भारत र पाकिस्तानबीच चलिरहेको विवादले खेलकुद क्षेत्र समेत प्रभावित बनेको छ। भारतमै हुन लागेको १२ राष्ट्रको कबड्डी विश्वकपमा पाकिस्तानलाई सहभागी नगराउन लागिएको हो। विश्व कबड्डीका प्रमुख देओराज चतुर्वेदीले पाकिस्तानलाई संलग्न गराउने यो सही समय नभएको बताएका छन्। 'पाकिस्तान विश्व कबड्डी संघको महत्वपूर्ण सदस्य हो, तर अहिलेकै अवस्थामा दुवैको राष्ट्रको भलाइका लागि पाकिस्तानले च्याम्पियनसिपमा भाग नलिनु नै उपयुक्त हुन्छ,'…
काठमाडौं : नेपाल वायुसेवा निगमले यात्रुहरुको चापलाई ध्यानमा राख्दै दसैंका लागि थप १२ वटा फ्लाइट थप गर्ने भएको छ। दसैंका लागि आफ्नो सिट सुरक्षित गर्न यात्रुहरुले अग्रिम बुकिङ गरेपछि हवाइ टिकट करिब करिब सकिएको छ। निगमले आन्तरिक तर्फका लागि उडान थप गर्न लागेको हो। निगमले खोटाङको खानिडाँडा, भोजपुर र हुम्लाको सिमिकोटमा उडान थप गर्ने जनाएको छ। खानिडाँडाका लागि…
काठमाडौं : सिने मासिक 'कामना'ले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको 'सिजी कामना फिल्म अवार्ड्स'को दोस्रो संस्करणका लागि चलचित्र र कलाकार तथा प्राविधिकहरुको मनोनयन सूची सार्वजनिक गरेको छ। यस वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको साबुन लक्सले समेत अवार्डमा सहकार्य गर्ने भएको छ। चलचित्रकर्मीहरुसँग छलफल गरी तयार पारिएको मापदण्डअनुसार निर्णायकहरुले ३ साता लगाएर मूल्यांकन गरी हरेक विधामा ५ उत्कृष्ट कलाकार तथा…
काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ। आगामी १६ तारिखदेखि सुरु हुने सम्मेलनमा साइड लाइन मिटिङका रुपमा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच भेटवार्ताको तय भइसकेको छ। चिनियाँ राष्ट्रपतिसँगको भेटको कार्यक्रम तय भइसके पनि भेटमा नेपालका तर्फबाट के-कस्ता एजेण्डा उठाएर छलफल गर्ने भन्ने विषय भने परराष्ट्र मन्त्रालयले अझै…
भक्तपुर : भक्तपुरको ठिमी क्षेत्रमा हुने दुर्घटना र आपराधिक घटना न्युनीकरणका लागि स्थानीय बासिन्दाले निर्माण गरेको प्रहरी बिट सञ्चालनमा आएको छ। ठिमीको चारदोबाटोमा उत्तर सुन्दर बस्तीका बासिन्दाले प्रहरीलाई बस्नका लागि निर्माण गरिदिएका प्रहरी बिटको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले उद्घाटन गरे। आम नागरिकको सुरक्षाका लागि घामपानीमा खुल्ला आकाशमुनि सडकमा बस्नुपर्ने अवस्थामा ठाउँ बनाइदिएको भन्दै…
काठमाडौं : काठमाडौंको नयाँबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रु घाइते भएका छन्। गएराति साढे १२ बजे बा९प ७९९४ नम्बरको मोटरसाइकलको ठक्करबाट ओखलढुङ्गा घर भई हाल ललितपुर इमाडोल बस्ने ४२ वर्षीय अर्जुन थापामगर घाइते भएका हुन्। उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल चालकलाई महानगरीय प्रहरी वृत्त लैनचौरले नियन्त्रणमा लिएको छ।
काठमाडौं : पूर्वको फाल्गुनन्द मार्ग छिट्टै सक्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गर्ने भएका छन्। झापाको दमकदेखि इलाम, पाँचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै सक्नका लागि आफूले सक्दो पहल गर्नेबारे प्रधानमन्त्रीले वचन दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको…
