काठमाडौं : पटक-पटकको छलफलबाट पनि सहमति नजुट्ने अवस्था देखेपछि सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दललाई तीन दिनको अल्टिमेटम दिएकी छिन्। आउँदो संसद बैठक (पुस १८) अघि नै विषयमा सहमति नभए एउटामात्रै बैठक नराखिने सभामुखको भनाइ छ। 'सो समयभित्र उहाँहरुले सहमति गर्नुभएन भने १८ गते एक मात्र होइन ग्याप राखेर एकै दिन दुई-तीन वटा बैठक राख्नेछु,' उनले भनिन्, 'प्रमुख दलहरुलाई…
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी घोषणा गरिने निर्वाचन नमान्ने भएको छ। मोर्चाको कार्यालय बिजुलीबजारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन पनि अपुरो र अपूर्ण रहेको मोर्चाको ठहर छ। 'त्यही प्रतिवदेनका आधारमा निर्वाचन गर्नु भनेको अर्को द्वन्द्व निम्त्याउन खोज्नु हो,' तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले भने, 'यसर्थ संविधान…
काठमाडौं : गायक दीपक बज्राचार्यले आफ्ना दुई नयाँ गीतका म्युजिक भिडियो सार्वजनिक गरेका छन्। बिहीबार बज्राचार्यको स्वर रहेका ‘अल्लारे’ र ‘सानी’ गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको हो। सञ्चारकर्मी सुव्रत आचार्यद्वारा निर्देशित अल्लारे र निकेश खड्काले निर्देशन गरेको सानी दुवैमा रिक्की शाक्यको शब्द छ। बज्राचार्यकै सांगीतिक समूह रिदमले गीतलाई संगीतबद्ध गरेको हो। काली काली हिस्सी परेकी, ओ अमिरा,…
काठमाडौं : नेपाल र चीनबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास हुने भएको छ। बिहीबार भएको नियमित पत्रकार भेटघाटमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता याङ युजुनले सन् २०१७ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास गरिने बारे जानकारी गराएका हुन्। #China and #Nepal will hold their first joint military training in 2017, Chinese MOD spokesperson said on Thu pic.twitter.com/0JFtJznxgR — People's Daily,China…
काबुल : अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको २४ घन्टाको कारबाहीमा ४२ जना शङ्कास्पद तालिवानी आतङ्कारीको मृत्यु भएको छ। बुधबार बिहानबाट सुरु भएको कारबाहीमा परी ३६ जना घाइते भएका छन्। यस कारबाहीको क्रममा अन्य नौ जनालाई पक्राउ गरिएको रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ। संयुक्त सुरक्षा फौजले आतङ्ककारी लुकेर बसेको थाहा पाएपछि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ। रक्षा…
कपिलवस्तु : कृष्णनगरको लक्ष्मीनगर नाकामा दशगजा क्षेत्रबाट नेपालतिर गोली चलेको छ। दशगजाबाट हानिएको गोली लागेर दुई प्रहरी घाइते भएका छन् । भन्सार क्षेत्र नजिकको दशगजा क्षेत्रमा गोली चल्दा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका हुन्। दुबै जनाको अवस्था सामान्य छ। घटनास्थलमा एयरगनको गोली जस्तो देखिने छर्रा भेटिए पनि कसले हानेको हो खुल्न सकेको छैन।…
पूर्णप्रसाद मिश्र काठमाडौँ : नेपाली भाषा साहित्यका सेवी कमलमणि दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको लेखक साहित्यकारहरुले बताएका छन्। नेपाली भाषा, साहित्यको लेखन, सम्पादन, अन्वेषण एवम् श्रीवृद्धिमा योगदान पुर्याएका दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भयो। विसं २०१३ देखि कलम चलाएका उनले पहिलोपटक ‘यस्तो पनि’ कृति लिएर नेपाली साहित्यमा प्रवेश गरेका थिए। व्यस्त जीवन २०१२ सालमा…
