काठमाडौँ : आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ। आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम्…
काठमाडौं : घर/डेरा छोडेर दसैं मनाउन आफन्तकहाँ वा टाढाको घर जाँदै हुनुहुन्छ भने केही सावधानी अवश्य अपनाउनुपर्नेछ। के हुन् ती सावधानी जसले तपाईंको घर सुरक्षित राख्छ र चोरी हुन दिँदैन। यसबारे प्रहरीका ५ टिप्स यस्ता छन्- १. घर तथा कोठा छोडेर गाउँ जाँदै हुनुहुन्छ भने नजिकैको सामुदायिक प्रहरी, प्रहरी बिटमा जानकारी दिएर मात्र जानुहोला। २. घर र कोठामा ताल्चा मारेर…
काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरनी सडक खण्डमा गएको पहिरोका कारण आज बिहानदेखि नै यातायात अवरुद्ध बनेको छ। आँबुखैरनीको ऐनाभीरमा गएको पहिरोको कारण सो रुट भएर चल्ने सवारीसाधन प्रभावित बनेका हुन्। दसैं मनाउन घर फर्केकाहरु पहिरोको कारण बिचल्लीमा परेका छन्। पहिरो गएको स्थानमा अहिले नेपाल प्रहरी, सशस्त्र र स्थानीयको पहलमा बाटो खुलाउने प्रयास भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले…
काठमाडौं : देशभर मनसुनको समय सकिए पनि विभिन्न ठाउँमा वर्षा भइरहेको छ। उपत्यकामा आइतबार दिउँसो र सोमबार बिहान फाट्टफुट्ट पनि वर्षा भयो। रमाइलो र घमाइलो दसैं मनाउनेहरुलाई भने चिन्ता छ- कतै टीकापछिका दिन हिलेदसैं हुने त होइन? जल तथा मौसम पूर्व अनुमान महाशाखाका अनुसार टीकाको दिन मंगलबार उपत्यका लगायत देशका विभिन्न भागमा फाट्टफुट्ट वर्षा हुने अनुमान छ। 'मौसम सफा…
काठमाडौं : ट्राफिक प्रहरीले सञ्चालन गरेको चौबीसै घन्टा मापसे चेकिङको दुई दिनमा १ सय ७६ जना कारबाहीमा परेका छन्। मापसे चेकिङका क्रममा आइतबार अर्थात् महाअष्टमीका दिन ९३ जनालाई कारबाही गरिएको हो। सप्तमीको दिनभन्दा अष्टमीमा मापसेको कारबाहीमा पर्नेको संख्या १० जनाले बढेको हो। सप्तमी अर्थात् गत शनिबार ट्राफिकले ८३ जनालाई मापसे अन्तर्गत कारबाही गरेको हो। ट्राफिक प्रहरी महाशाखाका एसपी…
काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडादसैं कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना गरेका छन्। महानिरीक्षक अर्यालले मौलोमा पूजा विसर्जनका लागि कुभिण्डो तथा बलिपूजाबाट मौलो पूजा, सङकल्प पूजाअर्चना र निशानमा पञ्जाछाप लगाएका थिए। उनले सो अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार…
काठमाडौं : दसैंको बेला खानपानमा सन्तुलन नहुँदा धैरै मानिस बिरामी हुने गरेका छन्। चिल्लो र पिरो मासु बढी खाने र शरीरमा व्यायाम कम हुँदा शरीरमा समस्या आउने गरेको छ। दसैंमा मासु बढी खाइने र सक्रिय काममा व्यस्त नहुने हुँदा समस्या आउने गरेको चिकित्कसहरु बताउँछन्। दसैंमा कसरी शरीरलाई स्वस्थ राख्ने त? यस्ता छन्, चिकित्सकका ५ टिप्स १. दसैंमा धेरैजसोले मासुका…
ताप्लेजुङ : ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। गएराति करिब १ बजे भएको आगलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्ण रुपमा जलेर नष्ट भएका हुन्। घरसँगै रहेको पसल, घरभित्र रहेका अन्य सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। स्थानीयले बताएअनुसार कृष्णप्रसाद दाहालको…
मधुकर अधिकारी - वासिङ्टन डिसी : अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले भनिन् – 'गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ।' अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै भनिन् – 'अब…
इनरुवा : सुनसरी सदरमुकाम इनरुवा–५ महेन्द्रचोकमा आइतबार मध्यराति भीषण आगलागी आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ। स्थानीयवासी सीताराम पाठकको दन्तकाली सप्लायर्स अर्थात् रक्सीको थोक पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आगलागीमा को१२प २८५६ नंको पल्सर मोटरसाइकल सहित विभिन्न ब्रान्डका रक्सी, बियर, रेडबुल लगायत सामग्री पूर्ण रुपले जलेर नष्ट भएको छ। आगलागी स्थानीयवासी,…
काठमाडौँ : उपप्रधानमन्त्री कृष्णबहादुर महरा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्केका छन्। स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनः निर्माणका सहयोगका क्षेत्रका विषयमा आफूले सम्बोधन गरेको बताए। उनले भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराई…
अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार ओलिभर हर्ट र बेङगट हमस्टर्मले संयुक्तरुपमा जितेका छन्। उनीहरुलाई कन्ट्र्याक्ट थियरीमा योगदान पुर्याएवापत २०१६ को नोबल पुरस्कारले सम्मान गरिएको हो। ओलिभर हर्ट सन् १९४८ मा लन्डनमा जन्मिएका थिए। सन् ७४ मा प्रिन्सटन युनिभर्सिटी अमेरिकाबाट पिएचडी गरेका उनी हार्वड युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक हुन्। बेङगट हमस्टर्म भने सन् १९४९ मा हेलसिन्कीमा जन्मिएका हुन्। उनले स्ट्यानफर्ड युनिभर्सिटीबाट सन्…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक जुट भएरमात्र संविधान कार्यान्वयन गर्न सक्ने बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलव्धीलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा सबै प्रयत्नरत रहेको जनाएका छन्। ‘मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको छ,’ देउवाले शुभकामना संदेशमा भनेका छन्, ‘मुलुकका सम्पूर्ण…
शाहरुख खानको फिल्म रइस पूर्व घोषित मिति अर्थात् २०१७ जनवरी २६ मै रिलिज हुने भएको छ। साथै फिल्ममा हिरोइन माहिरा खान पनि हुनेछिन्। फिल्ममा माहिराको भूमिका हटाइएको व्यापक हल्ला भएपछि निर्देशक राहुल ढोलकियाले प्रस्टिकरण नै दिनुपरेको छ। भारत पाकिस्तानबीच सम्बन्ध नराम्ररी चिसिएपछि भारतीय र पाकिस्तानी कलाकारका विषयमा पनि चर्को विवादहरु उत्पन्न भएका छन्। एक अन्तर्वार्तामा ढोलकियाले फिल्ममा माहिराको भूमिका नकाटिएको…
वालिङ : स्याङ्जा सदरमुकामस्थित आले होटलमा आज बिहान एक युवक मृत अवस्थामा भेटिएको छ। विगत दुई दिनदेखि सोही होटलमा बस्दै आएका अन्दाजी २० वर्षीय युवक मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मजदुर काम गर्दै आएका युवक राति खाना खाएर सुतेको र बिहान अबेरसम्म नउठेपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए। उनले ट्र्याक्टर तथा ट्रकमा…
काठमाडौँ : चाडपर्वका अवसरमा पनि राष्ट्रिय मानवअधिकार आयोग आधा दिनका लागि खुल्ला रहेको छ। नागरिकको मानव अधिकार संरक्षण कार्यलाई ध्यानमा राखी आयोगका कार्यालय र उजुरी शाखा दसैँ, तिहार र छठ बिदामा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आयोगका केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयहरु खुल्ला राख्ने निर्णय गरेको छ। यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादति तथा…
काठमाडौँ : यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साइतमा शीतल निवासमा टीका र जमरा ग्रहण…
रसुवा : लाङ्टाङ क्षेत्रमा पुनःनिर्माणअन्तर्गत आवास निर्माण कार्य तिव्र गतिमा अगाडि बढेपछि हिमाली पदयात्रामा जाने पर्यटकलाई खान बस्नमा सहज भएको छ। लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष पेम्बा लामाका अनुसार २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएका लाङ्टाङ क्षेत्रका आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नयाँ आवासका निर्माण कार्य अगाडि बढेपछि अहिले त्यस क्षेत्रको ग्रामीण बस्तीको स्वरुप नै बदलिएको छ। नयाँ आवास…
काठमाडौं : दसैंमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चौबीसै घन्टा मापसे (मादक पदार्थ सेवन) चेकिङ गर्ने भएको छ। दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस पटकबाट दिउँसै चेकिङ गर्न थालिएको महाशाखाका एसपी लोकेन्द्र मल्लले बताए। 'आज बिहानैदेखि हामीले चेकिङ सुरु गरिसकेका छौं,' उनले भने। …
काठमाडौं : जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव फेला परेको छ। दुर्घटना भएको ठाउँभन्दा करिब ३० किलोमिटर तल दासढुंगा नजिकै घिमिरेको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए। घिमिरेको साथमा रहेको बैंकको एटिएम कार्डबाट पहिचान खुलेको हो। जाल हान्ने क्रममा शव डोरीमा अल्झिएपछि माझीले खबर गरेका थिए। शव नदीको पारिपट्टि तनहुँतिरको…