्यो । सन् २०१६ नाकाबन्दीको मारसँगै शुरु भएको थियो । संविधान सभाबाट…
सोलुखुम्बु ; स्थानीय राजनीतिक दलबीच स्थानको विवाद हुँदा सोलुखुम्बुको देउसा गाविसमा निर्माण गर्न चार वर्षअघि बजेट विनियोजन गरेपनि बर्थिङ सेन्टर (प्रसूति गृह) अझै बन्न सकेको छैन। जग्गाको व्यवस्थापन भएमा भवन निर्माणका लागि योजना दिने सहरी विकास तथा भवन डिभिजन कार्यालयले भनेपछि २०६८ फागुन ४ गते पाँच रोपनी जग्गा निःशुल्क स्वास्थ्य चौकीका नाममा दाताबाट रजिष्ट्रेसन पास भएको थियो। लगत्तै भवन निर्माणका…
फलेवास ः व्यवस्थित सहरबजार जस्तै यहाँको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ। उत्तरी पर्वतको माझफाँट गाविसका ८०० घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो। गाविसमा सञ्ंचालित पुङ्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ३ देखि ७ नंसम्मका वडा गरी पाँच वटा वडाका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत…
जुम्ला : कर्णाली क्षेत्रका पाँच जिल्लामा कालीकोटका माथिल्लो भेकसहित हुम्ला, मुगु, डोल्पा र जुम्लामा बढ्दै गएको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ। मङ्सिर १५ देखि पुस १५ गतेसम्म हिमपात भइसक्नुपर्ने मौसमी अनुमान गरिए पनि हिउँ पर्न सकेको छैन, तर जाडो अत्यधिक बढिरहेको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख एपी चौरसियाका अनुसार जाडोले जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५…
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई १-० ले पराजित गरेको छ। घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा भिरपुललाई ३ अंक दिलाउन जर्जिनिओ विजनाल्डमले एक मात्र गोल गरे। आठौं मिनेटमै विज्नाल्डमले एडम लालानाको पासमा गरेको हेड गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो। जितपछि १९ खेलबाट ४३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। लिभरपुलले तेस्रो स्थानमा रहेको सिटीलाई ४ अंकले…
लहान : नेपाली काँग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी भएका छन्। गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजय भएका हुन्। सांसद यादवले ५६९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिनुभयो । सभापतिमा विजयी…
टर्कीको इस्तानबुलस्थित एक रात्रि क्लबमा भएको हतियारधारी आक्रमणकारीको आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आक्रमण अन्य ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा एक प्रहरी अधिकारी समेत छन्। टर्कीका सुरक्षा अधिकारीहरुले घटना बिद्रोही संगठन आइएसले गरेको बताएका छन्। बिबिसीका अनुसार सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेयना नामक रात्रि क्लबमा आक्रमण गरेका हुन् । क्लबभित्र आक्रमण भएपछि…
धनगढी : कैलालीको अत्तरिया नगरपालिकाको चाहना सामुदायिक वन क्षेत्रमा शनिबार साँझ दुईवटा शिशुको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार प्रहरी टोलीले खाल्डोमा गाडेको अवस्थामा दुई बालिका शिशुको शव फेला परेको जनाएको छ। स्थानीयवासीले जंगलमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढीमा राखिएको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।…
काठमाडौं : घरमै बसिरहेको बेला मोटरसाइकलमा आएका तीन जनाले उठाएर लगेका १५ वर्षका राजन मर्हजनलाई प्रहरीले उद्धार गरेको छ। ताकेश्वर नगरपालिका–१९ बस्ने महर्जनलाई उनकै घरमा बसिरहेको अवस्थामा तीन जना युवाले जबर्जस्ती उठाएर लगेका थिए। बा ८० प ९९९७ नम्बरको मोटरसाइकल र बा ७० प ८६०३ नम्बरको स्कुटीमा आएका व्यक्तिले उनलाई जबरजस्ती उठाई लगेपछि महानगरीय प्रहरी बृत्त बालाजुले खोजी शुरु गरेको…
पाँचथर : अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नाँगिन–८ भोट गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन्। गएराति सामान्य विवादमा झगडा हुँदा स्थानीय १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको टाउकोमा प्रहार गरेका थिए। अगुल्टो प्रहारबाट गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताए। …
तनहुँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भारत देख्ने एमालेको सोच गलत भएको बताएका छन्। प्रेस युनियन, तनहुँ शाखाले आज बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाए। संशोधनबाट भाग्नु र संसद् चल्न नदिनु भनेको मधेसको उपेक्षा…
एमके वेणु \ बीबीसी सन् २०१६ को रात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठुलै घोषणा गर्दै छन् भनेर पहिल्यै चर्चा चलाइयो । सबैले अनुमान गरे पक्कैे ठुलै घोषणा गर्नेछन् उनले। किसानको अवस्था अनी एक हजार र पाँच सयको पुरानो नोटमाथिको प्रतिवन्धपछि समस्यामा परेका सर्वसाधारणकोे समस्या समाधानका लागी उनले राहत कार्यक्रम ल्याउनेछन् भन्ने धेरैको आशा थियो। तर भाषणमा त्यस्तो केही आएन। सर्वसाधारण…
वासिङ्टन (अमेरिका) : अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्। अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कूटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय गरेको थियो। रसियाली विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय…
नेपाल टेलिकमले नेपालमै पहिलो पटक आजदेखि फोरजी सेवाको 'सफ्ट लञ्च' गरेको छ। यो सेवाबारे जान्नै पर्ने १० तथ्य यस्ता छन्- फोरजी भनेको के हो? लङ ट्रम इभोलुसन प्रविधिमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा नै फोरजी हो। के फाइदा गर्छ? फोरजी मार्फत उच्चगतिमा इन्टरनेट प्राप्त हुन्छ। त्यसकारण श्रव्य दृश्य सामाग्रीहरु लगायत बढी ब्याण्डविथ आवश्यक हुने इन्टरनेट सामाग्री सजिलै हेर्न वा…
काठमाडौं: फिल्म जात्रा प्रदर्शनमा आएको ५१ औं दिनमा काठमाडौंभित्र २ करोड ५० लाखको व्यवसाय गरेको बताइएको छ। काठमाडौंका लागि जात्राको वितरण जिम्मा लिएको पप्कर्न पिक्चर्सले जानकारी दिएको हो। मोफसलका लागि वितरक रहेका मनोज राठीका अनुसार काठमाडौं बाहिर फिल्मले ५०लाख कमाएको छ। कमेडी जानरामा बनेको फिल्म जात्रा मल्टिप्लेक्समा ५१ दिन मनाउने दोस्रो फिल्म हो। यसअघि फिल्म छक्कापञ्जाले सय दिन मनाएको थियो। काठमाडौं…
विश्लेषण : 'संविधानले केही आधारभूत विषयलाई असंशोधनीय भनेको छ, सरकारले संविधानको त्यो भावनाविपरित ल्याएको संशोधन प्रस्तावमा संसद्मा छलफल समेत हुन सक्दैन' गत सोमवार प्रतिपक्ष गठवन्धनका तर्फवाट भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तर्क गरे। उता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संशोधन प्रस्ताव संसदमा प्रस्तुत हुने र त्यसमा परिमार्जन नगरि हुबहु पारित हुने दावी गर्दै आएका…
काठमाडौं :भारतको जम्मुकाश्मिरबाट आएको हावाले नेपालमा चिसो बढाएको मौसम पूवार्नमान विभागले जानकारी दिएको छ। शनिबारबाट देशभर चिसो बढेको छ । मौसममा सुधार हुन अझै दुई दिन लाग्ने विभागले जनाएको छ । बुधबारबाट आकासको तुवालो खुलेर घाम देखिने मौसमविद् बरुण पौडेलले बताए । पश्चिमी वायुको कारण हिमाली क्षेत्रमा हिमपात,पहाडी र तराईका केही जिल्लामा सामान्य बर्षा हुने सम्भावना छ । राजधानीको न्युतम…