विराटनगर : एपीएफ र नेपाल आर्मी पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्णका लागि भिड्ने भएका छन्। बिहिबार सम्पन्न सेमिफाइनलमा एपीएफ मध्यमाञ्चलाई र आर्मी नेपाल पुलिसलई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। एपीएफ र आर्मी दुवै समूह ए को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए। यस्तै कास्य पदकका लागि पुलिस र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ। फाइनल र…
काठमाडौं : अभिनेता श्रीकृष्ण श्रेष्ठ आफ्नाे जन्मदिन सामाजिक सेवा गरेर बिताउँथे। तर अहिले उनी छैनन्। उनको भौतिक शरीर नभए पनि अभिनेत्री श्वेता खड्काले उनको उदारमनलाई पछ्याउँदै बिहीबार श्रीकृष्णको जन्मदिन स्मरण गरिन्, अनाथ तथा असहाय बालबालिकाको क्षेत्रमा काम गर्ने एक संस्थालाई एक लाख ५० हजार सहयोग गरेर। सहयोग हस्तान्तरण कार्यक्रममा अभिनेत्री श्वेताको खुसी मूड यस्तो देखियो-
चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार श्रीलंकासँग खेल्दैछ। समूह ए मा यसअघिको दुवै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा छ। नेपालले पहिलो खेलमा भुटानलाई ८-० र दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले हराएको थियो। नेपालका प्रशिक्षक कुमार थापाले श्रीलंका विरुद्धको खेलमा आफुहरुलाई कुनै दबाब नरहेको र ढुक्कले खेल्ने बताएका छन्। यस्तै नकआउट राउण्डका…
काठमाडौं : भुकम्पपछिको पुर्ननिर्माण चित्तबुझ्दो नभएको भन्दै सरकारले पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई स्पष्टीकरण दिन पत्र पठाएको छ । विहान बसेको मन्त्रिपरिषद्को स्पष्टीकरण सोध्ने निर्णय अनुसार ज्ञवालीलाई सरकारले बिहीबारनै पत्र पठाइसकेको छ । माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भए लगत्तै ज्ञवालीको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेनै अशन्तुष्टी जनाएका थिए। ज्ञवाली एमाले सरकारको पालामा प्राधिकरणको सिइओमा नियुक्त…
इटहरी : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि विभागीय क्लबहरु एपीएफ र नेपाल आर्मी भिड्ने भएका छन्। बिहिबार भएको दोस्रो सेमिफाइनलको बाकी खेलमा आर्मी मध्यमाञ्चललाई पेनालटी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो। बिहिबार भएको खेलमा आर्मी र मध्यमाञ्चलबीचको निर्धारित र अतिरिक्त समयमो खेल गोलरहित बराबरस्मा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। तर अँध्यारो भएपछि बुधबार पेनाल्टीसुटआउट हुन…
काठमाडौं : पूर्वाञ्चलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदमा विभागीय क्लब नेपाल आर्मी टीम च्याम्पियन बन्ने पक्का भएको छ। सातौं दिनको खेल समाप्तीमा आर्मी १०८ स्वर्णसहित शीर्ष स्थानमा छ। अब एक दिनको मात्र खेल बाँकी छ र त्यसमा सबै पदक जितेपनि एपीएफ र पुलिसले आर्मीलाई भेट्ने छैन। १०८ स्वर्ण ६० रजत र ४३ कास्य गरी कूल २११ पदकका साथ आर्मी शीर्ष स्थानमा छ। …
चिनिँया क्लबमा आबद्ध भएसँगै अर्जेन्टाइन स्टार कार्लोस टेभेज सबै भन्दा धेरै तलब पाउने खेलाडी बनेका छन्। आफ्नै बाल्यकालको क्लब बोका जुनियर्सबाट चिनियाँ क्लब शांघाई शेन्हुआमा अनुबन्धित भएपछि टेभेजले धेरै तलब पाउनेमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, पोग्वा जस्ता खेलाडीलाई पछि पारेका हुन्। टेभेजलाई शेन्हुआले दुई वर्षका लागि अनुबन्ध गरेको हो। टेभेज यसअघि प्रिमियर लिगमा दुवै म्यानचेष्टर र वेष्टहमबाट खेलेका थिए भने…
चन्द्रगढी : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ। आर्मी पुरुषमा ६ स्वर्ण, ३ रजत र १ कास्य तथा महिलामा ५ स्वर्ण, २ रजत र १ कास्य जित्दै टिम च्याम्पियन बनेको हो। कूल १७ स्पर्धामा प्रतिस्पर्धा भएकोमा आर्मीले ११ स्वर्ण, ५ रजत र २ कास्य जितेको हो।…
काठमाडौं : संविधान संशोधन प्रस्तावले राजनीतिक गतिरोध बढाइरहेको बेला मधेसी मोर्चाको एक घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आठौ प्रदेशको माग अगाडि सारेको छ। उसले एक नम्बर प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर र दुई नम्बर प्रदेशका सप्तरी र सिरहा मिलाएर आठौ प्रदेश गठनको प्रस्ताव ल्याएको हो। केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलनमा सुदुरपश्चिमका कैलाली र कञ्चानपुरलाई पाँच…
काठमाण्डौं : एसएसपीबाट डिआइजीमा बढुवाहुँदा छुटेका एसएसपी लव विष्टले फेसबुक मार्फत २०७० मा पाएको प्रशंसा पत्र फिर्ता लिन संगठनलाई आग्रह गरेका छन्। अन्तर क्षेत्रीय प्रहरी कार्यालय कार्यदक्षता मुल्यांकनमा उनी प्रमुख रहेको सेती सर्वोत्कृष्ट चयन भएपछि तत्कालिन प्रहरी प्रमुख कुवेर सिंह रानाले उनलाई प्रमाण पत्र दिएका थिए। रिक्त ३ डिआइजीका लागी भएको बढुवा सिफारीसमा उनको नाम नपरेपछी उनी शनिबारबाट अवकास पाउँदैछन् ।…
लुम्बिनी : लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङलाई मन्त्रालयमा तान्ने निर्णयपछि आमरण अनशनमा बसेका कर्मचारीले अनशन तोडेका छन्। तामाङको राजिनामा माग राख्दै आमरण अनशनमा बसेका कोषका कर्मचारी रवीन्द्रनाथ शुक्लाले अनशन तोडेका हुन्। उनी ११ दिनदेखि आमरण अनसनमा थिए । उनको माग सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले तामाङलाई मन्त्रालयमा तान्ने निर्णय गरेसँगै कर्मचारीले आन्दोलनका सबै कार्यक्रम समेत फिर्ता लिएका छन्।…
सातौं राष्ट्रिय खेलकुद–२०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ। पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो। जसमा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे। सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव, ६१ केजीमा जयमंगल यादव, ६५ केजीमा सरोजबाबु यादव, ७४ केजीमा मुक्तार आलम, ९७ केजीमा सुमिरकुमार साह तथा १२५ केजीमा सत्येन्द्रप्रसाद यादवले…
काठमाण्डौ : पुनम इन्टरटेनमेन्ट एण्ड गौरी मल्लको आयोजनामा राजधानीमा आयोजित सेलिब्रेटी रनवेमा पुरानादेखी नयाँ कलाकारसम्मले आफ्नो शौन्दर्य देखाए । बशुन्धरा भुषाल,गौरी मल्ल,कृष्ण मल्ल, सराेज खनाल, भुवन केसीदेखी रेखा थापा, दिपाश्री निराैला,ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का लगायत नयाँ तथा पुराना कलाकारहरु विभिन्न पहिरनमा र्याम्पमा उत्रिएका थिए। कार्यक्रममा १० फेशन मोडलहरुको पनि सहभागिता रह्यो। कार्यक्रममा भारतीय डिजाईनर विशाल कपूर र नेपाली…