मुम्बई : बलिउड नायिका श्रद्धा कपुरको लिंकअप र ब्रेकअपको खबर त पटकपटक आएकै थियो तर यसपटक भने उनका कारण फरहान अख्तरको घरमा हाइभोल्टेज ड्रामा समेत भयो। स्पटब्वाय डटकमका अनुसार श्रद्धा कपुर र फरहान अख्तरबीचको लिंकअपको समाचार 'रकअन २' देखि आइरहेको थियो। बलिउडमा फिल्म रिलिज हुनासाथ यस्तो समाचार आउनु सामान्य मानिन्छ। यस्तो समाचारमा केहीले विश्वास गर्छन् केहीले विश्वास गर्दैनन्। …
काठमाडौं : सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न राजनीतिक माहौल बनाउन सक्रिय छ। निर्वाचन आयोगका अधिकारीको टेन्सन अर्कै छ। निर्वाचन हुने भयो भने मतपत्र कसरी छाप्ने होला। आयोगमा दर्ता भएका सबै दलले उम्दवारी दिए भए मतपत्र नै तीन फिट भन्दा लामो हुन्छ । आयोगमा १ सय १० राजनीतिक दलले दल दर्ता छन्। ती अधिकांश दलले सबै वडामा आफ्नो उम्मेदवारी दिन…
जुम्ला : काठमाडौंमा स्वास्थ्य सुधारका नयाँ नयाँ योजना घोषणा भइरहेका छन्, उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको अवस्थाले भने ती योजनालाई गिज्याई रहेछ। एक-डेढ महिना हैन, आठ महिना भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पदाधिकारी विहीन भएको। न उप कुलपति छन्, न रजिष्ट्रार र अस्पताल निर्देशक। जेठमा प्रतिष्ठानका उप–कुलपति डा पारसकुमार आचार्यको अवधि सकिएपछि नयाँ नियुक्ती भएको छैन।…
एकराज पाठक काठमाडौं : सन् २०१६ मा अमेरिकाले नयाँ राष्ट्रपति पायो, बेलायत युरोपियन युनियनबाट बाहिरिने निर्णयमा जनताले मोहर लगाए। सन् २०१६ का ९ ठूला घट्ना यस्ता रहे। १. डोनाल्ड बने अमेरिकी राष्ट्रपति सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन। चर्चा राष्ट्रपतिको निर्वाचनभन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने गरेका विवादास्पाद अभिव्यक्तिको थियो। यसले संसारकै मिडियामा ठूलो…
दिपिका पादुकोणको पहिले हलिउड फिल्म xxx : रिटर्न अफ जेन्डर केज सबैभन्दा पहिला भारतमा रिलिज हुने भएको छ। दिपिकाले टुइट गरेर १४ जनवरीमा फिल्म भारतमा रिलिज हुने जानकारी दिएकी हुन्। हलिउडका स्टार विन डीजल नायक रहेको फिल्ममा दिपिकाले सेरेना अंगर नामको एजेन्टको भुमिकामा अभिनय गरेकी छिन्। फिल्ममा अभिनय गर्न सहमत हुनु अगाडि उनले फिल्म भारतमा रिलिज हुनुपर्ने सर्त राखेकी थिइन्…
लन्डन : सिनेमा 'ह्याप्पी डेज' छायांकन बेलायतमा सकिएको छ। निर्माता एवं निर्देशक मिलन चाम्सका अनुसार ४५ दिन लामो सुटिङ लन्डनमा सकिएको हो। इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डमा फिल्मांकन गरियो। छायांकनपछि कास्ट एन्ड क्रिउ स्वदेश फर्किएका छन्। अभिनेत्री प्रियंका कार्की भने लन्डनबाटै न्युयोर्क उडिन्। निर्देशक चाम्स नेपाल फर्किएर सृष्टि केसीमाथिको बायोपिक सिनेमा ब्लाइन्ड रक्समा व्यस्त हुनेछन्। ह्याप्पी डेजको निर्माणमा कुनै सम्झौता…
ब्राजिलका लागि ग्रिसका राजदूत किरीआकोस अमरिदिसको हत्या उनकै श्रीमती फ्राँस्वाको योजनामा भएको प्रहरीले सार्वजनिक गरेको छ। श्रीमतीको योजनामा उनको प्रेमीले अमरिदिसलाई घरमै हत्या गरेको र हत्यामा तीन जना संलग्न देखिएको ब्राजिलका स्थानिय प्रहरीले दाबी गरेका छन्। प्रहरीको दाबी अनुसार अमरिदिसकी श्रीमतीलाई स्थानीय अधिकृत सेर्गिओ मोरेरियाले हत्यामा सघाएका थिए। उनी फ्राँस्वाकी प्रेमी हुन्। तेस्रो व्यक्तिले शव कारमा राखेर बाहिर लगी…
काठमाडौं : ‘प्रधानमन्त्री के गरेर बसिरहनुभएको छ, पाँच महिना वितिसक्यो खोई त निर्वाचन विधेयक अघि बढेको ? एमालेले संसद अवरुद्ध गर्दा काम गर्न पाईएन भन्नुभएको हो भने, संशोधन विधेयक त मंसिर १४ गते दर्ता भएको हो नि, कि प्रधानमन्त्री प्रचण्ड ब्ल्याक लेबल खाएर सुत्नुभएको छ ?’ राजनीतिक अवस्थाबारे विष्लेषण गर्नेक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली एकाएक प्रधानमन्त्री प्रचण्डप्रति आक्रोशित भए।…
दोलखा : दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा शनिबार दिउँसोबाट हिमपात सुरु भएको छ । जिरी बजारमाथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको थियो। शनिबार पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिम परेको छ। हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ । पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका हुन्…
बढ्दाे चिसाेसँगै उच्च पहाडि क्षेत्रमा हिउँ पर्न थालेको छ । दोलखाको जिरी र रामेछापको तामेडाँडा, गुम्देल, देउराली क्षेत्रमा हिउँ परेको छ। कालिञ्चाेककाे डाँडाे समेत हिउँले छपक्कै भएको छ । हेर्नुस् कालिञ्चोकमा परेको हिउँ दृष्य । तस्विर सौजन्य : रविन कार्की
काठमाडौं : सन् २०१६ मा नेपालमा २५ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन्। २०१६ जनवरीदेखि डिसेम्बरसम्म ११ जना पत्रकारमाथि आक्रमण, पाँच जनालाई धम्की, पाँच जना पक्राउ र चारवटा हातपातका घटना भएका छन् । फ्रिडम फोरमले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस अवधीमा ७५ जना सञ्चारकर्मी प्रभावित भए। सन् २०१५ मा ८३ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका थिए । एकजना…
सन् २०१६ मा ९३ जना सञ्चारकर्मी मारिएका छन्। पत्रकारहरुको अन्तराष्ट्रिय संस्था अन्तराष्ट्रिय पत्रकार महासंघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पेशागत काम गर्नेक्रममा ९३ जना सञ्चारकर्मी मारिएका छन् । गत वर्ष ११२ जना सञ्चारकर्मी मारिएका थिए। यो वर्ष २ वटा विमान दुर्घटनामा २९ सञ्चारकर्मीको मृत्यु भयो। ब्राजिलका २० जना सञ्चारकर्मी विमान दुर्घटनामा मारिएका थिए भने ९ जना रसियन सञ्चारकर्मी सैनिक हवाई…
काठमाण्डौ : नेपालमा सन् २०१६ मा ८ प्रतिशत इन्टरनेट प्रयोगकर्ता बढेका छन् । गत वर्ष ४४.१ प्रतिशत ले इन्टरनेट प्रयोग गरेका थिए । फ्रिडम फोरमको अध्ययन प्रतिवेदन अनुसार २०१६ मा यो बढेर ५२.७ प्रतिशत पुगेको छ। इन्टरनेट प्रयोगकर्ता शहरी क्षेत्रमा बढि रहेको प्रतिवेदनमा उल्लेख छ। के–के भए भाइरल सन् २०१६ मा सामाजिक सञ्जालमा गोरखाकी तरकालीवाली (कुसुम श्रेष्ठ), अख्तियार दुरुपयोग…
नेपालगन्ज : राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले मानवअधिकार उल्लङ्घनकर्ताको नाम छिट्टै सार्वजनिक गर्ने बताएकी छिन्। आयोगको क्षेत्रीय कार्यालय, नेपालगन्जमा आयोजित कार्यत्क्रममा उनले मानवअधिकार उल्लङ्घनकर्ताको सूची आयोगसँग रहेको बताउँदै नाम छिट्टै सार्वजनिक गर्ने बताए पनि उनले कहिले सार्वजिनक गर्ने समय खुलाइनन्। उनले नेपालको पछिल्लो मानवअधिकारको अवस्था चुनौतीपूर्ण रहेको बताइन्। अन्यौलपूर्ण राजनीतिक अवस्थाका कारण आम नागरिक उकुसमुकुसको अवस्थामा रहेको र मानवअधिकारको अवस्था झन् जटिल…
नयाँ वर्ष २०१७ सुरु हुनु अघि चेल्सीले प्रिमियर लिगमा लगातार १३ औं खेल जित्दै आर्सनलको कीर्तिमान बराबर गरेको छ। प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर चेल्सीले स्टोक सिटीलाई ४-२ ले पराजित गरेको हो। सन् २००१/०२ को सिजनमा अार्सनलले पनि लगातार १३ खेल जितेको थियो। चेल्सीको जितमा विलियनले २ गोल गरे भने डिएगो कोस्टा र कप्ता नगायरी काहिलले १/१…
धरान : सातौं राष्ट्रिय खेलकुदअन्तर्गत धरानमा सञ्चालन भएको १५ औ नेशनल माउन्टेन बाइक च्याम्पियसिपको खुल्ला पुरुषतर्फ नुवाकोटका बुद्धिबहादुर तामाङले प्रथम स्थान हासिल गरेका छन् भने महिलातर्फ लक्ष्मी मगरले प्रथम स्थान हासिल गरेका छन्। सातौं राष्ट्रिय खेलकुद अन्तर्गत माउन्टेन बाइक च्याम्पियसिप भएपनि यसको पदक गणना गरिने छैन। तामाङले नाइन ल्याप (२७ किमी) को दूरी १ घण्टा २७ मिनेटमा पार गर्दै प्रथम स्थान…
काठमाडौं : स्याफ्रुबेसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि चीन सरकारले नेपाललाई १५ अर्ब ७० करोड आर्थिक सहायता दिएको छ । सो रकम स्याफ्रुबँेसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि सम्झौता भएको परियोजनामा खर्च गरिने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । परियोजनाले चीनसँगको सम्पर्क सञ्जाल बिस्तार, पर्यटन, व्यापार, लगानी, स्वास्थ्य सेवामा…
काठमाडौं : युवा संघका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकी खुकुरी प्रहारबाट घाइते भएका छन्। बिहीबार बेलुका ९ बजे बाँकेको कोहलपुरमा उनीमाथी खुकुरी प्रहार भएको हो । घाँटीमा खुकुरी लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागी काठमाडौं ल्याउने तयारी गरिए पनि सम्भव नभएपछि लखनउ लैजाने तयारी गरिएको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए। एक साता अघि संघका रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा…
नेपालगन्ज : जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ। कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उनले भने ‘प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा…
पाँचथर : तेहथुमको सक्रान्तिमा भएको भीषण आगलागीका पीडितहरुलाई सैनिक श्रीमती संघले राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ। नेपाली सेनाको भैरवी दल गण फिदिमको संयोजनमा संघले सक्रान्ति बजार पुगेरै सहयोग गरेको हो । आगलागी पीडित ७३ परिवारलाई चामल, ज्याकेट र कम्बल बाँडिएको हो। श्रीमती संघीकी सदस्य पूजा पन्त र भैरवी दलका गणपति शिवराज पन्तले पीडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए…