बनियानी : झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो। नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, यहाँका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले भारु सयको एकसय ७८ देखि रु एकसय ९० सम्म नेपाली रुपैयाँ लिने…
काठमाडौं : बन्दका कारण आज उपत्यकाको जनजीवन प्रभावित बनेको छ। मुआब्जा नदिई सडक विस्तार गरिएको र विस्थापितहरुको पुनर्स्थापना नगरिएको लगायत माग राखी काठमाडौं उपत्यकावासी सडक संघर्ष समितिले आज उपत्यकाभर बन्दको आह्वान गरेको छ। बिहानैदेखि बन्द गरिएकाले सडकमा सार्वजनिक सवारीसाधन कम चलेका छन्। मोटरसाइकल सहितका निजी सवारीसाधन, टेम्पो र साना सवारी फाट्टफुट्ट गुडेका छन्। बन्दको प्रभाव सामान्य परेको छ। महानगरीय…
काठमाडौं : नेपालमा सुनको मूल्य सामान्य बढेको छ। मंगलबार ५२ हजार ९ सय रुपैयामा करोबार भएको छापावाल सुन बुधबार ५३ हजार २ सय रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो। छापावाल सुनसँगै तेजाबी सुन पनि ३ सय रुपैयाँले वृद्धि भएको छ। तेजाबी सुनको मूल्य ५२ हजार ९५० रुपैयाँ कायम भएको छ। १५…
काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन संसदमा सिफारिस-पत्र पठाएको छ। न्यायाधीशको वैयक्तिक विवरणसहितको पत्र संसद सचिवालयमा दर्ता भएको हो। परिषद्को पत्राचार अनुसार अब संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइका लागि पत्राचार भएका न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्नेछ। समितिले सामान्यतया उजुरीका लागि १० दिनको समय दिने गरेको छ। उजुरी प्राप्त भएपछि समितिले सुनुवाइको…
काठमाडौं : नेपाल प्रहरीले ७८ जना कार्यालय सहयोगी पदमा भर्ना खुलाएको छ । प्रहरीको कार्यालय सहयोगी पदका लागी भर्ना खुलेको हो । प्रधान कार्यालयका अनुसार २०७३ पुस २६ बाट माघ २७ गतेसम्म दरखास्त दिन सकिनेछ। इच्छुकले महानगरीय प्रहरी परिसर काठमाडौ, भक्तपुर र ललितपुर, पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र विराटनगर, मध्य क्षेत्रिय तालिम केन्द्र सिन्धुली, पश्चिम क्षेत्रिय प्रहरी तालिम…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव सम्बन्धी सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँग बुधबार बिहान भएको भेटमा प्रधानमन्त्रीले अब छिटै राजनीतिक सहमति जुट्ने दाबी गरे। 'मैले सहमतिका लागि कोसिस गरिरहेको छु। प्रतिपक्षी दलले सदन खुलाउने र मधेसी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ,' उनले…
मेलम्ची : भूकम्पमा घर भत्किएपछि सिन्धुपाल्चोक फटकशिलाका सुदिप घोरासैनीको परिवार अहिलेसम्म पनि पालमा नै छ। सुत्केरी भएकी श्रीमती र बच्चालाई चिसोबाट जोगाउन उनलाई हम्मेहम्मे परेको छ। चिसोका कारण बच्चा र श्रीमतीलाई निमोनिया तथा चिसोबाट लाग्ने विभिन्न रोगबाट बचाउन मुस्किल परेको उनी गुनासो पोख्छन्। भूकम्पले घर भत्किएपछि अहिलेसम्म अधिकांश पीडितको रात कटाउने थलो भनेको टहरो र त्रिपाल नै बनेको छ।…
काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रचण्डको जस्तै गल्ती नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। संविधान संशोधन प्रस्ताव फिर्ता वा स्थगन गर्नुपर्ने नेता नेपालको धारणा थियो। उनले पाँच नंम्बर प्रदेशको सीमाङ्कन हेरफेर गरेर प्रचण्डले गल्ती गरेको बताए। प्रेस चौतारी नेपालले आज राजधानीमा गरेको अन्तरसंवादमा बोल्दै नेता नेपालले बुद्धि पुर्याउन र सोचेर निर्णय लिन पनि देउवालाई आह्वान…
युएई सरकारले डी कम्पनिका प्रमुख दाउद इब्राहिमको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ति जफत गरेको छ। सन् १९९३ मा मुम्बईमा भएको बम हमलाका योजनाकार मानिएका दाउदले युएईमा होटल, सपिङमल, हाउजिङमा लगानी गरेको भारतले दाबी गर्दै आएको छ। एबीपीन्युजका अनुसार भारतीय राष्ट्रिय सल्लाहकार अजित डोवालको युएई भ्रमणमा उनले दाउदको सम्पत्ति जफत गर्न आग्रह गरेका थिए। गत वर्ष भारतका प्रधानमन्त्री…
काठमाडौं : सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको कपास उद्योगमा आगलागी भएको छ। तीनकुने चोकमा रहेको उद्योगमा लागेको आगोबाट सम्पूर्ण कपास नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। दुई वटा गाडीमा गएका प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य जारी छ। मेसिनहरुमा पनि क्षति पुगेकाले यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