काठमाडौं : वरिष्ठ फोटोग्राफर मणि लामाको एकल फोटो प्रदर्शनी सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना र फोटो जर्नालिस्ट क्लबको सहयोगमा आयोजित प्रदर्शनी अवधिभर करिब २४ सय जनाले अवलोकन गरेका थिए। नेपाल पर्यटन बोर्डले प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट तीन दिन आयोजना गर्ने ‘ह्यास फोटो नेपाल’ प्रदर्शनी दसैं बिदाका कारण यस पटक एक साताअघि सारिएको हो। ‘ब्युटीफुल नेपाल’…
काठमाडौं : आइसिसी वुमन्स वर्ल्डकप एसियन क्वालिफायर क्रिकेट-२०१६ मा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोली आज हङकङ प्रस्थान गर्दैछ। हङकङमा आइतबारदेखि हुने एक साता लामो एसियन छनोट प्रतियोगितामा नेपालले च्याम्पियन बन्ने लक्ष्य राखेको छ। पहिलोपोस्टसँगको कुराकानीमा टोलीका कप्तान रुबिना क्षेत्री र प्रशिक्षक राजु बस्नयातले क्वालिफायरमा च्याम्पियन बन्दै सबै नेपालीलाई दसैंको शुभकामना दिने बताएका थिए। क्वालिफायरमा नेपालसहित आयोजक हङकङ, चीन…
काठमाडौं : नेपाल प्रहरीले आफ्नो ६१औं दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो। कार्यक्रममा अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली तथा श्रद्धासुमन समेत अर्पण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा र अमन चयनको लागि विश्वसनीय संगठनको रुपमा काम गरेको बताए। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई भौतिक…
काठमाडौं : संघीय समाजवादी फोरम नेपालका नेता दुर्गामणि सुवेदीले संविधान संशोधनमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले बेइमानी गरे उनीहरु सिद्धिने चेतावनी दिएका छन्। दुई महिनाअघि नै भइसकेको सहमति लागू गर्न ढिलाइ भएकोप्रति आक्रोश व्यक्त गर्दै फोरम नेपालका युवा नेता सुवेदीले सहमतिबाट पछि हटेर धोका दिन खोजे प्रचण्ड र देउवा पनि केपी ओली जस्तै पतन हुने चेतावनी दिए। …
काठमाडौं : मन्त्रिपरिषद्ले सरकारका सहसचिव र उपसचिवहरुसँग कार्यसम्पादन मूल्याङ्कनका लागि गठित समितिमा पूर्व सचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाइ नियुक्त गरेको छ। समितिले सहसचिवहरुसँग कार्यसम्पादन मूल्याङ्कन गर्ने तथा नेतृत्व विकास लगायतका विषयमा परामर्श दिनेछ। त्यस्तै बसेको बैठकले वन मन्त्रालय मातहत रहेका ४ सय ५० वनपालेको अस्थायी दरबन्दी यथावत् राख्दै लोकसेवा आयोगको परामर्शमा पछि निर्णय लिने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले बाढी…
मेलबोर्न : तीन वर्षअघि सर्पदंशका कारण मेलबोर्नमा बस्दै आएकी ४१ वर्षीया चिनियाँ महिलाको छोराको मृत्यु भयो। सोही घटनालाई लिएर उनले अहिले अस्ट्रेलियाली सरकार र अर्को एक व्यापारिक संस्थाविरुद्ध मुद्दा दायर गरेकी छिन्। स्थानीय मेलबोर्न स्कुलमा अध्ययनरत उनका ७ वर्षीय छोरा सन् २०१३ को अक्टोबरमा विद्यालयको शैक्षिक भ्रमणका क्रममा मेलबोर्नबाट दक्षिणपूर्व ५० किलोमिटर टाढा पर्ने माउण्ट मोर्टन क्याम्प गएका थिए।…
काठमाडौं : पशुपति प्रसाद निर्देशक दीपेन्द्र के खनालले आफ्नो निर्देशनमा बन्ने नयाँ चलचित्र ‘धनपति’को घोषणा गरेका छन्। बुधबार निर्देशक खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत् चलचित्र निर्माण गर्ने जानकारी दिएका हुन्। चलचित्र ‘धनपति’को कथा,पटकथा तथा संवाद सबै खगेन्द्र लामिछानेको रहने छ। यसअघि यी दुईकै टिम अपमा हिट भएको फिल्म पशुपति प्रसादमा पनि लामिछानेकै कथा रहेको थियो। चलचित्रमा दीपेन्द्र के खनालको…
भारतका पूर्व मुख्य निर्वाचन आयुक्त एस वाई कुरैशी र नेपालकी वर्तमान निर्वाचन आयुक्त इला शर्मा विवाह बन्धनमा बाँधिने भएका छन्। गत वर्ष मेक्सिकोमा भएको भेटपछि यी दुईबीच सम्बन्ध अगाडि बढको थियो। बिस्तारै उनीहरुबीच प्रेम झाँगिन थाल्यो। सन् २०१५ को सेप्टेम्बरमा मेक्सिकोमा मनी इन पोलिटिक्स कार्यक्रममा ६९ वर्षीय कुरैशी र ४९ वर्षे इलाको भेट भएको थियो। त्यसपछि दुई जनाबीचको सम्बन्ध नजिकिएको…
भक्तपुर : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा मुख्य तीन दल मिल्नुको विकल्प नभएको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति भक्तपुरले आज सूर्यविनायकमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिले संविधान कार्यान्वयन गर्नुपर्ने मुख्य समय भएको बताए। 'यो समयमा कांग्रेस, माओवादीको गठबन्धन सरकारले मात्रै सम्भव छैन, तीन दल नमिलेसम्म संविधान कार्यान्वयनमा सङ्कट आउँछ,' उनको भनाइ…
गाईघाट (उदयपुर) : उदयपुरको हँडिया गाविस बस्ने २८ वर्षकी एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका प्रेमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन्। विवाह गर्छु भन्दै १० वर्षसम्म यौन शोषण गरेर अहिले धोका दिएको उनको भनाइ छ। बेल्टार बसाहा गाविस–२ बेल्टार बजार बस्ने वर्ष ३४ का देवनकुमार राईले आफूलाई धोका दिएको उनले पत्रकार भेटघाटमा बताइन्।…
काठमाडौं : सभामुख ओनसरी घर्तीले चाडपर्वको अवसरमा दलहरुबीच एक हुने वातावरण बन्ने आशा लिएकी छन्। विगतमा पनि दलहरुबीच चाडपर्वका बेला आयोजना हुने कार्यक्रमबाट मेलमिलापको वतावरण बन्ने गरेको स्मरण उनले गरिन्। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित चियापान कार्यक्रममा उनले चाडपर्वलाई पनि राजनीतिक सहमतिको आधारमा मनाउन आग्रह गरिन्। 'दलहरु विगतमा पनि महत्वपूर्ण निर्णयमा एक भए, चाडपर्वको अवसरमा दलहरुबीच एक छन् भन्ने विश्वास…
सरिता पौडेल चितवन : तनहुँको आँबुखैरेनी नजिकै खसेको पहिरोको प्रभाव नारायणगढ-मुग्लिन सडकखण्डमा पनि परेको छ। हिजो बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध भएपछि नारायणगढबाट पोखरा जाने सवारी साधनको लामो लाइनले नारायणगढ-मुग्लिनमा प्रभाव परेको हो। चितवन ट्राफिक प्रहरीका अनुसार मुग्लिनदेखि ११ किलोमिटर नारायणगढतर्फ सिमतालसम्म र उता कुरिनटारसम्म लाइन लागेको छ। यो खण्डमा यात्रुहरु अलपत्र परेका छन्। पहिरो हटाउन…
इलाम : महँगी बढे पनि त्यसअनुसार ज्याला वृद्धि नभएपछि जिल्लाका चिया बगानमा कार्यरत मजदुर पलायन हुन थालेका छन्। बगान व्यवस्थापन पक्षबाट उचित ज्याला र सेवा सुविधा नपाएपछि मजदुर पलायन हुने क्रम बढिरहेको छ। पहिले तोकिएको ज्याला नपाएपछि यहाँका चारवटा चिया बगान र कारखानाबाट ४४६ मजदुर विस्थापित भएका छन्। सरकारी स्वामित्वमा रहेका सोक्तिम, चिलिमकोट, इलाम र कन्याममा कार्यरत मजदुर…