PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • २४ घन्टामा १ लाख ३२ हजार जनाले उपत्यका छोडे

    २४ घन्टामा १ लाख ३२ हजार जनाले उपत्यका छोडे

    काठमाडौं : दसैं मनाउन घर जानेहरुका कारण उपत्यका रित्तिँदै गएको छ।   बाहिरिने मुख्य नाकाहरुबाट शुक्रबारदेखि शनिबार बिहानसम्म मात्र १ लाख ३२ हजार मानिसले उपत्यका छोडेका छन्। हिजोआज दैनिक १३ हजार सवारीसाधान राजधानीबाट बाहिरिने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकन्द्र मल्लले जानकारी दिए।   सबैभन्दा बढी यात्रु नागढुंगा नाकाबाट बाहिरिने गरेका छन्। बसको टिकट खुलेको असोज ७ गतेदेखि अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • आज बडादसैंको छैटौं दिन, कात्यायिनीको विशेष पूजा गरिँदै

    आज बडादसैंको छैटौं दिन, कात्यायिनीको विशेष पूजा गरिँदै

    काठमाडौं : हिन्दुहरुको महान चार्ड बडादसैं अन्तर्गत आज नवरात्रीको छैटौं दिन। आज अष्टमातृका भगवतीको छैटौं शक्तिका स्वरुपमा कात्यानीको पूजाअचर्ना गरी मनाइँदैछ।   धर्मशास्त्रअनुसार प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिकी छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको हो। आजको दिन देवीको पूजा गरे रोग, शोक, भय, दुट्ठख, दरिद्र जस्ता संकटको नाश भई परिवारमा सुख,…

    विस्तृतमा पढ्नुस्

  • वायुसेवा निगमले माग्यो सिनियरदेखि जुनियर क्याप्टेनसम्म,५० प्राविधिकलार्इ पनि अवसर

    वायुसेवा निगमले माग्यो सिनियरदेखि जुनियर क्याप्टेनसम्म,५० प्राविधिकलार्इ पनि अवसर

    काठमाडौं : महँगो पैसा तिरेर पाइलट पढेकालार्इ खुसीको खबर छ। नेपाल वायुसेवा निगमले २३ जना पाइलटलार्इ जागिर दिँदैछ। निगमले २३ पाइलटसँगै ५० जना प्राविधिक कर्मचारी समेत राख्नेछ।   निगमले १८ महिनामा थप्न लागेको नयाँ जहाज र सञ्चालनमा रहेका जहाजका लागि पाइलट आवश्यक भएपछि विज्ञापन खुलाएको छ। निगमले सिनियर क्याप्टेन ९, क्याप्टेन ७ र जुनियर क्याप्टेन ७ जना मागेको छ।  …

    विस्तृतमा पढ्नुस्

  • ​विश्वकप छनोट : स्पेन र इटलीले बराबरी खेले, क्रोएसियाको शानदार जित

    ​विश्वकप छनोट : स्पेन र इटलीले बराबरी खेले, क्रोएसियाको शानदार जित

    सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटका गएराति भएको खेलहरुमा शीर्ष टोलीले बराबरी खेलेका छन्।  निकै प्रतिक्षित मानिएको समूह जी को खेलमा इटली र स्पेनले १-१ गोलको बराबरी खेलेका छन्। टोरिनोमा भएको खेलमा भिटोलोले ५५ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोली स्पेनलाई अग्रता दिलाएका थिए। तर ८२ औं मिनेटमा ड्यानियल डे रोसीले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल…

    विस्तृतमा पढ्नुस्

  • ​विश्वकप छनोट : अर्जेन्टिना फेरि बराबरीमा रोकियो, ब्राजिल, उरुग्वे र इक्वेडरको शानदार जित

    ​विश्वकप छनोट : अर्जेन्टिना फेरि बराबरीमा रोकियो, ब्राजिल, उरुग्वे र इक्वेडरको शानदार जित

