PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • उपत्यकामा खानेपानीको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

    उपत्यकामा खानेपानीको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं : उपत्यकामा सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रमुख अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्।   आज भएको छलफलमा उनले खानेपानीको उचित व्यवस्थापन गरी राहत दिन निर्देशन पनि दिए।   बैठकमा प्रधानमन्त्रीले ठूला ग्राहकहरुले तिर्न बाँकी महशुल रकम तत्काल असुलउपर गर्न पनि निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • बर्खास्त हुन लागेका ज्ञवालीलाई ओलीले थापे काँध, बचाउमा ५ तर्क

    बर्खास्त हुन लागेका ज्ञवालीलाई ओलीले थापे काँध, बचाउमा ५ तर्क

    काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्ती गर्ने निर्णय नजिक पुगेको सरकारको आलोचना गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीको काँध थापेका छन्। आफू प्रधानमन्त्री हुँदा ज्ञवालीलाई नियुक्ति गरेका ओलीले सरकारको कदम 'घटिया' भएको टिप्पणी गरे। आजैको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका सिइओ ज्ञवालीलाई बर्खास्त गर्ने निष्कर्ष निकालेको थियो। पार्टी केन्द्रीय कार्यालयमा एमालेले संविधान संशोधनको विरोधमा आयोजना गरेको…

    विस्तृतमा पढ्नुस्

  • फागुन १४ मा हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अखिलको माग

    फागुन १४ मा हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अखिलको माग

    काठमाडौँ : अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ।   आज पत्रकार सम्मेलनमा विज्ञप्ति सार्वजनिक गर्दै अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन १४ गतेको निर्वाचनका लागि धेरै समय बाँकी नभएकाले एक हप्ताभित्र कार्य तालिका सार्वजनिक गर्न त्रिविसामु माग गरिन्।   त्रिविले तोकेको विधि र प्रणालीमा केही फरक मत भए पनि निर्वाचनको सुनिश्चितताका लागि…

    विस्तृतमा पढ्नुस्

  • शरीरमा आगो लगाई हजुरआमा मार्ने २२ वर्षे नाति पक्राउ

    कपिलवस्तु : आफ्नै हजुरआमाको शरीरमा आगो लगाई फरार रहेका बुद्धबाटिका नगरपालिका–१६ पत्थरकोट बस्ने २२ वर्षीय अरविन्द्र क्षेत्रीलाई प्रहरीले धन्चौराबाट पक्राउ गरेको छ।   मानसिक सन्तुलन ठिक नभएको बताइएका क्षेत्री ७० बर्षीया हजुरआमा कमला कोइरालालाई घरमा सुतिरहेको अवस्थामा शरीरमा आगो लगाई भागेका थिए। घाइते कोइरालालाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो।   यस…

    विस्तृतमा पढ्नुस्

  • शशांक कोइरालाको तर्क- 'तीन वटा चुनाव सकेर हिन्दु राज्यका लागि जनमत संग्रह'

    शशांक कोइरालाको तर्क- 'तीन वटा चुनाव सकेर हिन्दु राज्यका लागि जनमत संग्रह'

    विराटनगर : नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकाय, प्रदेश र राष्ट्रिय निर्वाचन क्रमैसित सम्पन्न गरेर हिन्दु राज्यका लागि जनमत सङ्ग्रह गरिनुपर्ने अवधारणा अघि सारेका छन्।   क्रमशः चार वटा निर्वाचन गरिनुपर्ने खाका प्रस्तुत गर्दै महामन्त्री डा. कोइरालाले संविधान संशोधनको मुद्दा तत्काललाई थाती राखेर स्थानीय निकायको चुनाव गरिनुपर्नेमा जोड दिए।   कोइराला निवासमा बिहीबार प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा…

    विस्तृतमा पढ्नुस्

  • धनगढी प्रिमियर लिगको टीम र कप्तानको घोषणा, खेलाडीको अक्सन शनिबार हुने

    धनगढी प्रिमियर लिगको टीम र कप्तानको घोषणा, खेलाडीको अक्सन शनिबार हुने

    काठमाडौं : धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुने ६ टीम, टीम मालिक र कप्तानको घोषणा भएको छ। आयोजक सुदूर पश्चिम एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले बिहिबार एक कार्यक्रमको आयोजना गरी टीम र कप्तानको नाम सार्वजनिक गरेको हो। देशका विभिन्न ६ शहरलाई प्रतिनिधित्व गर्नेगरी टीमको नामाकरण गरिएको छ भने राष्ट्रिय क्रिकेट टीमका सिनियर खेलाडीहरुलाई गोलप्रथा मार्फत प्रत्येक टीमको कप्तानमा…

    विस्तृतमा पढ्नुस्

  • अल्ट्राम्याराथन धाविका मिरा राईलाई २८ लाख नगदसहित सम्मान

    अल्ट्राम्याराथन धाविका मिरा राईलाई २८ लाख नगदसहित सम्मान

    दमक : अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा नगदसहित बिहिबार सम्मान गरिएको छ। अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल भएकी भन्दै बेलायतमा कार्यरत संघसंस्थाले उनलाई  एकमुस्ट २८ लाखसहित सम्मान गरेको हो। मिरालाई बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङलगायतका पाँच वटा संस्थाको पहलमा सम्मान गरिएको हो। स्थानीय दमक रेडक्रस भवनमा आयोजित कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षक बासुदेव भट्टराई र कर्णबहादुरको परिवारलाई १० लाख दिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं : मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कर्णबहादुर खड्काको परिवारलाई पनि जनही १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोटका क्रममा नेपालगन्जका फुटबल प्रशिक्षक बासुदेव भट्टराईको निधन भएको थियो। यस्तै कर्ण खड्का कालिकोट जिल्ला खेलकुद कार्यालयको प्रमुख थिए।

    विस्तृतमा पढ्नुस्

  • सुशीला कार्कीसहितको बेञ्चले उल्ट्यायो ज्ञानेन्द्रकी छोरीको दाइजो जग्गाको मुद्दा, १५ रोपनी जग्गा सरकार मातहत

    सुशीला कार्कीसहितको बेञ्चले उल्ट्यायो ज्ञानेन्द्रकी छोरीको दाइजो जग्गाको मुद्दा, १५ रोपनी जग्गा सरकार मातहत

    काठमाडौँ : प्रधान न्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी छोरी प्रेरणालाई दाइजोस्वरुप दिएको १५ रोपनी जग्गा सम्बन्धी फैसला उल्ट्याएको छ।  सर्वोच्च अदालतले यो जग्गा प्रेरणाको नाममा हुने फैसला सुनाएकोमा नेपाल ट्रस्ट पुनरावलोकनमा गएको थियो। सोही पुनरावलोकनमा सुनुवाई गर्दै प्रधानन्यायाधीश शुशीला कार्की र न्यायाधीशहरु दीपक कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले बिहीबार फैसला उल्ट्याउँदै जग्गा नेपाल ट्रस्ट अर्थात्…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग सिफारिस समितिमा सभापति चयनमा अन्यौल

    महाभियोग सिफारिस समितिमा सभापति चयनमा अन्यौल

    काठमाडौँ : महाभियोग सिफारिस समितिको सभापति चयनमा अन्यौलता बढेको छ। समिति गठन भएको लामो समय बित्दा समेत सभापति चयन हुन नसकेको छ। गत कात्तिक ३ गते लोकमानसिंह कार्की विरुद्ध महाभियोग दर्ता भएकै दिन समिति गठन भएको थियो। सभापति चयनका विषयमा छलफल गर्न बसेको समितिको बिहीबारको बैठकले राजनीतिक सहमति नभएको अवस्थामा सभापति चयन हुन नसक्ने निर्णय लिएको छ। संसद सचिवालयले महाभियोग…