किडापवन (फिलिपिन्स) : फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन सहरको जेलमा बुधबार आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन्। सरकारी अधिकारीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुन सक्ने बताएका छन्। राति १ बजेको समयमा करिब एक सय जना सशस्त्र लडाकूले जेलमा एक्कासि आक्रमण गरेपछि दुई घन्टासम्म गोली…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँ साधारण बैठक (सिनेट) लाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित स्ववियु निर्वाचन पनि गराउन आग्रह गरे। उच्च शिक्षालाई समयानुकूल…
काठमाडौं : उपत्यका बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कालिमाटीमा झडप भएको छ। माइकिङ गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कालिमाटीको सालिकमा झडप भएको हो। सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन्। असनबाट किलागल-वसन्तपुर हुँदै बन्दकर्ताहरु कालिमाटी निस्किएका थिए। बन्दका कारण आज उपत्यकाको जनजीवन प्रभावित बनेको छ। मुआब्जा नदिई सडक विस्तार गरिएको र विस्थापितहरुको पुनर्स्थापना नगरिएको लगायत माग राखी…
काठमाडौं : लागुऔषध अनुसन्धान ब्युरोले लागुऔषध बजारमा ३ लाख बढी मुल्यपर्ने ५० ग्राम हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ कालो प्ष्टिकमा पोको पारेर काठमाडौं भित्र्याएको हेरोइन सहित प्रहरीले बारा कलैयाका मनिष साह सोनार, झापाका सुमेर विश्व पौडेल र दिलिप साहीलाई पक्राउ गरेको हो । भारतबाट हेरोइन लिएर काठमाडौं आउदै गरेको सूचनाको आधारमा ब्युरोको टोलीले कंलकीमा यात्रुबाहक बसमा निगरानी बढाएको थियो…
काठमाडौँ : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये १४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको छ। मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य सडक बत्ती जडान गर्न २१७ नगरपालिकासँग प्रस्ताव आह्वान गरेको थियो। ती मध्ये १४३ नगरपालिकाले नगर क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न प्रस्ताव पेस गरेका हुन्। सौर्य सडक बत्ती जडानका विभिन्न…
स्पानिस कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा एथ्लेटिकोले जित हात पार्दा भ्यालेन्सिया भने सेल्टाभिगोसँग पराजित भएको छ। एथ्लेटिकोले लस पलमसलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो। एथ्लेटिकोलाई क्वाटरफाइनलको नजिक पुर्याउन कोके र एन्टोनी ग्रिजमनले १/१ गोल गरे। कोकेले २४ औं र ग्रिजमनले ५१ औं मिनेटमा गोल गरे। यता ला लिगामा यस सिजन खराब प्रदर्शन गरिरहेको…
ब्राजिलियन उच्च श्रेणीको क्लब चापाकोएनसले नयाँ सिजनको लागि करिब २० खेलाडी क्लब भित्र्याउने भएको छ। गत नोभेम्वरमा कोपासुडमेरिका कपको फाइनल खेल्न कोलम्बिया जाने क्रममा विमान दुर्घटनामा १९ खेलाडीसहित कोचिङ स्टाफहरुको मृत्यु भएपछि चापाकोएन्सले एकै पटक धेरै खेलाडी क्लबमा अनुबन्ध गर्न लागेको हो। दुर्घटनापछि चापाकोएन्सलाई कोपासुडअमेरिकाको उपाधि प्रदान गरिएको थियो। क्लबका फुटबल डिरेक्टर रुइ कोस्टाले दुर्घटनामा बाँच्न सफल दुई खेलाडीको जसी…
सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र) प्रदेश नं– १ का इन्चार्ज तथा सचिवालय सदस्य गोपाल किराँतीले नेकपा (एमाले) सङ्घीयता खारेज गर्ने खेलमा लागेको आरोप लगाएका छन्। नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुको एकदिने प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको विरुद्धमा एमाले उठ्नु भनेको सङ्घीयतासँगै संविधान नै खारेज गर्ने खेल भएको बताए। पूर्वमन्त्री समेत रहेका किराँतीले…
पोखरा : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्सीका लागि झगडा गरिरहेको आरोप लगाएका छन्। नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा आजदेखि सुरु भएको 'घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक ध्रुवीकरण’ विषयक कार्यक्रमलाई लेखनाथ नगरपालिकाको विद्युत्गृहमा सम्बोधन गर्दै उनले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन…
काठमाडौं : एनसेलबाट आउने रातो नम्बरको फोन उठाए ज्यानै जाने अफवाह फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । रातो नम्बरबाट कल आए लगत्तै फोन उठाए ज्यान जाने भन्दै अफवाह फैलाएको आरोपमा प्राशना पाण्डे पक्राउ परेकी हुन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। उनी गायिका समेत हुन्। उनले गाजलु आँखा देखेर भुतुक्कै बोलको गीत गाएकी छिन् । रातो…