    सन् २०१८ मा रसिया हुने विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना फेरि बराबरीमा रोकिएको छ। लियोनल मेसीबिनै मैदान उत्रेको अर्जेन्टिना पेरुसँग २-२ गोलको बराबरीमा रोकिएको हो।  अर्जेन्टिनाले दुई पटक अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। १६ औं मिनेटमा रोमियो फुनेस मुरीले गोल गर्दै अर्जेन्टिनालई अग्रता दिलाएका थिए। ५८ औं मिनेटमा पेरुका पाओलो गुएराले गोल गर्दै बराबरी गरे। ७८ औं…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा नगरबस दुर्घटना, १६ जना घाइते, एकको अवस्था गम्भीर

    काठमाडौं : पोखराको पुम्दीभुम्दीमा नगर बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।   लुकुनस्वाराबाट पोखरा आउँदै गरेको ग १ ख ६७९४ नम्बरको बस कालाबाङ भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटना परी एक जना गम्भीर घाइते भएका छन्। अन्य समान्य घाइते भएको प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। 'चालकको लापरबाहीको कारण दुर्घटना भएको बुझिएको छ,' उनले भने, 'हामीले चालकलाई नियन्त्रणका…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते

    चितवन : चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।   चण्डिभञ्ज्याङ–६ पाँचकिलोस्थित मुग्लिन-नारायाणगढ सडकखण्डमा ना ४ ख ८५५२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीको किनारमा खस्दा घाइते ट्रक चालक जुगेडी –२ का २५ वर्षीय विकाश गुरुङको ट्रकमै च्यापिएर मृत्यु भएको छ। गम्भीर घाइते सह–चालक चितवन जुगेडी–९ बस्ने २६ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प प्रभावित लाप्राकमा बन्ने भो ४४४ घर, प्रधानमन्त्रीले गरे शिलान्यास

    भूकम्प प्रभावित लाप्राकमा बन्ने भो ४४४ घर, प्रधानमन्त्रीले गरे शिलान्यास

    गोरखा (लाप्राक) : भूकम्प प्रभावित गोरखाको लाप्राकमा ४ सय ४४ वटा घर बन्ने भएका छन्।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमुना बस्तीको शिलान्यास गरे। बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्ने र त्यसका लागि सरकारले आवश्यक निर्णय गर्ने पनि प्रधानमन्त्रीले बताए। अनआरएनको करिब ६ सय घर…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : किस्मत २ सँगै भिड्दैछन् कुन कुन फिल्म?

    फ्राइडे रिलिज : किस्मत २ सँगै भिड्दैछन् कुन कुन फिल्म?

    आजको फ्राइडे रिलिजमा दुई नेपाली फिल्म परेका छन्। ॠषि लामिछाने निर्देशित किस्मत २ र राजु अधिकारी निर्देशित फिल्म सुब्बा साब एकै दिन सार्वजनिक भएका हुन्।   १० वर्ष अघिको फिल्म किस्मतको सिक्वेल भनिएको फिल्म किस्मत २ काठमाडौं उपत्यका भित्र र बाहिर गरी ७५ वटा हलहरुमा प्रदर्शन भएको छ। फिल्ममा शील्पा पोखरेल, किशोर खतिवडा र पृथ्बी राजको मुख्य भूमिका रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दवावबीच अमेरिकाले भन्यो : पाकिस्तानलाई 'आतंकवादी स्टेट' घोषणा गर्न सकिन्न