    विस्तृतमा पढ्नुस्

  • मनाङ मर्स्याङ्दी हेटौंडा गोल्डकपको फाइनलमा

    हेटौंडा : मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी टुबोर्ग दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो सेमिफाइनलमा पोखराको साहारा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो। मनाङलाई फाइनल पुर्‌याउन अफ्रिकन खेलाडी अोलावालेले एकमात्र गोल गरे। उनले खेलको आठौं मिनेटमै गरेको गोल निर्णायक…

    विस्तृतमा पढ्नुस्

  • ​'लुट टू'को ट्रेलरसँगै मोबाइल एपमा पनि 'हाकु काले'

    ​'लुट टू'को ट्रेलरसँगै मोबाइल एपमा पनि 'हाकु काले'

    काठमाडौं : सन् २०१२मा फिल्म लुटको केन्द्रिय पात्र 'हाकु'को नाममा रन गेम निर्माण भएको छ। स्रोत कोड नामक समुहले 'भाग पाशा भाग' नामक मोबाइल गेम सार्वजनिक गरेको हो।    गुगल एप्सको लागि आज लुट टूको ट्रेलर रिलिज कार्यक्रममा सुरु भएको गेम एप एक हप्ता पछि आईओएसमा पनि सुरु हुने जानकारी दिएइएको छ। ६ महिनाको मिहिनेतपछि गेमको एप निर्माण प्रक्रिया सफल भएको…

    विस्तृतमा पढ्नुस्

  • ​आइतबार संसदमा संविधान संशोधन विधेयक टेबल गर्ने सत्तारुढ दलको निर्णय

    ​आइतबार संसदमा संविधान संशोधन विधेयक टेबल गर्ने सत्तारुढ दलको निर्णय

    काठमाडौँ : सत्तारुढ दलहरुले आउँदो २४ गते आइतबारको संसद बैठकमा संविधान संशोधन विधेयक टेबल गर्ने निर्णय गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको बैठकले २४ गते संसदको बैठकमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने निर्णय लिएको हो।  बैठकपछि सरकारका उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने - '२४ गते टेबल गर्ने निर्णय भयो।'  उनले एमालेले संसदमा विरोध गर्ने सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • डभ साइमन फिल्म स्कूल कार्यशाला नेपालमा पनि हुने

    डभ साइमन फिल्म स्कूल कार्यशाला नेपालमा पनि हुने

    काठमाडौं : डभ साइमन फिल्म स्कूल नेपालमा पनि संचालन हुने भएको छ। डभ साइमनको विश्व प्रसिद्द फिल्म कार्यशाला नेपालका लागि यही जनवरी २२ र २३मा हुने भएको हो।  २० वर्ष यता ३४ देशहरुमा संचालन भएको फिल्म कार्यशालालाई द काठमाडौं अफ सिनेमा र अमेरिकी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने भएको हो। कार्यशाला अन्तर्गत डभले फिल्मको विषय, कथा लेखन, निर्माण, निर्देशन, प्रदर्शन,…

    विस्तृतमा पढ्नुस्

  • नारायणगोपाल चोकमा ट‍्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी १९ वर्षकी किशोरीको मृत्यु

    नारायणगोपाल चोकमा ट‍्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी १९ वर्षकी किशोरीको मृत्यु

    काठमाडौँ : काठमाडौँको नारायणगोपाल चोकस्थित सडकमा आज ट्रकको ठक्करले मोटरसाइकल पछाडि बसेकी एक १९ वर्षकी किशोरीको मृत्यु भएको छ।  महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार साँझ पौने ६ बजे ना ६ ख ३०१२ नम्बरको ट्रकले बा ६९ प ५६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल पछाडि बसेकी तनहुँ घर भई हाल काठमाडौं जिल्ला गोगबु बस्ने १९ वर्षकी युनिशा गुरुङ गम्भिर घाइते…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरको ऐतिहासिक कोइराला निवासमा यस कारण बसेनन् डा. शशांक कोइराला

    विराटनगरको ऐतिहासिक कोइराला निवासमा यस कारण बसेनन् डा. शशांक कोइराला

    अनन्तराज न्यौपाने - विराटनगर : पार्टीको महामन्त्री निर्वाचित भएपछि रातै बस्ने गरेर पहिलो पटक विराटनगर आएका डा. शशाङ्क कोइराला ऐतिहासिक भइसकेको कोइराला निवासमा बसेनन्। बुधबार विराटनगर आएका डा. कोइराला विराटनगर विमानस्थल नजिकैको होटल एसिया टिकमा बसे। मोरङ काङ्ग्रेसका अधिकांश कार्यकर्ता भने शशाङ्कले कोइराला निवासमै बसेर राजनीतिक गतिविधि सञ्चालन गरून् भन्ने चाहन्थे। तर शशाङ्कका लागि कोइराला निवासमा बस्नु व्यवहारिक रुपमा अप्ठ्यारो थियो।…

    विस्तृतमा पढ्नुस्

  • बिर्तामोड युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा

    पाँचथर : बिर्तामोड युनाइटेड झापाले पाँचथरको फिदिममा जारी आठौँ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ।   आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब फिदिमलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम दुईको यात्रा तय गरेको हो। झापालाई जिताउन पहिलो हाफको र दोस्रो हाफको दुई मिनेटमा विकेश लिम्बुले दुई गोल, कर्ण लिम्बूले पहिलो हाफको…

    विस्तृतमा पढ्नुस्

  • आयोजकलाई टाइब्रेकरमा हराउँदै एपीएफ काँकडभिट्टा गोल्डकपको फाइनलमा

    काँकडभिट्टा : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब मेची नेत्रालय दोस्रो काँकडभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।   आज सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आयोजक काकडभिटृालाई टाइब्रेकरमा ५-४ को गोल अन्तरले हराउँदै एपीएफले उपाधीका लागि रमपम झापा-११ सँगको भेट पक्का गरेको हो। उपाधिका लागि शनिबार एपीएफ र  झापाबीच शनिबार प्रतिस्पर्धा हुनेछ।   ९० मिनेटको निर्धारित समयमा दुबै टोलीले १-१ को…

    विस्तृतमा पढ्नुस्

  • ​सुदुरपश्चिम खप्तड गोल्डकप : भारतको पञ्जाव फुटबल क्लबको विजयी सुरुवात

    ​सुदुरपश्चिम खप्तड गोल्डकप : भारतको पञ्जाव फुटबल क्लबको विजयी सुरुवात

    धनगढी : प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा भारतको पञ्जाव फुटबल क्लब विजयी भएको छ। कैलालीको धनगढी रंगशालामा बिहिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतको पञ्जाव फुटबल क्लबले नेपालगन्ज ११ लाई ३–२ ले पराजित गरेको हो। जितसँगै पञ्जाव दोस्रो चरणमा प्रवेश गरेको छ। पञ्जावको जितमा लक्कीले २ र रिमीले १ गोल गरे। नेपालगन्ज ११ का तर्फबाट विक्रम सिंह…

    विस्तृतमा पढ्नुस्

  • पुनर्संरचना आयोगको प्रतिवेदन प्रधानमन्त्रीले आज बुझ्दै

    पुनर्संरचना आयोगको प्रतिवेदन प्रधानमन्त्रीले आज बुझ्दै

    काठमाडौं : प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले स्थानीय निकाय पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन आज दिउँसो बुझ्ने भएका छन्।   यसअघि आयोग पदाधिकारीले पटकपटक समय माग्दा पनि नदिएपछि पत्र नै पठाएको थियो। आज दिउँसो साढे ४ बजे आयोगको प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्न लागेको हो।  आयोगले संविधान अनुसार गाउँपालिका, नगरपालिका, स्वायत्त क्षेत्र तथा विशेष संरक्षण क्षेत्रको समेत अवधारण सहितको प्रतिवेदन तयार पारेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell