रमेश लम्साल \ रासस काठमाडौ : पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट उत्पादन भएको ९७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहे पनि निजी क्षेत्रका आयोजनाले एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ९७ मेगावाट विद्युत् चालु आर्थिक वर्षको पाँच महिनामा जोडिएको हो। निजी प्रवद्र्धकहरुले ऊर्जा मन्त्रालयमा पछिल्लो पटक गराएको जानकारी अनुसार…
काभ्रे: भूकम्प गएको २० महिना वितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाएका छैनन् । सो क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ । परिचयपत्रका लागि पुनः इन्जिनियर आएपनि आफ्नो नाम ननिस्किएको र गुनासो गराउँदासमेत राहत नमिलेको स्थानीय लक्ष्मीकुमारी दनुवारले बताए। ‘यो ठाउँका सबैको खान लाउनसमेत नपुग्ने अवस्था छ ।’ दनुवारले भने, ‘आफ्नो पनि तीनजना परिवारको आर्थिक अवस्था…
लुम्बिनी: एकपछि अर्को गम्भिर प्रकृतीके आपराधीक घटना भएपछि प्रहरी प्रधान कार्यालयले भैरहवा क्षेत्रमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। युवा संघ नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारी हत्यापछि सो क्षेत्रका व्यवसायीले असुरक्षा बढेको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग गुनासो गरेपछि उनले भैरहवा क्षेत्रका लागि तत्कालै विशेष सुरक्षा योजना बनाउने बताएका हुन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले आयोजना गरेको…
काठमाडौं : नयाँ बानेश्वरमा बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगो लगाइएको छ। शुक्रबार दिउँसो बानेश्वरको अल्फाविटा अगाडि रोकिराखेको गाडीमा आगो लागेको महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी नारायण चिमरियाले पहिलोपोस्टलाई जानकारी दिएका छन्। आगो कसले लगाएको भन्नेबारे अहिले केही खुलेको छैन। त्यस्तै बा २ झ १०५५ नम्वरको गाडीमा पनि तोडफोड गरिएको छ। नेत्रविक्रम चन्द विप्लव समूहले आजैका लागि घोषणा गरेको…
अन्जल विष्टले दुई गोल गरेपछि एपीएफले नेपाल आर्मीलाई हराउँदै सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई २-० ले पराजित गरेको हो। जितसँगै एपीएफले स्वर्ण जित्दा आर्मीले रजतमा चित्त बुझायो। यसअघि नै अर्को विभागीय क्लब नेपाल पुलिसले मध्यमाञ्चललाई हराउँदै कास्य जितिसकेको छ। एपीएफको जितमा दुवै गोल अन्जन…
गौशाला :चिसोबाट कठ्याङ्ग्रिएका महेत्तरीवासीलाई जाडो छल्न सघाउन नेपाली सेनाले आगो बाल्ने र चिया खुवाउन थालेको छ। चार दिनदेखि बढेको जाडो छल्न सघाउन उसले महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबारबाट आगो र चियाको व्यवस्था गरेको हो। नेपाली सेनाका फस्ट राइफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचोक र शङ्करचौकमा दाउरा बालेका छन् । तीनवटै स्थानमा सेनाले निःशुल्क चियाको व्यवस्था गरेको गणका गणपति युवधिरमान सिंह अधिकारीले बताए। केहि दिनदेखि…
काठमाडौं : नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताविच आज राजनीतिक गतिरोधबारे छलफल हुने भएको छ। संविधान संशोधन प्रस्ताव पारित नगरी सत्ताधारी दल माओवादी केन्द्र र कांग्रेस निर्वाचनको विषयमा प्रवेश गरेपछि मोर्चा नेता विच्किएका छन्। शुक्रबार बसेको मोर्चाको बैठकले संविधान संशोधन विधेयक सहमतिका आधारमा परिमार्जन गर्न सकिने तर पारित नभएसम्म मोर्चाले कुनै निर्वाचन स्वीकार गर्न नसक्ने निर्णय गरेको थियो। कांग्रेसको संसदिय दलको…
कैलाली : सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ। पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ। पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौस औँसीदेखि सुरु भएको हो। दसैँपछिको दोस्रो ठूलो चाडका…
काठमाडौं : कानुनले नाबालिग मानेको १६ वर्षभन्दा कम उमेर समूहकालाई मदिरा बिक्री गर्ने व्यवसायीलाई कारबाहीको तयारी थालिएको छ। चाडपर्वको बहानामा मदिरा बिक्री गर्ने व्यवसायीसँगै रेष्टुरेन्ट व्यवसायीहरुले उमेर समूह नहेरी कम उमेर समूहका किशोरहरुलाई सहजै मदिरा दिने गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले निगरानी बढाउने र फेला परे कारबाही गर्ने तयारी गरेको हो। परिसरका एसपी प्रधुम्न कार्कीका अनुसार विशेषत:…
काठमाडौं : नेपाल समूह ए को विजेता बन्दै चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको शिलगुरीस्थित कञ्चलजंगा स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १-० ले हराउँदै नेपाल समूह विजेता बनेको हो। नेपाललाई तेस्रो जित दिलाउन वैकल्पिक खेलाडी सपना लामाले खेल सकिन ३ मिनेटअघि प्रहार गरेको कर्नर श्रीलंकन खेलाडीले रोक्न खोज्दा गोल भएको हो। सपना दोस्रो हाफमा अनिता बस्नेतको…
काठमाडौं : बाँदर वर्षको समाप्ति र चरा वर्षको सुरुवातको दिनलाई आज गुरुङ समुदायले विशेष कार्यक्रम गरेर तमु ल्होसार मनाउँदै छन्। काठमाडौंको टुँडिखेल तथा देशविदेशका विभिन्न ठाउँमा रहेका गुरुङ समुदाय आज ल्होसारमा झुमेको छ। राजधानीमा बसोबास गर्ने गुरुङहरु मात्र होइन अन्य जाति समुदायका मानिस पनि टुँडिखेल पुगेर रमाएका देखिन्थे। परम्परागत नाचगान र झाँकीसहित निकालिएको र्यालीले नगर परिक्रमा गर्दा रौनक…
विराटनगर : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल आर्मीलाई हराउँदै शसस्त्र प्रहरी बलको एपीएफले स्वर्ण जितेको छ। वैजनाथपुर मैदानमा भएको विभागीय भिडन्तमा एपीएफले आर्मीलाई ४९ रनले पराजित गरेको हो। १२२ रनको लक्ष्य पछ्याएको आर्मीलाई एपीएफले ७२ रनमा अलआउट गरेको हो। यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले कप्तान पारस खड्काको ३३ रनको मद्वतमा ९ विकेट…
काठमाडौं : शुक्रबार दिउँसो नयाँ बानेश्वरमा सरकारी गाडीमाथि भएको आगजनी आफूहरुसँग सम्बन्धित नरहेको युवा संघले जनाएको छ। संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बाँकेको कोहलपुरमा खुकुरी प्रहारको घटनालाई लिएर विरोधसभा गरिए पनि गाडीमा आगजनी नगरेको संघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए। 'विरोधसभामा घुसपैठ गर्नेले बदनाम गर्नका लागि आगजनी गराएका हुन सक्छन्,' उनले भने। दिउँसोको समयमा बा२झ १३९२ नम्बरको सरकारी गाडीमाथि…
काठमाडौं : भौतिक पूर्वाधारको अभाव, खेलाडीलाई खेल सामाग्रीको अभाव र केही विवादकाबीच अघिल्लो शुक्रबारबाट सूरु भएको सातौं राष्ट्रिय खेलकुदको आज समापन भएको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष भिम ओलीलाई आठौंको झण्डा हस्तानतरण गर्दै समापन भएको हो। अब आठौं बृहत खेलकुद विस २०७५ मा मध्यपश्चिममा…
काठमाडौं : ८४ लाख रुपैयाँ र ११ लाखको चेक सहित चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसको टोलीले ज्याठाको एक होटलमा छापा मारेर चिनियाँ नागरिक झ्यो यु र उनको सहयोगीको आरोपमा नेपाली नागरिक प्रल्हाद गोतमलाई पक्राउ गरेको हो। काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीका अनुसार हुण्डी कारोबार भएको आशंकामा छापा मार्दा पैसा फेला परेपछि नियन्त्रणमा लिइएको हो। पैसाको स्रोतबारे छानबिन भइरहेको…
काठमाडौं: गायक तथा संगितकार सुराच प्रसाईको गीत 'बन्छ नेपाल' सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रबार कार्यक्रम आयोजना गरी प्रसाईले एल्बम सार्वजनिक गरेका हुन्। संगितकार राजु सिंह र म्युजिक एरेन्जर राहुल प्रधानको उपस्थिती बिच एल्बम सार्वजनिक भयो। भिडियो सहित सार्वजनिक भएको गीतको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन्। गीतमा संगीत र शब्द गायक प्रसाईंकै रहेको छ। गीत सार्वजनिक कार्यक्रममा गायक प्रसाईले भूकम्पका…
काठमाण्डौ :अग्रेजी नयाँ वर्षमा ठमेल र दरवारमार्ग क्षेत्र विहान २ बजेसम्म खुल्ने भएको छ। प्रहरीले साे क्षेत्रको होटल विहानसम्म खोल्न अनुमती दिएको हो। त्यसभन्दा पछि होटल खोले कारबाही गरिने प्रहरीले बताएको छ। ललितपुरमा साँझ ६ बजेदेखि ११ र राति ११ देखि बिहान ५ बजेसम्म गरी दुई चरणको सुरक्षा व्यवस्था मिलाइएको छ। कहाँ–कहाँ पार्किगं सवारी साधनलाई व्यवस्थित गर्न प्रहरीले काठमाडौँको लैनचौर…
काठमाडौं : पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा विभागीय क्लब नेपाल आर्मी ११३ स्वर्णसहित कूल २२४ पदक जित्दै टीम च्याम्पियन बनेको छ। पहिलो पटक बृहत खेलकुदमा च्याम्पियन बन्ने क्रममा आर्मीले दुई विभागीय क्लब र यसअघिको च्यापियन मध्यमाञ्चल विकास क्षेत्रलाई पछि पार्यो। मार्सल आर्ट्सका विभिन्न खेलमा वर्चस्व जमाएको आर्मीले ११३ स्वर्ण, ६४ रजत, ४८ कास्य सहित २२५ पदक जित्यो। यस्तै शसस्त्र प्रहरी…
काठमाडौं : २०७५ सालमा आठौं राष्ट्रिय खेलकुदका लागि मध्यपश्चिममा भेट्ने वाचासहित सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा शुक्रबारबाट सकिएको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको समापन समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थिती थियो। यस्तै सोही मैदानमा पुरषतर्फको फुटबल फाइनल खेल पनि सम्पन्न भयो। जहाँ एपीएफले आर्मीलाई हराउँदै स्वर्ण जित्यो। यस्तै फुटबल खेलको मध्यान्तरमा सामूहिक र एकल नृत्य प्रस्तुत गरिएको थियो…
रत्ननगर (चितवन) : नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन्। यहाँ आउनेमा अधिकांश आन्तरिक पर्यटक छन्। सौराहाको सुविधायुक्त होटल वाइलाईफ क्याम्पमा ४३ कोठा छन्। विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका सञ्चालक शङ्कर शैंलुले बताए। ४० कोठा रहेको रोयल सफारी होटलमा पनि पर्यटक भरिएर २० वटा कोठा…