    भारतीय दवावबीच अमेरिकाले भन्यो : पाकिस्तानलाई 'आतंकवादी स्टेट' घोषणा गर्न सकिन्न

    संयुक्तराज्य अमेरिकाले पाकिस्तानलाई ‘आतंकवादी राज्य’ घोषणा गर्न नसकिने बताएको छ। सँगै उसले यस क्षेत्रलाई सुरक्षित राख्न सहयोग जारी राख्ने बताएको छ। कास्मिर मुद्दालाई लिएर भारत र पाकिस्तानसँग गहन छलफल भएको बताउँदै अमेरिकाले दुवै देशबीचको तनाव कम गर्ने प्रयास थालेको जनाएको हो। अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किरवेले पाकिस्तानले आफ्ना आणविक शक्तिलाई आतंकवादीबाट सुरक्षित रुपमा जोगाएर राखेकोमा विश्वस्त रहेको बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

    कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

    कोलम्बियाका राष्ट्रपति जुआन मेनुअल सन्तोषले सन् २०१६ को नोबल शान्ति पुरस्कार प्राप्त गरेका छन्। नोबल कमिटीका प्रवक्ताले राष्ट्रपति सन्तोषले शान्तिका लागि सधै सक्रियता जनाएको भन्दै उनको नाम घोषणा गरिन्। ‘उनका लागि आवश्यक शक्ति आर्जनका लागि यो पुरस्कारले हिम्मत र बल दिनेमा नोबल कमिटी आशा राख्दछ,’ उनले भनिन्।   BREAKING NEWS The 2016 #NobelPrize #Peace is awarded to Colombian President Juan…

    विस्तृतमा पढ्नुस्

  • प्राश्नाको दसैं गीति-कोसेली : दसैं आयो तिहार आयो

    प्राश्नाको दसैं गीति-कोसेली : दसैं आयो तिहार आयो

    काठमाडौं : ‘गाजलु आँखा’बाट साङ्गीतिक उद्योगमा प्रवेश गरेकी प्राश्ना पाण्डेले भरखरै दसैं विशेष गीत लिएर आएकी छिन्।   'दसैं आयो तिहार आयो, हाम्रो महान चाडपर्व आयो' बोलको गीतसहित उनको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। गोविन्दप्रसाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको सङ्गीत रहेको उक्त म्युजिक भिडियो विरु तमुले खिचेका हुन्। म्युजिक भिडियोको निर्देशक मोहनराज अधिकारी रहेका छन्। हेर्नुस् भिडियो-  

    विस्तृतमा पढ्नुस्

  • कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    काठमाडौं : काठमाडौंको कंलकी चोकमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा ३२ प २४३६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ५ ख २०६१ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा मकवानपुर फापरबरी घर भई हाल काठमाडौं नैकापमा बस्दै आएका ४३ वर्षीय रत्नबहादुर राईको मृत्यु भएको हो। उपचारको क्रममा कलंकीस्थित सिटी सेन्टर अस्पतालमा उनको मृत्यु भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ​नोबेल शान्ति पुरस्कार जित्ने सन्तोष राष्ट्रपतिसँगै मिडियाका मालिक पनि!

    ​नोबेल शान्ति पुरस्कार जित्ने सन्तोष राष्ट्रपतिसँगै मिडियाका मालिक पनि!

    आज घोषणा गरिएको नबोल पुरस्कार विजेता कोलम्बियन राष्ट्रपति जोन म्यानुअल सन्तोष राजनीतिज्ञमात्र होइनन् पेशाले अर्थशास्त्री र मिडियाका व्यवसायीसमेत हुन्। आर्थिक अवस्था ज्यादै बलियो रहेको सन्तोषको इआइ टिम्पो पत्रिकामा मेजोरिटी सेयर थियो। सन् २००७ मा उनको सेयर भएको पत्रिका प्लानेटा डेएगोस्टेनीलाई बिक्री गरिएको थियो।   पत्रिकासँगै कफीसँग पनि नाता छ उनको। युनिभर्सिटी अफ कान्सासबाट स्नातक गरेपछि उनले नेसनल फेडरेसन अफ कफी…

    विस्तृतमा पढ्नुस्

  • गुनासो छ ? धन्दा नमान्नुस्, हेलो सरकार दशैंमा सक्रिय हुँदैछ

    गुनासो छ ? धन्दा नमान्नुस्, हेलो सरकार दशैंमा सक्रिय हुँदैछ

    काठमाडौं : केही वर्षदेखि सरकारले जनताको गुनासो सुन्नको लागि ल्याएको हेलो सरकारले दशैं विदामा सक्रिय रहने भएको छ। जनताका गुनासो सुन्ने विदामा पनि यसलाई सक्रिय गराइन लागेको हो। जनताको गुनासो चार्डपर्वमा झनै बढी हुने भएकाले विदामा पनि हेलो सरकारको सुविदा मिलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी गरायो। आज कार्यलयले विज्ञप्ति जारी उजुरी दिन प्रोत्साहन गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधन प्रस्ताव दशैपछि : मन्त्री केसी

    ​संविधान संशोधन प्रस्ताव दशैपछि : मन्त्री केसी

    काठमाडौं : शहरी विकास मन्त्री अर्जुनरसिह केसीले दशैं सकिएको एक महिनाभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन्। रिपोटर्स क्लबमा बोल्दै मन्त्री केसीले दशैं सकिएको १५ दिनदेखि एक महिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी भइसकेको बताए। उनले भने ,‘अब संशोधन प्रक्रिया अघि बढाउने कुरामा कुनै ढिलाई हुँदैन। यसका लागि प्रमुख दलहरुबीच अन्तिम छलफल भइरहेको छ।’   मन्त्री केसीले संविधान…

    विस्तृतमा पढ्नुस्

  • ​मुमारामले छाडे बाबुरामको हात, भने : नयाँ शक्ति माओवादीकै गुटमात्र!

    ​मुमारामले छाडे बाबुरामको हात, भने : नयाँ शक्ति माओवादीकै गुटमात्र!

    काठमाडौं : तत्कालीन एनेकपा माओवादी परित्याग गरेर नयाँ शक्तिको घोषणा गरेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको उनकै सहयोगीमध्येका एक मुमाराम खनालले साथ छाडेका छन्। बाबुराम संयोजक रहेको दल नयाँ शक्ति नेपाल ‘पूर्व माओवादीको गुट’मा सीमित रहँदै गएको आरोप लगाउँदै मुमाराम खनालले भनेका छन् - नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन। यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति…

    विस्तृतमा पढ्नुस्

  • पार्टीले कारबाही गरेपछि मुमारामले गरे बाबुरामलाई : बाई बाई

    पार्टीले कारबाही गरेपछि मुमारामले गरे बाबुरामलाई : बाई बाई

    काठमाडौं : सामाजिक सञ्जालमा सक्रिय रहने थोरै नेतामध्ये पर्छन, मुमाराम खनाल। अन्नपूर्ण पोस्टको सम्पादकीय पृष्ठ संयोजकबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्तिमा जोडिएका उनले आज एकाएक पार्टी त्यागको घोषणा गरे। ठूलो दलका रुपमा स्थापित नभएको भए पनि राजनीतिको केन्द्रबाट बाहिर नरहेको नयाँ शक्तिबाट उनी एक्कासी बहिर्गमन किन हुन पर्‍यो? पार्टी छाड्दै नयाँ शक्तिलाई माओवादीको एउटा गुट बनेको…

    विस्तृतमा पढ्नुस्

  • ​दशैंको मुखमा आज परकम्पको धक्का

    काठमाडौँ : आज बिहान १० बजेर ३७ मिनेट जाँदा दोलखा, मैनापोखरी आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको छ।   गत वर्षको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ४७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि यही असोज २ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको परकम्प गएको थियो। रासस

    विस्तृतमा पढ्नुस्

  • ​एक सय चार कैदीलाई माफी

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बडादसैँ, २०७३ का उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका १०४  कैदीलाई माफी दिएकी छिन्।   कारागार नियमावली, २०२० एवम् सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यावधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका गजेन्द्र लावती लगायत कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell