PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • किन बलि दिनु सहि हो? पण्डितका यस्ता छन् तर्क

    काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको बताएका छन्।   रिपोर्टर्स क्लबमा बोल्दै प्रा डा गौतमले पशु बलि दिनु शास्त्रीय विधि नै रहेको जनाउँदै शास्त्रमै उल्लेख भएकाले पशु बलि रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने दाबी गरे।   दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा कडा, समातिए जुवाडे, चोरी गर्ने समातिए

    सुरक्षाका लागि प्रहरीको विशेष कार्यदल काठमाडौँ : नेपाल प्रहरीले चाडपर्वलाई ध्यानमा राखेर जनताको शान्ति, सुरक्षाका लागि विशेष कार्यदल बनाई खटाएको छ। यसका लागि काठमाडौँ उपत्यकामा मात्रै १२ वटा सहायता कक्ष सञ्चालन गरिरहेको छ।   महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर विशेष अभियान चलाएको बताउँदै आपराधिक क्रियाकलाप नहोस् भनेर पूर्ण सचेत भएको जनाए।   यात्रुको…

    विस्तृतमा पढ्नुस्

  • साह्रै सुनसान राजधानी

    काठमाडौँ : दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ।   उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन्। सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ। पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा नौराते मेला मनाइयो

    भक्तपुर : दसैँको अवसरमा भक्तपुरमा नौ रातसम्म मनाइने नौराते मेला यहाँका बासिन्दाले भव्यरुपमा मनाएका छन् । यहाँका नौवटा शक्तिपीठमा राति लाग्ने मेलालाई नौराते मेला भन्ने गरिन्छ ।   नौ दिनसम्म मनाइने मेलाको घटस्थापनाको पहिलो दिन भक्तपुरको च्यामासिंहस्थित ब्रह्मायणीमा मेला लागेको थियो ।   बर्सेनि आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनादेखि भक्तपुरमा नौराते मेला लाग्ने गर्दछ । बेग्लाबेग्लै नौवटा शक्तिपीठमा नौ दिन…

    विस्तृतमा पढ्नुस्

  • 'इट्स माई ड्रिम' लिएर आइन् ६ वर्षीया गायिका लोप्साङ

    'इट्स माई ड्रिम' लिएर आइन् ६ वर्षीया गायिका लोप्साङ

    काठमाडौं : लोप्साङ छोडेन शेर्पाको पहिलो गीति एल्बम ‘इट्स माई ड्रिम' सार्वजनिक भएको छ। आफ्नो छैटौं जन्मोत्सवको अवसरमा एल्वम विमोचन गरिएको हो।   एल्बममा तीन गीत समावेश छन्। अडियो र भिडियोसहित तयार भएको एल्बममा  ‘भोलि मलाई’, ‘आमा’ र ‘मेरो लाली’ बोलका गीत छन्। तीन वटै गीतमा बुद्ध राईको संगीत छ। 'मेरो लाली' राईकै शब्दमा रहेको गीत हो। 'भोलि मलाई' भानुभक्त…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक २६ बाट लाग्ने जात्राको यस्तो छ ट्रेलर

    कात्तिक २६ बाट लाग्ने जात्राको यस्तो छ ट्रेलर

    यही कात्तिक २६ गतेबाट फिल्म जात्रा प्रदर्शनमा आउँदैछ। नेपालभर एकैसाथ प्रदर्शनमा आउने फिल्म ‘जात्रा’को ट्रेलर  हिजो सार्वजनिक गरियो।   प्रदीप भट्टराईको कथामा बनेको फिल्म काठमाडौंमा छायंकन गरिएको हो। फिल्मलाई भट्टराई स्वयंमले निर्देशन गरेका हुन्। सिनेमेट्रोग्राफर दीर्घ गुरुङले खिचेको फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत र प्रेक्षा बज्रचार्य लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ।   रविन्द्रसिंह बानियाँको प्रस्तुती…

    विस्तृतमा पढ्नुस्

  • ​लुटपाट गर्ने भारतीय पक्राउ

    लहान : रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक भारतीय नागरिकलाई लहानबाट पक्राउ गरेको छ।   पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका १८ वर्षीय धर्मवीर ग्वाला रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।   इप्रका लहानका अनुसार लहानस्थित एक बैंकबाट रु दुई लाख झिकेर मोटरसाइकल चढी घरतर्फ जाँदै गरेका एक व्यक्तिलाई ग्वालाले बिस्कुटको लेदो बनाई सर्टमा छर्केर लुटपाट गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ​समयसीमाभित्रै तीनै तहको निर्वाचन : काँग्रेस सभापति देउवा

    ​समयसीमाभित्रै तीनै तहको निर्वाचन : काँग्रेस सभापति देउवा

    भक्तपुर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताएका छन्।   नेपाली काँग्रेस मध्यपुरथिमि नगरसमितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।   सभापति देउवाले भने – “संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नु पर्दैन, यो जिम्मेवारीलाई…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान कार्यान्वयनको जिम्मेवारी पुरा गर्नुपर्छ : ओली

    ​संविधान कार्यान्वयनको जिम्मेवारी पुरा गर्नुपर्छ : ओली

    भक्तपुर : पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताएका छन्।   आज भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।   उनले भने – “अहिलेको सङ्क्रमणकालीन अवस्था अब हट्नुपर्छ, संविधानको कार्यान्वयनमा सानातिना समस्या छन् भने त्यसको समाधान गरेर संविधान कार्यान्वयनको…

    विस्तृतमा पढ्नुस्

  • ​दरमखोलाको निर्माण मङ्सिरदेखि

    बागलुङ : बागलुङमा १० मेगावाटको दरमखोला जलविद्युत् आयोजना बन्ने भएको छ।  आयोजनाको पूर्वाधार निर्माण मङ्सिरदेखि सुरु हुनेछ।   तीनवर्षभित्र आयोजनाको काम पूरा हुने दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ। रु एक अर्ब ८२ करोडको लागत अनुमान गरिएको आयोजनाको सर्वे भइसकेको छ। आयोजना बनाउन ९० प्रतिशत सञ्चालक सेयर र १० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।   सरकारसँग विद्युत् खरिद बिक्री सम्झौताको प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • ​कुमारीको दर्शन गर्न सर्वसाधारणलाई खुला

    काठमाडौँ : वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ।   प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ।   बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कुमारीघरमा रहेकी कुमारीको दर्शन गर्न सकिने कुमारीका सहयोगी एवम् इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।   सामान्य अवस्थामा बिहान…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षको उमेरमा लोप्साङको एल्बम!

    ६ वर्षको उमेरमा लोप्साङको एल्बम!

    काठमाडौं : लोप्साङ छोडेन शेर्पाको पहिलो गीति एल्बम ‘इट्स माइ ड्रीम' सार्वजनिक भएको छ। उनको ६ वर्षको जन्मोत्सवको अवसरमा एल्बम बिमोचन गरिएको हो।   एल्बममा तीनवटा गीत समावेश छन्। अडियो र भिडियो सहित तयार भएको एल्बममा  ‘भोलि मलाई आकाशको’, ‘आमा’ र ‘मेरो लाली’ बोलका गीत रहेका छन्। तीनवटै गीतमा संगीत गायक तथा संगीतकार बुद्ध राईले दिएका छन्। त्यस्तै मेरो लाली…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रह्यो यसपालको फूलपाती बढाई

    यस्तो रह्यो यसपालको फूलपाती बढाई

    समर्थ रञ्जित/पहिलोपोस्ट काठमाडौं : फूलपातीको अवसरमा आज नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाई गरको छ। फूलपाती बढाईको अवलोक गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखसहित मन्त्री, उच्च सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति थियो। फूलपाती बढाईको अवसरमा नेपाली सेनाले विभिन्न कला, कवाज प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी अर्पण गरेको थियो। बढाई कार्यक्रममा नेपाली सेनाको विभिन्न टुकुटीले छिटो लहरे…

    विस्तृतमा पढ्नुस्

  • ​सलमान खानले चलाउँदैछन् गर्लफेन्डकै जस्तो ‘टिभी सो’

    ​सलमान खानले चलाउँदैछन् गर्लफेन्डकै जस्तो ‘टिभी सो’

    बलिउड स्टार सलमान खान बिग बोस सिजन १० लिएर आउँदैछन्। बलिउड यसले अलिकति गर्मिएको छ तर तातेको छ अर्कै टेलिभिजन कार्यक्रमले। बिग बोस सिजन १० सँगै सलमानको नयाँ कार्यक्रमको खबराले बलिउडका मिडियालाई विछट्टै तताएको छ। सलमानले प्रेमिका लुलिया वंतुरले संचालन गर्दै आएको रोमनियन कार्यक्रम द फार्मको इन्डियन भर्सन संचालनमा ल्याउने भएका हुन्। सलमानको आफ्नै फार्म हाउस छ। जनावर र कृषी…

    विस्तृतमा पढ्नुस्

  • सलमान अग्रिम कर तिर्नेमा पनि नम्बर १

    सलमान अग्रिम कर तिर्नेमा पनि नम्बर १

    काठमाडौं : खिलाडी अक्षय कुमार र चकलेटी हृतीक रोशनलाई पछि पार्दै बलिउडका सुपरस्टार सलमान खान यस आर्थिक वर्षको अग्रिम कर धेरै बुझाउने कलाकारको पहिलो स्थानमा उक्लेका छन्। ५० वर्ष उमेरका सलमान खानले यस वर्ष १६ करोड रुपैयाँ अग्रिम कर बुझाएका छन्। अक्षयले यसमा ११ करोड तिरेका छन्। उनले अघिल्लो वर्ष १८ करोड तिरेका थिए। हृतीकले तिरेका छन् १० करोड। उनले…

    विस्तृतमा पढ्नुस्

  • समाचारपत्र छाप्ने प्रेसमा आगो, ४ करोडको क्षति

    काठमाडौं : काठमाडौं महानगरपालिका–१९ टंकेश्वरीस्थित कामना समुहको नेपाल समाचारपत्रको प्रिन्टिङ प्रेसमा ग्यास चुहिएर शुक्रबार साँझ आगलागी हुँदा प्रिन्टिङ मेसिन र कागज जलेर करिब ४ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीयवासी र ३ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    विस्तृतमा पढ्नुस्

  • मंसिरमा थपिँदै २५ मेगावाट विजुली

    मंसिरमा थपिँदै २५ मेगावाट विजुली

    पोखरा : कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ ।   मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम सकिएकाले परीक्षण उत्पादनको अन्तिम तयारीमा लागेको  आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।   आयोजनाको  चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ  गर्ने काम पनि सकिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको गाडी चढ्ने? यी यी हुन् रुट

    काठमाडौँ : सार्वजनिक सवारीको अभाव भोगिरहेका लागि नेपाल प्रहरीले काठमाडौंका ३ रुटमा बस सुरु गरेको छ। निशुल्क उपलब्ध हुने यो सेवा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म लिन सकिने नेपाल प्रहरीले जनाएको छ। दसैंका लागिमात्र यो सुविधा उपलब्ध गराइएको हो।  उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क,…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियाको क्रिकेटमा जम्दै सन्दीप,शनिबार यस्तो रह्यो उनको खेल

    अष्ट्रेलियाको क्रिकेटमा जम्दै सन्दीप,शनिबार यस्तो रह्यो उनको खेल

    काठमाडौँ : अष्ट्रेलियाको क्लब वेष्टर्न सबर्ब्सबाट युवा क्रिकेटर सन्दिप लामिछानेले शनिबार पनि खेलेका छन्। एनएसडब्लु प्रिमियर क्रिकेट अन्तर्गत फष्ट ग्रेडको तेस्रो राउन्डमा सन्दिपले खेलेका हुन्। यो राउन्डमा दुई दिवसीय खेल सञ्चालन भएको हो। त्यसको पहिलो इनिङमा शनिबार ब्याटिङ गर्दै सन्दीपले सात बलमा नट आउट १२ रन बनाए। उनको टिमले पारामाटा बिरुद्ध ६९.४ ओभर खेल्दै दुई सय ८३ रन बनायो। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • ​दसैं मनाउन राजधानीबाट बाहिरिए २२ लाख नागरिक

    काठमाडौँ : दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट शनिबारसम्म २२ लाख यात्रु बाहिरिएका छन्।   उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ।   महासङ्घका अध्यक्ष सरोज सिटौलाले तीन दिन— बिहीबार, शुक्रबार र शनिबार उपत्यका बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रहेको र भोलिदेखि न्यून हुने बताए।   उनका अनुसार आजमात्रै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell